Thursday, November 12, 2015

किन सुन्दैन काठमाण्डौले ? ः सिके लाल

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेश आन्दोलनको अहिले कुनै नयाँ माग होइन । नयाँ कुरा भयो अनि न माग हुन्छ । नयाँ कुरा कुनै छँदै छैन भने माग कसरी हुन्छ ? दुई पटक आन्दोलन भइसकेका छन् । दुईपटक नै सम्झौता भएका छन् । सम्झौताको साक्षि किनारामा भारत पनि बसेको छ भने त्यसमा राष्टूप्रमुखहरुले हस्ताक्षर गर्नुभएको छ । त्यही सम्झौता पुरा गर्न आन्दोलनकारीले भनिरहेका छन् । पुराना वचन पूरा गर्न भनिरहेका छन् । वचन तोड्दा के के हुने ठाउँमा यहाँ त सानो (शान्तिपूर्ण आन्दोलन) कुरा मात्र भइरहेको छ ।
    तर, राज्यले अझै पनि तिमीहरुको माग के हो भनि सोधिरहेका छन् । यो बिडम्बना हो । राज्यले सम्झौता गरेको कुरा पूरा भएन भने तीनवटा कुरा हुन्छ । पहिलो उसलाई सम्झाउने छ, कि सम्झौता गरेर नमान्ने राम्रो काम होइन । यसले संसार चल्दैनन् । यो मधेशवादी दलले मात्र होइन तीन ठूला दलमा रहेका मधेशी नेताहरुले पनि यो कुरा सम्झाउनु पर्छ । दोस्रो, सम्झाएपछि पनि मानेन भने छरछिमेकलाई गुहारेर हेर न, हामीसँग सम्झौता गरेको थियो यसले पुरा गर्न मानेन । यसलाई सम्झाई दिनु पर्यो । तेस्रो, त्यतिले पनि भएन भने दण्ड सजायको लडाई लड्ने हो । अर्थात पहिलो भनेको दवाव मुलुक जनआन्दोलन हो । दोस्रो, नागरिक दवाव दिने हो । तेस्रो, अन्ततः सशस्त्र युद्धमा जाने हो ।
चानचुने आन्दोलनमा यस्तो हुँदैन
    युद्धमा जान नपरोस् भन्नका लागि मधेशमा अहिले जनआन्दोलन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीजीले यसलाई जनआन्दोलन मानुन या नमानुन् । तर, यो जनआन्दोलन नै हो । एउटा उदाहरण दिन चाहन्छु, मेरो ससुर बुवा ७५ वर्ष नाघ्नु भयो । जिन्दगीभरी त्रिभुवन विश्व विद्यालयमा पढाउनु भएको हो । रिडर भएर रिटार्ड हुनु भएको हो । कफ्र्यू तोड्ने आन्दोलनमा मेरा सासु आमा र ससुर बुवा भर्खरका चारवर्षीया नातीलाई लिएर जनकपुरको सडकमा ओर्लनुभयो । यस्तो कुरा चानचुने आन्दोलनमा हुँदैन । मलाई सम्झना छ, ०४६ सालको आन्दोलनमा मेरो आमा थाल ठठाउदै निस्किनु हुन्थ्यो । ०६२्०६३ मा मेरो भतिजो सानो थियो मान्दै मान्दैन्थ्यो काँधमा बोकेर कर्फ्यू तोड्नमा म हिडेका थिए । यस्तो किसिमको आन्दोलन अहिले मधेशमा भइरहेको छ ।
    तर, ती मधेशको आन्दोलन काठमाडौमा देखिदैन । म यो बीचमा जनकपुर दुईचोटी पुगि सके । सरकारी कर्मचारीहरुलाई नोकरीको सबभन्दा धेरै माया हुन्छ । तर, ती कर्मचारीहरुले खुल्ला ढंगबाट मधेश आन्दोलनको समर्थनमा कार्यक्रम गरे । र, ती कार्यक्रममा शहरका सबै मुख्य व्यक्तिहरुको उपस्थिति थिए । दोस्रो पटक म जाँदाखेरि युवाहरुले सहिद परिवारका सम्मान गर्ने र केही सानो राहत रकम दिने कार्यक्रम गरेको थियो । त्यसमा म र खगेन्द्र दाइ पुगेका थिए । त्यहाँ पनि लगभग पाँच छ हजार जनता उपस्थित थिए र मज्जाले कार्यक्रममा सहभागि भएका थिए । आन्दोलनमा त्यो किसिमको रापताप छ तर काठमाडौमा त्यसको असर देखिएको छैन ।
किन सुन्दैन काठमाडौले ?
अहिले पनि नेपाल भनेको काठमाडौ नै रहेछ । ०७ सालमा पनि राजा महेन्द्रले भारतीय दूतावासमा नगएसम्म काँग्रेसले त्यत्रो लडाई लड्दा केही पनि भएन । ०४५्४६ मा जब हामी दरवारमार्ग गएर महेन्द्रको सालिक खसालियो अनि मात्र आन्दोलनले गति लिन थाल्यो । १०(१२ वर्ष लडाई गरेका माओवादीले नसकेको कुरा २०६२÷०६३ मा काठमाडौ १९ दिन बन्द हुँदा भयो । नागरिक दवाव काठमाडौबाट नभएसम्म नेपालमा केही पनि नहुँदो रहेछ भने कुरा प्रष्टसँग बुझ्न सकिन्छ । ८७ दिनदेखि मधेशमा अभूतपूर्व आन्दोलन हुँदाखेरि पनि राजधानीलाई असर गरेको छैन किनभने काठमाडौमा जनदवाव भएन । मधेशमा भइरहेको आन्दोलनका रुपहरु हेर्नुस, अदभूत लाग्छ ।
ह्युम्यान चेन बनाउने, गीत गाउने, नाच्नेदेखि लिएर सडकमा बस्ने । गीत पनि गजब गजबका भोजपुरी भाषामा, मैथिली भाषामा, अवधि भाषामा बनाएर गाउँदो रहेछन् । विभिन्न खालका सडक नाटकहरु पनि गरिरहेका छन् । नाकाहरुमा भजन किर्तन गाएर बसिरहेका छन् । अर्थात यो एउटा राजनीतिक आन्दोलन नभएर साँस्कृति आन्दोलन अन्य अधिकारका आन्दोलनसँग पनि जोडेर हेर्न सकिन्छ । तर, यत्रो गर्दा पनि सुनवाई भएको छैन ।
    यदि सुनवाई भएको भए, प्रधानमन्त्रीले यत्रो उपप्रधानमन्त्री मण्डल बनाउनु भएको छ त्यसमा एकजना मधेशी हुनुपर्ने । एकजना दलित हुनुपर्ने । एकजना जनजाति हुनुपर्ने । एकजना महिला हुनुपर्ने । कम्तीमा त यति गर्न सकिन्थ्यो । सोभियत मोडेलको यो उपप्रधानमन्त्री मण्डल बनाएपनि हुन्थ्यो नि तर मधेश आन्दोलनको त्यति प्रभाव नपरेको कारणले काठमाडौले केही पनि गरेनन् ।
भारत मोडेलमा सम्झौता
भारतले एकीकृत देशको रुपमा रहनै सक्दैन भने कुरा बेलायतले भारतीय स्वतन्त्रकै बेला भनेको हो । बेलायतका विद्धानहरुले पटक पटक लेखेका छन् कि भारतमा यति विविधता छ, त्यसकारणले भारत एक रहनै सक्दैन । त्यसको जवाफमा एउटा मात्र नीति बनाएको हो । सार्वभौमिकतामा सम्झौता हुँदैन । अखण्डतामा सम्झौता हुँदैन । स्वाधिनतामा सम्झौता हुँदैन । स्वतन्त्रतामा सम्झौता हुँदैन । यी चारवटा बाहेक भारतभित्रका जुनसुकै समूहले जेसुकै माग गरेपनि त्यो पूरा हुन्छ । भाषिक राज्य चाहियो ल बन्ने भयो । मद्रास टुक्राएर आन्ूप्रदेश बनाउने, तामिलनाडु बनाउने, केरलालाई केही भाग दिने, बम्बेलाई टुक्राएर गुजरात बनाउने, महाराष्टू बनाउने कार्य भयो । त्यस्तै, यी चारवटा कुरामा असर पर्ने गरि नेपालमा मधेशीहरुले अरु केही कुरा मागेका छैन । यी चारवटा बाहेकका माग यदि मधेशीले गरिरेहका छन् भने यत्रो महाभारत मचाउने काम किन ?
