Tuesday, August 11, 2015

फोनबाटै तलाख

श्रीमानले फोनबाटै तलाख दिएपछि ससुराले अनैतिक सम्बन्ध 
राख्न दवाव दिएपछि पीडित भएकी महिला नगमा खातुन ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अन्य ठाउँमा जस्तै नेपालमा पनि मुस्लिम समुदायमा ३ पटक तलाख, तलाख, तलाख भन्दा वा बाहिर रहेका लोग्नेले श्रीमतीलाई लिखित वा मौखिक रुपमा दिएमा तलाख मान्य हुने चलन धनुषामा पनि जारी नै छ । यस्तै घटना जनकपुरमा पनि दोहोरिएपछि आफ्नो अंशको दावी गर्दै एक महिलाले आफ्नो हक र अधिकारको कुरा गर्दै अदालत सम्म जाने चेतावनी दिएपछि यस किसिमका कुरा सार्वजनिक भएको हो ।

स्थानीय कांग्रेसी नेता हविव मन्सुरीले जेठो छोराको बुहारीलाई घरबाट निकाला गरी छोरी एवं धनसम्पती समेत नदिई बुहारी नगमा खातुनलाई न घरको न घाटको अवस्थामा पुर्याई दिएको छ । जनकपुर उपमहानगरपालिका(१ निवासी मोहर्रम नदाफका २० वर्षिय श्रीमती नगमा खातुनको अवस्था घरको न घाटको भएको हो । उनको ससुराली धनुषा जिल्लाको औरही गाविसको कप्टौल हो भने जनकपुर उपमहानगरपालिको वार्ड नम्बर १६ स्थित कपलेश्वरमा समेत उनको घर छ । 

लोग्ने फिरोज मन्सुरी डेढ वर्ष भन्दा बढी समय देखि विदेश रहेको र ससुरा हविवले घरमा आफुलाई पटक पटक गरी चार पांग्रे वाल गाडी र अन्य सामग्रीहरु अझै पनि माँग्ने गरेको पिडित नगमाले बताईन् । उनले आफ्नो लोग्ने विदेश गईसके पछि आफुसंग  यौन सम्बन्ध कायम राख्नका लागि पटक पटक अनैतिक रुपमा दवाव दिदैँ आएको समेत उनले आरोप लगाईन् । 

यता घरमा लोग्ने नभएको र ससुराबाट बच्नको लागि ३ महिना पूर्व भारतको बैंग्लोर शहरमा गई आईटी शिक्षाका लागि अध्ययन गरिरहेको बखत माईती र घरमा आफु विरुद्ध केटासंग भागेको भनि झुठो आरोप लागई जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी समेत दिएको कुरा जानकारी भए पछि आफु पढाई छाडी जनकपुर आई जिप्रका धनुषा धाउनुपरेको उनले बताईन् । घरेलु हिंसा र मानसिक यातनाको पिडाबाट आफु गुज्रिरहेको बखत ससुराले विदेशमा रहेको लोग्नेलाई समेत अनाप सनाप कुरा लगाई तलाख गराई दिएको उनले बताईन । र, हाल आफुलाई घरमा समेत बस्न नदिएको र छोरी समेत नदिईरहेको बताईन् । ससुरा हबिब मन्सुरीले घर प्रवेशमा पनि रोक लगाएपछि अन्यत्र बस्नु परेको दुखेसो समेत पोखिन् । 

    जिल्ला प्रहरी कार्यालयमा भएको पञ्चायतीमा आफु एक्लो परेको, ससुरा राजनीति गर्ने नेता भएका कारण सबैलाई दवाव र प्रभावमा लिएको कारण  यीनिहरुले एक्लौटीरुपमा म विरुद्ध एकाएक आक्रामक ढंगले प्रस्तुत भएको देख्दा आफ्नो होस हवास समेत गुमेको उनले बताईन । प्रहरीले काखापाखा नगरी न्याय दिनुपर्ने ठाउँमा मलाई प्रहरीले समेत अन्याय गरेको उनले बताईन् । उनले भनिन् मलाई घरबाट निकाल्दा समेत मलाई मेरो छोरी र मेरो हक अधिकार समेत दिलाईदिनु पर्नेथ्यो । तर सो काम भएन, पिडित नगमाले दुखेसो पोखिन् ।

   
पीडित महिला रोजया खातुन । जेठाजु हविव अनसारीले 
यौन दुव्र्यवहार गरेको उनको आरोप छ ।
५ वर्षपूर्व नगमाको विहे हबिबको जेठो छोरो फिरोज मन्सुरीसंग भएको थियो । पढेलेखेको एक ईन्जिनीयरसंग विहे भएको भन्दै उनी तत्काल मख्ख परेकी थिईन् । दुवै जना राम्रैसँग जीवन जीउँने उनीहरुले सोचेका थिए । तर जसरी समय वित्दै गयो अनि मात्र उनले थाहा पाईन् की उनको लोग्ने ईन्जिनीयर नभई चालक हुन् । उक्त रहस्यको खुलासा भएपछि उनी मर्माहत भईन् ।

