Thursday, July 21, 2016

धनुषामा बढ्यो अवैध ‘काठको तस्करी’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषामा काठ, दाउरा, जडिबुट्टी लगायत विभिन्न बन पैदावरको चोरी निकासीमा अत्यधिक वृद्ध भएको पाइन्छ । सहर बजारहरुमा घर बनाउने काम दिन प्रति दिन वढीरहेको अवस्थामा काठको अत्यधिक माग भएपछि बन छेउछाउका ग्रामिण क्षेत्रका मानिसहरुले राति राति काठ चोरी निकासी गरी सहर बजारको सःमिल तथा फर्निचरहरुमा विक्री गर्ने गरेका छन् ।
खास  गरेर धनुषाको बाहुनमारा बन क्षेत्र, चिसापानी बन क्षेत्र, पुष्पवलपुर बन क्षेत्र, ढल्केवर बन क्षेत्र, मालटोल बन क्षेत्र, धनुषाधाम बन क्षेत्र, विश्रामपुर बन क्षेत्र आदि बन क्षेत्रहरुबाट अवैधानिक तरिकाले बन तस्करहरुले बन तस्करी गर्दै आएका छन् । खास गरेर हरिहरपुर, ढल्केवर, महेन्द्र नगर, तुलसी आदि गाउँका मानिसहरु बनका काठ तस्करीमा सक्रिय देखिन्छन् । रातिको समयमा साइकलमा बञ्चरो तथा रस्सी लिएर आधा देखि १ दर्जन समुहमा तस्करहरु बनमा प्रवेश गरी दिनरात सालको गोलिया काठ काट्ने र रातिकै समयमा ल्याई नजिकको सहर बजारहरुमा महँगो दाम लिएर ती काठ बेच्ने गरेका छन् । हुन त बन प्रशासनले बेला बेलामा तिनीहरुलाइ पक्राउ गरी कानुनी कारवाही पनि अगाडी वढाउछन् । तर, सामान्य धरौटी दिएर रिहा हुने गरेकाले ती तस्करहरुलाई कुनै ठुलो असर पर्दैन र पुनः तस्करीलाई पेसाकै रुपमा तस्करहरुले अगाडी वढाएको पाइन्छ ।
बन प्रशासनद्वारा गरिएको कारवाही
७ साउन २०७२ मा गणेशमान चारनाथ नगरपालिका ७ बस्ने विष्णुदेव सहनी, खोविया सदालाई चिसापानी बन क्षेत्रबाट पक्राउ गरेको थियो । अवैधानिक तरिकाले बन पैदावार चोरी गरिरहेको हुनाले प्रति व्यक्ति २ हजार ६ सय १६ रुपैयाँ विगो र उक्त अपराधमा ६ महिनासम्म कैद हुने सजाय समेत भएकाले उक्त सजाय बापत प्रति व्यक्ति ४५ सय रुपैयाँ धरौटी लिएर तिनीहरुलाई रिहा गरिएको थियो ।
त्यसैगरी १० साउन २०७२ मा बाहुनमारा बन क्षेत्रबाट तुल्सी गाविस १ बस्ने भुवन मिर्चिङ मगर  र मिनबहादुर मिर्चिङ मगर अवैध काठ सहित पक्राउ परेका थिए भने सुखदेव ढुङ्गेल फरार भएका थिए । बन प्रशासनले जनही ४ हजार ३ सय ४५ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापतको धरौटी लिएर रिहा गरेको थियो ।
१० साउन २०७२ मै तुलसी बन क्षेत्रबाट बाहुनमारा अन्तरगत तुलसी १ बस्ने दानबहादुर मगर, मिनबहादुर मिर्चिङ मगरलाई अवैधानिक तरिकाले दाउरा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेपछि बन प्रशासनले १ सय रुपैयाँ विगो र १ सय रुपैयाँ जनही धरौटी लिएर रिहा गरेको थियो ।
१९ साउन २०७२ मा बाहुनमारा बन क्षेत्रबाट मिथिला नगरपालिका ९ बस्ने गोल्फे भन्ने सोमबहादुर माझीलाई अबैध दाउरा ल्याईरहेको अवस्थामा पक्राउ गरी १ सय रुपैयाँ विगो र १सय रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसैगरी ७ भदौ २०७२ मा पुष्पवलपुर बन क्षेत्रबाट हरिहरपुर ५ हाल छिरेश्वरनाथ नगरपालिका ८ बस्ने तिलक कुमार महतोलाई अवैध सालको गोलिया काठ सहित पक्राउ गरेको थियो भने दिलिप कुमार महतो र मनोज कुमार महतोे फरार भएको थियो । बन प्रशासनले जनही ८ सय ५८ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
