Thursday, December 17, 2015

मधेसीले अन्तरिम संविधानमा पाएको अधिकार पनि खोसिएको छ ः सुष्मा स्वराज

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


नेपालमा देखिएको अहिलेको समस्या बार्ता मार्फत समाधान खोजिनुपर्ने र मधेसीलाई न्याय प्रदान गरिनुपर्ने तथा आपुर्ती सहज भएर जनतालाई झनझटबाट मुक्ति दिलाउने प्रयास भारत सरकारले गर्दै आएको छ । साथी पवन बर्माले विभिन्न १० बटा प्रश्नहरु गर्नुभयो । उहाँले भन्नुभयो परिस्थिति अहिलेसम्मकै सबैभन्दा खराब छ । नेपाल र भारतको बीचको सम्बन्ध यो भन्दा कहिल्यै पनि विग्रेको थिएन । तर, म के भन्न चाहन्छु भने तपाई जस्तो परराष्टूसेवाको बरिष्ठ अधिकारी भएर काम गरिसकेको व्यक्तिले पनि यस्तो कुरा भन्न सक्नु हुन्छ भन्ने मलाई आशा थिएन । हो, नेपाल र भारतको सम्बन्ध बर्षौको होइन, सताव्दीऔं देखिको हो । ऐतिहासिक, भौगोलिक, धार्मिक सम्बन्धका साथ साथै रोटी र बेटीको सम्बन्ध रहँदै आएको छ । तर, भारतको कुनै पनि प्रधानमन्त्रीलाई नेपाल पुग्न १७ बर्षसम्म प्रतिक्षा गर्नुपर्यो । २७ मे २०१४ मा हाम्रो सरकार आयो । त्यस अघि १७ बर्षसम् मभारतको कुनै पनि प्रधानमन्त्री नेपाल जान सकेका थिएनन् । २३ बर्ष देखि ज्वाइन्ट कमिशनको बैठक बस्न सकेको थिएन । दिल्ली देखि काठमाण्डौको हवाई दुरी डेढ घण्टाको मात्र छ । तर, म नै त्यस्तो व्यक्ति हुँ जो आफ्नो कार्यकालको पुरै २ महिना पछि १७ बर्ष वितिसक्दा पनि दुवै देशको ज्वाइन्ट कमिशनको बैठकका लागि काठमाण्डौ गएँ । म गएको ८ दिन पछि ४ अगस्तमा प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल पुग्नु भयो । उहाँले नेपालको यात्रा मात्र गर्नुभएन, पुरै नेपाललाई भारतमय बनाईदिनु भयो । घर घरका मान्छेले मोदीको जय जयकार गर्यो । त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले त्यहाँको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल यूद्धबाट बुद्ध तिर गईरहेकोमा खुशी व्यक्त गर्नुभएको थियो । यति मात्र होइन शस्त्र छाडेर शास्त्र अपनाएको मुलुकलाई ऋषिमनले सबैलाई खुशी पार्ने गरी संविधान निर्माण गर्नका लागि सुझाव दिनुभएको थियो । यो स्वायत्त, सार्वभौम मुलुक माथि हस्तक्षेप थिएन । र, भारत हस्तक्षेप गर्न चाहँदैन पनि ।
अप्रिल २०१५ मा नेपालमा ठुलो भुकम्प आयो । धेरै ठुलो मानविय र भौतिक क्षति बेहोर्नु पर्यो नेपालले । तर, ६ घण्टा भित्र नेपाल पुग्ने कुनै देश थियो भने त्यो भारत नै थियो । पुरै मद्दत लिएर हामी पुग्यौं । पवन बर्माजी त्यो एटिच्यूड भनेको विग ब्रदरको होइन एल्डर ब्रदरको थियो । बिग ब्रदरको एटिच्यूड भनेको दम्भ भएको हुन्छ भने एल्डर ब्रदरको एटिच्यूड सेयरिङ र केयरिङको हुन्छ । हामीले फुड प्याकेट, कम्बल मात्र लगेनौं मेस नै चलाएर पीडामा परेका नेपालीलाई तातो तातो खाना खुवायौं । हामीले औषधि र डाक्टर समेत लगेर उपचार गरेका थियौं । त्यो गर्नुपनि पथर््यो । किनभने भौगोलिक