उनले यसरी आफ्नो दुखेसो सुनाईदैँ भनिन्,“ म पढे लेखेको केटी, मेरो विहे ठगी गरेर भयो । मेरो बुुबा आमाले मोटो रकम र १६ तोला सुनको जेवरात गहनाहरु दाइजोमा दिएको थियो । र, पनि मलाई सधैं दाइजोको लागि मानसिक यातना दिने काम भई रहयो ।” छोरी भएपछि मेरा ससुराले मलाई झन् गाली गलौज गर्ने, बेईज्जती गर्ने र दुव्र्यवहार समेत गर्ने गरेको उनले आरोप लगाईन् । उनले भनिन् जब मलाई मेरो लोग्ने विदेश कतार गएको १ वर्ष वित्यो अनि उसले मलाई अनैतिक सम्बन्ध राखेमा कुनै समस्या नहुने प्रस्ताव दिनका दिन राख्न थालेपछि आफु बाध्यतावश विहे पूर्व बस्दै आएको र पढाई समेत सोहि ठाउँमा गर्दै आएको भारतको बैंग्लोरमा जानु पर्यो । पिडित नगमाको अनुसार उनलाई करिब २ वर्षिय छोरी छिन् । 

न्यायका लागि पहल गरिदिन हार गुहार गर्दै भनिन् अब समाजले न्याय दिलाउन नसकेपछि आफु न्यायको लागि अदालत जानेछु । कतारबाट उनको श्रीमानले ३ पटक तलाख, तलाख, तलाख लेखेर पत्र पठाएकोले तलाख दिएको बताईन् ।  उक्त तलाख पत्र ससुरा हविवसंग रहेको उनले बताईन् ।

स्मरणीय रहोस् यस अघि पनि हविव मन्सुरीले पार्टी र पहुँचको आडमा भाईको श्रीमती रोजया खातुनलाई बालात्कारको प्रयास गरेको आरोप बाहिर आएको थियो । रोजया खातुनले जेठान हविवले बालात्कारको प्रयास गरेको आरोप लगाएकी थिईन् । उनले घरमा कोहि नभएको मौका छोपी जेठान हवीवले बलात्कारको प्रयास गरेको र सो क्रममा प्रतिवाद गर्दा उनको चस्मा खुट्टामा परि उनकै खुट्टाले भाँच्दा पनि म माथि नै उल्टै प्रहरीमा मुद्दा दिईएको भनेर उनले बताएकी थिईन् ।

औरही गाविस वडा नं. ७ कि रोजया खातुन आफु घरमा सुतिरहेको बेला साउन ४ गते दिउँसो २ बजे तिर जेठान हविब मंसुरीले आफुसँग यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन । खातुनका लोग्ने सविर मंसुरीले यसअघि घरायसी विवादका कारण दाजुले आफ्नो श्रीमतिलाई यौन दुव्र्यवहार गरी लज्जित बनाएको बताएका थिए ।

हविव अन्सारी नेपाली कांग्रेस धनुषाको क्षेत्र नं.२ को क्षेत्रिय प्रतिनिधि हुन । शिव चौकमा पाकिजा बस्त्रालय नाउँले कपडा पसल संचालन गरिरहेका छन् । बुहारीले लगाएको आरोपका सन्दर्भमा हविव भन्छन,“ मेरो छोरोले उनलाई तलाख दिईसकेको छ । र, जेष्ठ २२ गते मेरो बुहारी मेरो घरको सुन चाँदी, लताकपडा सहित रुपैयाँ लिएर आफ्नो प्रेमिसँग भागेको थियो । एक सप्ताह पछि जानकी प्रहरी चौकीमा भएको छलफलमा समेत उनी आफ्नो प्रेमिसँग जाने बताईसकेकी छिन । उनले म माथि लगाएको सम्पुर्ण आरोप झुठो हो ।” 

    त्यसैगरी भाई बुहारीले लगाएको आरोप सम्बन्धमा हविव भन्छन,“ हामी दाजु भाईहरु अलग भएको १० बर्ष भईसकेको छ । मेरो घरमा उनीहरु बसिरहेको अवस्थामा घर खाली गर्न भन्दा आफुलाई उनीहरुले उल्टै कुटपिट गरेको तथा यौन दुवर््यवहारको आरोप लगाएर मेरो चरित्र हत्या गर्ने तथा मेरो घर खाली नगर्ने भाई र भाई बुहारीको षडयन्त्र हो ।” घटनाको वास्तविकता के हो स्थानीय प्रहरी प्रशासनले सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारवाही गरिनुपर्दछ भने पीडितलाई न्याय दिलाउनु पर्दछ । राजनीतिक प्रभावमा सत्य तथ्य दविनु हुँदैन ।



२०७२ श्रावण २४ गते आईतबार

No comments:

Post a Comment