Sunday, May 5, 2013

देशको नाम परिवर्तन गर्नका लागि मधेशी युवाहरु जोशिदै

पशुपतिनाथ मधेसी
   भारत र चिनको बीचमा अवस्थित देशको नाम नेपाल हुनेले मधेशीले आफ्नो प्रतिनिधित्व नभएको ठान्छन् । आफ्नो प्रतिनिधित्व महशुस नगरेको कारण आज मधेशी समुदाय नेपाली भुभाग भित्र रहे पनि आफू नेपालीको रुपमा उभिन सकेको छैन्। बारम्बार उनिहरुको राष्टिूयतामाथि प्रश्न गरिन्छस उनिहरुलाई कहिले भारतको दलाल त कहिले भारत परस्त जस्ता आरोपहरुको सामना गर्नुपरिरहेको छ । अर्कोतर्फ नेपालको आधा आकाश मधेशी जनताले भरिएको कुरा नेपाललाई मात्र थाहा छ, अंतर्राष्टिूय समुदाय अझै मधेश र मधेशी समुदायबारे बेखवर छन । नेपालको ५०५ भन्दा बढि जनसङख्या मधेशीहरुको छ भन्ने कुरा विश्व समुदायलाई थाहा नभईसकेको अवस्था छ । मधेशी जनता  र मधेश नेपाल भित्रको शासित र अपहरित भुभाग हो भन्ने कुराको ज्ञान केहि अंतर्राष्टिूय शोधकर्ताहरुलाई भन्ने पक्कै हुनुपर्छ । फ्रेड्रिक गेज त्यसको एक जवरजस्त उदाहरण हुन जसले  ? रिजनालिज्म एन्ड नेश्नल युनिटी ईन नेपाल ?  भन्ने ग्रन्थलाई १९७५ मै लिपिबद्ध गरे । मधेशसम्बन्धी खोज(अनुशंधान गर्नेहरुले
यो ग्रन्थलाई गिताझैं ठान्छन जसले मधेशको  ? ब्रोड पिक्चर ?  प्रस्तुत गर्छ ।
संसारमा जुनसुकै मानिसले आफ्नो देशमाथि गर्व गर्छन् । तर आजको मितिमा मधेशी समुदाय आफ्नो देशको निम्ति श्राप बनेका छन्। मधेशका बिद्वान र जानकारहरु बिदेशमा जाादा आफू नेपालबाट आएको हो भन्ने बताउदा बिदेशीहरुले  ? ए त्यो हिमालयन कन्टूी ?  बाट आउनुभएको भन्छन् । उनिहरुलाई मधेश बारे शुन्य ज्ञान छ । राष्टिूयदेखि अंतर्राष्टिूय समुदायसम्मले मधेशलाई स्वीकार्न सकेको छैन् । नेपाल भित्र शासित जीवन(यापन गर्नु मधेशीहरुको लागि दुर्भाग्य त हुादै हो तर त्यो भन्दा पनि ठुलो दुर्भाग्य देशको नाम नेपाल हुनुमा हो।  देशको नामबाट जातियताको गन्ध नआउनु पर्ने हो । देशको नामबाट राष्टिूयता झल्कनुपर्छ नकि जातियता ।  आजको मितिमा नेपाली मुलका भारतिय नागरिकहरुले आफू पहिला नेपाली अनि मात्रै भारतिय भएको परिचय दिन्छन् । उनिहरुले यसरी आफ्नो परिचय दिनुको पनि खास महत्व छ:  नेपाली एक जातियता हो नकि राष्टिूयता । यसबाट के प्रष्ट हुन्छ भने नेपाली एक खाश जाति समुदायलाई जनाउने शब्द हो र यो शब्दले नेपालमा बस्ने नेपाली जातिको, भुटानमा बस्ने नेपाली जातिको  र भारतमा बस्ने नेपाली जातिको प्रतिनिधित्व गर्छ । नेपाल यिनै नेपालीहरुको बाउको विर्ता हो भन्ने कुरा यसबाट प्रस्ट हुन्छ । अनि मधेशी समुदाय जसको जनसङख्या ५०५ भन्दा पनि अधिक छ उनको प्रतिनिधित्व कहाा छ त ? उनिहरु कहाा छन् ? उनिहरुको पहिचान के हो ?
