Monday, December 29, 2014

पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रसाशनमा धर्ना


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
तोकिएको समय सीमा भित्र संविधान निर्माण गर्न दवाव दिने उद्देश्य स्वारुप नेपाल पत्रकार महासंघ धनुषा शाखाले जिल्ला प्रसाशन कार्यालय धनुषामा एक घण्टा धर्ना दिएको छ । महासंघ धनुषाका अध्यक्ष अिनल मिश्रको अध्यक्षतामा धनुषाका सम्पूर्ण सञ्चारकर्मीहरुले बुधबार एक घण्टा धर्ना दिएका हुन ।
ूनेपाली जनतासंग गरेको वाचा नतोड । माघ ८ गते भित्रै संविधान निर्माण गर ।ू मुख्य माग सहित महासंघले धर्ना दिएको हो । समयमै संविधान गर्न दवाव दिने उद्देश्य स्वरुप नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको पूर्व घोषित विभिन्न आन्दोलनमुलक कार्यक्रम अनुसार महासंघ धनुषाले विभिन्न चरणको कार्यक्रम गर्दै आएको छ ।
धर्ना कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य अजय अनुरागीले समयमै संविधान निर्माण नभए देशभरका पत्रकारहरुले शसक्त संघर्षको कार्यक्रम गर्ने बताएका छन । पटक पटक जनतासंग वाचा गरि संविधान नबनाएर कमाईखाने भाडो बनाएको भन्दै उनले आक्रोस पोखेका छन । सभासदहरुले जनतासंग गरेको वाचा पुरा नगरेर पटक पटक ढाटी रहे जनताले तह लगाउने समेत अनुरागीले चेतावनी दिए ।
यस्तै कार्यक्रममा महासंघका धनुषा अध्यक्ष अनिल मिश्रले देशको चौथो रुपमा रहेको पत्रकारहरुको हरेक आन्दोलनमा सक्रिय भूमिकाबाट प्राप्त उपलब्धी संविधान सभाबाट यस पटक पनि देशले संविधान नपाए पत्रकारहरु कडा संघर्ष गर्ने बताए । हालै सम्पन्न सार्कशिखर सम्मेलनमा देशभरका विभिन्न मन्दिरहरुको तस्वीर राखिएपनि प्रसिद्ध जानकी मन्दिरको तस्वीर राख्न संविधानसभामा धनुषाबाट निर्वाचित भएर गएका जम्मा २८ जनासभासदले कुनै पहल नगरको भन्दै सबै संविधानसभामा भात्त खान मात्र गएका बताए । चुनावको बेलामा जनताको खुट्टा ढोग्ने नेताहरु जितेर गएपछि जनमतको कदर नगर्ने रवैयाले आफै पत्तन हुने मिश्रको भनाई थियो ।
कार्यक्रममा उद्योग बाणिज्यसंघ जनकपुरका अध्यक्ष शिवशंकर प्रसाद साह हिराले समयमै संविधान निर्माण गर्न दवावदिने बताबरण बनाउन उद्योगी व्यवासायी समेत पछि नपर्ने बताए । धर्ना कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ धनुषाका अध्यक्ष दिपेन्द्र प्रसाद सिंह, प्रेश यूनियन धनुषाका पूर्व अध्यक्ष रामभरत साह, क्रान्तिकारी पत्रकार महासंघ धनुषाका अध्यक्ष किरणकुमार कर्ण , मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण , प्रेसचौतारीका प्रतिनिधी अवधेश कामत लगायतले आ आफ्ना धारना राखेका थिए । कार्यक्रममा धनुषाका दर्जनौ पत्रकारहरुको सहभागिता थियो ।

२०७१ पौष १३ गते आईतबार

No comments:

Post a Comment