Monday, April 24, 2017

स्वास्थ्य क्षेत्रमा बढ्दो बेथिति रकम चलखेलको आधारमा धमाधम जनस्वास्थ्यद्वारा दर्ता प्रमाण पत्र वितरण, सहरी भवनद्वारा भुकम्प प्रतिरोधात्मक प्रमाण पत्र वितरण

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.रामपरीक्षण यादवको अवैध निजी अस्पताल
कृष्णा नर्सिङ्ग होम ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
१६ चैत्र २०७३ देखि डा.रामपरिक्षण यादव जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट हुन । एकातर्फ उनी सरकारी अस्पतालको मेसु हुन भने जनकपुरमै बर्षौं देखि उनको निजी नर्सिङ्ग होम संचालित छन् । जनकपुरको रामानन्द चौक स्थित जनकपुर अञ्चल अस्पताल रोडमै उनको निजी अस्पताल कृष्णा नर्सिङ्ग होम संचालित छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख मुन्द्रिका प्रसाद ठाकुरका अनुसार उक्त संस्था संचालनका लागि जनस्वास्थ्यबाट अनुमति प्राप्त गरेको छैन । उनकै भनाई अनुसार मेसु यादवको नर्सिङ्ग होम अवैध हो ।
त्यस सवालमा मेसु यादवसँग सोध्दा कृष्णा नर्सिङ्ग होमको संचालक आफु रहेको स्वीकारेका छन् । २०५३ सालमा नै स्वास्थ्य सेवा विभाग जनशक्ति महाशाखाबाट २६ शैयाको नर्सिङ्ग होम आफ्नो नाउँमा दर्ता गराई संचालन गरेको दावी गर्दै मेसु यादव भन्छन,“ जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले २५ बेड सम्मको अस्पताललाई मात्र अनुमति दिने हो । त्यसैले आफुले स्वास्थ्य सेवा विभागबाट दर्ता अनुमति पत्र प्राप्त गरेको र प्रत्येक बर्ष मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट नविकरण गर्ने गरेको छु ।” २२ असोज २०५३ मा स्वास्थ्य सेवा विभागबाट आफ्नो नाउँमा कृष्णा नर्सिङ्ग होम संचालन गर्ने विषयमा पत्र प्राप्त गरी जिल्ला प्रशासन कार्यालय धनुषा र जनस्वास्थ्य कार्यालय धनुषा दुवैमा बुझाएपनि जनस्वास्थ्यमा अभिलेख नहुनु दुःखद भएको मेसु यादवले बताए ।
मापदण्ड विपरित अनुमति पाएका आर्या केयर एण्ड क्यूर हस्पिटल जनकपुर ।
पुर्वाधार नभएपनि संचालन अनुमति दिइएको
नेपाल डेन्टल एण्ड टेकन्किल रिसर्च इन्सिट्च्यूट ।
अर्को तर्फ तपाई सरकारी अस्पतालको मेसु भएर सोही ठाउँमा निजी अस्पताल कसरी संचालन गरिरहनु भएको छ भन्ने सवालमा मेसु यादव भन्छन,“ठिकै छ, त्यसो हो भने आज भोलीमा संचालक अरुलाई बनाईदिन्छु । उक्त निजी अस्पतालमा अन्य दुई जना व्यक्तिहरु जानकी राय र रुपनारायण यादव पनि अंशियार छन्, उनीहरुलाई संचालक बनाईदिन्छु ।” मेसु यादवले निजी नर्सिङ्ग होम संचालन गरिरहेको बेलामा स्वास्थ्य मन्त्री गगन थापाले उनलाई कारवाही गर्छन वा गर्दैनन् त्यो भने हेर्नुपर्ने हुन्छ ।
डा.रामशरण साहद्वारा संचालित २५ बेडको स्वस्तिका हेल्थ केयर हस्पिटल प्रा.लि. कपिलेश्वर रोड, जनकपुरधाम, जनकपुरकै भ्रमरपुरा चौकमा प्रदिप कुमार गुप्ताद्वारा संचालित २५ बेडको दैविक इन्टरनेश्नल अस्पताल, डा.राघवेन्द्र झाद्वारा संचालित ओम दिर्घायू हस्पिटल लगायत कतिपय अस्पतालहरु जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाबाट अस्पताल संचालन अनुमति पत्र नलिईकनै संचालित छन् ।