अवस्थाले पनि र मित्रताका कारणले पनि हामीले गर्नुपर्ने थियो । त्यसैले सहि शव्दको प्रयोग गरौं । भुकम्प पछि अन्तराष्टिूय दातृ निकाय सम्मेलनका लागि आमन्त्रण गर्न नेपालका अर्थ मन्त्री आएर के भन्नु भयो भने कुनै ठुलो घोषणा गरिदिनुस । हामीले एक विलियन अमेरिकन डलर पहिले नै सहयोगको घोषणा गरेका थियौं । नेपालले त्यो रुपैयाँ पनि खर्च गर्न सकेको थिएन । र, मैले थप एक मिलियन अमेरिकन डलर मद्दतको घोषणा गरें । भारतीय रुपैयाँको कुरा गर्ने हो भने त्यो अहिले १२ हजार करोड रुपैयाँ हुन्छ । मैले व्याजको कुरा गर्ने हो भने १३ करोड पुग्छ । त्यो पनि मैले ६० रुपैयाँको विनिमय दरको हिसावले भनेको हो । कुनै पनि देशले मुर्खत ागर्न सक्दैन कि वाहवाही भईरहेको देशलाई हाय हायमा परिणत होस ।
 नेपालमा भारतले नाकाबन्दी गरेको छैन । ११ हजार २ सय ६ वटा टूकहरु हाम्रो नाकातिर जाममा परेको छ । ६ जनबरी सम्मको तथ्याङ्क हो यो । हामीले नाकाबन्दी गरेका छैनौं । त्यो नेपालमा मधेसी समुदायहरुले नाकामा अवरोध गरेका छन् । हामीले हाम्रो टूकलाई फिर्ता बोलाउँदा पनि फेरी पठाउँदा अप्ठ्यारो हुने हुनाले अवस्था त्यस्तो भएको हो । रक्सौल विरगञ्ज नाकामा मात्रै ११ हजार २ सय ६ वटा टूकहरु फसेका छन् । भारतबाट प्रति दिन औषत १५ सय टूकहरु नेपाल जाने गर्छन । त्यसमध्ये ७० प्रतिशत अर्थात १ हजार ५० टूकहरु मात्रै विरगञ्ज रक्सौल नाकाबाट जाने गर्छन । ४ सय ५० वटा बाँकी रहेका टूकहरु अन्य नाकाबाट जाने गर्छन । र, त्यो गई नै रहेको छ । ८ सय ६४ वटा टूक हिजो मात्र नेपाल गएको छ । ४ सय औषधिका टूक गएका छन् । विरगञ्जमा रहेको ११ हजार २ सय ६ टूकलाई रि रुट गरेर पठाउने कुरा पनि गरेको छु । पेटूोलिय पदार्थ र औषधि जस्ता अत्यावश्यक वस्तुहरुलाई रिरुट गरेर सुनौली, जोगबनी लगायतका नाकाबाट पठाउने कुरा गरेको छु । मैले दुई पटक राजदुतलाई पठाएर स्वास्थ्य मन्त्रीसँग औषधिको सूचि मागेको छु । मैले आफै पनि नेपालको विदेशमन्त्री कमल थापालाई हिजै पनि भनेको छु कि तपाईहरुको औषधिहरुको सूचि हामीलाई दिनुस । २४ घण्टा भित्र हवाई जहाज मार्फत औषधिहरु पुर्याईदिन्छु । मैले यहाँसम्म भने कि तपाई हामीलाई कम्पनीको नाम दिनुस त्यही कम्पनीको दवाई एयर लिफ्ट गरेर पठाईदिन्छु । तर, अहिलेसम्म नेपालको तर्फबाट कुनै सूचि मलाई प्राप्त भएको छैन । किनभने त्यहाँ औषधिको अभाव छैन । औषधि नियमित रुपमा गई नै रहेका छन् । त्यसैले मलाई धेरै दुख लाग्यो कि नेपालमा मोदी सरकारले नाकाबन्दी गर्यो भनेर भन्दा । हामी मानवताबाट खसेका छैनौं । हामीलाई पनि थाहा छ अस्पतालमा औषधिको खाँचो हुन्छ ।
जहाँसम्म भारतले नेपालमा हिन्दु राज्य चाहेको छ भनेर जसरी गलत प्रचार गरिएको छ, त्यस सवालमा पिएम मोदी नेपालमा गएर आफै संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा गरेर आउनु भएको छ । अनि कहाँबाट र कसरी कुरा आयो कि भारतले नेपालमा राजतन्त्र फर्काउन चाहन्छ ?
