Monday, December 29, 2014

नोबेल ग्यासको नालीबेली

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरमा मात्रै ८० प्रतिशत उपभोक्ता रहेको नोबेल ग्यास कम्पनीले धनुषा जिल्लाका कुल १ सय १८ वटा ग्यास विक्रेताहरुलाई पछिल्लो ५ महिनामा ५७ हजार ४ सय ४३ वटा खाना पकाउने एलपी ग्यास सिलिन्डर आपुर्ति गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा ८ हजार ७ सय ७१, भदौमा १२ हजार ७ सय ८३, असोजमा १२ हजार २ सय २८, कार्तिकमा ११ हजार ७२, मंसिरमा १२ हजार ५ सय ८९ वटा ग्यासको सिलिन्डर धनुषामा मात्रै आपुर्ति गरेको नोबेल ग्यास कम्पनीले द एक्सक्लुसिभलाई तथ्याङ्क उपलब्ध गराएको छ । किलोको हिसाबले भन्ने हो भने उक्त कम्पनीले धनुषामा पछिल्लो ५ महिनामा कुल १२ लाख ९३ हजार ४० किलो ग्यास आपुर्ति गरेको छ ।
जिल्लाका १ सय १६ विक्रेता मध्ये पछिल्लो ५ महिनामा १ हजार भन्दा वढी सिलिन्डर ७ वटा विक्रेताले आपुर्ति गरेको पाइन्छ । जसमध्ये सबैभन्दा वढी हेलो मोवाईल सेन्टरले २ हजार ६ सय ३१, श्रेष्ठ इम्पोरियमले १ हजार ७ सय ३५, न्यू जेके इन्टरप्राइजेजले १ हजार ६ सय ९५, सागर टेूडर्सले १ हजार २ सय ७४, किचेन हाउसले १ हजार १ सय ४०, सत्यम टेूडर्सले १ हजार ७४ र अमिता टेूडर्सले १ हजार १६ वटा नोबेल ग्यासको सिलिन्डर आपुर्ति गरेको छ । पछिल्लो मंसिर महिनामा मात्रै हेलो मोवाईल सेन्टरले ६ सय ४४, श्रेष्ठ इम्पोरियमले ३ सय ९९, सत्यम टेूडर्सले २ सय २२, सागर टेूडर्सले २ सय ७६, राहुल जेनरल स्टोर्सले ३ सय २४, न्यू जेके इन्टरप्राइजेजले २ सय ८६, किरण टेूडर्सले २ सय ७२ र अन्जु टेूडर्सले २ सय २९ थान नोबेल ग्यासको सिलिन्डर पाएको छ । यसका अतिरिक्त कोटाको भन्दा अलि कम सबै ग्यास विक्रेताहरुले कम्पनीबाट ग्यास किनेको तथ्याङ्क छ ।
नोबेल ग्यास उद्योगमा हाइड्रोटेस्ट भएर 
फेल भएको तथा डयामेज भएको सिलिन्डरहरु ।
 उक्त सिलिन्डरलाई केही महिना भित्रै काटेर 
बजारमा कबाडमा विक्री गर्ने कम्पनीले बताएको छ ।
तर, महत्वपुर्ण प्रश्न के हो भने नोबेल ग्यास कम्पनीले धनुषाका सबै ग्यास विक्रेताहरुलाई ग्यास उपलब्ध गराएको भएपनि उपभोक्तालाई किन सहज रुपमा ग्यास आपुर्ति गराउन सकेको छैन । प्रष्ट कुरा के हो भने ग्यास विक्रेताहरुले ग्यासको हाहाकार सिर्जना गराई बढी मुल्यमा ग्यास विक्री गर्न प्रष्ट रुपमा भन्दा ग्यासको कालाबजारी गराउन विक्रेताहरुको एक षड्यन्त्र हो । नोबेल ग्यास उद्योगले डिलरहरुलाई प्रति सिलिन्डर विक्री मुल्य रु. १ हजार ४ सय १८ र कमिशन रु. ३२ गरी रु. १ हजार ४ सय ५० मा उपभोक्तालाई खुद्रा मुल्यमा विक्री गर्न विक्री मुल्य निर्धारण गरेको पाइन्छ । तर, विक्रेताहरुले जनकपुरमा मनमौजी रु. १ हजार ५ सय देखि रु. २ हजार ५ सय सम्म ग्यास विक्री गर्ने गरेको पाइएको छ ।