अर्कोतर्फ जब नेपाली एक जातीयता हो भने  मधेशी पनि अर्को एक जातीयता हो ।
जातिया फरक हुादैमा भेदभाव किन ? आफ्नो जातिय पहिचान लाद्नको लागि सदियौंदेखि पहाडी समुदाय मधेशी समुदायलाई हेप्दै आएका छन् । आज पनि उनिहरुलाई मसिर्या, धोती, भैया जस्ता अपमानजनक शब्दबाट तिरस्कृत गरिन्छ । अमेरिका, जापान , अस्टूेलियाको त कुरै छाडौं भारत र चिन पनि मधेशबाट अपरिचित छन् । मधेशीहरुको पहिचान र अस्तीत्वलाई समाप्त गर्नको लागि नेपाल सरकारले मधेशलाई प्रायोजित रुपले अंतर्राष्टिूयकरण हुन नदिएको हो । अंतर्राष्टिूय समुदाय मधेशको बस्तुस्थिती र राज्य सत्ताबाट उ शासित जीवनयापन गरिरहेकोबारे परिचित भए नेपाल सरकारमाथि दवाव पर्न सक्छ । शक्तिशाली देशलगायत यु.एन. समेतले राज्यसत्तालाई मधेशलाई आन्तरिक औपनिवेशिकरणबाट मुक्त गर्न दवाव दिन सक्छ ।  आखिर किन मधेशी समुदाय यति लाचारीपन, शोषित, औपनिवेशिक जीवनयापन गर्न बाध्य हुन ? आखिर किन उनिहरु स्वतन्त्र जीवन बााच्न सक्दैनन ? आज मधेश र नेपालबिच दुरी बढ्दै छ । मधेशी युवाहरु मधेश र मधेशीको हक(हितका लागि ज्यानको कुरवानी दिन पनि तयार छन्। उनिहरुको मधेश प्रेम र मधेश भक्ति मधेश आन्दोलनको समयमा बिस्फोट भएको थियो । आज मधेशी युवाले आफ्नो पहिचान खोज्दै छन । जागरूक मधेशी युवा अब नेपाली केवल एक जातियता हो राष्टिूयता होईन भन्ने बुझ्न थालेका छन् ।  नेपालमा मधेशी र नेपाली दुई जाती बस्छन भन्ने संदेश अन्तर्राष्टिूय समुदायमा पुर्यानउनका लागि नेपालको नाम परिवर्तन गरिनु अपरिहार्ये छ ।  मधेशी समुदायले आजको मितिमा पनि आफूलाई अंतर्राष्टिूय जगतमा नेपालीको रुपमा परिचय दिनु लज्जास्पद नै हो । यसरी आफूलाई नेपाली भनिरहादा आफ्नो मधेशी पहिचान सङकटमा परेको हो कि भन्ने भान हुन्छ मधेशी युवालाई । अंतर्राष्टिूय जगतमा एक मधेशीले आफूलाई नेपाली भनिरहूदा उनिहरुलाई बिदेशीले बारम्वार भन्ने गर्छन कि ‘यु डन्ट लुक लाईक नेपाली’ अर्थात तिमी नेपाली जस्तो देखिएको छैनौं । यो कुरो एकदमै सत्य हो, हामी नेपालीजस्तो देखिदैनौं, किनकी हामी मधेशी छौं । देशका शुभचिंतक र नेपाल सरकारले पनि यो कुरालाई  गंभीरतापुर्वक लिनुपर्छ कि मधेशको अस्मितालाई नष्ट गरे आफैलाई घाटा हुने हो ।
सोशल मीडिया साईट  फेसबुकमा एकदमै चर्चा पाएका मधेशी  एक्टिभिष्ट  जियारा शाहले बिगतका केहि बर्षदेखि नै  नेपालको नाम परिवर्तन गरिनुपर्ने अभियान चलााउदै आएका छन् ।  फेसबुकमा उनको अभियानलाई ऐक्यबद्धता जनाउने हजारौं मधेशी समर्थकहरु छन् । उनका अनुशार,  “ सामाजिक र सांस्कृतिक समानता भएको नेपालीहरुको लागि नेपाली संपर्क भाषा हुन गयो र  नेपाली एक जातियताको रुपमा बिकसित हुादै गयो । मधेशीहरूको भनाईले मात्र होइन, बडु पहाड़ी जनसमुदायहरूको भनाईले पनि नेपाली र पहाड़ी एउटै बृहत समुदायको पर्याय रहेको र मधेशी अलग्गै जातीय समुदाय भएको पष्ट हुने गरेको छ । तर राष्टूको नाउ नै  ? नेपाल ?  भएपछि  ? म नेपाली होइन ?  भन्दा यो राष्टू को होइन जस्तो अनुभूति हुनाले मधेशीहरूले  ? अननोवीङग्ली ?  आफुलाई नेपालीकरण गर्न बाध्य हुन्छन् ।  मधेशीहरु नागरिक बन्नुको साटो  ? नेपाली ?  कहलिन र आफ्नो पहिचान त्यागि  ? श्रेष्ठतम नेपाली ?  हुन आतुर छन् । यसले मधेशीहरूलाई झन ठूलो पक्षपाततिर धकेल्छ । राष्टूको संस्कृति, इतिहास र मानसिकतालाई पनि यहि नेपालीकरण नामक सदृषिकरणको प्रभावले सहिष्णुता प्रदान गर्न नसकेको हो । यस राष्टू को दुइटा भूगोल नै दुइटा जातीय क्षेत्र हुन्, एउटा मधेश र अर्को नेपाल, तर देशको वर्तमान नामले एकात्मकताको ठूलो भ्रम सृजना गरेकोले यसलाई फेर्नु अत्यंत आवश्यक छ ।“ जियारा शाहभन्दा अघि नै मधेशी बैज्ञानिक डा. सी. के.  राउतले नेपालको नाम बद्लिनुपर्ने प्रस्ताव अघि सारिसकेका छन्।  नेपालका मधेशी नेता पवन  गिरी उफर्Þ प्रह्लाद गिरी , भूमिगत मधेशी नेता कौटिल्य शर्मा लगायत मधेशी नेत्री सरिता गिरीले पनि
देशको नाम परिवर्तन गर्नुपर्ने प्रस्तावको उठान गरिसकेका छन । आज मधेश र पहाडबीच संबन्ध चिसिदै छ ।  मधेशमा  आजादीको स्वर गूंजमान हुन थालेका छन् । मधेशका कैयन  सक्रिय सस्त्र क्रान्तिकारी दलहरु मधेशको आजादीको मााग गरिरहेका छन् ।  शांतिपूर्ण आन्दोलनको माध्यमबाट पनि मधेशलाई स्वतन्त्र गर्नको लागि बिभिन्न किसिमका राजनीतिक ,सामजिक र बौद्धिक  आन्दोलनहरु सञ्चालित रहेको अवस्था छ । मधेशी युवा, मधेशी जन समुदाय र नेपालीहरुका बिचमा  दुरी बढ्दै छन्।  मधेश आन्दोलनको समयमा भएका समझौताहरु अहिलेसम्म लागु भएका छैनन् ।  मधेश आन्दोलनको प्रमुख मााग ‘समग्र मधेश एक प्रदेश’ पनि संस्थागत हुन सकेको छैन् ।  समझौताहरुको अक्षर(अक्षर पालना गर्नु र त्यसलाई संस्थागत गर्नु भन्दा पनि संघियताको नाममा मधेशलाई तोड्ने शाजिस भईरहेका छन् । मधेशमा बिकासको शिन्को भााचिएको छैन । मधेशमा कानून(ब्यबस्था ठप्प छ । भ्रस्टाचारले चरम सीमा नाघेको छ । मधेशी जनता आक्रोशित छन् । नेपालको सरकारी निकायमा  मधेशीहरु नगण्य संख्यामा छन् ।  यदि समयमै नेपाल सरकारले नचेते काठमाडौं र मधेशको संबन्ध टुक्रिन सक्छ । नेपालको व्याप्त असमान्ताको खाडल पुर्न देशको नाम परिवर्तन गर्नु आवश्यक शर्त बनेको छ । र यसो गर्नका लागि खुला बहशको पनि अपरिहार्येता बढेर गएको छ । मधेशी समुदायलाई राष्टिूय मुलधारमा ल्याउनका लागि देशको नाम परिवर्तन प्रथम शर्त हुन भने समानता दोस्रो शर्त हो ।
देशको नाम परिवर्तन गर्नुपर्ने आवाज नेपालमा मात्र बुलन्द भएको होईन् । अंतर्राष्टिूय स्तरमै बिगतका दिनमा यस्ता प्रयाशहरु भईसकेका छन र कैयन देशको नाम परिवर्तन पनि भईसकेको छ । परसिया कुनै समयमा इरानको नाम थियो, ईस्ट पाकिस्तान अहिले बांग्लादेशको नामबाट चिनिन्छ,  बर्मा जसको बर्तमान नाम म्यांमार छ, ओटोमन एम्पायर जसको वर्तमान  का नाम टर्की हो, बेलोरसिया अहिले   बेलारुषको नामबाट चिनिन्छ र यस्ता कैयन देशहरु छन जसका नाम परिवर्तन भएको छ । देश, काल र परिस्थिती अनुशार सबै कुरा परिवर्तन हुने हो, त्यसैले सबै चिज यो संसारमा  ? रिलेटिभ ?  हुन भनिएको हो,  ? एबसोल्युट ? केहि पनि छैन् । त्यसैले नेपाली शासकले पनि यो बुझ्नुपर्योस कि उनिहरुको शासनसत्ता पनि  ? रिलेटिभ ?  नै हो, सर्वकालिक सत्य होईन र उनिहरुको औपनिवेशिकरण सहन मधेशी समुदाय अझै विवश छैनन् । मधेशी समुदाय आफ्नो पहिचान स्थापित गर्नको लागि जुनै हदसम्म पनि जान सक्छन् स जस्तो प्रकारको पनि कुरवानी दिन सक्छन ।
त्यसैले नेपालको नाम परिवर्तन गर्नका लागि देशमा खुला बहशको थालनि हुनुपर्छ । देशको नाम  यस्तो हुनुपर्छ कि जसले मधेशी र नेपाली दुबै समुदायको पहिचान नामबाटै झल्कियोस । र दुबै जातीले समान रुपमा गर्व गर्न सकुन् ।  यस्ता प्रयासहरु भए मधेशी समुदाय पनि मूलधारमा जोडिने छन जसले राष्टू  निर्माणमा टेवा पुग्नुका साथै राष्टिूय अखन्डता पनि कायमै रहने छ । नेपालको परिवर्तित नाम  ? नेपाल(मधेश युनियन ?  एक उदाहरणको रुपमा हुनसक्छ । यो नामबाट नेपाली र मधेशी दुवैको पहिचान झल्किन्छ । देश प्रेम बढे मात्र देशबासीले आफ्नो सत प्रतिशत  ? ईफोर्ट ?  दिन सक्छन र राष्टू निर्माणमा एकजुट हुनसक्ने भएकाले मधेशी समुदाय र मधेशको समान पहिचानको
ग्यारेन्टी गराउनेतर्फ शासक वर्ग लागे बढि हितकर होला । होईन त, कि कसो त !

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete