Thursday, November 12, 2015

अहिले तराईको जे समस्या देखाएर आन्दोलन गरिएको छ, त्यस्तो समस्या केहि छैन ः प्रधानमन्त्री ओली


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

 प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान सिंहदरबारमा पत्रकारहरुसित गम्भीर मुद्रामा प्रस्तुत भए । आफूलाई भेट्न आएका पत्रकार महासंघका प्रतिनिधिहरुमाझ उनले भारतीय नाकाबन्दीका सन्दर्भमा निकै खुलस्त विचार राखे । उनले आफू मुखमात्रै चलाएर नबसेको स्पष्ट पारे । करिब आधा घण्टा लामो भावुक मन्तव्यका क्रममा ओलीले भारतको नाम भने कतै पनि लिएनन् । नाकाबन्दीको आलोचनामा अधिकांश समय बिताए पनि उनले केही आशा जगाउने कुरा पनि गर्न खोजे । प्रस्तुत छ, प्रधानमन्त्री ओलीद्वारा व्यक्त विचारको सम्पादित अंश ः
घाइते अवस्थामा छिमेकीको प्रहार
नेपाली जनताले एउटा अकल्पनीय प्राकृतिक विपत्ति भर्खरै भोगे । भूकम्पले नेपाली जनजीवनलाई आहत र तहसनहस बनायो । घरवास गुमाएका जनता अझै त्रिपालभित्रै छन् । भूकम्पपछि हामी धुलो टक्टक्याएर उठ्न खोजीरहेका थियौं । पुनर्निमाणको चर्चा गरिरहेका थियौं । सामाजलाई सामान्य अवस्थामा फर्काउने प्रयत्न सुरु भएको मात्र थियो । हामीमाथि अकारण अर्को विपत्ति आइलाग्यो । हामीले कल्पनै नगरेको कठोर प्रहार छिमेकीबाट भयो । भूकम्पबाट आहत र दुखी भएको नेपाल यसरी एउटा अकारणको पीडा थोपरिँदा अत्यन्तै मर्माहत भएको छ ।
देश(देशबीच लडाई परेका बेला पनि घाइतेमाथि प्रहार गरिँदैन । लडाइँमा हार्नेलाई गिरफ्तार गरेर थुनामा पनि खान दिइन्छ । तर, भूकम्पले घाइते भएको मित्रलाई खानसमेत नदिएर घाँटी अठ्याउने काम भइरहेको छ । सामुद्रिक अधिकारका कुरा, भुपरिवेष्ठित राष्टूको हकका कुरा, द्विपक्षीय सन्धी(सम्झौताका कुराहरु पनि छाड्नुस् । यहाँ त मानवताको कुरा छ । त्रिपालमुनि बसेका जनताले चुल्हो बाल्न पनि नपाउने अवस्था सिर्जना गर्नुजस्तो अमानवीय कुरा के हुन्छ ? हामी कस्तो खालको मित्रता भोगिरहेका छौं ? के हामीले मित्रताको नयाँ परिभाषा खोज्नुपर्ने अवस्था आएको हो ?
