Tuesday, June 23, 2015

जनकपुरका रोहित एसएलसी परीक्षामा देशमै चौथो भएको दावी

रोहित कुमार सिंह ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुरका रोहित कुमार सिंहले यस बर्षको एसएलसी परीक्षामा ९२.७५ प्रतिशत अंक ल्याएर जनकपुरमा टपर हुनुका साथै देशमै चौथो स्थान ओगट्न सफल भएको बताइएको छ । धनुषाको हंसपुर कठपुल्ला ८ तथा हाल जनकपुर उपमहानगरपालिका–९ बस्ने सन्तोष सिंहका छोरा रोहितले ७ सय ४२ अंक प्राप्त गरी देशमा जनकपुरको नाम बढाएको छ । मोनास्टिक सेकेन्ड्री इं. बोर्डिङ स्कुलमा अध्ययनरत रहेका रोहितको अंग्रेजीमा ९४, नेपालीमा ८३, गणितमा ९५, विज्ञानमा ९२, सामाजिक शिक्षामा ८५, जनसंख्या तथा स्वास्थ्यमा ९५, एच्छिक गणितमा ९९ र कम्प्यूटर विज्ञानमा ९९ मार्क सहित ७४२ अंक ल्याउन सफल भएको छ । 

अहिले सम्मको जानकारी अनुसार ९४ प्रतिशत ल्याएर दक्षित पौडेल प्रथम, भावना अर्यालले ९३.८७ प्रतिशत अंक ल्याएर दोस्रो र रुबि श्रेष्ठले ९२.८७ प्रतिशत अंक ल्याई तेस्रो भएको दावी गरिएको छ । र, जनकपुरका रोहितले देशैभरी चौथो स्थान ल्याउन सफल भएको मोनास्टिककी प्रिन्सिपल डा.सोनाली साहले दावी गरेकी छिन् । शनिबार विद्यालयले एउटा कार्यक्रम गरी रोहितलाई सम्मान गरेका छन् । काठमाण्डौमा गएर विज्ञान संकायमा प्लस टु गर्ने र त्यसपछि चिकित्सक बनेर देश तथा समाजको सेवा गर्ने आफ्नो लक्ष्य रहेको रोहितले बताएका छन् । रोहित सुरु देखि नै प्रतिभावान रहेको र अन्य प्रतिस्पर्धाहरुमा पनि प्रथम हुने गरेको प्रिन्सिपल साहले बताईन । ०२०५२२६ज् सिम्बल नम्बर रहेको रोहितको जन्म मिति २०५५÷०८÷२४ रहेको छ ।
 

यस वर्ष धनुषा जिल्लामा एसएलसी परीक्षाको नतिजामा सुधार आएको छ । यस वर्ष धनुुुुषा जिल्लामा करिब ३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । धनुषामा गत वर्ष २९.३४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । धनुषाबाट यस वर्ष ९ हजार ७ सय ८५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिए ।
    जसमध्ये ३ हजार ६ सय ८६ जना विद्यार्थी उत्तिर्ण भएका छन् । जसमा ३ सय ४५ जना विशिष्ट श्रेणीमा, एक हजार ६ सय ३५ जना प्रथम श्रेणीमा, १ हजार ५ सय ४६ जना द्धित्तिय श्रेणी र १ सय ६० जना विद्यार्थी तृत्तिय श्रेणीमा  उत्तिर्ण भएका छन् ।
 
       गत वर्षको तुलनामा यस वर्ष विशिष्ट श्रेणीमा उत्तिर्ण गर्ने विद्यार्थीको संख्या झण्डै चार गुणाले वृद्धि भएको छ । गत वर्ष जम्मा ९१ जना विद्यार्थीले विशिष्ट श्रेणी ल्याएका थिए । हजार जना विद्यार्थी प्रथम श्रेणी ल्याएर उत्तिर्ण हुन सफल भएका थिए ।
   
            यस वर्षको एसएलसी परीक्षामा गत वर्षको तुलनामा करिब ८ प्रतिशत बढी विद्यार्थी धनुषाबाट उत्तिर्ण हुन सफल भएका छन् । गत वर्ष सहभागी भएका ९ हजार १ सय २८ मा २ हजार सात सय ८ जना विद्यार्थी उत्तिर्ण भएका थिए । यस वर्षको एसएलसी परीक्षाको नतिजा गत वर्षको तुलनामा साढे तीन प्रतिशतले वृद्धि भएको छ ।
 
    नतिजा अनुसार कुल ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यसअघि ४३ दशमलव ९३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । एसएलसीमा नियमित तथा आंशिक गरेर पाच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए ।  जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी थिएन् । नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पँच सय चार जना थियो । आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो । २०७१ साल चैत २ गते देखि यस वर्षको एसएलसी सुरु भएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसएलसी परीक्षाको नतिजा थाहा पाउन मोबाइल र वेबसाइटबाट हेर्ने व्यवस्था मिलाइएको छ ।
 
    परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई आप्mनो नतिजा हेर्न सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको हो । इन्टरनेटको पहुँच नभएकाले मोबाइलमा एसएमएसबाट पनि परीक्षाफल थाहा पाउन सक्छन् ।
 
यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । शुक्रवार प्रकाशित नतिजा अनुसार परीक्षार्थी मध्ये एक लाख ९२ हजार २ सय ४७ जना उर्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ एक लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उर्तीर्ण भएका हुन् । विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजा। ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् । प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ । त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् ।
तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् । अनुर्तीण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सरकारी विद्यालयका ३३.१८ प्रतिशतमात्रै उत्तीर्ण
बिगतमा जस्तै यस वर्ष पनि सरकारी विद्यालयहरुको एसएलसीको परीक्षा नजिता निराशाजनक देखिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार सामुदायिक विद्यालयका ३३ दशमलब १८ प्रतिशत विद्यार्थीमात्र सफल भएका छन् । संस्थागत विद्यालयतर्फ करीव ९० प्रतिशत विद्यार्थी पास भएका छन् । सामुदायिक विद्यालयबाट यस वर्ष तीन लाख २ हजार ३९९ विद्यार्थी परीक्षामा सहभागी थिए । तीमध्ये १ लाख ३ तीन सय ४२ मात्र पास भएका छन् । संस्थागतबाट १ लाख २ हजार ९ सय ३९ सहभागी भएकामा भएका ९१ हजार नौ सय २५ जना पास भएका छन् ।
 
अघिल्लो बर्षको तुलनामा यस बर्ष ३ प्रतिशत बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ ३३ दशमलव १८ र संस्थागत तर्फ ८९ दशमलव ३० परीक्षार्थी उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ यो ५ प्रतिशत बढी उत्तीर्ण हो । यस्तै संस्थागततर्फ १ प्रतिशत कम उत्तीर्ण हो ।
प्राविधिक विषयको नतिजा एक हप्ता ढीलो हुने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने द्वारेले बताए । यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५,  पुनः परीक्षातर्फ एक लाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक  भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति र्पुयाएका कारण केही दिन  ढिलो भएको हो ।

२०७२ अषाढ ०६ गते आईतबार

No comments:

Post a Comment