डाक्टर करण सिंहले अत्यन्तै सन्तुलित भाषण गर्नुभयो । मलाई खुशी लागेको छ कि प्रमुख प्रतिपक्षी दलका नेताले यस्तो धारणा राख्नुभयो । उहाँको सम्बन्ध नेपालको राणा, राजा परिवार सँगै काठमाण्डौसँग सम्बन्ध रहँदै आएको छ । तर, उहाँले मधेसीको कुरा गर्नुभयो । उहाँले आफै भन्नु भयो कि अन्तरिम संविधानमा मधेसीले प्राप्त गरेको अधिकार पनि अहिले जारी गरिएको संविधानले खोसेको छ । बैवाहिक अंगिकृत नागरिकताको सवाल र रोटी बेटीको सम्बन्ध पनि धरापमा परेको उहाँले भन्नु भयो । हो, रोटी बेटीको सम्बन्ध भनेकै के हो भने यहाँको छोरी विवाह गरेर उता बुहारी बन्छन र उताको छोरी हाम्रो बुहारी बन्छन । तर, अहिले बैवाहिक अंगिकृत नागरिकता प्रदान नगर्ने नेपालमा कानुन बनेको छ । बैवाहिक अंगिकृत नागरिकता पाएकाहरु संवैधानिक पदमा जान सक्दैनन् अहिलेको प्रावधानले । हाम्रो मनमा कुनै पनि खोट छैन । खोट भएको भए म आज यो सदनमा बहस गर्नबाट पन्छिन खोज्थे । तर म आफै एउटा नेपालको लागि अलगै बहस होस भनेर चाहन्छु । हामीले के भनेका छौं भने मधेसीसँग विभेद भएको छ । मेरो मित्र रवि बर्माले के भन्नु भयो भने अन्तिम घडिमा विदेश सचिवलाई नेपाल किन पठाइयो ? पहिले देखि नै किन इन्गेज गरिएन ? म के भन्न चाहन्छु भने विगतको सुशिल कोइराला नेतृत्वको सरकार देखि विभिन्न नेताहरुसँग सम्वाद भारत सरकारले गरेकै थियो । भारतलाई के चिन्ता थियो भने कहिँ यो आन्दोलन हिंस्रक भयो भने त्यसको असर भारतमा पर्छ । २५ अगस्तमा प्रधानमन्त्रीसँग फोनमा कुरा भएको थियो । जनवरी देखि अगस्तसम्म हामी विभिन्न तहमा कुरा गरिरहेका थियौं । जनवरीमा विद्या भण्डारी, मार्चमा बाबुराम भट्टराई, जुलाईमा पुष्पकमल दाहाल प्रचण्ड र अगस्तमा शेरबहादुर देउवा दिल्ली आएका थिए । जुनमा म आफै अन्तराष्टिूय दातृ सम्मेलनमा भाग लिन काठमाण्डौ गएका थिएँ । मैले त्यहाँको हरेक नेताहरुसँग भेटे । केप ीओलीसँग पनि भेट गरें । यस्तो कुनै आभाष नै थिएन । तर, अगस्त र सेप्टेम्बरको बीचमा के भयो ? संविधान बनिरहेको थियो । हामीले त्यहाँको संविधान टार्न खोजेको थिएनौं । अचानक संविधान सभाको वैठक बोलाइयो । दुई दिन भित्रैमा विना बहस संविधान पारित गरियो । कसले सोच्न सक्छ कि २००७ मा आएको अन्तरिम संविधानमा प्राप्त भएको जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता प्रमुख मुद्दाहरु हटाइनेछ । स्वीकार गरिएको मुद्दा हटाउलान भनेर कसैले पनि सोच्न सक्छन त ? तर नेपालमा अहिले त्यसरी भएको छ ।