हाम्रो संविधान अरुका लागि होइन
हामीले आफ्ना निम्ति संविधान बनाएका हौं, अरु कसैका लागि बनाएका होइनौं । हामीले आफ्ना निम्ति बनाएको संविधानमा अरुले किन टाउको दुखाउने ? हामीलाई जस्तो चाहिएको छ त्यस्तो संविधान बनायौं । लोकतान्त्रिक प्रक्रियाबाट, धाराधारामा भोटिङ गरेर, जनताको राय(सुझाव लिएर ऐतिहासिक संविधान निर्माण गरेका हौं । लोकतन्त्रका मूल्य(मान्यता तथा सामाजिक न्याय र समानताका कुरा संविधानमा छन् । पछाडि परेकालाई अघि बढाउन अधिकारहरु छन् । कसैमाथि कुनै प्रकारका विभेद छैनन् ।
अरु देशका संविधानसँग तुलना गरिरहन आवश्यक छैन । तर, यथार्थ के हो भने जसले हाम्रो संविधानमाथि औंलो ठड्याएका छन्, उनीहरुको संविधानभन्दा हाम्रो संविधान पछि छ भनेर सावित गर्न म चुनौति दिन्छु । कुनै अर्थमा पछाडी छैन । नेपालमा प्रदेशहरुको सीमाना कस्तो हुनुपर्छ भन्ने नेपालीहरुको विषय हो । नेपाललाई नोक्सान पर्ने, नेपालको भौगोलिक अखण्डतामा दीर्घकालीन असर पर्ने, विकासलाई अवरोध गर्ने, सामाजिक सद्भाव कमजोर हुने गरी कोही मित्रहरुले आग्रहहरु लिएर आउँछन् भने हामीले सरी भन्नैपर्छ । त्यस्ता आयातीत आग्रहको भरिया बन्नेहरुलाई पनि हामीले अस्वीकार गर्नैपर्छ ।
हामीले आफ्नो खेतमा धान लगाउँछौं कि मकै हाम्रो कुरा हो । छिमेकीले किन मकै रोपिस, धान किन रोपिनस् भन्न मिल्दैन । हाम्रो चुल्होमा हामीले भात पकाउँ कि रोटी अरुले चिन्ता लिनुपर्दैन । नेपालले कसैका विरुद्ध केही सोचेको छैन, सोच्नेवाला पनि छैन । सबैप्रति मैत्रीभाव राख्न चाहन्छौं । तैपनि किन यो तीतो व्यवहार ? हामी आश्चर्यमा परेका छौं । पारिबाट नाकामा अवरोधले गर्दा पेटूोलियम आउन ठप्प छ । तर, कुहिने टमाटर जति पनि आउँछ । ग्यास आउँदैन । आलु प्याज आउँछ । भन्टा(घिरौंला आउँछ । माछा आउँछ । तर, जनकपुरका माछा पोखरीबाट निकालेर बेच्न पाइँदैन । किनकि बन्द छ ।
हामीले भर्खरै शान्ति प्रक्रिया पूरा र्गयौं । हिजो द्वन्द्वरत पक्षहरु आज एक ठाउँमा आएका छन् । शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामा संलग्न भएका छन् । सरकारमा भएर होस वा नभएर होस, राजनीतिको मूलधारमा छन् । अस्तिका दिन हाम्रा एकजना छिमेकीले जेनेभामा पुगेर पोहोर(परारका कुरा निकाल्नुभयो । पहिले हिंसा मच्चाउनेलाई कारवाही भएन भन्ने प्रश्न उठाउनुभयो । शान्ति प्रक्रियाको जानकारी छैन उहाँहरुलाई ? यसप्रकारको निहु खोजाइ उपयुक्त हुँदैन ।
खोइ कहाँ छ विभेद ?
हामी संवाद गर्न तयार छौं । सम्वादको माध्यमबाट समस्याको समाधान गर्न खोज्दैछौं । अहिले वार्ता टोलीका संयोजक परराष्टूमन्त्री जेनेभा जानुभएको हुनाले २÷३ दिनका लागि वार्ता रोकिएको हो । नत्र वार्ता जारी छ । शान्तिपूर्ण ढंगले वार्ताबाट समाधान खोज्ने हाम्रो नीति कायम छ ।
