Monday, April 24, 2017

सिंहदरवारलाई राज्यद्वारा उपेक्षित गांउको प्रश्न : जिवेश झा

निवन्ध धेरै, प्रवन्ध थोरै । अध्ययन कम विश्लेषण बढि । सपनाको सागर छ तर विपनामा एक ग्लास पानी छैन । यस्ता उखान टुक्काहरु हाम्रो नेपाली समाजमा एक दमै प्रसिद्ध छन् । प्रसिद्ध पनि किन नहुनु आखिर हाम्रा नेतादेखि शासकसम्म सपना वांडनमै जो मस्त छन् ।
यस्तै सपना वांडने नेता र शासकहरुका झुठा आश्वासनको विशेष शिकार बनेको ठांउ हो महोत्तरी जिल्लाको बथनाहा गा.वि.स.  ।  आज भन्दा ६५ वर्ष पहिला मेरो हजुर वुवाले मेरी हजुर आमालाई बथनाहा गांउमा विहे गरेर ल्याएका थिए । नेपाली वोल्न नजान्ने मेरो ८५ बर्ष कि हुजुर आमा भन्नुहुन्छ  ूवौवा हमर जहिया विवाह भेल तहियो बथनाहा एहने छलै आ एखनो स्याह छै । गाम ऐवाक लेल तहियो सुरसन्ड दक आव परै आ एखनो स्याह गति,ू यो मैथिली भनाईलाई नेपालीमा उल्था गर्दा केही यस्तो सुनिन्छ, ूवावु मेरो विहे भएको समयमा पनि वथनाहा यस्तै थियो र अहिले पनि यस्तै छ । पहिला पनि गांउ पस्नको लागि सुरसन्ड भएरै आउनुर्पथ्यो र आज पनि अवस्था त्यहि छ ।ू सुरसन्ड भारतको बिहार राज्यमा पर्ने सितामढी जिल्लाको सिमावर्ती शहर हो  ।
समय र परिवेशमा परिवर्तन आए पनि स्थिती भने उहि छ  । राजतन्त्र देखि प्रजातन्त्र हुंदै लोकतन्त्रिक गणतन्त्रसम्मको राजनैतिक परवर्तन महसुस गरेका वथनाहा गाँउका वासिन्दाका लागि भने यो परिवर्तन सहि मायनेमा न भापेको देखिन्छ । आखिर उनले के पाए ? विकासको सिन्को नभांचिए पनि गा.वि.स. को वजेट कागज मै सकिन्छ  । वजेटको कार्यान्वयन भुमिमा हुनुभन्दा पनि कागजमै हुन्छ  । कागजमै वाटो(घाटो वन्छन , कागजमै वर्खायाममा भत्किन्छन् । यो स्थिती हेर्दा एउटै कुरो बुझिन्छ कि हाम्रा शासकहरु गणितिय समिकरणमा अव्वल (‘पर्फेक्ट’) छन् ।
सदरमुकाम पुग्न वाटो(घाटो र यातायातको अभावाका कारण गांउवासीहरु आफ्ना उपभोग्य वस्तुहरु किन(वेच गर्नका लागि भारतिय सिमावर्ती क्षेत्र सुरसन्ड मै आश्रित हुन वाध्य छन् । उनिहरुले काम जहां गरे पनि माम भने भारतिय वजार कै खान्छन  । वास नेपाली भुमिमा भए पनि गासं र कपासको लागि भारतिय भुमिमा पाईला टेक्नुपर्छ  । समस्या यतिमा मात्र सीमित छैन । सिमावर्ति क्षेत्रमा नेपाली रुपैया कौडीको भाउमा साटिन्छ अर्थात हाम्रो १०० ने.रु. भारतिय वजारमा ५० भा.रु. मात्र हुनजान्छ । नेपाली पैसाको विनिमय दर सिमावर्ति क्षेत्रमा वैंक दरभन्दा ह्वातै कम हुनुमा भारतिय पक्ष दोषि देखिए पनि नेपाल राष्टू वैंक पनि चोखो छैनन् । राष्टू वैंकले आवश्यक पर्ने भारतिय रुपैयां बिनिमय नगरिदिएर यस्तो समस्या उत्पनन भएको प्रवुद्ध वर्गहरु गुनासो गर्छन् ।
ूगांउमा विकासको सिन्को नभांचिनु, युवाहरु विदेशिनु र कुलतमा फस्नु, नेपाली रुपैंयाको सटही दर दिन(प्रतिदिन कम हुनु, राष्टू वैंक भा.रु. सटही गर्न उदासिन हुनु, गांउमा सशत्र प्रहरीको आतङ्क मच्चिनु र गांउ अभावै अभावको स्थल बन्नुमा राज्य दोषि छ । हामी गांउवासीलाई नेपाल सरकारले दुहुनो गाई झैं ठानेर कर तिर्न वाध्य वनाएको छ तर त्सको साटो गांउवासीले केहि पाएका छैनन । यसवाट राज्य नीति स्पषट हुन्छ कि मधेशको ग्रामिण भुभागहरु अहिलेसम्म पनि उनको चासोको विषय वनेको छैन,  भन्छन समासेवी   ईन्जिनियर देवनारायण झा  ।
महोत्तरी जिल्लाको वथनाहा यस्तो गांउ हो नेपालमा जहांका वासिन्दालाई आफ्नो सदरमुकाम जलेश्वर पुग्नको लागि भारतको वाटो(घाटो र सवारी साधनको प्रयोग गर्नुपर्छ । गांउ निर्माण भएदेखि अहिलेसम्म समय र परिवेशमा परिवर्तन आए पनि स्थिती भने उहि छ । गांउको आधा आकाश विदेशिएको छ  । युवाहरु विदेश मै छन् ।
सिंचाई, खाद्ध र विउको अभावमा खेति(पाती योग्य भुमी वांझै रहन्छन । किसानहरु खेती(पातीमा भविष्य सुरक्षित नभएको देखेर विदेशिन वाध्य छन् । केहि किसानहरु आफ्नो हिम्मत गरेर खेती गरिरहेको र भारतबाट खाद्ध, विउवाली ल्याऊदा उता भारतिय सिमा सिरक्षा वलको ज्यादतिको शिकार हुन्छन भने यता आफ्नै नेपाल सरकारको जागिर खाने शसत्र प्रहरीको बुट, र अपशव्द  सहनु पर्रिरहेको छ ।
युवाहरुले विदेशमा आफ्नो श्रम खर्चिनु भन्दा आफ्नै नेपाली भुमिमा केहि गर्न सकिन्छ कि भनेर कुनै व्यवसाय गर्न खोज्दा उता भारतिय सिमा सुरक्षा वल र यता शसत्र प्रहरी दुवैलाई घुस र कमिसन दिन वाध्य छन्  । आय (क्ष्लअयmभ) भन्दा वढि व्यय (भहउभलमष्तगचभ) भएको निर्कयौल निकालेपछि उनिहरु विदेशिन वाध्य हुन्छन् । अनि प्रश्न उठ्छः हाम्रा नेपाल प्रहरी सिमा सुरक्षा र हाम्रो ज्यान(मालको सुरक्षार्थ खटिएका हुन कि घुस खानका लागि ? वथनाहा गांउमा उनको गतिविधि र उपस्थिती हेर्दा त उनिहरु घुस खानकै लागि जागिरमा पसेका हुन कि जस्तो लाग्छ । विडम्वना यस्तो छ कि युवाहरु राज्यले पनि केहि गर्न सकेन र उनले आर्थिक अभावका कारण केहि गर्न नसकेपछि निरास (‘डिप्रेशन’) भई कुलतमा परेछन । युवा कुनै पनि मुलुकको लागि मेरुदन्ड हुन्छ तर वथनाहा गांउको युवाहरु विदेशिएको र कुलतमा फसेको देखेपछि यस्तो लाग्छ कि यो मेरुद्डमा जङ्ग लागिसकेको छ ।
अर्कोतर्फ आजभन्दा ६२  वर्ष पहिला स्थापना भएको भै.गु.लो. जनता माध्यमिक विद्यालयको अवस्था पनि गांउको विकास निर्माण भन्दा फरक छैन् । विद्यालय अहिलेसम्म माध्यमिकवाट उछ्च माध्यमिक वन्नसकेन ।
गांउमा आफूलाई नागरिक समाजका अगुवा भनाउने अवकास प्राप्त कर्मचारीहरु गांउ विकास र युवाहरुलाई सहि वाटोमा डोर्याउनुको साटो अर्काको कुरा काटेर बस्छन् । उनिहरु चिन्तन भन्दा चिन्ता गर्न मै समय खेर फाल्छन् । गांउको विकासतर्फ ध्यान नदिने तर अर्का छोरा(छोरीले यसो र्गयो उसो र्गयो भन्ने विषयलाई प्रमुखताका साथ उठाउनु यिनको विशेषता हो  । उनिहरु नेपाली नेता झैं कुरा गरेर आफ्नो दायित्व पुरा भएको महशुस गर्छन तर सकारात्मक परिवर्तन तर्फ कदम चाल्दैनन् ।
अनि प्रश्न उठ्छ कि के वथनाहा गा.वि.स. का वासिन्दाले आफ्नो सदरमुकाम जलेश्वर पुग्न सदैव भारतिय भुमी छिर्नैपर्छ? के उनिहरुले विकासको स्वाद चाख्न पाऊनुहुन्न? राज्यका प्रहरीहरुको कमाईको केन्द्र वनेर कहिलेसम्म वस्ने वथनाहा गांउ? गांउका गरिव(निमुखा र पिछडा वर्गका जनताका छोरा(छोरीहरुले उच्च माध्यमिक शिक्षा गांउमै हांशिल गर्न पाउने अवशर कहिले जुडाउंछन ? लंकामा सुन छ मेरो कान वुचै भने झैं काठमांडौमा साझा वस चल्नु, कोटेश्वरको वाटो फराकिलो हुनु र चक्रपथ पिच हुंदैमा यि गांउवासीले केहि पांउने होईनन् । सिंह दरवारमा को वस्छन कति खोंक्छन र कतिका विकासे योजना वनाऊछन त्यसले यिनलाई तबसम्म हेक्का हुंदैन जबसम्म यिनको गांउमा विकासको सिन्को भांचिदैन् ।  राज्यले राजनैतिक उथल(पुथल महशुस गरेपनि यि गांउलेहरुले भने विकासको नाममा केहि परिवर्तन पाएका छैनन् । यिनको लागि राजतन्त्र र लोकतनत्र सवै एक(समान हुनः पहिला पनि भारतिय वजारमै आश्रित अहिले पनि त्यस्तै  । आखिर कृषी प्रधान देशको यो गांउका उवजाउ योग्य भुमी सिंचाई र खाद्ध विउको अभावमा कहिलेसम्म वांझै वस्ने ? सिंहदरवारले हाम्रो समस्या कहिले बुझिदिने ? राजनेताहरुको खोक्रो भाषणलाई प्रमुखताका साथ पस्किने नेपाली मिडियाको ध्यान कहिले पुग्ला यो गांउको दुर्दशामा ? के हामी करदाता मात्र  हौं ? राष्टिूयतामा नेपाली तर लुगा(फाटादेखि तमाम उपभोग्य वस्तु भारतिय , यो कस्तो विडम्वना हो ? हाम्रो गुनासो कसले बुझिदिने?
एमाले अध्यक्ष के.पी. ओलीको हावा(हुडीवाट निकालिएको विजुलीवाट मोवाईल चार्ज गरि कांग्रेसको रुखमा वसेर प्रचन्डको निशुल्क वाई(फाई चलांउदै, कमल थापाको गाई र महन्थ ठाकुर नेतृत्वको तमलोपाको गोडु चराउने सपना यी गांउलेहरुको पुरा हुने कांटछांट देखिदैन्  ।  न यि नेताले हाम्रा समस्या वुझिदिए न त संहदरवारले, अनि प्रशन आंउछ कि हाम्रो समस्या कसले विझिदेने हे प्रभु? हामी कहां गएर गुहार लगाऔं ? तत्कालिन ने.क. पा. (एमाले) महासचिव माधव कुमार नेपालले आफूलाई प्रधानमंत्री वनाईदिन राजा ज्ञानेन्द्रलाई विनती पत्र चढाए झैं यि गांउलेहरुले विकासको लागि कहां विनति पत्र चढाउने ?

२०७४ बैशाख १० गते आईतबार

No comments:

Post a Comment