नोबेल ग्यासको स्थापना तथा कारोबार
रंगाउनको लागि थुपारिएको सिलिन्डर ।
 दुईवर्षमा रंग खुईलिएपछि रंगाउने गरिन्छ ।
 कम्पनीका अनुसार सिलिन्डरको 
आयु भने यथावत राखिन्छ ।
धनुषाको नक्टाझिज(१ सुखजोड स्थित नोबेल ग्यास प्रा.लि. २०५७ सालमा दर्ता गरिएको थियो । ग्यासको रिफिलिङ गर्ने उद्योगको रुपमा स्थापित उक्त उद्योग विधिवत रुपमा २० बैशाख २०५९ देखि बजारमा प्रवेश गरेको हो । स्थापनाकाल देखि १ सय ८ मेटिूक टन ग्यास रिफिलिङ गर्ने कोटा पाएपनि पछि ३ सय ३४ मेटिूक टन सम्म पुग्यो । यति मात्र होइन २६ कार्तिक २०६५ मा ३ सय ३४ मेटिूक टन बाट बढेर ५ सय ३४ मेटिूक टन र ३० चैत्र २०६७ मा ६ सय ३४ मेटिूक टन ग्यास रिफिल गर्ने नेपाल आयल निगमले नोबेल ग्यास कम्पनीले कोटा निर्धारण ग¥यो । तर, २०६७ पछि अर्थात २०६८ सालमा नेपाल आयल निगमले बैज्ञानिक तरिकाले कोटा निर्धारण गरेपछि नोबेल ग्यास ३ सय ५२ मेटिूक टनमा झर्यो । स्वाभाविक रुपले कोटामा कटौती गरिएपछि आपुर्तिमा समेत कटौती आएको नोबेल ग्यास उद्योगका संचालक भैरब भक्त क्षेत्री बताउँछन् ।
नोबेल ग्यासले धनुषामा १ सय १८ डिलर मार्फत ५० हजार ग्यासको सिलिन्डर, महोत्तरीमा १५ डिलर मार्फत ४ हजार, सर्लाहीमा ४ डिलर मार्फत ८ हजार, सिन्धुलीमा ११ डिलर मार्फत १४ हजार, उदयपुरमा २ डिलर मार्फत २५ हजार, सिरहामा २ डिलर मार्फत १ हजार र काठमाण्डौमा १० डिलर मार्फत ५ हजार ग्यासको सिलिन्डर प्रति महिना विक्री वितरण गर्ने गरेको छ । धनुषामा तिनकौरिया, यदुकुहा, माची, खजुरी, परवाहा, धनौजी, सबैला, रधुनाथपुर, विरेन्द्रबजार, धारापानी, ढल्केवर, लालगढ, महेन्द्रनगर, बटेश्वर, कुर्था, तारापट्टी, धनुषाधाम, बेंगासिहपुर, ठेराकचुरी, नगराईन र देवपुरा लगायतको गाउँहरुमा समेत ग्यास विक्री वितरण गर्ने गरेको छ । जनकपुर सहर भित्र मात्र मासिक करिब ४० हजार खाना पकाउने एलपी ग्यासको सिलिन्डर वितरण हुने गरेको कम्पनीको दावी छ । त्यसैगरी महोत्तरीको जलेश्वर, गौशाला, समसी, एकरहिया, वर्दीवास, लोहारपट्टी, बलवा, सरपल्लो, मटिहानी, पिपरा, परकौली र सहोरवामा गरी प्रति महिना ४ हजार सिलिन्डर विक्री वितरण गर्ने गरिएको नोबेलको दावी छ ।
अपलोडिङ्ग प्वाइन्ट ।
 ट्याङ्करबाट आएको ग्यासलाई 
स्टोरेज ट्याङ्करमा खन्याउने ठाउँ ।
त्यसैगरी सर्लाहीको बरहथवा, नयाँरोड, हरिवन, लालवन्दी, उदयपुरको गाईघाट र कटारी, सिरहाको गोलबजार र मिर्चैया तथा सिन्धुली बजारमा ग्यासको विक्री वितरण गरेको हो । नोबेल कम्पनीका अनुसार डेढ वर्ष अघिसम्म काठमाण्डौमा मात्रै ८ देखि १० हजार सिलिन्डर पठाइन्थ्यो जुन कि अब ५ हजारमा झरेको भएपनि यस वर्ष भित्रै १ हजारमा सिमित गर्ने योजना छ । नोबेलका संचालक क्षेत्रीका अनुसार यहाँ मात्रै हामीले ग्यासको सिलिन्डर आपुर्ति गर्न नसकिरहेको अवस्थामा काठमाण्डौको कोटा कम गर्नुको विकल्प छैन ।
यसका अतिरिक्त उक्त कम्पनीले सिधा कम्पनी मार्फत लालगढ अस्पताललाई ३० देखि ४० सिलिन्डर प्रति महिना र एभरेष्ट पेपर मिल महेन्द्रनगरलाई १० देखि १५ सिलिन्डर प्रति महिना उपलब्ध गराउने गरेको भएपनि कुनै पनि होटेलहरुमा कम्पनीले सिधा ग्यास आपुर्ति नगरी डिलर मार्फत वितरण हुने गरेको नोबेलका संचालक क्षेत्रीको भनाई छ ।
३ सय ५२ मेटिूक टन कोटा रहेको मध्ये बरौनी प्वाइन्टबाट २ सय १८ मेटिूक टन र हल्दीया प्वाइन्टबाट १ सय ३४ मेटिूक टन ग्यास आपुर्ति हुने व्यवस्था छ । तर, बरौनी प्वाइन्टमा २ मेटिूक टन र हल्दीयामा ८ मेटिूक टन गरी कुल १० मेटिूक टन कहिल्यै उठाउन नसकिएकोले प्राप्त कोटामा पनि प्राविधिक लस हुने गरेको हुनाले उपभोक्तालाई समेत आपुर्ति गर्न नसकिएको क्षेत्रीको भनाई छ ।
नोबेल ग्यासको स्थापनाकालमा काठमाण्डौका भैरव भक्त क्षेत्री, काजीभक्त क्षेत्री, रविभक्त क्षेत्री र अरुण क्षेत्री चार दाजु भाई संचालक थिए । पछि उनीहरुले रंजित सिंह, नरेश राज पौडेल, गिता कर्माचार्य, प्रकाश नेपालको नाउँमा कम्पनीको हक हस्तान्तरण गरेका थिए । उनीहरुले पनि पछि आएर १९ जनालाई कारखाना विक्री गरेको भएपनि ती १९ मध्ये स्थापनाकालका भैरवभक्त क्षेत्री अहिले पनि संचालक छन् ।
स्टोरेज ट्याङ्करबाट सिलिन्डरमा ग्यास रिफिल गरिँदै ।
जनकपुरको बजारमा कोशी ग्यास, नारायणी नेपाल, अम्बर ग्यास, प्रिमा ग्यास, जगदम्बा ग्यास, लियो बारा ग्यास, सुपर ग्यास, एन एल ग्यास, रिजाल, कामाख्या र मनोज ग्यासको कम्पनीहरुले पनि आ आफ्नो सिलिन्डर फिजाएको छ । सुरुमा जनकपुरको बजारमा लुम्बनी ग्यासले प्रवेश गरेको थियो । नेपाल र कोशी ग्यासले प्रवेश गरेपछि एकातर्फ लुम्बनी ग्यास जनकपुर बजारबाट बाहिरियो भने नोबेल ग्यासको प्रवेश भयो । नक्टाझिजमै उद्योग भएका कारण जनकपुरको करिब ८० प्रतिशत बजार नोबेलले ओगटेको छ । जनकपुर अञ्चल ग्यास व्यवसायी संघका महासचिव रामचन्द्र झा भन्छन,“ जनकपुर बजारमा करिब १३ वटा ग्यास कम्पनीहरु रहेपनि नोबेल ग्यास यदि बजारमा छ भने उपभोक्ताले ग्यास पाउने हो नत्र भने ग्यास पाइन्न । कारण के हो भने अरु ग्यास कम्पनीहरुको उपभोक्ता १ हजार देखि ३ हजारको बीचमा मात्र छ ।”
ग्यास आपूर्ति बढाउन सरकारलाई व्यवसायीको १० दिने अल्टिमेटम
ग्यास विक्रेता महासंघले बजारको माग अनुसार एपी ग्यास आपूर्ति गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरेर सहज आपूर्ति नहुँदा व्यवसायीहरु कुटिन थालेको भन्दै सरकारलाई अल्टिमेटम दिएको हो । १० दिनभित्र सहज आपूर्ति नभए डिलरको तालाचाबी सरकारलाई बुझाउने महासंघले चेतावनी दिएको छ ।
जाडो बढेसँगै बजारमा ग्यासको माग बढेको छ । तर, सअज आपूर्ति नभएकाले अभाव रहेको व्यवसायीहरुले बताएका छन् । तराईका जिल्लाहरुमा ग्यासको अभाव निकै बढी छ भने उपत्यकामा ४० प्रतिशत अपुग छ । ग्यास नपाउँदा जनकपुरमा सन्तोकुमार झा कुटिएको महासंघले जनाएको छ । ग्यास अभावले नयाँ सिलिण्डर बेच्ने चलखेल पनि बढेको ग्यास व्यवसायीहरुले बताएका छन् ।
अंचल ग्यास व्यवसायी संघलाई कारवाहीको माग
ग्यास व्यवसायी संघ धनुषाले जनकपुर अंचल ग्यास व्यवसायी संघलाई खारिज गर्न माग गरेको छ । अंचल ग्यास व्यवसायी संघले जनकपुरमा ग्यास आपुर्ति ठप्प गरी कालोबजारी गरेको आरोप लगाउदै अंचल ग्यास व्यवसायिक संघलाई खारिज गर्न माग गरेको हो ।
विहिवार आयोजित पत्रकार सम्मेलनमा संघ धनुषाका सचिव अजय साहले अंचल ग्यास व्यवसायी संघले केही दिन अघि मात्र ग्यास आपुर्ति ठप्पको नाममा लाखौ मूल्य बराबरको कालोबजारी गरेको आरोप लगाए ।ग्यास आपुर्ति ठप्प गरेपनि भित्री रुपमा नोवेल, प्रिमा लगायत कम्पनीको ग्यास चारेर आपुर्ति गरेर १५ सय देखि १७ सयसम्ममा विक्रि गरेको उनको आरोप छ । ग्यास आपुर्ति ठप्पमा आफूहरुले असहमति जनाएपछि अंचल ग्यास व्यवसायी संघमा आवद्ध पदाधिकारीहरुले धाक धम्की पनि दिएको उनले आरोप लगाए । न्यायको लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानालाई जानकारी गराएपनि कुनै प्रकारको सुनुवाई नभएको पनि उनले गुनासो गरे । ग्यासको मूल्य १४ सय ५० रहेपनि केही व्यवसायीहरु १५ सय देखि २ हजारसम्ममा विक्रि गरि कालोबजारी गर्ने गरेको उल्लेख गर्दै उनले निर्धारित मू्ल्य भन्दा बढी नतिर्न पनि सबैमा आग्रह गरे । उनले ग्यास खरिद गरेको बिल पनि लिन उपभोक्ताहरुमा उनको आग्रह थियो । यता अंचल ग्यास व्यवसायी संघले कुनै प्रकारको कालोबजारी  नगरेको दावी गरेको छ ।


२०७१ पौष १३ गते आईतबार

No comments:

Post a Comment