तर, अहिले तराईको जे समस्या देखाएर आन्दोलन गरिएको छ, त्यस्तो समस्या केहि छैन । तराईका मानिसलाई संविधानले कुनै भेदभाव गरेको छैन । बरु विशेष व्यवस्था गरिएको छ । मधेसीलाई आरक्षणको व्यवस्था छ । मधेसका लागि आयोग बनाएको छ । मधेस भनेको एउटा भूगोल हो । त्यो भूगोल किन पछाडि परेको सरकारको नीतिले होइन, त्यहाँको सामन्ति प्रथाले गर्दा हो । कास्की जस्तो अन्नपूर्णदेखि माछापुछ्रेसम्मका हिमाली भेगहरु रहेको जिल्लामा विकास धेरै छ कि सर्लाही र महोत्तरीमा ? कास्कीमा शिक्षाको स्तर माथि हुनु, सर्लाही र महोत्तरीको तल हुनु के विद्यालय नभएर हो ? तराईमा सरकारको लगानी नभएर हो ? यातायात नभएर हो ? तराईमाथि राज्यले विभेदकारी नीति लिएको छ भन्नेहरुले मलाई जवाफ दिउन् ।
उद्योगधन्दा तराईमा छन् । यो स्वभाविक कुरा हो । पहाडमा उद्योग राख्ने ठाउँसमेत छैन । तर, तराईमा आन्दोलन नाममा जून चिज गरिएको छ, त्यसले त्यहाँ भएका उद्योगधन्दा बन्द भइरहेका छन् । रोजगारीका अवसर गुमेका छन् उत्पादनहरु ठप्प छन् । राजश्व समाप्त भएको छ । तराईको टमाटर बारीमा कुहेका छन् । किसानले दूध बाटोमा घोप्ट्याउनुपरेको छ । सब्जी खेर गएको छ । उता पारिबाट नाकामा अवरोधले गर्दा पेटूोलियम आउन ठप्प छ । तर, कुहिने टमाटर जति पनि आउँछ । ग्यास आउँदैन । आलु प्याज आउछ । भन्टा(घिरौंला आउँछ । माछा आउँछ । तर, जनकपुरका माछा पोखरीबाट निकालेर बेच्न पाइँदैन । किनकि बन्द छ । आन्दोलनको रुप यस्तो छ ।
स्वतन्त्रता भनेको अराजकता होइन
हामी स्वतन्त्र र सुरक्षित मिडियाको पक्षमा छौं । साथै मर्या्दित, जिम्मेवार र निर्भिक मिडियाको पक्षमा पनि छौं । अहिले सञ्चार माध्यममा दुईवटा कुरा देखिएको छ । अनुकुल ठाउँमा सञ्चार माध्यमहरु निर्भिकताको कुरा गर्छन् । पत्रकारले कुनै बारबन्देज मान्दैनन् भन्छन् । अनि, अलिकति अप्ठेरो र्पयो भने डर त्रास छ, त्यसैले हामी यसरी लेख्न बाध्य छौं भन्ने कुरा आउँछ । प्रेस जगतलाई बाध्य पार्ने प्रवृत्ति, थर्काउने धम्क्याउने प्रवृत्ति मान्य छैन । तर, कुनै पनि बहानामा देशको सार्वभौमसत्ता र स्वतन्त्रतालाई होच्याउने, राष्टिूय हितलाई अवमूल्यन गर्ने, भौगोलिक अखण्डतामाथि प्रश्न उठाउने, राष्टिूय स्वाभिमानमा आँच आउने खालका सामाग्रीहरु प्रकाशन(प्रशारण गर्न मिल्दैन । यो सरकारको मात्र प्रश्न होइन, सिंगो राष्टूको प्रश्न हो ।
म दैनिक १८ घन्टा काम गरिरहेको छु । काम गर्नुको अर्थ व्यस्त हुनु मात्रै होइन । उपलब्धीपूर्ण काम गरिरहेको छु । नतिजा देखिन अलिकति समय लाग्छ । तर, प्रधानमन्त्री मुख मात्रै चलाएर बसिरहेको छ भन्ने नसोच्नुस् । सार्वभौमिकता र अखण्डतालाई अन्डरमाइन्ड गर्ने कुरा, शान्ति खल्बल्याउने कुरा, हिंसा भड्काउने कुरा, सामाजिक सद्भाव विथोल्ने कुरा, क्षेत्रीयतावाद मच्चाउने कुरा नेपाल र नेपालीको हितमा छैनन् । स्वतन्त्रताका नाममा यस्ता कुराहरुमा सञ्चारमाध्यमको दुरुपयोग नहोस् । किनभने पत्रकारिता भनेको जागिर मात्रै होइन, देश सेवा पनि हो । स्वतन्त्रता भनेको अराजकता होइन । हामी जुन धर्तिको हावामा सास फेरिरहेका छौं, जुन धर्तिको पानी खाइरहेका छौं, जहाँ ओत लागिरहेका छौं, त्यसप्रति हामीले केही जिम्मेवारी निभाउनै पर्छ । हामी अहिले धेरै असहज अवस्थामा छौं । यतिबेला देशप्रेम प्रकट भएन भने कति बेला हुने ? भोक लागेका बेला खल्तीको पैसा काम लागेन भने अरुबेला के काम ? भोकले मरिसकेपछि त्यो पैसाले दाउरा किन्ने ? सबैले राष्टिूय एकताको भावना बोक्नुपर्ने बेला हो यो ।
जनताको असाधारण देशभक्ति
म तपाईंहरुमार्फत नेपाली जनताप्रति आभार व्यक्त गर्न चाहन्छु । नेपाली जनताको राष्टूवाद र देशभक्ति असाधारण छ । यति असहज अवस्थामा पनि उनीहरु धैर्य गरिरहेका छन् । सरकारप्रति विश्वास व्यक्त गरिरहेका छन् । जनताको यो विश्वास म खेर जान दिन्न । म खोक्रो राष्टूवादको कुरा गरिरहेको छैन । हामी विकल्पहीनताको अवस्थाभित्र विकल्प खोजिरहेका छौं । जसरी पनि समस्याबाट देशलाई बाहिर निकाल्न अहोरात्र काम गरिरहेका छौं । म दैनिक १८ घन्टा काम गरिरहेको छु । काम गर्नुको अर्थ व्यस्त हुनु मात्रै होइन । उपलब्धीपूर्ण काम गरिरहेको छु । नतिजा देखिन अलिकति समय लाग्छ । तर, प्रधानमन्त्री मुख मात्रै चलाएर बसिरहेको छ भन्ने नसोच्नुस् ।
    नेपाल र नेपालीको आँखा च्यातेर खोलिदिएका छन् हाम्रा साथीहरुले । उनीहरुले हाम्रो आँखा फट्याइदिएर भने, हेर तिमीहरु कस्तो हालतमा छौ । साथीभाइहरुले हामीलाई हाम्रो हाल बताइदिए । अब हामीले आफैं खुट्टा टेकेर हिँड्नुछ । अहिले सरकारको एक मात्र प्राथमिकता नै यही संकट समाधान हो । हामी देशको प्रतिष्ठा र गौरवको रक्षा गर्दै संकट समाधान गर्न चाहन्छौं । अवाञ्छित तत्वहरुसित झुकेर, लत्रेर होइन । नाकाबन्दीले देशमा पाँच खर्बभन्दा बढीको क्षति भएको छ । हाम्रा वालबालिका स्कुल जान पाएका छैनन् । डेलिभरीका लागि महिला अस्पताल जान पाएका छैनन् । औषधीको अभाव छ । रोजगारी समाप्त भइरहेको छ । मलखाद पाइएको छैन । कृषिक्षेत्र बर्बाद भइरहेको छ । तर, म सबै चिज चौपट भयो भनेर हातखुट्टा छाड्ने कुरा गरिरहेको छैन ।
बदलिनेछ देशको जनजीवन
म तपाईंहरुमार्फत के जानकारी दिन चाहन्छु भने एक वर्ष्भित्र लोडसेडिङ खतम गर्ने गरी काम हुँदैछ । सामान्यतया एक वर्षमा यो काम हुन्छ भनेर कसैले पत्याउँदैन । तर, म असामान्य अवस्थाबाट अघि बढ्दैछु । कतिपय ठाउँहरुमा सोलार सिस्टमलाई जोड दिन्छौं । बिजुलीका छिटै सकिने परियोजनाहरुलाई तुरुन्तै अघि बढाउछौं । चौतर्फी रुपमा राज्य संयन्त्रहरुलाई परिचालित गर्छौं । अब नेपाली जनजीवनको हाम्रो ढाँचामा परिवर्तन आउँछ । काठमाडौंमा फेरि टूली सुरु हुनेछ । सोलार बस, ब्याटूीका ट्याक्सीहरु चल्नेछन् । ग्यासका भन्दा बढी विद्युतको प्रयोगमा जोड दिन्छौं । नेपाल र नेपालीको आँखा च्यातेर खोलिदिएका छन् हाम्रा साथीहरुले । उनीहरुले हाम्रो आँखा फट्याइदिएर भने, हेर तिमीहरु कस्तो हालतमा छौ । साथीभाइहरुले हामीलाई हाम्रो हाल बताइदिए । अब हामीले आफैं खुट्टा टेकेर हिँड्नुछ ।
अन्त्यमा
कठिन समयमा देश बनाउने ठाउँमा पुगेको छु । मलाई जनताले यो ठाउँमा र्पुयाएको आराम गर्नलाई होइन । सारा प्रतिकुलता झेलेर नेपाललाई नयाँ बाटोमा हिँडाउने मेरो जिम्मेवारी हो । सबैले बुझ्नुस्, म अन्योलमा छैन ।
२०७२ कार्तिक २२ गते आईतबार

No comments:

Post a Comment