 हामीलाई आरोप लगाउनु भएको कि लर्डकर्जन जस्तो बन्यो भनेर । तपाईहरु नै भन्नुस भोली नेपालमा भइरहेको आन्दोलन हिंस्रक भयो भने त्यसको नराम्रो असर हाम्रो देशमा पनि पर्छ । हाम्रो शान्त रहेको बोर्डर शान्त नै रहोस भन्ने हाम्रो चाहना हो । त्यो कुरा हामीले तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालासँग पनि गरेका थियौं । संविधान जारी हुनु २ दिन अघि हामीले प्रधानमन्त्रीको विशेष दुतको रुपमा विदेश सचिव जयशंकरलाई पठाएका थियौं । कुराकानी पनि भएको थियो । तर, प्रधानमन्त्री सुशिल कोइरालाले संशोधन विधेयक दर्ता गरी समस्याको समाधान गर्ने भनेका थिए । तर मधेस आन्दोलन सुरु भईसकेको थियो । कोइरालाले संशोधन विधेयक दर्ता गराउनका लागि क्याविनेटबाट पारित पनि गराईसकेका थिए । के त्यो विना सम्वाद नै त्यसो भएका होला त ? त्यसैले मधेसीहरुले नयाँ माग त के पुरानै प्राप्त कुरा पनि गुमाउनु पर्यो । हामीले नेपालमा कुनै पनि किसिमको मिस विहेव गरेका छैनौं । त्यसैले लर्डकर्जन मान्नु भएन ।
 जहाँसम्म हाम्रो प्रधानमन्त्रीको पहिलो यात्रा नेपाल नै भएको भनेर भनिएको छ, आरएसएसले सरकार चलाईरहेको छ भन्ने सवालमा म के भन्न चाहन्छु भने हाम्रो प्रधानमन्त्रीको सबैभन्दा पहिलो विदेश यात्रा भुटान अनि जापान र त्यस पछि मात्र नेपाल भएको हो । हामीले कुनै सार्वभौम मुलुकमा हस्तक्षेप गर्न चाहँदैनौं । शान्ति प्रक्रियामा सिताराम यचुरीलाई लगदा त्यहाँ हस्तक्षेप भएको थिएन र ? हो, हामी पनि के भनिरहेका छौं भने नेपाल एउटा स्वायत्त देश हो । र हामी त्यो स्वायत्तताको सम्मान पनि गर्दछौं । हामी पे्रस्क्रिप्सन दिँदैनौं, सुझाव मात्र दिन्छौं, त्यो पनि शुभचिन्तकको नाताले । हामी पनि चाहन्छौं नेपालमा देखा परेको असहज परिस्थितिले गर्दा दुवै देशमा तनाव भएको छ । त्यसैले बार्ता र सहमतिमा नै समाधान होस भन्ने हाम्रो पनि चाहना रहेको छ । हाम्रो ब्लोकेड होइन । हामीले नाकाबन्दी गरेको भए त्यहाँ लाखौं मान्छे कहाँबाट ल्याउने थियौं । जब मधेसी त्यहाँ नाकामा अवरोध गरिरहेका छन् भने हामीले कसरी आपुर्ति गर्ने ? कि त गोली चलाउनु पर्यो, केही मान्छे मर्छन र केही मान्छे उठेर भाग्छन् । या त टूक चलाएर किचेर जानुपर्यो । त्यसैलेहामीले पनि राजनीतिक सहमतिबाट नै निकासको बाटो निस्कियोस भन्ने चाहेका छौं ।
जहाँसम्म यो नाकाबन्दी पहिलो पटक भनिएको छ त्यो विलकुल गलत कुरा हो । कांग्रेसले भर्खरै १० बर्ष सरकार चलाएर गएको छ । किन जेसिएमको मिटिङ भएन । कांग्रेसकै सरकारको पालामा नेपालमा नाकाबन्दी गरिएको कुरा जग जाहेर छ । त्यसकारण म के भन्छु भने व्यापार तथा पारवहन सन्धीका कारण पहिलो पटक नाकाबन्दी भएको छैन । १९८९ मार्चमा गरिएको नाकाबन्दी एक बर्षसम्म चलेको थियो ।
अझै पनि गुन्जाईस छ । कमल थापा आएका थिए । मैले उनलाई भने, आपसी सहमतिबाट निकास खोज्नुस । मधेसी नेताहरु पनि आएका छन् उनीहरुलाई पनि मैले बार्तामा बस्न भनेको छु । इश्वरले चाह्यो भने ५÷७ दिनमै समस्याको समाधान हुनेछ ।
(भारतका विदेश मन्त्री सुष्मा स्वराजले उपल्लो राज्य सभाको सदनमा नेपाल सम्बन्धी सांसदहरुद्वारा गरिएको प्रश्नको जवाफ दिने क्रममा अभिव्यक्त गरिएको भाषणको सम्पादित अंश)


२०७२ मंसिर २७ गते आईतबार

No comments:

Post a Comment