    यिनको कुरा आएपछि नेपालको सम्प्रदायी र समाजिक संरचनाको कुरामा गएर ठोकिन्छ । महात्मा गान्धीले असहयोग आन्दोलनको प्रेरणा गोराबाट नै पाउनु भएको छ । एकपटक दक्षिण अफ्रिकामा टूेनबाट उहाँ कतै जाँदै हुनु हुन्थ्यो । उहाँसँग फस्टक्लाुसको टिकट थियो । फस्टक्लासमा दासहरु, भारतीयहरु, कुकुरहरु छिर्न पाउँदैन भनेर टीटीले उहाँलाई निकाल्न कासिस गर्दा त्यही फस्टक्लासमा भएका गोराहरुले विरोध गर्नुभयो कि ‘यो त व्रिटिश इम्पाएरमा हुँदैन । उहाँ महानुभावसँग फस्टक्लासको टिकट छ, त्यसैले म जतिकै उहाँलाई पनि फस्टक्लासमा हिड्ने अधिकार छ ।’ तर टीटीले रेल्वे कानुन देखाएर गान्धीलाई प्लेटफर्मबाट निकालि दिए । अनि, गान्धीले लेख्नु भएको छ, ‘मानवमा खासगरि बेलायतको सुसँस्कृतिमा कमसे कम यति त छ कि बराबरीको हकको लागि अनुभव चाहि जनतामा पनि रहेको छ ।’ नेपालको सम्प्रदायी चरित्रको समाजमा त्यो देखिएन ।
मधेशले तीन तीन पटक आन्दोलन गर्दाखेरि त्यो गान्धीलाई रेलको डब्बामा नैतिक सहयोग गर्ने अग्रेज देखिएका थिए । मधेशीलाई त्यति सहयोग गर्ने पहाडीहरु खास गरेर तथाकथित नागरिक समाज मनाउँदाहरुमा देखिएन । अपवादको कुरा होइन । अपवाद नियम बन्दैन । भारतमा पनि स्वतन्त्रता आन्दोलनमा त्यसको पक्षधर अमेरिकाका गोरेहरु थिए, बेलायताका गोरेहरु थिए, फ्रान्सका थिए । तर हामी कति सम्प्रदायी भएका हौ भने यो मधेशीलाई त इण्डियाले हेर्दिहाल्छ नि इण्डियाले नाकाबन्दी गरेका छन् नि । जुन भन्दैछन् यो धेरै दिनसम्म चल्दैनन् ।
मधेशका आन्दोलनले सबैलाई हित
सबै कुराको निर्णय काठमाडौबाट नभई हुँदैन भने यहाँ मधेशको पक्षमा किन विरोध हुँदैन । यदि मधेशीहरुले राष्टिूय एकताको कुरा गरिरहेका छन् भने काठमाडौका जनताले पनि साथ दिनुपर्छ । नेपालको हितमा मधेशीले आन्दोलन गरिरहेका छन् भने त्यसमा सबैको हित हुन्छ । मधेशीले पकिस्तान बनाउन खोजेका होइन । बागंलादेश बनाउन खोजेका होइन । यहीभित्रको तामिलनाडु काश्मिर, मनिपुरलगायत न बनाउन खाजेका हुन् । मधेशमा दुईटा दुईटा प्रदेश भयो भने अहिलेको अवस्थामा त्यहाँ त कोही पहाडि दलबाट नै मुख्यमन्त्री र मन्त्री हुन्छन् । जो समृद्ध छ । जो बलिया छ त्यसैलाई फाइदा हुन्छ । मधेशीले आन्दोलन गरिरहेका छन् भने त्यसबाट जनजातिलाई फाइदा हुन्छ, दलितलाई फाइदा हुन्छ । यतिबेला यो स्थायी सत्तासँग मिलेर अधिकार लिएनौ भने हाम्रो हातबाट जान्छ र अरुको हातमा पुग्छ । त्यसबाट अलि मधेशलाई बढी हानी गरेपनि फाइदा कसैलाई गर्दैनन् ।
द्धन्द चर्किदै गयो । लम्बिदै गयो । त्यसबाट सबैलाई समस्या हुुन्छ । अहिले नै अर्थतन्त्रको अवस्था यस्तो भइसक्यो । जनजिवन कष्टकर भइसक्यो ।
    यसले मधेशलाई मात्र होइन । तराई, मधेश, हिमाल, पहाड सबैतिर समस्या उत्पन्न भएको छ । यदि सबैतिर समस्या उत्पन्न भएको छ भने सबैजना मिलेर लड्नुपर्छ । जनआन्दोलन भयो, अब जनदवावको खाँचो छ । यदि त्यो भएन भने पञ्चको खोजी हुन्छ । क्षत्रीय पञ्चको खोजी हुन्छ । अन्तराष्टिूय पञ्चको खोजी हुन्छ । पञ्चहरु आए भने मासु भात पहिले खान्छन् हामी आफ्नो उसिना चामलको भात खाएर झगडा गरेर बस्नुपर्ने हुन्छ । त्यतातिर देश नजाओस् भनि सबैले सोच्ने बेला आएको छ ।
(एक कार्यक्रममा राजनीतिक विश्लेषक सिक लालद्वारा प्रस्तुत विचारको अंश)


२०७२ कार्तिक २२ गते आईतबार

No comments:

Post a Comment