Tuesday, April 11, 2017

रकमको चलखेलमा मापदण्ड तथा पुर्वाधार नपुगेका स्वास्थ्य संस्था जनस्वास्थ्यद्वारा धमाधम दर्ता

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा ।
अजय अनुरागी
जनकपुरधाम............
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले मापदण्ड र पुर्वाधार नपुगेका स्वास्थ्य संस्था, क्लिनिक, हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई आर्थिक चलखेलको आधारमा धमाधम दर्ता प्रमाण पत्र वितरण गरेको छ । खासगरी दर्ता प्रमाण पत्र दिने जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरले माटो रकमको लेनदेनमा स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० को बरखिलाप गई दर्ता अनुमति पत्र वितरण गरेको केही चिकित्सकहरुले आरोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयले फागुन मसान्त सम्म स्वास्थ्य संस्था, क्लिनिक, हस्पिटल, प्याथोलोजी लगायतका क्षेत्रहरुलाई अनिवार्य रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गरि संचालन गर्न निर्देशन दिएपछि धनुषामा उल्लेख्य रुपमा दर्ताको संख्या वृद्धि भएको छ । फागुन मसान्तसम्ममा मापदण्ड अनुसार दर्ता नगरिएको खण्डमा कारवाही गरी सिज गरिने निर्देशन स्वास्थ्य मन्त्री गगन थापाले दिएपछि दर्ता गराउने संस्थाहरुको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार फागुन मसान्तसम्म दर्ता हुने तर्फ ४५ वटा स्वास्थ्य क्लिनिक, ४ वटा प्याथोलोजी ल्याब, १० वटा अल्टूा साउण्ड तथा इमेजिङ्ग सेन्टर, २५ वटा डेन्टल क्लिनिक, १७ वटा पोलिक्लिनिक तथा १४ वटा निजी अस्पताल तथा नर्सिङ्ग होम रहेका छन् ।
 दर्ता प्रमाण पत्र वितरण गर्ने जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुर ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले १ चैत्रसम्ममा १४ वटा निजी अस्पताल तथा नर्सिङ्ग होमको रुपमा संचालन गर्न अनुमति प्रदान गर्दै दर्ता प्रमाण पत्र समेत दिएको छ ।  ५५ बेडको जनकपुर सिटी हस्पिटल प्रा.लि. स्टेशन रोड जनकपुर, १ सय बेडको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर रामानन्द चौक जनकपुर, २५ बेडको राम जानकी अस्पताल प्रा.लि. जानकी मन्दिर पछाडी जनकपुर, १५ बेडको जनकपुर अर्थोपेडिक अस्पताल जनकपुर ३, १५ बेडको मिथिलाञ्चल सिटी हस्पिटल प्रा.लि. ब्रम्हपुरी ९ जनकपुर, ५० बेडको केयर मेडिकल सेन्टर मिल्स एरिया जनकपुर, १५ बेडको गोदावरी मोडर्न हस्पिटल प्रा.लि. रामानन्द चौक ८ जनकपुर, ५० बेडको धनुषा हस्पिटल प्रा.लि. स्टेशन रोड जनकपुर, १५ बेडको मिथिला हस्पिटल जनकपुर उपमहानगरपालिका ६, १५ बेडको आस्था हस्पिटल जनकपुर उपमहानगरपालिका ६, २५ बेडको आर्या हस्पिटल जनकपुर उपमहानगरपालिका ६, १५ बेडको आराध्या हस्पिटल जनकपुर उपमहानगरपालिका ८, दुखनी देवी मेमोरियल हस्पिटल विरेन्द्र बजार र मोडल हस्पिटल लालगढलाई निजी अस्पताल तथा नर्सिङ्ग होमको रुपमा संचालन गर्न अनुमति प्रदान गर्दै दर्ता प्रमाण पत्र समेत दिएको छ ।
 त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले १८ वटा पोलिक्लिनिक संचालन गर्न अनुमति सहित दर्ता प्रमाण पत्र वितरण गरेको छ । संजिवनी मेडिकल एण्ड सेफ मदरहुड प्रा.लि. जनकपुर १२, राजाराम यादव मेमोरियल पोलिक्लिनिक धनुषाधाम ३, एएसआरबि हेल्थ केयर एण्ड डाईग्नोस्टिक सेन्टर प्रा.लि. क्षिरेश्वरनाथ नगरपालिका ६, उत्तम पोलिक्लिनिक विरेन्द्र बजार ४, नवजीवन हेल्थ केयर प्रा.लि.ब्रम्हपुरी जनकपुर, प्रिसा पोलिक्लिनिक जनकपुर १०, राजदेवी पोलिक्लिनिक प्रा.लि. रामानन्द चौक जनकपुर, मिहीलाल सिटी स्कयान पोलिक्लिनिक जनकपुर ८, देव पोलिक्लिनिक लक्ष्मिनिया बजार २५, लाईफ केयर सुपर स्पेशलिष्ट पोलिक्लिनिक अस्पताल रोड जनकपुर ६, धनुषा नेश्नल हेल्थ पोलिक्लिनिक भरतपुर ४ विरेन्द्र बजार, शिवगुरु प्राथमिक उपचार पोलिक्लिनिक रामानन्द चौक ८ जनकपुर, दिक्षा पोलिक्लिनिक, बजरंग मेडिकल एण्ड पोलिक्लिनिक जनकपुर ६, सुरक्षा डायग्नोस्टिक एण्ड केयर सेन्टर प्रा.लि. पोलिक्लिनिक जनकपुर ६, जनसेवा पोलिक्लिनिक रामानन्द चौक, रिया पोलिक्लिनिक हेल्थ केयर सेन्टर, गोदार गणेशमान नगरपालिका ७लाई दर्ता प्रमाण पत्र प्रदान गरेको छ ।
त्यसैगरी डेन्टल क्लिनिक तर्फ २५ वटा क्लिनिकहरुलाई दर्ता प्रमाण पत्र वितरण गरेको छ । अप्पन डेन्टल चेम्बर्स अस्पताल रोड जनकपुर, द डेन्टल होम अस्पताल रोड जनकपुर ६, सिता डेन्टल क्लिनिक जनकपुर ८ रामानन्द चौक, धनुषा डेन्टल क्लिनिक ब्रम्हपुरी जनकपुर, साई अर्थो डेन्टिक एण्ड कस्मेटिक डेन्टल क्लिनिक जनकपुर ६, राजदेवी डेन्टल केयर क्लिनिक जनकपुर ६, जनसेवा डेन्टल क्लिनिक प्रा.लि. जनकपुर २, मुस्कान डेन्टल क्लिनिक थापा चौक जनकपुर ९, जनकपुर डेन्टल केयर सेन्टर अस्पताल रोड जनकपुर , डेन्टल क्लिनिक अस्पताल रोड जनकपुर ६, कोरियन डेन्टल क्लिनिक भानुचौक २ जनकपुर, प्रियासी डेन्टल क्लिनिक भ्रमरपुरा चौक ७ जनकपुर, ओरो डेन्टल हेल्थ केयर जनकपुर ६, मिथिलाञ्चल डेन्टल क्लिनिक अस्पताल रोड ६ जनकपुर, नरसिंह ओरल एण्ड डेन्टल सर्जरी जनकपुर ९, लक्की डेन्टल क्लिनिक जनकपुर ६, सिटी रामजानकी डेन्टल केयर सेन्टर जनकपुर ८, रामजानकी डेन्टल क्लिनिक भानु चौक जनकपुर १, मिथिला डेन्टल केयर सेन्टर प्रा.लि. जनकपुर १०, संजिवनी डेन्टल क्लिनिक स्टेशन रोड १, जानकी डेन्टल क्लिनिक जनकपुर ६, नेपाल फिजिओ डेन्टल क्लिनिक जनकपुर ६, माँ भगवती डेन्टल अस्पताल एण्ड रिसर्च सेन्टर किशोरी नगर, नेपाल डेन्टल हस्पिटल जनकपुर ८, पार्वती दन्त चिकित्सालय जनकपुर ६ लाई दर्ता प्रमाण पत्र प्रदान गरेको छ ।
त्यसैगरी अल्टूा साउण्ड तथा इमेजिङ सेन्टर तर्फ लक्की अल्टूा साउण्ड एण्ड इमेजिङ सेन्टर अस्पताल रोड जनकपुर, ग्यास्टूो केयर एण्ड इन्डोस्कोपी सेन्टर प्रा.लि. अस्पताल रोड जनकपुर, साह अल्टूा साउण्ड एण्ड इमेजिङ सेन्टर अस्पताल रोड जनकपुर, डायमण्ड अल्टूा साउण्ड एण्ड इमेजिङ सेन्टर अस्पताल रोड जनकपुर, एसआर अल्टूासाउण्ड पेठिया रोड जनकपुर, जानकी डिजिटल एक्सरे अस्पताल रोड जनकपुर, पशुपति अल्टूा साउण्ड जनकपुर ६, लक्ष्मी डिजिटल एक्सरे जनकपुर ९, न्यू जानकी अल्टूा साउण्ड जनकपुर ६, जय अल्टूा साउण्ड जनकपुर ६ लाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी प्याथोलोजी ल्याब तर्फ सुनैना प्याथोलोजी जनकपुर ६ पेठिया रोड, सुरक्षा डायग्नोस्टिक सेन्टर जनकपुर ६ अस्पताल रोड, पंडित प्याथोलोजी जनकपुर ६ र जानकी प्याथोलोजी ल्याव जनकपुर ६ लाई प्रमाण पत्र तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी स्वास्थ्य क्लिनिक तर्फ शम्भु प्रसाद यादवको शान हेल्थ केयर रामानन्द चौक जनकपुर, डा.जामुन प्रसाद सिंहको संकटमोचन बाल क्लिनिक अस्पताल रोड जनकपुर, डा.राजेश कुमार साहको मिथिला हार्ट क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर अस्पताल रोड जनकपुर, डा.रामकिशोर साहको पार्वती हार्ट सेन्टर ब्रम्हपुरी जनकपुर, डा.कल्पना बछाड प्रसुति सेवा केन्द्र प्रा.लि., डा.अरुण कुमार गुप्ताको अमृत क्लिनिक अस्पताल रोड जनकपुर लाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ । त्यसैगरी डा.सुरेन्द्र कुमार सिंहको काब्य क्लिनिक, डा.दिपक गुप्ताको सिता बाल क्लिनिक, डा.रामविनय चौधरीको आरबि अर्थो क्लिनिक,  डा. लव कुमार साहको जनकपुर बालबालिका उपचार केन्द्र, डा. कुलदीप पंडितको स्वास्थ्य क्लिनिक भानु चौक, डा.राकेश कुमार पंडितको स्वास्थ्य क्लिनिक, डा.विनिता मानन्धरको ओम क्लिनिक, डा.रविन्द्र कुमार सिंहको क्लिनिक, डा.विकास कुमार साहको शान्ति मेडिकल एण्ड हेल्थ केयर प्रा.लि., डा.रामेश्वर महासेठको जानकी डायविटिज क्लिनिकलाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी अशोक कुमार अधिकारीको ओम अर्थोपेडिक एण्ड टूमा सेन्टर, डा.राखि साहको जीवन ज्योति क्लिनिक, सिर्जना यादवको ओम फिजियोथेरापी सेन्टर, डा.बलराम मिश्रको आदित्य शिशु उपचार केन्द्र, डा.जितेन्द्र प्रसाद जायसवालको क्लिनिक, डा.जियाउल हकको अरमान क्लिनिक, डा.राम ज्ञान यादवको जनकपुर डर्माटोलोजी एण्ड कस्मेटिक क्लिनिक, डा.पंकज प्रताप देवको सुरक्षित प्रसुति सेवा डायग्नोस्टिक सेन्टर, डा.पिके ठाकुरको क्लिनिक राम मेडिकल, डा.अमित रंजन मिश्रको स्पेशल अर्थोपेडिक क्लिनिक, मेरिस्टोप्स, सुनौलो परिवार नेपाल स्वास्थ्य क्लिनिक, डा.स्वाती जायसवालको जायसवाल क्लिनिक, डा.मनिषराज जायसवालको राज क्लिनिकलाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी डा.विवेकानन्द झाको मारुती हेल्थ क्लिनिक, राम सर्विस सेन्टर क्लिनिक, डा.निलम चौधरीको जनकपुर प्रसुति क्लिनिक, डा.विनिता मानन्धरको ओम क्लिनिक, डा.कल्पना बछारको बछार क्लिनिक, डा.दिपक कुमार साहको महाविर आमा उपचार केन्द्र, डा.सुजित यादवको स्वास्थ्य क्लिनिक तथा समर्थ क्लिनिक, डा.किरण यादवको समर्थ क्लिनिक, डा. ललित नारायण यादवको सुयोग स्वास्थ्य क्लिनिक एण्ड डायग्नोस्टिक प्रा.लि.लाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
त्यसैगरी डा.बेचन यादवको फिजियोथेरापी एण्ड रिहावलिटेशन सेन्टर, डा.विजय कुमार सिंहको ओम क्लिनिक, डा. अनिल ठाकुरको अर्थोपेडिक तथा टूमा सेन्टर, डा.गौराङ्ग मिश्रको गोराङ्ग क्लिनिक, डा.बैद्यनाथ ठाकुरको परफेक्ट क्लिनिक एण्ड मेडिकल सेन्टर प्रा.लि., डा.दिपेन्द्र कुमार यादवको नवदुर्गा क्लिनिकलाई दर्ता तथा अनुमति पत्र प्रदान गरिएको छ ।
मापदण्ड विपरित दर्ता
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले मापदण्ड तथा पुर्वाधार पुरा नगरेका स्वास्थ्य संस्थाहरुलाई आर्थिक चलखेलमा परेर धमाधम दर्ता प्रमाण पत्र प्रदान गरेको चिकित्सकहरुले आरोप लगाएका छन् । श्याम साहले संचालन गर्ने जनसेवा डेन्टल अहिले पनि क्वाक अर्थात चिकित्सक नै नभएका व्यक्तिद्वारा संचालित छन् । उसले डा.सन्तोष राज पजियारको सर्टिफिकेट दिएर आफ्नो क्लिनिक दर्ता गराएका छन् । जबकी डा.पजियारको आफ्नै माँ भगवती हस्पिटल एण्ड रिसर्च सेन्टर दर्तामा रहेको छ । त्यसैगरी शशि ठाकुरले संचालन गरेको डेन्टल क्लिनिकको लागि पनि मापदण्ड पुग्दैन । क्लिनिक संचालनका लागि आवश्यक पर्ने इलेक्टूोनिक चेयर तथा आयल कम्प्रेसर जस्ता उपकरणहरु नभएको अवस्थामा पनि जनस्वास्थ्य कार्यालयले दर्ता प्रमाण पत्र दिएका छन् ।
प्रियासी डेन्टलले डा.जगदीप साहको शैक्षिक प्रमाण पत्र दिएर दर्ता गर्न लगाएका छन् । जबकी उक्त डा.साहले उक्त क्लिनिक छोडेको महिनौं भईसक्यो, उनले आफै भ्रमरपुरा चौकमा क्लिनिक दर्ता गराउनका लागि आवेदन दिएका छन् । लक्की डेन्टलका लागि डा. चन्द्रदेव यादवको शैक्षिक प्रमाण पत्र दिइएको छ । जबकी डा. यादव झापाको बिर्तामोडमा कार्यरत छन् । सिटी डेन्टलमा डा.रामजिवन साहको शैक्षिक प्रमाण पत्र पेश गरी दर्ता गराइएको छ । जबकी डा. साह नेशनल मेडिकल कलेज विरगञ्जमा कार्यरत छन् । मिथिला डेन्टल केयरमा पनि सर्टिफिकेट कुनै डाक्टरको तर काम अर्कै डाक्टरले गरिरहेको भएपनि दर्ता प्रमाण पत्र दिइएको छ । नेपाल डेन्टल हस्पिटलमा डा.संदिप सिंहको शैक्षिक प्रमाण पत्र दिएर दर्ता अनुमति लिइएको छ । जबकी डा.सिंह रौतहटको गौरमा कार्यरत छन् । यति मात्र होइन अस्पताल संचालनका लागि आवश्यक पर्ने पुर्वाधारहरु नभएको अवस्थामा पनि डेन्टल हस्पिटलको अनुमति दिइएको छ । डेन्टल हस्पिटलका लागि १० जना डाक्टर, ४ देखि ५ जनासम्म कन्सलटेन्ट डेन्टल सर्जन, ओपिजी मेसिन सहित विभिन्न पुर्वाधारहरु आवश्यक पर्छन् । तर, त्यस्ता पुर्वाधारहरु नभएको अवस्थामा पनि मोटो रकम घुस बापत लिई तत्कालिन जनस्वास्थ्य प्रमुख सच्चिदानन्द देव र जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरले दर्ता अनुमति प्रमाण पत्र प्रदान गरेका छन् । नेपाल डेन्टल एशोशिएशन धनुषाका अध्यक्ष डा.संजय कुमार गुप्ताका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले यदि मापदण्डको आधारमा दर्ता अनुमति पत्र वितरण गरेको छ भने त्यस्तो नगर्नुपर्ने, त्यसलाई पुनः सच्याउनुपर्ने छ । यद्यपि आफुलाई यस विषयमा सत्य तथ्य अहिले जानकारी छैन । त्यसैगरी नेपाल डेन्टल एशोशिएशन धनुषाका महासचिव डा.सज्जन ठाकुर पनि मापदण्ड विपरितका स्वास्थ्य संस्थाहरुको दर्ता प्रमाण पत्र खारेजी गरिनुपर्ने बताएका छन् । जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार दर्ता अनुमति प्रमाण पत्र दिँदा चिकित्सकको शैक्षिक प्रमाण पत्र, एनएमसी नम्बर, नागरिकताको प्रमाण पत्र, घर भाडाको करार, प्यान नम्बर आदि सहितको कागजातको आधारमा अनुमति दिइएको हो । अनुमति दिनुभन्दा पहिले अनुगमन गर्न जाँदा फाईलमा पेश गरिएका चिकित्सक नै  काम गरेको पाइएको थियो, त्यसकै आधारमा दर्ता गरिएको हो । तर, यदि दर्ता गराउँदा पेश गरिएका चिकित्सक नभएर अन्य चिकित्सक मार्फत क्लिनिक चलाइएको छ भने फेरी पनि हामी अनुगमन गर्नेछौं र त्यस्ता क्लिनिकहरु स्वतः कारवाहीमा पर्नेछन् ।अर्को तर्फ निजी नर्सिङ्ग होम तथा हस्पिटल संचालनका लागि भुकम्प प्रतिरोधात्मक भवन हुनुपर्दछ । तर, त्यस्तो भवन नभएको अवस्थामा पनि अनुमति दिइएको छ ।
 
२०७३ चैत्र २७ गते आईतबार

No comments:

Post a Comment