१८ कार्तिक २०७२ मा पुष्पवलपुर बन क्षेत्रबाट पुष्पवलपुर ३ बस्ने कुमार सदा, धर्म बहादुर लामा, मिन बहादुर लामा, रंजित सदा, रविन लामा लाई अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोम ाबन प्रशासनले ४ हजार ३ सय ३५ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
 ३० कार्तिक २०७२ मा ढल्केवर बन क्षेत्र अन्तरगत हरिहरपुर हाल छिरेश्वरनाथ नगरपालिका ९ बस्ने महेन्द्र यादव र मनोज महतोलाई अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोम ाबन प्रशासनले ३ हजार ९ सय २८ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
२८ मंसिर २०७२ मा ढल्केवर बन क्षेत्र अन्तरगत ढल्केवर ४ हाल मिथिला नगरपालिका बस्ने इन्द्रलाल लामा, रुद्र बहादुर विश्वकर्मा, रुपेश कालीकोटेलाई बन प्रशासनले अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोमा  जनही ४ हजार ३ सय ६८ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत   धरौटी लिएर रिहा गरेको थियो ।
 २१ माघ २०७२ मा पुष्पवलपुर बन क्षेत्रबाट जनकपुर १० तथा हाल धनुषाधाम नगरपालिका ६ बस्ने तैरुन निसावदेवको निजी बनबाट विना इजाजत नम्बरी काठ निजी आवादीको काठ ट्याक्टरमा ओसारपोसार गरिरहेको अवस्थामा बन प्रशासनले पक्राउ गरेको थियो । पछि ७ हजार ६ सय ७७ रुपैयाँ विगो, १० हजार रुपैयाँ ट्याक्टर बापत धरौटी र प्रति व्यक्ति १ हजार रुपैयाँ जरिवाना लिएर धरौटीमा रिहा गरेको थियो । त्यसैगरी २२ माघ २०७२ मा ढल्केवर अन्तरगत मिथिला नगरपालिका ९ बस्ने देवनारायण महतो र छिरेश्वर नाथ नगरपालिका ८ बस्ने दिपक महतोलाई विना इजाजत निजी आवादीको काठ दुईवटा अलग अलग ट्याक्टरमा ओसार पोसार गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । दुवै जना व्यक्तिलाई बन प्रशासनले काठको विगो बमोजिम ५ हजार ४ सय ४७ रुपैयाँ, १० हजार रुपैयाँ ट्याक्टर बापत धरौटी र १ हजार रुपैयाँ जरिवाना जनही लिएर धरौटीमा रिहा गरेको थियो ।
११ फागुन २०७२ मा मालटोल क्षेत्रबाट धनुषाधाम ६ बस्ने सरोज थापा, विरबहादुर लामा, मटुमिजारलाई बन प्रशासनले अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोमा  जनही १ हजार १ सय ५४ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो । त्यसैगरी २३ फागुन २०७२ मा विश्रामपुर बन क्षेत्र अन्तरगत छेरेश्वरनाथ ७ का शम्भुबुढाथोकी, कलिम अन्सारी, नुरमोहम्मद शेखलाई अवैध दाउरा ल्याईरहेको भन्दै २ सय १२ रुपैयाँ र धरौटी जनही लिएर रिहा गरेको थियो ।
८चैत्र २०७२ मा विरेन्द्र बजार बन क्षेत्रबाट सिरहा गौतारी गाविस १ का सौखीलाल सदा, छेदिया सदा र कालीचरण सदालाई बन प्रशासनले अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोमा  जनही ३ हजार ९ सय ३२ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
जिल्ला बन कार्यालय धनुषाका मुद्दा शाखाका कर्मचारी तैयव राइनका अनुसार कानुनमै बन कार्यालयले रु.५ हजार विगो बराबरको मुद्दा मात्र बनले हेर्ने गरेको र उक्त विगो रकम भन्दा माथिको मुद्दा जिल्ला अदालतले हेर्ने गरेको छ । सरकारी मुल्याङ्कन कम भएका कारण तस्करहरु पनि प्रायः ५ हजार विगो भन्दा तलकै रकम बरावरको काठ एक लटमा तस्करी गर्ने गरेको हुनाले कानुन अनुसार ६ महिनासम्मको कैद बापत ४५ सय रुपैयाँ जरिवाना र विगो बमोजिमको रकम धरौटी लिएर हामीले छोड्नु परेको छ । जुन बेला साल काठको प्रति क्यूविक फिट २ सय ५० रुपैयाँ थियो त्यही बेल ाबनेको कानुन अहिले सरकारी मुल्याङ्कन ८ सय रुपैयाँ प्रति क्यूविक फिट भईसक्दा पनि कायमै छ । बजारमा सरकारी मुल्याङ्कनको ८ सय क्यूविक प्रति फिट काठको मुल्याङ्कन पर्ने काठ  ४ हजार रुपैयाँसम्म पर्ने गरेकाले काठको अवैधानिक तस्करी बढेको हो ।
काठ तस्करहरुले खोसे बन समितिको मोटरसाईकल 
वनबाट ल्याउँदै गरेको काठसहित साईकल नियन्त्रणमा लिएको भन्दै काठ तस्करहरुले एक जनाको मोटरसाईकल खोसेर वेपत्ता बनाएका छन् ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ९ हरिहरपुरका जयकिशुन महतोको ज ६ प २१९७ नम्बरको डिस्कोभर मोटरसाईकल काठतस्करहरुले खोसेर वेपत्ता बनाएको पीडित महतोले जनाएको छ ।
झण्डै दुई साता अघि नगरपालिकाको वडा नं. ९ स्थित  पल्लाझार मोटिहरबा सामुदायिक वनबाट ६ वटा साईकलमा ल्याउँदै गरेको ११ वटा गैरकानुनी सखुवाकोसाल वन समितिले नियन्त्रणमा लिएको थियो । वन समितिका सदस्य जयकिशुन महतो २१ अषाढमा सखुवा बजारमा आँप वेच्न पुगेको बेला क्षिरेश्वरनगरपालिका ७ का मो.कलिम मिया सहितका ७÷८ जना काठ तस्करको समुहले मोटरसाईकल नियन्त्रणमा लिएको बन समितिका अध्यक्ष गंगा महतोले जनाएको छ । आफुहरुले वनबाट ल्याउँदै गरेको काठसहित साईकल नियन्त्रणमा लिएको भन्दै उनीहरुले समितिका सदस्य महतो बजार आएको मौकाछोपी सलिम मियासहितका काठ तस्करहरुले मोटरसाईकल खोसेर वेपत्ता बनाएको समितिका सल्लाहकार जनक महतोले जानकारी दिएका छन् । मोटरसाईकल वेपत्ता बनाएपछि समितिले काठतस्करहरु विरुद्ध ईलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिएका छन् ।
१२ अषाढ २०७३ मा उक्त बन समितिका सदस्यहरुले बनको गस्ती गरिरहेको अवस्थामा कलिम मियाको अगुवाईमा करिब ७÷८ जना तस्करहरुको समुहले बनबाट १९.०१ क्यूविक फिट काठ साइकलमा तस्करी गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा उक्त तस्करहरुले बन समितिलाई बञ्चरो लिएर आक्रमण समेत गर्न खोजेको तर अन्ततः उनीहरु काठ छोडेर फरार भएपछि बन समिति सँग प्रतिशोध स्वरुप समितिका सदस्यको मोटरसाइकल लुट्ने कार्य गरेको समितिका अध्यक्ष गंगा महतोले द एक्सक्लुसिभलाई बताएका छन् ।
    हुन त ती तस्करहरुले लगिरहेको काठमा सरकारी मुल्याङ्कन २१ हजार २ सय ९१ रुपैयाँ मात्रै भएपनि  बजारमा लाखौं रुपैयाँमा ती काठ सहजै विक्री हुन सक्थ्यो । त्यसैले तिनीहरु हामी माथि जाइलागेको उनले बताए ।
धनुषामा अधिकांश बन क्षेत्र चुरे र भावर तर्फ रहेको भएपनि निकै कम मात्रामा तल्लो तराई क्षेत्रमा पर्दछ । ९ हजार ३ सय ४२ हेक्टरमा साल, १ हजार ९ सय २ हेक्टरमा खयर, सिसौ र १६ हजार ३ सय ३५ हेक्टरमा मिश्रित बन, झाडी लगायतका काठहरु पाइन्छन् । धनुषाको उत्तर तर्फका भावर, चुरे (मालटोल एवम तुल्सी क्षेत्र तिर) र केही मात्रामा धनुषाधाममा गरी ३० देखि ५० प्रतिशत सम्म साल पाउने गरिएको छ । यस बन जंगल क्षेत्रको वरिपरी वसोवास गर्ने बासिन्दाहरुले साल प्रजातीलाई डाले घाँसको अधिक प्रयोग, अवैध काठ र दाउराको अनियमित संकलन अनियन्त्रित बन डढेलो र छाडा चरिचरण जस्ता कारणहरुले बनको अवस्था दिन प्रति दिन ह्रास हुँदै गएको छ । धनुषाधाम क्षेत्रमा साल को बन रहेपनि बन क्षेत्रको चारै तर्फ अवादीले घेरिएकोले बन पैदावार संकलनमा अधिक जनचाप बढेको पाइन्छ । बन प्रशासनले यी सबै गतिविधिलाई नियन्त्रण गर्न सक्नुपर्दछ ।

२०७३ श्रावण ०२ गते आईतबार

No comments:

Post a Comment