५ चैत्र २०७३ मा डा.नमिता यादवले १५ शैयाको अस्पताल संचालन अनुमतिको लागि २१ माघ २०७३ मा आवेदन गरेको हुँदा निजी तथा गैरसरकारी स्वास्थ्य अस्पताल, नर्सिङ्ग होम आदि स्थापना र संचालन मिति मापदण्ड एवम पुर्वाधार निर्देशिका २०७० बमोजिम संचालन गर्न १५ चैत्र २०७३ को निर्णय अनुसार एक बर्षको लागि आराध्या हस्पिटल प्रा.लि. संचालन अनुमति प्रदान गरिएको छ भन्दै निमित्त बरिष्ठ जनस्वास्थ्य प्रशासक मुन्द्रिका प्रसाद ठाकुरले १५ चैत्र २०७३ मा अस्पताल संचालन अनुमति प्रदान गरेको छ ।
१४ माघ २०७३ मा राष्टिूय भवन संहिता २०६० र राष्टिूय भवन संहिता कार्यान्वयन कार्यविधि २०६० अनुसार उक्त भवनको भलनेरेवलिटी एसेस्मेन्ट गर्दा भुकम्प प्रतिरोधी रहेको देखिएको व्यहोरा प्रमाणित गरिन्छ भन्दै सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका डिभिजन प्रमुख गंगा प्रसाद यादवले डा.नमिता यादवलाई भुकम्प प्रतिरोधी भवनको प्रमाण पत्र प्रदान गरेका छन् ।
२ चैत्र २०७३ मा जनस्वास्थ्य धनुषाले जनकपुर २ का डा.सन्तोष राज पजियारलाई ६ चेयर्सको माँ भगवती डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. संचालन गर्न अनुमति पत्र प्रदान गरेको छ । मापदण्ड अनुसार डेन्टल अस्पताल संचालन गर्नका लागि कम्तिमा पनि १५ वटा डेन्टल चेयर चाहिन्छ । विशेषज्ञ सेवाका लागि एमडिएस ओरल सर्जन कम्तिमा सप्ताहमा एक पटक आउनु पर्दछ । माइनर अप्रेशन थिएटरका लागि कम्तिमा पनि दुई वटा बेड र ४ वटा डेन्टल चेयर हुनुपर्दछ । खास गरेर दाँतको फ्रेयाक्चर हेर्नका लागि आवश्यक पर्दछ । त्यसैगरी बाँगोटिङ्गो दाँत मिलाउनको लागि अर्थोडेन्टिक डिपार्टमेन्टमा एमएस अर्थो महिनामा कम्तिमा पनि दुई पटक आउनुपर्दछ । कृत्रिम दाँत बनाउनका लागि प्रस्थोडन्टिक डिपार्टमेन्ट अन्तरगत कम्तिमा पनि दूईवटा डेन्टल चेयर हुनुपर्दछ र डाक्टरले सप्ताहमा एक पटक भिजिट गर्नुपर्दछ । जडा देखि दाँत भर्ने कार्यका लागि आरसिटी तथा कन्जरभेटिब टिूटमेन्टका लागि दूईवटा डेन्टल चेयर हुनुपर्दछ र विशेषज्ञ डाक्टरले कम्तिमा पनि सप्ताहमा १पटक भिजिट गर्नुपर्दछ । त्यसैगरी गिजाको डाक्टर पेरिडन्टिक्सका लागि दुईवटा चेयर हुनुपर्दछ र सप्ताहमा एक पटक भिजिट हुनुपर्दछ । यसका अतिरिक्त कम्तिमा पनि १० वटा डेन्टल सर्जन विडिएस गरेको हुनुपर्दछ । अन्य थुप्रै स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीहरुको आवश्यकता पर्दछ । तर, माँ भगवती डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा डा.पंजियार बाहेक अन्य विशेषज्ञ चिकित्सकहरु छैनन् । आवश्यक मात्रामा अन्य प्राविधिक कर्मचारीहरु पनि छैनन् । तर पनि जिल्ला जनस्वास्थय कार्यालय धनुषाले अनुमति प्रदान गरेको छ । यति मात्र होईन रिसर्च सेन्टर भएकाले बर्षमा कम्तिमा दुई वटा अनुसन्धान पत्र सहितको थेसिस बुझाउनु पर्दछ । जबकी यी कुनै कुराहरु पुरा भएको छैन । उक्त अस्पतालका संचालक डा.संतोष राज पंजियार पनि के स्वीकार गर्छन भने आवश्यक पर्ने पुर्वाधारहरु त छैनन्, तर विस्तारै भविष्यमा सबै कुरा जुटाउने छु । के अनुसन्धान गरिएको छ भन्ने सवालमा डा.पंजियार भन्छन,“ अहिले गाउँ गाउँमा गएर शिविरहरु संचालन गर्दैछु, पछि गएर रिसर्च रिपोर्ट सहित थेसिस बुझाउने छु । ”महत्वपुर्ण कुरा के हो भने अस्पतालको नाउँको पछाडी रिसर्च सेन्टर लेख्न पाएपछि अस्पतालमा आवश्यक पर्ने उपकरणहरु अन्य देशबाट आयात गरिँदा भन्सारमा लाग्ने राजश्वमा धेरै छुट पाईन्छ । त्यसकारण नामको लागि मात्र अनुसन्धान केन्द्र लेख्ने गरिएको छ । जबकी त्यस्ता अनुसन्धान केन्द्रहरुमा कुनै पनि किसिमको अनुसन्धानहरु गरिएको हुँदैन । आर्थिक चलखेलमा नै भएपनि अहिले आएर मापदण्ड र पुर्वाधार विपरित उक्त अस्पतालले दर्ता र संचालन अनुमति पत्र लिएको छ । जबकी विगत ५÷७ बर्ष देखि उक्त अस्पताल दर्ता नै नगरिकन संचालित थियो ।
अर्को उदाहरण जनकपुरको जानकी मन्दिरको जग्गामा लिजमा जग्गा लिएर निर्माण भएको रामजानकी हस्पिटल प्रा.लि.को छ । गणेश साह संचालक रहेको उक्त अस्पतालको भवन निर्माण सन्दर्भमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका डिभिजन प्रमुख गंगा प्रसाद यादवले ५ चैत्र २०७२ मा निर्माण डिजाईन सहमतिका लागि अनुमति दिएको छ । जानकी मन्दिर गुठीको नाउँमा रहेको जनकपुर ६ स्थित राम जानकी हस्पिटल निर्माणका लागि नयाँ ट्रस भवनको नियमति सुपरभिजन गराई निर्माण सम्पन्न भईसकेको र यो घर भुकम्प रहित घर हो भनि यादवले प्रमाणित गरेका छन् । त्यसपछि २० असोज २०७३ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका बरिष्ठ जनस्वास्थ्य प्रमुख सच्चिदानन्द देवले २५ शैयाको अस्पताल संचालन गर्न एक बर्षको लागि स्वीकृति दिएको छ । त्यसपछि ८ कार्तिक २०७३ मा मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाका क्षेत्रिय निर्देशक डा.रमेश विक्रम सिंहले ५० शैयाको अस्पताल संचालन गर्न राम जानकी हस्पिटल प्रा.लि.लाई अनुमति दिएको छ । अब मुख्य कुरा के हो भने उक्त अस्पतालको तस्वीर हेर्दा नै के बुझिन्छ भने एक त ५० शैया अस्पतालको लागि आवश्यक पर्ने पुर्वाधार तथा मापदण्डहरु पुरा भएको छैन । अर्को तर्फ उक्त अस्पताल हेर्दा भुकम्प रहित घर हो  भन्न सकिने अवस्था देखिँदैन ।
यसरी हेर्ने हो भने जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले मापदण्ड र पुर्वाधार नपुगेका स्वास्थ्य संस्था, क्लिनिक, हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई आर्थिक चलखेलको आधारमा धमाधम दर्ता प्रमाण पत्र वितरण गरेको छ । खासगरी दर्ता प्रमाण पत्र दिने जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरले मोटो रकमको लेनदेनमा स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० को बरखिलाप गई दर्ता अनुमति पत्र वितरण गरेको केही चिकित्सकहरुले आरोप लगाएका छन् । मापदण्ड निर्देशिकामा रहेका पुर्वाधारहरुलाई कागजमा र फाइलमा देखाइएपनि व्यवहारमा त्यस्ता कुराहरु नपाईने स्वास्थ्य संस्थाहरुलाई जनस्वास्थ्य कार्यालयले संचालन अनुमति पत्र दिएपछि थुप्रै आशंकाहरु उत्पन्न भएका छन् । एकातर्फ दर्ताका लागि सहरी भवन विभाग जनकपुरका डिभिजन प्रमुख गंगा प्रसाद यादवले मोटो रकम लिएर भुकम्प प्रतिरोधात्मक भवनको प्रमाण पत्र वितरण गरेका छन् भने जनस्वास्थ्य प्रमुख ठाकुरले पनि मोटो रकम लिएर संचालन अनुमति पत्र दिएको आरोप लागेको छ । किनभने बर्षौ देखि जुन भवनलाई भुकम्प प्रतिरोधात्मक प्रमाण पत्र दिइएको थिएन त्यही भवनहरुलाई धमाधम कसरी प्रमाण पत्र दिइयो भन्ने प्रश्नका आधारमा पनि त्यसरी प्रमाण पत्र दिइँदा व्यापक आर्थिक चलखेल भएको आशंका लाई पनि पुष्टि गर्दछ ।
२६ पुष २०७३ का दिन धनुषाका सहायक प्रजिअ राजेश गिरीको संयोजकत्वमा गठित संयूक्त अनुगमन समितिले जनकपुर सहर भित्र रहेका स्वास्थ्य क्षेत्रका औषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतको अनुगमन गर्दा अनुगमनका क्रममा विना दर्ता संचालित रहेका अस्पताल, नर्सिङ होम, क्लिनिक तथा औषधि पसलहरुमा तालाबन्दी गरी कारवाही प्रक्रिया अगाडी वढाएको थियो ।
धनुषाका सहायक जिल्ला अधिकारी गिरी नेतृत्वको अनुगमन समितिले अवैधानिक रुपमा तथा अनुमति बिना नै सञ्चालनमा आएको ४० श्ययाको आर्या केयर अस्पताल, प्रसूति विशेषज्ञ डा रामनरेश पण्डितको क्लिनिक, डा सोनिय सिंहको काव्य मेडिकल, जलान मेडिकललगायतका निजी अस्पताल, पोलिक्लिनिक, प्याथोलोजी ल्याब र औषधि पसलमा सिल गरेको थियो । राजस्व छलेको आशङ्कामा निजी अस्पताल र पोलिक्लिनिकका आवश्यक कागजातसमेत गरी आन्तरिक राजस्व कार्यालय, जनकपुरका कर्मचारीले नियन्त्रणमा लिएका थिए । त्यसैगरी अनुगमन टोलीले रामदेवी डेन्टल क्लिनिक, सुनैना प्याथोलोजी, मनिष मेडिलक हल, अमृत क्लिनिक, सीता फिजियोथेरापी, डिमाइन प्याथोलोजी, मुस्कान मेसिन, पप्पु मेडिकल हल, अमास मेडिकल हल, काव्य मेडिकल हल, अर्थोपेडिक तथा टूमा सेन्टरलगायतमा पनि सिलबन्दी गरेको थियो ।
३ दिनसम्म औषधि पसलहरु बन्द रहेपछि प्रशासनले विना कारवाही ५ सुत्रिय सम्झौता गरेपछि तत्काल विना कारवाही गरी अवैध स्वास्थ्य संस्थाहरुलाई फागुन मसान्त सम्ममा दर्ता गराउने शर्तमा प्रशासनले सिलबन्दी तोडेको थियो । हो, अहिले त्यस्तै कारवाहीमा परेका अवैध संस्थाहरु विना मापदण्ड र पुर्वाधारकै भएपनि धमाधम दर्ता भएपछि आशंका बढेको हो ।
स्वास्थ्य मन्त्रालयले फागुन मसान्त सम्म स्वास्थ्य संस्था, क्लिनिक, हस्पिटल, प्याथोलोजी लगायतका क्षेत्रहरुलाई अनिवार्य रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गरि संचालन गर्न निर्देशन दिएपछि धनुषामा उल्लेख्य रुपमा दर्ताको संख्या वृद्धि भएको छ । फागुन मसान्तसम्ममा मापदण्ड अनुसार दर्ता नगरिएको खण्डमा कारवाही गरी सिज गरिने निर्देशन स्वास्थ्य मन्त्री गगन थापाले दिएपछि दर्ता गराउने संस्थाहरुको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार फागुन मसान्तसम्म दर्ता हुने तर्फ ४५ वटा स्वास्थ्य क्लिनिक, ४ वटा प्याथोलोजी ल्याब, १० वटा अल्टूा साउण्ड तथा इमेजिङ्ग सेन्टर, २५ वटा डेन्टल क्लिनिक, १७ वटा पोलिक्लिनिक तथा १४ वटा निजी अस्पताल तथा नर्सिङ्ग होम रहेका छन् । जबकी त्यस अघिसम्म अत्यन्तै न्यून संख्यामा स्वास्थ्य संस्थाहरु दर्ता भएका थिए ।
मापदण्ड विपरित दर्ता
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले मापदण्ड तथा पुर्वाधार पुरा नगरेका स्वास्थ्य संस्थाहरुलाई आर्थिक चलखेलमा परेर धमाधम दर्ता प्रमाण पत्र प्रदान गरेको चिकित्सकहरुले आरोप लगाएका छन् । श्याम साहले संचालन गर्ने जनसेवा डेन्टल अहिले पनि क्वाक अर्थात चिकित्सक नै नभएका व्यक्तिद्वारा संचालित छन् । उसले डा.सन्तोष राज पजियारको सर्टिफिकेट दिएर आफ्नो क्लिनिक दर्ता गराएका छन् । जबकी डा.पजियारको आफ्नै माँ भगवती हस्पिटल एण्ड रिसर्च सेन्टर दर्तामा रहेको छ । त्यसैगरी शशि ठाकुरले संचालन गरेको डेन्टल क्लिनिकको लागि पनि मापदण्ड पुग्दैन । क्लिनिक संचालनका लागि आवश्यक पर्ने इलेक्टूोनिक चेयर तथा आयल कम्प्रेसर जस्ता उपकरणहरु नभएको अवस्थामा पनि जनस्वास्थ्य कार्यालयले दर्ता प्रमाण पत्र दिएका छन् ।
प्रियासी डेन्टलले डा.जगदीप साहको शैक्षिक प्रमाण पत्र दिएर दर्ता गर्न लगाएका छन् । जबकी उक्त डा.साहले उक्त क्लिनिक छोडेको महिनौं भईसक्यो, उनले आफै भ्रमरपुरा चौकमा क्लिनिक दर्ता गराउनका लागि आवेदन दिएका छन् । लक्की डेन्टलका लागि डा. चन्द्रदेव यादवको शैक्षिक प्रमाण पत्र दिइएको छ । जबकी डा. यादव झापाको बिर्तामोडमा कार्यरत छन् । सिटी डेन्टलमा डा.रामजिवन साहको शैक्षिक प्रमाण पत्र पेश गरी दर्ता गराइएको छ । जबकी डा. साह नेशनल मेडिकल कलेज विरगञ्जमा कार्यरत छन् । मिथिला डेन्टल केयरमा पनि सर्टिफिकेट कुनै डाक्टरको तर काम अर्कै डाक्टरले गरिरहेको भएपनि दर्ता प्रमाण पत्र दिइएको छ । क्षिरेश्वर प्राथमिक उपचार केन्द्रमा डा.संदिप सिंहको शैक्षिक प्रमाण पत्र दिएर दर्ता अनुमति लिइएको छ । जबकी डा.सिंह रौतहटको गौरमा कार्यरत छन् ।
यति मात्र होइन अस्पताल संचालनका लागि आवश्यक पर्ने पुर्वाधारहरु नभएको अवस्थामा पनि डेन्टल हस्पिटलको अनुमति दिइएको छ । डेन्टल हस्पिटलका लागि १० जना डाक्टर, ४ देखि ५ जनासम्म कन्सलटेन्ट डेन्टल सर्जन, ओपिजी मेसिन सहित विभिन्न पुर्वाधारहरु आवश्यक पर्छन् । तर, त्यस्ता पुर्वाधारहरु नभएको अवस्थामा पनि मोटो रकम घुस बापत लिई तत्कालिन जनस्वास्थ्य प्रमुख सच्चिदानन्द देव र जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरले दर्ता अनुमति प्रमाण पत्र प्रदान गरेका छन् । नेपाल डेन्टल एशोशिएशन धनुषाका अध्यक्ष डा.संजय कुमार गुप्ताका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले यदि मापदण्डको आधारमा दर्ता अनुमति पत्र वितरण गरेको छ भने त्यस्तो नगर्नुपर्ने, त्यसलाई पुनः सच्याउनुपर्ने छ । यद्यपि आफुलाई यस विषयमा सत्य तथ्य अहिले जानकारी छैन । त्यसैगरी नेपाल डेन्टल एशोशिएशन धनुषाका महासचिव डा.सज्जन ठाकुर पनि मापदण्ड विपरितका स्वास्थ्य संस्थाहरुको दर्ता प्रमाण पत्र खारेजी गरिनुपर्ने बताएका छन् ।
जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार दर्ता अनुमति प्रमाण पत्र दिँदा चिकित्सकको शैक्षिक प्रमाण पत्र, एनएमसी नम्बर, नागरिकताको प्रमाण पत्र, घर भाडाको करार, प्यान नम्बर आदि सहितको कागजातको आधारमा अनुमति दिइएको हो । अनुमति दिनुभन्दा पहिले अनुगमन गर्न जाँदा फाईलमा पेश गरिएका चिकित्सक नै  काम गरेको पाइएको थियो, त्यसकै आधारमा दर्ता गरिएको हो । तर, यदि दर्ता गराउँदा पेश गरिएका चिकित्सक नभएर अन्य चिकित्सक मार्फत क्लिनिक चलाइएको छ भने फेरी पनि हामी अनुगमन गर्नेछौं र त्यस्ता क्लिनिकहरु स्वतः कारवाहीमा पर्नेछन् ।
अर्को तर्फ निजी नर्सिङ्ग होम तथा हस्पिटल संचालनका लागि भुकम्प प्रतिरोधात्मक भवन हुनुपर्दछ । तर, त्यस्तो भवन नभएको अवस्थामा पनि अनुमति दिइएको छ । बाहिरबाट हेर्दा नै उक्त अस्पताल भुकम्प प्रतिरोधात्मक नरहेको प्रष्ट देखिन्छ । तर पनि सहरी भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका डिभिजन प्रमुख गंगा प्रसाद यादवले मोटो रकम लिएर भुकम्प प्रतिरोधात्मक प्रमाण दिएको आरोप लाग्ने गरेको छ । यस सबालमा गंगा प्रसाद यादव भन्छन,“ भवन ऐन २०५५ अनुसार स्थलगत गएर निरीक्षण गरिसकेपछि भवनको प्रावधानहरु मिलेपछि मात्र भुकम्प प्रतिरोधात्मक घर भएको प्रमाणहरु दिएका हौं । जहाँसम्म अस्पतालको छानामा टूस अथवा जस्ताहरु छन् त्यहाँ हामीले सिस्मिक भलनेराविलिटीको आधारमा छतहरु खसेपनि क्षति वढी नहुने भएकाले भवनको डिजाईन हेरेर नै भुकम्प प्रतिरोधात्मक घर रहेको प्रमाण दिइएको हो ।”
दर्ता भएका स्वास्थ्य संस्था
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले १ चैत्र २०७३ सम्ममा १४ वटा निजी अस्पताल तथा नर्सिङ्ग होमको रुपमा संचालन गर्न अनुमति प्रदान गर्दै दर्ता प्रमाण पत्र समेत दिएको छ ।  ५५ बेडको जनकपुर सिटी हस्पिटल प्रा.लि. स्टेशन रोड जनकपुर, १ सय बेडको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर रामानन्द चौक जनकपुर, २५ बेडको राम जानकी अस्पताल प्रा.लि. जानकी मन्दिर पछाडी जनकपुर, १५ बेडको जनकपुर अर्थोपेडिक अस्पताल जनकपुर ३, १५ बेडको मिथिलाञ्चल सिटी हस्पिटल प्रा.लि. ब्रम्हपुरी ९ जनकपुर, ५० बेडको केयर मेडिकल सेन्टर मिल्स एरिया जनकपुर, १५ बेडको गोदावरी मोडर्न हस्पिटल प्रा.लि. रामानन्द चौक ८ जनकपुर, ५० बेडको धनुषा हस्पिटल प्रा.लि. स्टेशन रोड जनकपुर, १५ बेडको मिथिला हस्पिटल जनकपुर उपमहानगरपालिका ६, १५ बेडको आस्था हस्पिटल जनकपुर उपमहानगरपालिका ६, २५ बेडको आर्या हस्पिटल जनकपुर उपमहानगरपालिका ६, १५ बेडको आराध्या हस्पिटल जनकपुर उपमहानगरपालिका ८, दुखनी देवी मेमोरियल हस्पिटल विरेन्द्र बजार र मोडल हस्पिटल लालगढलाई निजी अस्पताल तथा नर्सिङ्ग होमको रुपमा संचालन गर्न अनुमति प्रदान गर्दै दर्ता प्रमाण पत्र समेत दिएको छ ।
     त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले १८ वटा पोलिक्लिनिक संचालन गर्न अनुमति सहित दर्ता प्रमाण पत्र वितरण गरेको छ । संजिवनी मेडिकल एण्ड सेफ मदरहुड प्रा.लि. जनकपुर १२, राजाराम यादव मेमोरियल पोलिक्लिनिक धनुषाधाम ३, एएसआरबि हेल्थ केयर एण्ड डाईग्नोस्टिक सेन्टर प्रा.लि. क्षिरेश्वरनाथ नगरपालिका ६, उत्तम पोलिक्लिनिक विरेन्द्र बजार ४, नवजीवन हेल्थ केयर प्रा.लि.ब्रम्हपुरी जनकपुर, प्रिसा पोलिक्लिनिक जनकपुर १०, राजदेवी पोलिक्लिनिक प्रा.लि. रामानन्द चौक जनकपुर, मिहीलाल सिटी स्कयान पोलिक्लिनिक जनकपुर ८, देव पोलिक्लिनिक लक्ष्मिनिया बजार २५, लाईफ केयर सुपर स्पेशलिष्ट पोलिक्लिनिक अस्पताल रोड जनकपुर ६, धनुषा नेश्नल हेल्थ पोलिक्लिनिक भरतपुर ४ विरेन्द्र बजार, शिवगुरु प्राथमिक उपचार पोलिक्लिनिक रामानन्द चौक ८ जनकपुर, दिक्षा पोलिक्लिनिक, बजरंग मेडिकल एण्ड पोलिक्लिनिक जनकपुर ६, सुरक्षा डायग्नोस्टिक एण्ड केयर सेन्टर प्रा.लि. पोलिक्लिनिक जनकपुर ६, जनसेवा पोलिक्लिनिक रामानन्द चौक, रिया पोलिक्लिनिक हेल्थ केयर सेन्टर, गोदार गणेशमान नगरपालिका ७ लाई दर्ता   प्रमाण पत्र प्रदान गरेको छ ।
त्यसैगरी डेन्टल क्लिनिक तर्फ २५ वटा क्लिनिकहरुलाई दर्ता प्रमाण पत्र वितरण गरेको छ । अप्पन डेन्टल चेम्बर्स अस्पताल रोड जनकपुर, द डेन्टल होम अस्पताल रोड जनकपुर ६, सिता डेन्टल क्लिनिक जनकपुर ८ रामानन्द चौक, धनुषा डेन्टल क्लिनिक ब्रम्हपुरी जनकपुर, साई अर्थो डेन्टिक एण्ड कस्मेटिक डेन्टल क्लिनिक जनकपुर ६, राजदेवी डेन्टल केयर क्लिनिक जनकपुर ६, जनसेवा डेन्टल क्लिनिक प्रा.लि. जनकपुर २, मुस्कान डेन्टल क्लिनिक थापा चौक जनकपुर ९, जनकपुर डेन्टल केयर सेन्टर अस्पताल रोड जनकपुर , डेन्टल क्लिनिक अस्पताल रोड जनकपुर ६, कोरियन डेन्टल क्लिनिक भानुचौक २ जनकपुर, प्रियासी डेन्टल क्लिनिक भ्रमरपुरा चौक ७ जनकपुर, ओरो डेन्टल हेल्थ केयर जनकपुर ६, मिथिलाञ्चल डेन्टल क्लिनिक अस्पताल रोड ६ जनकपुर, नरसिंह ओरल एण्ड डेन्टल सर्जरी जनकपुर ९, लक्की डेन्टल क्लिनिक जनकपुर ६, सिटी रामजानकी डेन्टल केयर सेन्टर जनकपुर ८, रामजानकी डेन्टल क्लिनिक भानु चौक जनकपुर १, मिथिला डेन्टल केयर सेन्टर प्रा.लि. जनकपुर १०, संजिवनी डेन्टल क्लिनिक स्टेशन रोड १, जानकी डेन्टल क्लिनिक जनकपुर ६, नेपाल फिजिओ डेन्टल क्लिनिक जनकपुर ६, माँ भगवती डेन्टल अस्पताल एण्ड रिसर्च सेन्टर किशोरी नगर, नेपाल डेन्टल हस्पिटल जनकपुर ८, पार्वती दन्त चिकित्सालय जनकपुर ६ लाई दर्ता प्रमाण पत्र प्रदान गरेको छ ।
    त्यसैगरी अल्टूासाउण्ड तथा इमेजिङ सेन्टर तर्फ लक्की अल्टूासाउण्ड एण्ड इमेजिङ सेन्टर अस्पताल रोड जनकपुर, ग्यास्टूो केयर एण्ड इन्डोस्कोपी सेन्टर प्रा.लि. अस्पताल रोड जनकपुर, साह अल्टूासाउण्ड एण्ड इमेजिङ सेन्टर अस्पताल रोड जनकपुर, डायमण्ड अल्टूासाउण्ड एण्ड इमेजिङ सेन्टर अस्पताल रोड जनकपुर, एसआर अल्टूासाउण्ड पेठिया रोड जनकपुर, जानकी डिजिटल एक्सरे अस्पताल रोड जनकपुर, पशुपति अल्टूासाउण्ड जनकपुर ६, लक्ष्मी डिजिटल एक्सरे जनकपुर ९, न्यू जानकी अल्टूा साउण्ड जनकपुर ६, जय अल्टूासाउण्ड जनकपुर ६ लाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी प्याथोलोजी ल्याब तर्फ सुनैना प्याथोलोजी जनकपुर ६ पेठिया रोड, सुरक्षा डायग्नोस्टिक सेन्टर जनकपुर ६ अस्पताल रोड, पंडित प्याथोलोजी जनकपुर ६ र जानकी प्याथोलोजी ल्याव जनकपुर ६ लाई प्रमाण पत्र तथा अनुमति पत्र प्रदान गरिएको छ ।
    त्यसैगरी स्वास्थ्य क्लिनिक तर्फ शम्भु प्रसाद यादवको शान हेल्थ केयर रामानन्द चौक जनकपुर, डा.जामुन प्रसाद सिंहको संकटमोचन बाल क्लिनिक अस्पताल रोड जनकपुर, डा.राजेश कुमार साहको मिथिला हार्ट क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर अस्पताल रोड जनकपुर, डा.रामकिशोर साहको पार्वती हार्ट सेन्टर ब्रम्हपुरी जनकपुर, डा.कल्पना बछाड प्रसुति सेवा केन्द्र प्रा.लि., डा.अरुण कुमार गुप्ताको अमृत क्लिनिक अस्पताल रोड जनकपुर लाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ । त्यसैगरी डा.सुरेन्द्र कुमार सिंहको काब्य क्लिनिक, डा.दिपक गुप्ताको सिता बाल क्लिनिक, डा.रामविनय चौधरीको आरबि अर्थो क्लिनिक,  डा. लव कुमार साहको जनकपुर बालबालिका उपचार केन्द्र, डा. कुलदीप पंडितको स्वास्थ्य क्लिनिक भानु चौक, डा.राकेश कुमार पंडितको स्वास्थ्य क्लिनिक, डा.विनिता मानन्धरको ओम क्लिनिक, डा.रविन्द्र कुमार सिंहको क्लिनिक, डा.विकास कुमार साहको शान्ति मेडिकल एण्ड हेल्थ केयर प्रा.लि., डा.रामेश्वर महासेठको जानकी डायविटिज क्लिनिकलाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी अशोक कुमार अधिकारीको ओम अर्थोपेडिक एण्ड टूमा सेन्टर, डा.राखि साहको जीवन ज्योति क्लिनिक, सिर्जना यादवको ओम फिजियोथेरापी सेन्टर, डा.बलराम मिश्रको आदित्य शिशु उपचार केन्द्र, डा.जितेन्द्र प्रसाद जायसवालको क्लिनिक, डा.जियाउल हकको अरमान क्लिनिक, डा.राम ज्ञान यादवको जनकपुर डर्माटोलोजी एण्ड कस्मेटिक क्लिनिक, डा.पंकज प्रताप देवको सुरक्षित प्रसुति सेवा डायग्नोस्टिक सेन्टर, डा.पिके ठाकुरको क्लिनिक राम मेडिकल, डा.अमित रंजन मिश्रको स्पेशल अर्थोपेडिक क्लिनिक, मेरिस्टोप्स, सुनौलो परिवार नेपाल स्वास्थ्य क्लिनिक, डा.स्वाती जायसवालको जायसवाल क्लिनिक, डा.मनिषराज जायसवालको राज क्लिनिकलाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी डा.विवेकानन्द झाको मारुती हेल्थ क्लिनिक, राम सर्विस सेन्टर क्लिनिक, डा.निलम चौधरीको जनकपुर प्रसुति क्लिनिक, डा.विनिता मानन्धरको ओम क्लिनिक, डा.कल्पना बछारको बछार क्लिनिक, डा.दिपक कुमार साहको महाविर आमा उपचार केन्द्र, डा.सुजित यादवको स्वास्थ्य क्लिनिक तथा समर्थ क्लिनिक, डा.किरण यादवको समर्थ क्लिनिक, डा. ललित नारायण यादवको सुयोग स्वास्थ्य क्लिनिक एण्ड डायग्नोस्टिक प्रा.लि.लाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ । त्यसैगरी डा.बेचन यादवको फिजियोथेरापी एण्ड रिहावलिटेशन सेन्टर, डा.विजय कुमार सिंहको ओम क्लिनिक, डा. अनिल ठाकुरको अर्थोपेडिक तथा टूमा सेन्टर, डा.गौराङ्ग मिश्रको गोराङ्ग क्लिनिक, डा.बैद्यनाथ ठाकुरको परफेक्ट क्लिनिक एण्ड मेडिकल सेन्टर प्रा.लि., डा.दिपेन्द्र कुमार यादवको नवदुर्गा क्लिनिकलाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ । 

२०७४ बैशाख ०३ गते आईतबार

No comments:

Post a Comment