Tuesday, April 11, 2017

जनकपुरमा विरामीको संख्या वढ्दै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा अस्वस्थ्य हुनेहरुको संख्या दिनप्रतिदिन वढ्दै गएको छ । जनकपुर अञ्चल अस्पतालमा चालु आर्थिक बर्ष २०७३÷०७४ को साउन देखि माघ महिनासम्ममा ३२ हजार ८८ जनाले ओपिडी सेवा अन्तरगत उपचार गराएका छन् भने इमरजेन्सी कक्षमा १७ हजार ६ सय ८७ जनाले उपचार गराएका छन् । उक्त अवधिमा अस्पतालबाट उपचार गराई ९ हजार ६ सय २४ जनाले डिस्चार्ज गराएर घर फर्किएको तथ्याङ्क छ ।
प्रसुति सेवा अन्तरगत उक्त ८ महिनामा ५ हजार ६ सय ६७ महिलाले प्रसुति सेवा अन्तरगत नवजात शिशुलाई जन्म दिएकी छिन् । अस्पतालमा भर्ना भएका सुत्केरीहरु मध्ये कुल ४ हजार १ सय ३३ को सामान्य डेलिभरी भएको छ भने ४ सय ६१ को जटिलतायूक्त डेलिभरी भएको छ । त्यसैगरी १ हजार ८३ डेलिभरी शल्यक्रिया गरी भएको छ भने नवजात शिशुहरु मध्ये ५२ वटा बच्चाहरु जुम्लयाहा जन्मिएका छन् ।
जनकपुर अञ्चल अस्पतालको पछिल्लो ४ बर्षको तथ्याङ्क हेर्ने हो ४ बर्षमा कुल ३७ हजार ५ सय ७९ डेलिभरी भएको छ । जसमध्ये २८ वटा आमाको मृत्यु भएको छ भने २ सय ३८ वटा नवजात शिशुहरुको मृत्यु भएको छ । पछिल्लो ४ बर्षमा अञ्चल अस्पतालमा कुल १ लाख ९५ हजार ३ सय २४ जना रोगीहरुले ओपिडी सेवा अन्तरगत उपचार गराएका छन् भने कुल १ लाख १ हजार २ सय ४१ जना रोगीहरु इमरजेन्सी कक्षमा उपचार गराएको पाइन्छ । त्यसैगरी गत ४ बर्षमा ६६ हजार २ सय ४९ जनाले अस्पतालबाट उपचार गराई डिस्चार्ज गराएको पाइन्छ । त्यसैगरी कुल ३ लाख ३४ हजार ७ सय ५ जनाले ल्याब सेवाबाट चेक जाँच गराएको अभिलेख छ । अन्यत्रबाट जनकपुर अञ्चल अस्पतालमा रेफर भई कुल ६ हजार ९ सय ९ जना विरामीहरु आएको तथा भर्ना भएको देखिन्छ भने कुल १ हजार ३ सय ५६ जना रोगीहरुलाई अञ्चल अस्पतालबाट अन्य बेटर सेन्टरमा बाहिर रेफर गरिएको छ । अस्पतालमा उपचार गराउने क्रममा पछिल्लो ४ बर्षमा ४ सय ७५ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
त्यसैगरी जनकपुर अञ्चल अस्पतालमा पुलिस केश अन्तरगत चालु आर्थिक बर्षको फागुन मसान्त सम्ममा कुल २ सय ५५ वटा शवको पोस्टमार्टम गरिएको छ भने ३ सय ८७ जना रोगीहरुको घाखत तथा चोट पटकको जाँच गरिएको छ । त्यसैगरी कुल ३४ जना आईमाई तथा बालिकाको बलात्कार केशमा जाँच गरिएको छ । गत आर्थिक बर्ष २०७२÷०७३ मा कुल २ सय ९४ वटा शवको पोस्टमार्टम गरिएको थियो भने ५ सय ७५ जना रोगीहरुको घाखत तथा चोट पटकको जाँच गरिएको थियो । त्यसैगरी कुल ३९ जना आईमाई तथा बालिकाको बलात्कार केशमा जाँच गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको प्रतिवेदन
आर्थिक बर्ष २०७२÷०७३ मा जुका सम्बन्धि २८ हजार २ सय ९६, छाती भित्र रुघा खोकी सम्बन्धि २० हजार २ सय ७०, ग्यासटूाईटिस सम्बन्धि १८ हजार ८ सय, छालामा इन्फेक्सन सम्बन्धि १७ हजार ६ सय ५१, हल्का रुघा सर्दी सम्बन्धि १६ हजार ६१, टाईफाईड सम्बन्धि १४ हजार ८ सय ७१, खानपिनका कारण भएको झाडापखाला सम्बन्धि १४ हजार १ सय ५२, छालाको रोग सम्बन्धि १३ हजार ४ सय २२, लुतो सम्बन्धि १२ हजार ६ सय २६ र टाउको दुख्ने रोग सम्बन्धि १२ हजार ३ सय ७ गरी कुल ३ लाख ३१ हजार ८ सय २७ जना रोगीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य चौकी तथा प्राथमिक उपचार केन्द्रहरुमा ओपिडी जाँच गराएको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको तथ्याङ्क छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले आर्थिक बर्ष २०७२÷०७३ मा ८ लाख ८ हजार ६ सय ७ जना कुल जनसंख्यामा १ बर्ष उमेर भन्दा कम १८ हजार ७ सय, २ बर्ष उमेरका ३६ हजार १ सय ४१, ६ देखि ५९ महिना सम्मका जनसंख्या ७४ हजार ३ सय ९८ लक्ष्य राखेको थियो । त्यसैगरी पोषण कार्यक्रम अन्तरगत ५ बर्ष भन्दा कम उमेरका ८३ हजार ७ सय ४८, १५ देखि ४९ बर्ष सम्मका महिला जनसंख्या २ लाख २५ हजार ३ सय ७३, १५ देखि ४९ बर्षसम्मका विवाहित महिलाको संख्या १ लाख ७० हजार ८ सय ३३, अपेक्षा गरिएको गर्भवती २० हजार ६ सय ४८, टिन ऐज १० देखि १९ बर्षसम्मका १७ हजार ५ सय १० र ६० बर्ष भन्दा माथिका जनसंख्या ६८ हजार ४ सय ६० थियो ।
धनुषामा ५ बर्ष भन्दा मुनिका बालबालिकामा प्रति हजार ५ सय ९८ लाई छाती भित्र रुघा खोकीको समस्या, प्रति हजार २४ जना नवजात बच्चामा निमोनिया रोगको संक्रमण देखिएको थियो । त्यसैगरी प्रति एक हजारमा ३ सय ५९ जना बालबालिकामा झाडापखाला देखिएको थियो । झाडापखालाका कारण मृत्यु हुने बालबालिकाको संख्या प्रति हजार ०.०१ प्रतिशत रहेको थियो ।
स्लाईड परीक्षण गरेर देखिएको मलेरियाको प्रतिशत ०.५ रहेको थियो भने प्रति एक हजारमा ०.०३ प्रतिशत मलेरिया पाइएको थियो । ८ सय ३४ जनामा क्षयरोग पाइएको थियो भने २ महिनासम्म औषधि सेवन गरेपनि ६६ प्रतिशत निको हुन सकेको थिएन भने ८७ प्रतिशत मानिसहरु पुर्णतः निको भएको थियो । कुष्ठरोग तर्फ हेर्ने हो भने प्रति १० हजारमा ३.१३ संख्या कुष्ठरोगी रहेको, आँखा, खुट्टा र हात समेत लुलो हुने प्रति १० हजारमा ६.२१ संख्या रहेको थियो ।
सरकारी स्वास्थ्य संस्थाहरुमा ४१ प्रतिशतले ओपिडी सेवा लिएका थिए भने जसमध्ये ५४ प्रतिशत नयाँ महिला रहेका थिए ।
क्यान्सर, मृगौला तथा मुटु रोग सम्बन्धि सिफारिस
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले चालु आर्थिक बर्ष २०७३÷०७४ को चैत्र २१ गतेसम्ममा क्यान्सर रोगका १ सय २१, हृदय रोगका ९०, मृगौला रोगका २५ र स्पाईनल इन्जुरीका ४ गरी कुल २ सय ३९ जनालाई सिफारिस गरेको छ । विपन्न नागरिक भनेर सिफारिस गरिएपछि उपचारमा कतिपय ठाउँमा निशुल्क हुने गरेको छ भने कतिपय ठाउँमा शुल्कमा छुट पाउने गरिएको छ । गत आर्थिक बर्ष २०७२÷०७३ मा ४३ जना पुरुष र ३० जना महिला गरी कुल ७३ जना मुटु रोग, ४८ जना पुरुष र ६३ जना महिला गरी कुल १ सय ११ जना क्यान्सर रोगी, १३ जना पुरुष ३ जना महिला गरी कुल १६ जना मृगौला रोगीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले विपन्न नागरिक भनेर सिफारिस गरेको स्वास्थ्यकर्मी मुनेश्वर ठाकुरले बताएका छन् । गत बर्ष १ सय ४ जना पुरुष र ९६ जना महिला गरी कुल २ सय जनालाई सिफारिस गरिएको थियो ।
एचआईभी एड्स
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो ३ आर्थिक बर्षमा एचआईभी एड्सका कारण ३९ जनाको धनुषामा मृत्यु भएको छ । आर्थिक बर्ष २०७२÷०७३ मा ८ सय ४७ जना एचआईभी सम्बन्धि परामर्शमा रहेका थिए । जसमध्ये ९९ जना एचआईभी पोजेटिभका नयाँ केशहरु थपिए भने ७ सय १४ जना मानिसहरु एआरटी सेन्टरमा उपचार गराई औषधि सेवन गरिरहेको पाइयो । ३६ जनाको मृत्यु भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा १ हजार ७ सय २५ जना एचआईभी सम्बन्धि परामर्शमा रहेका थिए । जसमध्ये १ सय ३७ जना एचआईभी पोजेटिभका नयाँ केशहरु थपिए भने ६ सय ७६ जना मानिसहरु एआरटी सेन्टरमा उपचार गराई औषधि सेवन गरिरहेको पाइयो । ३ जनाको मृत्यु भएको थियो ।

२०७३ चैत्र २७ गते आईतबार

No comments:

Post a Comment