Sunday, May 5, 2013

प्रणयुक्त मैथिली आन्दोलनको रण चुनौतिपूर्ण

नित्यानन्द मण्डल
मुलुकमा एकातर्फ संघियता विरोधी शक्तिहरुले चलखेल गर्न थालेका थिए भने अर्को तर्फ भाषिक, जातिय र साास्कृतिक सवाल र पहिचानका मुद्दा बोकेका शक्तिहरु आन्दोलनलाई उत्कर्षमा पुर्‍याई रहेका थिए । त्यसै क्रममा मिथिलाका तात्कालिन राजधानी जनकपुरमा गएको बर्ष जानकी नवमीका दिन बैशाख १८ गते मिथिला राज्य स्थापनाको माग गर्दै जनकपुरको रामानन्द चौकमा संघर्ष समितिद्धारा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा नरसम्हार हुने गरि भएको बम बिष्फोटमा परि एक महिला कलाकार सहित पांच जनाले आफ्नो प्राणको आहुति दिएर आन्दोलनको बिगुल फुकेको एक वर्ष पुरा भएकोमा भविष्यको चिन्तन , वर्तमानको आंकलन तथा भुतको समिक्षा गर्नु समिचिन देखिन्छ ।
समयको क्रूरताबाट संस्कृति पनि अछुतो रहन सक्दो रहेनछ । मिथिलाको महत्ता स्थापित हुन नसकेको अर्को प्रमुख कारण यस क्षेत्रको अर्थ(राजनीतिको विसङ्गति पनि हो । इतिहासको एउटा कालखण्डमा मिथिलाकी छोरी नेपाल अधिराज्यकी महारानी समेत भइन्, तर काठमाडौामा राणाहरूको उदय भएदेखि नै जनकपुर क्षेत्रले शाह, राणा शासकहरूको कोप नै बेहोर्नु पर्‍यो धेरैजसो ।  सीमापारि दिल्ली दरबारका लागि मिथिला क्षेत्र कहिल्यै महत्वपूर्ण बन्न सकेन, किनभने सत्ताले संस्कृति भन्दा शक्तिलाई बढी महत्व दिन्छ र जानकी अयोध्या गएदेखि उनको माइतीको श्री नै हरायो । भनिन्छ, संस्कृति जतिसुकै जीवन्त भए पनि त्यसको प्रभुता कायम राख्नलाई कुनै न कुनै दरबारसम्म पहुाच हुनै पर्छ । तर मिथिलाले आफ्नो मुद्दालाई अन्तर्राष्टिूय स्तरमा उठाउन सक्ने नेतृत्व अझ्ै जन्माउनसकेको छैन् । मैथिली आन्दोलनमा ब्राह्मण,कायस्थ लगायतका कथित  उपल्ला जातिहरु मात्रै लागेको भ्रम र हल्लालाई समेत यस आन्दोलनले चिरेको छ । यसमा मिथिला प्रति अनुराग राख्ने सबै वर्ग, जाति, धर्म र सम्प्रदायका व्यक्तिहरुको सहभागिताले यसलाई पुष्टि गरेको छ । मैथिली भाषिक आन्दोलनले केहि हुादैन र  भाषाको नाउामा प्रदेशको स्थापना हुनु जायज होइन भन्ने तर्क राख्नेहरुलाई पनि ठुलो जवाफ दिएको छ यो आन्दोलनले । अन्त कतै जानु पर्दैन, भाषाको नाउामा भारतमा भएको प्रदेशलाई हेर्दा तस्विर आफै प्रष्ट हुनेछ । भारतमा भाषाको नाउामा बंगाल, पञ्जाब, महाराष्टू, दक्षिण भारत, तेलांगना लगायतका प्रदेशहरु भारतमा जति सबल , सक्षम र समृद्ध छन् त्यसको तुलनामा अरु कुनै प्रदेशहरु छैनन् भन्दा दुई मत नहोला । बारुदी हिासाको घाउ केहिदिन पछि  निको भईहाल्छ तर मनोबैज्ञानिक साास्कृतिक हिासाको घाउ एउटा लामो कालखण्ड सम्म धर्तीलाई पिरोलिरहेको हुन्छ । त्यसैले बारुदी हिंसाभन्दा मनोबैज्ञानिक हिंसा बढी नै बर्बर,भयाबह र पिडादायक हुन्छ । नेपालको एकिकरण पश्चात सुरु भएको नेपाली( वा गोर्खा वा खस ?) इतर साास्कृतिक अस्तित्वहरुको दमन यतिखेर पनि जारी नै छ । नेपालको भाषिक इतिहासलाई खोतल्ने हो भन्ने पाउन गाह्रो छैन । कसरी एउटा अनगढन्त, अविकसित भाषा सत्ताको बुईमा चढेर पर्वतेबाट गोरखाली र गोरखालीबाट राष्टू भाषा नेपाली भएर स्थापित भयो र देशको अरु सबै समृद्ध र असमृद्ध भाषाहरु दुब्लाउदै चेपुवामा पर्दै अस्तित्व र अस्मिताको लडाई लड्दै छन् । नेपालको भाषा आन्दोलन यसै एतिहासिक यथार्थमा उभिएको छ । यस्तो अवस्थामा जब देशमा सम्पूर्ण अन्तरविरोधहरु तीव्र र चरम रुपमा एक आपसमा टकराउदै छन् तब देशको गर्भ नव वर्तमानको प्रसव पिडाबाट छटपटाउन सुरु गरेको छ । नेपालको भाषा आन्दोलनलाई बर्तमानको अध्ययन तथा भविश्यको जााचपरताल सम्पूर्ण सन्दर्भबाट पृथक राखेर गर्न सकिदैन । यसकालागि यसको ऐतिहासिक बस्तुबादी अध्ययन तथा वर्तमानको आधारभुत यथार्थको बिश्लेषण गर्नु आवश्यक छ । सत्य, इतिहास, भाषा र आन्दोलन पक्षपाती हुन्छ । यो कुरा  यहां पनि लागु हुन्छ । आजको राजनैतिक, भौगोलिक स्वरुप ग्रहण गर्नु भन्दा पूर्व अर्थात् गोर्खाका राजा पृथ्वीनारायण शाहद्वारा गरिएको एकिकरण वा सम्राज्यीकरण भन्दा पुर्व नेपालमा बिभिन्न जाति,जनजाति, संस्कृति तथा भाषाहरुको भिन्न भिन्न सत्ताकेन्द्रहरु थियो । त्यसैले इतिहास पनि त्यसै जाति, जनजाति, संस्कृति तथा भाषाहरुको पक्षमा कार्यव्यापारको दस्तावेज बन्यो ।    इतिहास आफ्नो समयको पक्षमा हुन्छ । त्यसैले एतिहासिक सत्य पनि समय सापेक्ष हुन्छ । कुनै पनि कालको बिजयी तथा पराजीत बीच शासन संरचना वा संचालन, उत्पादन, सम्बन्ध, सामाजिक प्रवन्ध शोषण आदिलाई लिएर युद्ध हुन्छ । अर्को शब्दमा भन्दा समग्र जीवन शैलिमा कुनै खास भिन्नता हुादैन । यसरी इतिहास पनि शक्ति द्वारा नियन्त्रित हुन्छ । साास्कृतिक नाममा वा क्षेत्रको नाममा वा उत्पादन सम्बन्धको नाममा समाजको सत्य पनि बिभाजित हुन्छ । इतिहास र संस्कृति पनि बिभाजित हुन्छ । त्यसैले वर्गिय समाजको सत्य पक्षपाती हुन्छ । वर्गको रुपमा बिभिाजित समाजको इतिहास   सत्यलाई पक्षपाती हुनु पनि पर्छ । यो स्वभाविक पनि हो । वर्गिय धरातलमा उभिएको यस ऐतिहासिक आधारभुत यथार्थलाई अस्विकार गर्नु भनेको आफ्नो वर्ग संगको गद्दारी हो । पृथ्वीनारायण शाहद्धारा स्थापित शाह बंशको केन्द्रिय सताको स्थापना देखि ( पृथ्वी नायरायण शाहदेखी रणबाहादुर शाह सम्म ) एकीकरण युद्धको इतिहास,  राजेन्द्र वीर व्रिकम शाहदेखि त्रिभुवन सम्मको राणाकालीन इतिहास, त्रिभुवनदेखि महेन्द्र सम्मको बहुदलीय इतिहास, महेन्द्रदेखि वीरेन्द्र सम्मको पंचायती इतिहास र वीरेन्द्रदेखि राजा ज्ञानेन्द्र सम्मको बहुदलीय इतिहासले पनि यस ऐतिहासिक सत्यलाई उजागर गर्दछ जो सत्य र इतिहास  पक्षपाति हुन्छ ।
