Sunday, May 5, 2013

“बोल्नेको सुरक्षा, सम्पूर्ण संचारमाध्यममा अभिब्यक्ति स्वतन्त्रताको सुरक्षण होस”

     विसौ बिश्व प्रेस स्वतन्त्रा दिवस मनाईरहेको सन्दर्भमा हामी नेपाली पत्रकारहरु आफ्नै सुरक्षा खोजिरहनु दुखद बिषय  हो । संयुक्त राष्टू संघलेसमेत “बोल्नेको सुरक्षा, सम्पूर्ण संचारमाध्यममा अभिब्यक्ति स्वतन्त्रताको सुरक्षण” भन्ने नारा तय गरेको सन्दर्भमा हामी नेपाली संचारकर्मीहरु लेखेको वा बोलेको बहानमा आक्रमणको शिकार भईरहेका छौ । यसले अन्तराष्टिूय क्षेत्रमा पनि गलत सन्देश फैल्याउन सहयोग गर्ने निश्चित छ । बिभिन्न तथ्याङलाई हेर्ने हो भने पनि सन् २०१३ को सुरुमा  नै बिश्वमा १९ जना संचारकर्मी मारिएका छन् । १७४ जनालाई जेलमा हलिएको छ । साथै नेपालमा पनि यो चारमहिनामा २२ जना पत्रकारलाई ज्यान मार्ने धम्की  आएको छ । यो अन्तराष्टिूय संस्था रिपोर्टस विदआउट बोर्डसले  प्रकाशित गरेको तथ्याङ हो । सो संस्थाले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था बिगतको तुलनामा ओरालो लागेको देखाएको छ । अघिल्लो बर्ष १०६ स्थानमा रहेको नेपाल अहिले ११८ औ स्थानमा रहेको तथ्याङ देखिनु सााच्चै दुखद बिषय पनि हो ।  नेपालमा संचारकर्मी र संचारगृहमाथि भएको आक्रमण तथा धम्कीले नै यस्तो तथ्याङ्क देखिएको प्रेस चौतारी नेपालको निचोड छ ।
            यस्ता घटनाको श्रृंखला नेपालममा पछिल्ला दिनमा लामै छ । समाचार लेखेकै कारण बिभिन्न समयमा संचारकर्मीमाथि हुने आक्रमण तथा धम्कीको क्रम बढिरहेको छ । समाचार लेखेको बिषयमा चित्त नबुझे कानूनी प्रकृया अपनाउने बाटो हुादाहुादै पनि ज्ञात तथा अज्ञात ब्यक्ति बा समूहले संचारकर्मीलाई आक्रमण गर्ने धम्क्याउने काममा न्यूनता आएको छैन । पछिल्लो दिनको घटनाले पनि यही पुष्टि गरेको छ । आफ्नो संचारकर्म सकेर फर्कनुभएका प्रेस चौतारी नेपालका सल्लाहकार तथा पूर्व उपाध्यक्ष गणेश बस्नेतलाई पहिचान नखुलेका ब्यक्तिले आक्रमण गर्ने योजना गरेका थिए । एकजना पत्रकार जो नित्यकर्म सकेर फर्कनेक्रममा आक्रमणमा पर्नु पक्कै पनि प्रेस स्वतन्त्रता र सार्वजनिक सुरक्षा होईन भन्ने हाम्रो ठम्याई छ । यस घटनाको सत्यतथ्य पत्तालगाई दोषीमाथि कार्वाही गर्न गृहमन्त्रिसाग प्रेस चौतारी नेपालले माग गरेको छ  । त्यसबाहेक बिभिन्न जिल्लामा पनि राज्यपक्ष वा गैर राज्यपक्षबाट संचारकर्मीलाई आक्रमण गर्ने काम भईरहेको छ । यो आपत्तिजनक काम हो । मुलुक लोकतन्त्र हुदै गणतन्त्रमा प्रवेश गरिसकेको सन्दर्भमा पनि संचारकर्मीमाथिको दुर्वब्यहार,आक्रमण, हत्याप्रयासजस्ता काम हुनु पटक्कै राम्रो संकेत होईन । यसले प्रेस स्वतन्त्रतामात्र होईन सिङ्गो लोकतन्त्र र गणतन्त्रलाई नै गिज्याएको प्रेस चौतारी नेपालले महसुुस गरेको छ । एउटा श्रमजीवी पत्रकार रातमा  अवेरसम्म पनि कर्मथलोमा खटिनुपर्ने बाध्यता हुन्छ । उसलाई सकुसल आफ्नो बासस्थानसम्म पुग्ने ग्यारेन्टी गर्नु राज्यको दायित्व पनि हो । यो अवस्था पछिल्ला दिनमा खस्किएको हामीले पाएका छौ । अत: यस बिषयमा देशको शान्ति सुरक्षाको जिम्मेवारी पाएको गृहमन्त्रालय सजक हुनुपर्ने प्रेस चौतारी नेपालको माग छ । त्यसै बैशाख १० गते पाल्पामा भएको गाडी दूर्घटनामा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष तथा सल्लाहकार गगन बिष्टकी श्रीमती गारेखापत्रकर्मी लता बिष्टको निधन भएको छ । एउटा परिवारका सदस्यहरु सवार उक्त गाडीलाई अरु कुनै सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ । सडक दूर्घटनामा समान्य मानिस जो सुकै परेपनि त्यसको सत्यतथ्य बाहिर ल्याउनु गृहप्रशासनको कर्तब्य पनि हो । त्यसबाहेक सिङ्गो परिवार सवार गाडी दूर्घटनाको बिषयमा अझ फराकिलो ढंगले अनुसन्धानका लागि निर्देशन गर्न पनि प्रेस चौतारी नेपालले गृहमन्त्री समक्ष माग गरेको छ ।
      मुलुक नयाा निर्वाचनको संघारमा छ । यो वेला बिभिन्न राजनीतिक दलका बीचप्रतिश्पर्धा हुनु स्वाभाबिक पनि हो । प्रतिश्पर्धाका बेला आफू अनुकूल समाचार प्रकाशन तथा प्रशारण नभए संचारकर्मीमाथि आक्रमण गर्ने बिगतको नजिर पनि रहेको छ । उक्त बिषयका बारे गृहमन्त्रीलाई ध्यानाकर्षण गराउदै पत्रकारमाथि हुने जुनसुकै आक्रमणको पनि खुलेर कार्वाही गर्ने नीति निर्देश गर्न पनि प्रेस चौतारी नेपालले गृहमन्त्रीलाई ज्ञापन बुझाइ माग गरेको छ  । साथै बर्तमान मन्त्री परिषद संचारमुखी भएर नयाा ईतिहास कामय गर्ने कार्यमा अघि बढ्न आमपत्रकारका तर्फबाट प्रेस चौतारी नेपालले अनुरोध गरेको छ । 
पत्रकार सुरक्षाका लागि छुट्टै कानून आवश्यक : गृहमन्त्री माधव घिमिरे
नेपालमा पत्रकार सुरक्षाका लागि छुट्टै कानून आवश्यक हरेको गृहमन्त्री माधव घिमिरेले बताउनुभएको छ । पूर्व मूख्य सचिवसमेत रहेका घिमिरेले सोही बेला नै यसको प्रकृया सुरु गरेको खुलासा पनि गर्नुभयो । बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारकर्मीको सुरक्षालगायतका बिषयमा ध्यानकर्षण गराउन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका प्रेस चौतारी नेपालका पदाधिकारी समक्ष मन्त्री घिमिरेले संचार क्षेत्रलाई राज्यको पहिलो अंगकैरुपमा राख्नुपर्ने बताउनुभयो । पेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै खतरामा पर्ने घिमिरेको तर्क छ । कु नै पनि बहानमा संचरकर्मीमाथि हुने आक्रमण सरकारलाई सह्य नहुने बताउदै घिमिरेले त्यसका लागि समयमा नै उजुरी गर्न पनि अनुरोध गर्नुभयो । सूचनाको शक्ति ठूलो हुने कुरा बताउदै मन्त्री घिमिरेले नया निर्वाचनमा सहयोग गर्न आम संचारकर्मीलाई आग्रह पनि गर्नुभयो । पत्रकारिता क्षेत्र मानव अधिकारको रक्षक भएका कारण पनि पृथक कानून निर्माण गरेर उनीहरुको सुरक्षामा ध्यान दिनु पर्ने उहाको भनाई छ । बर्तमान सरकार कुनै पनि राजनीतिक दलको नभएका कारण पनि यसको प्रमूख लक्ष्य नया निर्वाचन मात्र रहेका घिमिरेको भनाई थियो । यसका ला िसहयोग गर्न सवैदललाई हउाले आग्रह पनि गर्नुभयो ।
     यो सरकारका मन्त्रीहरुले भविष्यमा पनि राजनीतिक नगर्ने कारण पनि चुनाव निष्पक्ष र भयरहित ढंगले सम्पन्न गर्ने दावी गर्दै उहाले अव छिट्टै निर्वाचनको मिति तोकिने बताउनुभयो । तर, यसका लागि निर्वाचन सम्वन्धि कानूनका बिषयमा छलफल भईरहेका उहाको भनाई छ । निर्वाचन ऐनका बिषयमा टुङ्गो लगाएर मंसीरभित्रै चुनाव गर्ने योजनामा सरकार लागेकाले सहयोग गर्न उहालाई सवैलाई आग्रहपनि गनुृभयो । सो अवसरमा प्रेस चौतारी नेपालले पत्रकारहरुको सुरक्षाका लागि कडा निर्देशन जारी गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो । बिगतका निर्वाचनमा दलीय झगडामा संचारकर्मी पीडित बनेको नजिर भएका कारण यस्तो कार्य दोहोरिन नदिन पनि आवश्यक पहल गर्न गृहमन्त्रीलाई चौतारीले आग्रह गरेको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete