Monday, December 29, 2014

गाँजा फडानी त गरिन्छ मान्छे कहिल्यै पक्राउ पर्दैन

अजय अनुरागी
जनकपुरधाम............
१६ मंसिर २०७१ मा धनुषा ईटहर्वा गाविस वार्ड नं. ८ बैदेही टोल स्थित राम लखन शाहको घरको करेसाबारीमा अवैध गाँजा खेति गरेको भने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी इटहर्वाबाट खटिएको संयूक्त प्रहरीको टोलीले निज राम लखन शाहले आफ्नो करेसाबारीमा अन्दाजी १ कठ्ठामा जमिनमा लगाएको अवैध लागु औषध गाँजाका बोटहरु काटि जलाइ पुर्णरुपमा नष्ट ग¥यो । 
त्यसैगरी इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक प्रकाश श्रीमल्लको कमाण्डमा गएको प्रहरीको टोलीले ११ मंसिर २०७१ मा लक्ष्मी निवास २ स्थित पुर्णिमान तमाङ्गको ४ कठ्ठा नगदेवाली भित्र २ सय ५० वटा गाँजाको बोट फडानी गरी जलाइयो । सोही टोलीले २९ कार्तिक २०७१ मा ढल्केवर ४ वस्ने बालेश्वर महत्तोको जग्गामा लगाइएको करिब २ सय गाँजाको बोट र २६ कार्तिक २०७१ मा उमाप्रेमपुरको सुरेश प्रसाद यादवको ३ कठ्ठा जग्गामा तरकारी खेती भित्र लगाइएको करिब १ सय ५० वटा गाँजाको बोट फडानी गरी नष्ट गरियो ।
महोत्तरी जिल्लामा खेती गरिएको
अवैध गाँजा फडानी गर्दै महोत्तरी प्रहरी ।
 फडानी गरेपनि खेती गर्ने व्यक्तिलाई
हालसम्म प्रहरीले कारवाही गरेको छैन ।
८पुष २०७१ मा महोत्तरीमा अहिले सम्मकै सबैभन्दा बढी क्षेत्रफलमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट ग¥यो । महोत्तरीको सीतापुरभंगहा ४ रामनगरविर्तामा स्थानीय शम्भुसाह तेलीको झण्डै १८ कठ्ठा जग्गामा गरिएको गाँजा खेती प्रहरीले फडानी गरेको हो ।  ईलाका प्रहरी कार्यालय लोहारपट्टी महोत्तरीबाट प्रहरी नायव निरीक्षक शैलेन्द्र प्रसाद चौरसिया र प्रहरी चौकी सितापुरबाट प्रहरी नायव निरीक्षक डम्बर बहादुर पराजुलीको संयुक्त कमाण्डमा खटिएको गस्ती टोलीले अबैध रुपमा लगाएको हरियो गाँजाको बोट नष्ट तथा फडानी गरेको थियो ।
चौरको जग्गामा लुकाएर धेरै क्षेत्रफल जग्गामा गरिएको गाँजा खेती अञ्चल प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सीतापुरको संयुक्त टोलीले मंलबार दिनभर लगाएर फडानी गरेको वरिष्ठ प्रहरी उपरीक्षक सुरेश केसीले जानकारी दिनुभयो । यो गाँजा खेती महोत्तरीमा अहिले सम्मकै सबैभन्दा बढी क्षेत्रफलमा भएको केसीको भनाई छ ।  फडानी गरिएको गाँजा कार्यालयमा ल्याईएको र गाँजाखेती गर्ने निज साह फरार भएकोले उनको खोजी कार्यसमेत जारी रहेको केसीले बताउनुभयो ।  
२ पुष २०७१ मा महोत्तरीको प्रहरी चौकी नैनहीबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र सिंहको कमाण्डमा खटिएको ४ जनाको टोलीले महोत्तरी कोल्वा बगैया ८ स्थित को कसको जग्गा भन्ने नखुलेको आँपको बगैचा र रहरी भित्र अन्दाजी ५ कठ्ठामा लगाएको गाँंजाको बोट नष्ट गरिएको थियो । ११ पुष २०७१ मा महोत्तरी हल्खोरी गा.बि.स. २ चकवा भन्ने ठांउमा अबैध गांजा छ भन्ने खवर प्राप्त हुन साथ प्रहरी चौकी नैनहीबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र सिंहकै  कमाण्डमा खटिएको गएको टोलीले अन्दाजी ८ र ९ धुर जग्गामा लगाएको गाँजा नष्ट गरेको थियो ।
महोत्तरी जिल्लामा खेती गरिएको अवैध
गाँजा फडानी गर्दै महोत्तरी प्रहरी ।
त्यसैगरी महोत्तरी जिल्लाको अवैध गाँजा फडानी गर्ने अभियान अन्तर्गत १९ कार्तिक २०७१ मा प्रहरी चौकी कान्तिबजारबाट खटि गएको टोलीले महोत्तरीको लक्ष्मीनिया गा.बि.स. मा अबैध गांजा खेती छ भन्ने सुराक अनुसार प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई निम्ना अनुसारको कमाण्डमा टोली खटि गई ठुलो  परिमाणमा गाँजा नष्ट गरेको थियो । उक्त टोलीले लक्ष्मीनिया ८ बस्ने राम बाबु महतोको १० धुर, दशै महतोको १० धुर , सत्यनारायण महतोको ५ धुर र सरोज सहनीको ४ धुर गरी कुल १ कठ्ठा ९ धुर जग्गामा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको थियो । त्यसैगरी सोही टोलीले १८ कार्तिक २०७१ मा लक्ष्मीनिया गा.बि.स. र भरतपुर गा.बि.स.मा गाँजा खेती रहेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दै जाँदा विभिन्न व्यक्तिहरुको जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो । उक्त टोलीले लक्ष्मीनिया ८ बस्ने शंकर चौकीको १ कठ्ठा, रामबिर चौधरीको १ कठ्ठा, मञ्जय रायको १ धुर,  महेन्द्र रायको २ धुर . नाम थाहा नभएको २ धुर र भरतपुर स्थित नाम थाहा नभएको १ कठ्ठा गरी जम्मा ३ कठ्ठा ५ धुर जग्गामा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको थियो ।
त्यसैगरी महोत्तरीको प्रहरी चौकी हातिलेट र सशस्त्र प्रहरी बल बेश क्याम्पबाट टोली खटि हातिलेट ५, खजुरिया ६ र ७ मा गई विभिन्न व्यक्तिहरुको जग्गामा लगाइएको गाँजा फडानी गरेको थियो । संयुक्त टोलीले हातिलेट (१ बस्ने जित बहादुर तामाङ्गको १० धुर, हातिलेट १ बस्ने रामदेब यादवको १५ धुर, शम्भु मण्डलको ५ धुर, भिखारी रायको ५ धुर, शान्ति माया मगरको ३ कठ्ठा,  दिल बहादुर रानाको १ कठ्ठा, राम बहादुर मिङचिङको २ कठ्ठा, चन्द्र बहादुर खपाङेको १० धुर, चन्द्र बहादुर मिङचिङको २कठ्ठा, जगदिश मण्डलको २ कठ्ठा, धन बहादुर मगरको २ कठ्ठा, बल बहादुर रानाको २ कठ्ठा गरी कुल १६ कठ्ठा जग्गामा लगाइएको प्रतिवन्धित गाँजाको बोट फडानी गरी नष्ट गरेको थियो ।
महोत्तरी जिल्लामा खेती गरिएको अवैध
गाँजा फडानी गर्दै महोत्तरी प्रहरी ।
३ कार्तिक २०७१ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलील महोत्तरीको गा.बि.स. भटौलिया वडा नं ९ मा नाम थर थाहा नभएको खेतमा अन्दाजी २ कठ्ठा जग्गामा लगाएको गांजा फडानी गरेको र ५ धुर जग्गामा गांजाको व्याड नष्ट गरेको थियो । 
माथिको तथ्याङ्कहरुलाई मात्र विश्लेषण गर्ने हो भने नेपाल सरकारले प्रतिवन्ध लगाएको गाँजा खेती तराइ(मधेशका केही जिल्लाहरुमा अवैध रुपमा अनवरत रुपले हँदै आएको पुष्टी हुन्छ । पुर्वी तथा मध्य तराईको धनुषा र महोत्तरी जिल्लाहरुमा खासगरी महोत्तरीमा गाँजा खेती लुकाइ(छिपाई नगरी संस्थागत रुपमै गरिँदै आए पनि प्रहरी प्रशासनले त्यसलाई नियन्त्रण गर्न असफल भएको देखिन्छ । १८ कठ्ठा जग्गासम्मामा गाँजा खेती हुनुले के पनि बुझ्न सकिन्छ भने उक्त गाँजा खेतीमा प्रहरी प्रशासनको पनि संगलग्ता हुन सक्छ । 
गाँजा खेती गर्ने जग्गा धनी प्रहरीले पत्ता लगाउन सक्दैन
महत्वपुर्ण प्रश्न के हो भने प्रहरीले गाँजा फडानी गर्न जाँदा गाँजा फडानी गरेर त आउँछ तर, प्रतिवेदन बनाउँदा उक्त जग्गा कसको हो भन्ने नाम थाहा पाउन नसक्नुले प्रहरी संगठनको कार्य दक्षतामाथि प्रश्न खडा गर्न प्रशस्त ठाउँ दिन्छ । के प्रहरीले ती व्यक्तिको नाम पत्ता लगाउन सक्दैन ? गाउँमा यदि कसैको १ इन्च जग्गा कसैले च्याप्यो वा अतिक्रमण ग¥यो भने स्थानीयवासीहरु बीच एक आपसमा विवाद र झैझगडा मात्र हुँदैन, विषय प्रहरी हुँदै अदालतसम्म पुग्छ । तर, गाँजा खेती गरिएको जग्गा प्रहरीले जग्गा धनीको नाम यकिन गर्न सक्दैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई भन्छन,“ कतिपय अवस्थामा गाँजा खेती गर्नेहरुले वेवारिसे जग्गा, सार्वजनिक जग्गा र बाटोघाटोमा समेत गाँजा खेती गरेको हुनाले यकिन नाम थाहा हुँदैन । धनुषाको प्रहरी इकाईहरुबाट प्राप्त भएको सूचनालाई विश्लेषण गर्दा धनुषामा छिटफुट रुपमा लुकाई छिपाई खेती गरिने गरिएको भएपनि संस्थागत रुपमा वा एकिकृत रुपमा गाँजा खेती भईरहेको भन्ने सूचना कहिँ कतैबाट नआएको भएपनि अझ थप सूचना संकलन गर्न हामीले मातहतका प्रहरी इकाईहरुमा निर्देशन दिईसकेका छौं ।”
महोत्तरी जिल्लामा खेती गरिएको अवैध
गाँजा फडानी गर्दै महोत्तरी प्रहरी ।
खासगरी महोत्तरीमा संस्थागत रुपमै गाँजाको खेती विभिन्न गाउँहरुमा हुने गरेको छ ।
महोत्तरीमा गाउँका गाउँ गाँजा खेती भइरहेको अवस्थामा खेत कसको हो भनी थाहा नभएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाईले पनि जनताको चित्त बुझाउन सक्दैन् । गाँजा खेतिको रुपमा चिनीएको महोत्तरी जिल्लाको विभिन्न गाउँ विकास समितिमा यस वर्ष पनि अवैध गाँजा र अफिमको खेति गरिएको छ । स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा जिल्लाको भटौलिया, अंकार, हलखोरी, अजमरपट्टि, सम्सी, खैरवन्नी, नैन्ह्ी, वथनाहा, एकडारा, थरुवाही, खोपी, श्रीपुर, रामगोपालपुर, गौनरपुरा, डाम्हीमडै, कोल्हुवा वगैया लगायत दुई दर्जनभन्दा वढी गाउँ विकास समितिहरुमा अवैध गाँजा र अफिम खेति गरिएको बताइन्छ  । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठ भन्छन,“ महोत्तरी जिल्लामा कुल ७३ वटा गाविस पर्छ, जसमध्ये ३० वटा मात्र प्रहरीको यूनिट छ । सबै गाउँहरुमा प्रहरी पुग्न नसक्दा यथेष्ट सूचना संकलन गर्न तथा सबै ठाउँमा पहुँच स्थापित गर्न कठिनाई हुने गरेको छ । त्यसैको फाइदा उठाई गाँजा खेती हुने गरेको छ । तर, हामीले अहिले गाँजा फडानीको लागि अभियान नै चलाएका छौं । कतिपय अवस्थामा त बेर्ना नै फडानी गरेका छौं भने कतिपय अवस्थामा गाँजा तयार गरि संकलन गर्ने बेलामा समेत खेतमै गएर गाँजा फडानी गरी नष्ट गर्ने गरेका छौं ।”
फडानी त हुन्छ तर मान्छे पक्राउ पर्दैन
महोत्तरी जिल्लामा खेती गरिएको अवैध
गाँजा फडानी गर्दै महोत्तरी प्रहरी ।
धनुषा र महोत्तरीमा प्रहरीले अहिले अवैध गाँजा खेती फडानी गर्ने अभियान नै चलाएको देखिन्छ । कतिपय अवस्थामा जग्गा धनीको नाम समेत पत्ता लगाई प्रहरीले मुचुल्कामा समेत जग्गा धनीको नाम किटेको हुन्छ । माथिको तथ्याङ्कमा पनि ती व्यक्तिहरुको नाउँ उल्लेख रहेको छ । तर, ती मान्छेहरुलाई प्रहरीले कहिल्यै पक्राउ गरेको छैन । वा भनौं कानुनको दायरा भित्र ल्याएर गाँजा खेत ीगर्ने ती जग्गा धनीहरुलाई कहिल्यै कारवाही गरेको प्रमाण पाइदैन । यसो हुनुमा प्रहरीले गाँजा खेत ीगर्नेहरुबाट पर्याप्त मात्रामा रकम असुली गर्ने र मान्छेलाई उन्मुक्ति दिने गरेको स्थानीयवासीहरु आशंका गर्छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई भन्छन,“ प्रायः जसो गाँजा संकलन गरी विक्री गर्नको लागि तयारी अवस्थामा रहेको फेला परेपछि कानुनी कारवाही हुने गरेको चलन देखिन्छ । अन्यथा गाँजा खेतीको सूचना पाएर प्रहरीले खेतमै गएर फडानी गरी नष्ट गर्ने र जग्गा धनी भेटिएको अवस्थामा सम्झाई बुझाई छाडिने गरेको छ । प्रिभेन्टिभ अर्थात खेतीलाई रोकथाम गर्न प्रहरीले उक्त प्रक्रिया अपनाएको हो । यदि मान्छे खोज्न जाँदा पनि मान्छे फरार हुने गरेको पाइन्छ ।”
अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार केशी भन्छन,“ खेती गर्ने जग्गा धनीहरु अहिले सम्म पनि पक्राउ पर्न नसक्नुमा केही हदसम्म प्रहरीको पनि कमि कमजोरी छ । फडानी गर्ने र मान्छे भाग्ने फेरी सोही जग्गामा अर्को वर्ष खेत ीगर्ने प्रवृति देखिएको छ । तर, अब म आउँदा मैले मातहतका जिल्ला प्रहरी कार्यालयहरुमा प्रष्ट रुपमा के निर्देशन दिईसकेको छु भने अब उपरान्त जग्गा धनीलाई पनि पक्राउ गरी मुचुल्कामा व्यक्तिको नाम किटेर कानुनको दायरा भित्र ल्याएर कानुनी कारवाही गर्नुस । अञ्चल प्रहरी कार्यालय समेतको टोली खटेर सितापुरमा १८ कठ्ठा गाँजा खेती नष्ट गरेपछि जग्गा धनी शम्भुसाह तेलीलाई पक्राउ गर्न निर्देशन दिईसकेको छु ।”
गाँजा खेतीमा प्रसस्त आर्थिक लाभ
भारतवाट प्राविधिक झिकाई उन्न्त जातका गाँजा खेति धनुषा र महोत्तरीम ागर्ने गरिएको छ । वर्षेनि बाढी र सुख्खाले पिडित भएका किसानहरु नगदे वालीको रुपमा गाँजा खेतिलाई लिने गरेकोले सो खेति तर्फ यहाँका कृषकहरु आकर्षित भएको हो । यस क्षेत्रमा पानीको व्यवस्था नहुनु, अत्याधिक सुख्खा ठाउँ भएकोले यहाँका जनता गाँजा खेतिमा लागेको बताउँछन् । अरु अन्न राम्रो नहुने र गाजाँमा राम्रो आम्दानी हुने भएको कारण यहाँ अत्याधिक गाजाँ खेति हुने गरेको हो । एक का गाँजा उत्पादनमा १० हजारको हाराहारीमा खर्च हुने गरेको र उत्पादित गाँजा बेचेर १० लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको किसानहरुको भनाई रहेको छ ।
नेपालमा खेती गरिँदै आएको उक्त गाँजा प्रति किलो रु.१५ हजार सम्ममा भारतीय तश्करले खेतमै किन्ने गरेको पाइन्छ भने भारतीय वजारमा गए पछि उक्त गाँजा को मुल्य दोब्बर(तेब्बर भन्दा वढी हुने गरेकोले किसानहरुले उक्त गाँजा खेती गर्ने गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक केशी भन्छन,“ नेपाल त्यसैपनि गाँजाको लागि राम्रो सम्भावना भएको देश हो । खास गरी तराईका जिल्लाहरुमा महोत्तरी र धनुषाबाट भारतको खुला बोर्डर भएकाले निकासा गर्न सजिलो हुने भनेर यहाँ गाँजा खेती गर्ने गरेको पाइएको छ । अरु पेशा भन्दा पनि सहज रुपमा ठुलो राशीको आय आउन सक्ने भएकाले पनि मानिसहरु जाखिम लिएर भएपनि यस व्यवसाय तर्फ आकर्षित हुने गरेको छ । तर, प्रहरी पनि ती अवैध गाँजा खेती गर्नेहरुलाई निरुत्साहित गर्न लागि परेको छ ।” अझ मनहरी हेटौडाबाट समेत गाँजा भारत तर्फ धनुषा, महोत्तरी र सर्लाहीको नाका भएर तस्करी हुने गरेको मैले सुनेको छु, त्यसलाई पनि निरुत्साहित गर्न मैले राजमार्गमा प्रहरी परिचालन गरेर सुराक लिने र कारवाहीको दायरामा ल्याउने काम थालिसकेको प्रहरी वरिष्ठ उपरीक्षक केशीको भनाई छ ।
कानुनमा के छ ?
नेपालको कानुनमा गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, विक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार(पसार गर्न, संचय गर्न वा सेवन गर्न निषेध गरिएको छ । गाँजा सेवन गर्ने व्यक्तिलाई १ महिनासम्म कैद वा २ हजार जरिवाना सम्म गरिन सकिने व्यवस्था छ । २५ वटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने लागु औषध ऐनमा व्यवस्था गरिएको छ । 
त्यसैगरी २५ वटा बोटभन्दा वढी बोटको गाँजा खेत ीगर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद, ५ हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ । त्यसैगरी गाँजा उत्पादन, तैयारी, खरीद, विक्री वितरण, निकासी वा पैठारी, ओसार पसार तथा संचय गर्ने व्यक्तिलाई समेत मात्रा हेरी दण्ड, सजाय र जरिवानाको व्यवस्था गरिएको छ ।


२०७१ पौष १३ गते आईतबार

No comments:

Post a Comment