भाषाको क्षेत्रपनि यसबाट पृथक छैन ।पृथ्वी नारायण शाहद्धारा ल्याइएको गोर्खा भाषा (वास्तवमा खसभाषा) अहिले शासनको भाषा देशका शोषितहरुको भाषा बन्न पुगेको छ । ऐतिहासिक रुपमा दमनमा परेको छन् अन्य भाषाहरु । पृथ्वी नारायण शाहको एकिकरणको तलबारबाट काटिएका घाटीहरुमा प्रमुख  थिए ( भाषा र अर्को अर्थमा सास्कृतिक घाटी तत्कालिन नेपालमा सास्कृतिक वा जातिय आधारमा खडा भएका मगर, थारु, खुम्बु र मैथिली आदि शासन तन्त्रलाई मटियामेट गरेपछिमात्र नेपालको एकिकरण संम्भव भएको थियो र हरेक सतालाई  टिकाउन  जरुरी हुन्छ  ती सबै कुरा  जो उसको विरुद्धमा हुन्छ । पृथ्वीनारण शाहको सतालाई पनि आवश्यक थियो हरेक संस्कतिलाई नतमस्तक गराउनु र उनले त्यही गरे जो आवश्यक ठाने  । शाहवंशद्धारा उपत्यका कब्जाको प्रभाव मिथिलामा परयो त्यतिबेला मिथिलाको राजनैतिक अवशान भई सकेको थियो भने सांस्कृतिक अस्तित्व जीवित नै थियो जो अहिले पनि छ । यो कुरा मधेशवादी दलका नेता महन्थ ठाकुरदेखि लिएर राजेन्द्र महतो, विजय गच्छेद्धार, उपेन्द्र यादव लागयातका नेताहरुको घर आगनमा मनाउने गरिएको सास्कृतिक उत्सव, र चाडवाडमा पनि देख्न सकिन्छ । उपत्यकामा नेवार मल्ल वंशको शासनमा मैथिलको राजनैतिक, प्रशासनिक र सांस्कृतिक सकृयताका कारण नयां स्थापित शाहवंशीय सत्ताको ब्रकदृष्टिबाट मैथिली बन्चित हुन सकेन र मिथिला अहिले  पनि शासनको ब्रक्रदृष्टिबाट मुतm हुन सकेको छैन । यससागै एउटा अर्को यर्थाथ  के छ भने देशको पूर्वदेखी पश्चिम सम्म एउटा सांस्कृतिक स्वरुपमा बााधिएका मधेश र मधेशीलाई शासकीय भेदभाव र दमनबाट बढि नै जुझनु परयो ।  यस्तो होइन जो  शासनबाट दमित संस्कृति आफनो अस्तित्व रक्षाका लागि संग्राम  नगरेको हो । मुलुकको इतिहासमा त्यस्ता केही उदारणहरु छन् जसले यो कुरालाई प्रमाणित गर्दछ । जस्तै खुम्बुको युद्ध शाहबंशको विरुद्धमा, नेवारी समुदायमा बिद्रोहको भाव, मैथिली आन्दोलन । मैथिली आन्दोलन देशमा  चलिरहेको सम्रगमा मधेश आन्दोलनको एउटा हिस्सा हो ।  मिथिलाको मुतिmमार्ग संस्कृति आन्दोलन मात्र हुन सक्दैन । अहिले  सबैको भाग्यको निर्णय राजनीतिले नै गर्दछ । त्यसैले अधिकारका हरेक आन्दोलन राजनीति भन्दा अलग हुन सक्दैन् । मिथिलाको बिशिष्टता संस्कृति हो , यो एउटा अर्कै पाटो हो ।  त्यसैले यस आन्दोलनको उठान, नेतृत्व, प्रकृया सांस्कतिक पनि हुनु पर्छ । ती सबै राजनैतिक प्रवृति जो यस सांस्कृतिक अस्तित्वको विरुद्धमा छ । त्यसको समन पनि आवश्यक छ । मिथिलाको सांस्कृतिक र  राजनैतिक दुवै स्तरको नेतृत्वको सांस्कृतिक गद्दारी आन्दोलनको प्रमुख समस्या हो । यस अघि तराई काग्रेस, भाषा संर्घष समिति र यसै प्रंकारका अरु आन्दोलनहरु प्नि यस्तै सास्कृतिक गद्दारीको शिकार बन्न पुग्यो । शासक मुजबुत छ । त्यसैले मैथिली आन्दोलनकारीलाई  के चाहिन्छ भने  आन्दोललाई नष्ट गर्ने बाला शासनको पक्षमा अलिकति पनि उभिएका सम्पूर्ण संग परहेज गर्नु आवश्यक हो । मैथिली आन्दोलन एक्लै लड्न सकिदैन । त्यसैले जरुरी छ( देशका दमित र पिडित सम्पूर्ण सस्कृति बीच  एउउटा श्रृंखला खडा गर्नु । र, साझा शत्रुको विरुद्धमा अगाडी बढनु ।  आन्दोलका विजयका लागि जुन महत्वपूर्ण सर्त हो ।   
अहिले जुन सांस्कृतिक चेतना देखिएको छ मिथिलाको पक्षमा जो  कहिले देखिएको थिएन । संस्कृति लोक जीवनको प्रतिबिम्बन हो । र यस प्रकारका आघात जब महसुस गर्न थालिन्छ तब समनका उपायका खोजीको आरम्भ हुन्छ त्यसैले चेतना स्तरका विकासको सरलता जटिलता तर्फको यात्रा साथै यसको मार्ग प्रस्तुत हुदै जान्छ । मैथिली आन्दोलन  सांस्कृतिक आन्दोलनको साथै समग्रमा  एउटा राजनैतिक आन्दोलन पनि हो । आन्दोलनको अन्तिम विकास राष्टिूय स्वाधिनता संग्रांममा छ ।  नेपालका समग्र बाधित संस्कतिहरुको मुतिm राष्टिूय संग्राममा छ । मैथिली आन्दोलनकारीहरुलाई पनि यसकुरामा  ध्यान दिनै पर्छ । निश्चित रुपमा मैथिली आन्दोलनको भविश्य उज्जवल छ । 
कलम कागज लिए सृजनात्मक आन्दोलन गर्दै आएका  संस्कतिकर्मीहरुको जमघट भएको जनकपुरको रामानन्द चौकमा दिइएको शहादतलाई अवमुल्यन गरियो भने मुलुकले ठुुलो मुल्य चुकाउनु पर्ने यथार्थको पर्दा उघार्नु उति साह्रो अहिले नै हतार नहोला । नेपालको हरेक आन्दोलनमा जनकपुरको भुमिका र शहादतलाई बिर्सिनु न्यायोचित हुने छैन् । यसै क्रममा मिथिला राज्यका लागि बम बिष्फोटमा परेर जुन शहादत प्रदान गरिएको छ  त्यो मैथिली आन्दोलनको प्रणलाई स्थापित मात्रै गरेन संकल्पित समेत गरियो । यद्यपि मैथिली आन्दोलनको रण  कठिन मात्रै होइन चुनौतीपूर्ण समेत छ । यो अस्वभाविक पक्कै पनि होइन । मिथिलाको यतिखेर राजनैतिक भुगोल छैन् । तर यो अहिले पनि बर्षौ बर्षदेखि लोक कण्ठमा जीबित छ । त्यसैले त्यस्ता प्रहारहरुले प्राचीन, मौलिक, सांस्कृतिक इतिहासको घाटी निमोठन सक्दैन । संविधानमा मधेशी समूदायको पहिचान, राजनीतिमा समानुपातिक प्रतिनिधित्व र राज्यका महत्वपूर्ण निकाय सुरक्षा, प्रशासन न्यायालय र बजेट बांडफांडमा अर्थपूर्ण सहभागिता सहित एक मधेश स्वायत प्रदेशको मांग गर्दै उपेन्द्र यादवले नेतृत्व गरेको वृहत लोकतान्त्रिक मधेशी मोर्चा तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा यिनै गोलमटोल मुद्दामा समेत सहमति नभएको अवस्थामा आफ्नो हित नदेख्ने मैथिलहरुले आन्दोलनको शुरुवात गरे जसमा पााच जनाले सहादत दिए यहि जनकपुरमा । यस अघि मिथिलाको राजनीतिक अस्तित्व थिएन् यो यथार्त हो । यस वीच न मधेश कमजोर भएका छन्, न त मिथिला प्रभावशाली ।
मैथिलहरुले राष्टूकालागि चाहिने सम्पूर्ण अवयव बोकेको मिथिला राज्यकालागि संघर्ष गर्दै आन्दोलनकारीहरुको एक प्रतिनिधि काठमाडौामा सरकार संग बार्ता गरेका थिए ।  आन्दोलनलाई निरन्तर सशक्त बनाइएन भने युवा आन्दोलनकारी भवेश मिश्रकै शव्दमा शान्तिमन्त्रालयको फैक्समै रिलैक्स गरेर बस्नु पर्ने उपयुक्त समय होइन यो । त्यसै गरी शोसित पीडितको पक्षमा संविधान जारी भएन भने त्यो दिन दुर छैन् जुन दिन सम्पूर्ण कुटनीतिज्ञहरुलाई पनि बाइपास गर्दै नेपाली जनताले आफै आफ्नो भाग्यको रेखा कोर्ने छन् ।
असमानता व्याप्त रहेको जनकपुरमा डर र डाह प्रधान भएको छ यतिखेर । केही हुनेहरु भएको गुम्ने त्रासमा बांचीरहेका छन् । शक्ति, सम्पती एवम् प्रभाव भएर पनि गरीब जनकपुरका समृद्ध व्यक्तिहरु शान्ति संग बस्न सक्दैनन् । तिनको असन्तोष र आक्रोश कमजोर प्रतिको घृणामा देख्न सकिन्छ । डर र घृणाको विष्फोटक समिश्रण नै हिंसाको रुपमा प्रकट हुन्छ ।
हिंसा भौतिक प्रकृतिकै हुनु पर्छ भन्ने छैन । यथास्थितीलाई निरन्तरता दिन संरचनागत एवम् शाब्दिक हिंसा पर्याप्त हुन्छन् । गएको एक वर्षमा जनकपुरमा यस्तै भएको छ । जिल्ला विकास समिति धनुषाका सहलेखापाल जीवनाथ चौधरी र पुर्व सभासद् संजय साह बीचको बैमनस्यताले मैथिली आन्दोलनको गतिविधिलाई थोरबहुत रुपमा गतिहीन अवस्य तुल्याएको छ । जनकपुरकै ती दुई व्यक्तित्व बीचको टकरावले मिथिला राज्य स्थापनाका लागि उठाइएको मुद्दा धरापमा पर्नु पनि राज्यको जालसाजी हो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यतीबेला आफ्नो पार्टीको महाधिवेशन सम्पन्न गराउन चतुराई पुर्वक मिथिला राज्य संघर्ष समिति संग सम्झौता गरे तर कार्यक्रम सकिए लगतै सरकारका मन्त्री समेत रहेका महतोले यो आन्दोलनको कुनै तुक छैन र राज्यले वार्ता समिति संग गरेको सम्झौता पनि कार्यान्वयन नहुुनु यसै कुराको पुष्टी गर्छ ।  यति मात्र होइन मिथिलाको सम्बन्धमा म पनि लेख्न र बोल्न नरुचाउने महाजनी पत्रकारीतालाई बढावा दिन काठमाडौका े केही संचार माध्यमहरुले मनग्गै कमाए भने चर्चा पनि नसुनिएको होइन यो पनि राज्यकै बेइमानी होइन त ? मैथिली आन्दोलन कारीहरु सेलाए र सक्रिय नभएको आरोप खेप्दै आएका छन । तर मुद्दा कहिल्यै मर्दैनन् । तिनको सहज अवतरण भएन भने भोलिको दिनमा यो मुद्दा विष्फोटक रुपमा आउने त होइन  भने आशंका पनि गर्नु अनुचित नहोला ।   
राजनीतिक चेतनाको स्तर कम भएको समाजमा डाहाको रापले पनि केही नहुनेलाई नै डढाउछ । चेतनाले भने नपुंसक इष्र्यालाई ईखमा रुपान्तरण गरिदिन्छ । ईख जतिको घातक  बिष केही छैन । तिरस्कृत, बहिस्कृत एवम् अपहेलित समुह तथा जातिलाई संगठित गरेर आन्दोलन थाल्यो भने मिथिला आन्दोलन उत्कर्षमा पुग्न बेर लाग्दैन । मधेश बिद्रोह नग्न आक्रोसको विष्फोट थियो । डर होस वा डाहा अन्तत: दुबै किसिमका नाकारात्मक भावले समाजका सृजनात्मकतालाई कमजोर तुल्याउछ । सम्बेदना कुण्ठीत पार्छ र सद्भाव घटाउछ । जनकपुरको राजनीतिको मुख्य चुनौती डरको न्युनिकरण एवम् डाहाको नियन्त्रणद्वारा समाजलाई गतिदिनु हो । दुर्भाग्यबस जनकपुरका राजनीतिकर्मीहरु यी मोर्चाहरुमा कमजोर हुदै गएका छन् । बाह्रय हस्तक्षेपलाई दोष दिन सजिलो ठान्छन उनीहरु । प्रत्येक क्षेत्र भित्र निरन्तर चलिरहने अन्तरसंघर्षको घातक प्रहारबाट जनकपुरको समग्र जीवन मुक्त हुन सकेको छैन । भय र ईष्र्या जस्ता राजनीतिक बिकार नियन्त्रण गर्ने प्रयत्न नभए सम्म विश्वासको वातावरण बन्न सक्दैन । अविस्वासको आगोको झिल्कालाई अपराधीक राजनीति बहुमतको परालको थुप्रोले न त जनकपुर शान्त हुन सक्छ, न मिति नै घोषणा नभएको अगामी चुनाव मार्फत मिथिला राज्यको मुद्दालाई सहज अवतरण हुन सक्छ । ईखको बिष बरु घट्न सक्छ, अहंकारको जहरको कुनै औषधी छैन । गणतन्त्र घोषणा सम्म आईपुग्दा मुठीभर सम्भ्रान्तहरुको हातबाट खोसेर जनताले शक्ति आफ्नो हातमा लिइसकेका छन् । परन्तु नया संस्थागत संरचना तैयार गरेर यो शक्तिको वास्तविक प्रयोग गर्न जनता अझै सफल भईसकेका छैनन् । यसका निम्ति राज्य संरचनाको पुर्नसंरचना गर्नपर्छ । तर जनताले आफ्नो प्रतिनिधिका रुपमा पत्याएका दलले यो एैतिहासिक जिम्मेबारी समयमै पुरा गर्न सकेनन ।   यसरी मधेश, मिथिला र आदिवासी जनजाति तथा नेपालका तमाम उत्पीडित र वहिस्कृत समुदायले नया प्रगतिशील जनहितमा आधारित संविधान जारी होस भन्ने चाहन्छन् यो जारी हुन नसक्दा रितो हात कसैको हुन्छ भने त्यो यतिञ्जेलका वहिस्कृत र उत्पीडित समुदायका नै हुन्छ । यसै गरी समयमा संविधान जारी भएन भने मुलुकले वेहोर्नु पर्ने क्षतिको उपचार गर्ने चिकित्सा पेशा अंगाली सकेका राष्टूपति डा. रामबरण यादव संग पनि यसको उपचार देखिदैन भन्दा उतिसारो हतारो नहोला ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete