Monday, February 17, 2014

दीपक मेमोरियललाई क्यानकै बार्षिक क्यालेन्डरमा राख्छु – टंक आङ् बुहाङ

टंक आङ् बुहाङ

नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष टंक आङ्ग बुहाङ्ग लिम्बुसँग नेपालको बर्तमान क्रिकेट, जनकपुरको टुर्नामेन्ट र अन्तराष्ट्रिय क्रिकेटबारे द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको  वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

दीपक गुप्ता मेमोरियल टुर्नामेन्टको फाइनल म्याच तपाईले जनकपुरको मैदानमा उपस्थित भएर सिंहावलोकन गरिरहँदा, यो प्रतियोगिताले नेपालको क्रिकेटको विकासमा कतिको टेवा पु¥याईरहेको छ ?
नेपाल क्रिकेट संघ र संघ अन्तरगतको क्षेत्र र जिल्ला अन्तरगतको घरेलु क्रिकेट अगाडी बढाउने काममा दीपक गुप्ता (जो नेपालमा फास्ट बलरको रुपमा दत्तचित्त भएर अगाडी बढनु भएको थियो) को नाउँमा आयोजन भएको टुर्नामेन्टले नेपाल क्रिकेटको विकासमा ठुलै टेवा पुगेको छ । जनकपुर क्रिकेटमा पहिलेदेखि नै अग्रसर रहँदै आएको छ । यो टुर्नामेन्ट जसरी बार्षिक रुपमा हुने गरेको सुरुवात भएको छ, यसलाई नेपाल क्रिकेट संघको क्यालेन्डरमा नै समावेश गरेर के कति क्यानले सहयोग गर्न सक्छ भन्ने सोचका साथ अगाडी जानु पर्छ भन्ने यो टुर्नामेन्टले अवश्य नै बोध गराएको छ । क्यालेन्डरमा समावेश मात्र गरेर पुग्दैन, टुर्नामेन्टको निम्ति भौतिक पुर्वाधार तयार पनि गर्नुपर्छ । मैले त्यसको लागि जिल्ला र क्षेत्रका साथीहरुसँग पनि कुरा गरिराखेको छु । अस्ति जलेश्वरमा आउँदा खेरी एउटा क्याम्पसको ग्राउण्ड देखेको थिएँ । धनुषामा पनि कमिटीले सबैभन्दा पहिले एउटा उपयूक्त ग्राउण्ड (कुनै पनि विद्यालय, सरकारी जग्गा वा लिजमा लिएर भए पनि) आफ्नो स्वामित्वमा लिनु पर्यो । त्यसपछि क्यानले यूवा तथा खेलकुद मन्त्रालय, राखेप लगायत सबै क्षेत्रबाट हामी भौतिक पुर्वाधार बनाउन लागि पर्छौं ।
अर्थात, यहाँको जिल्ला वा क्षेत्रीय कमिटीले जग्गा आफ्नो स्वामित्वमा लिने काम ग¥यो भने स्टेडियम निर्माणका लागि क्यान पुरापुरी सकारात्मक छ ?
सकारात्मकै छ । किन भने क्यानको अहिले जुन ढङ्गको साङ्गठनिक संरचना छ (९ वटा क्षेत्र, ३८ वटा जिल्ला) हामी उपत्यकामा मात्र सिमित नभई भौतिक पुर्वाधार किन पनि तयार गर्नु पर्छ भने एसीसी, टी–ट्वेनटी कप जस्ता टुर्नामेन्टहरु हुने गरेको छ । त्यसको लागि जनकपुर पहिले देखि नै क्रिकेटको क्षेत्रमा एउटा ठुलो इतिहास बोकेकोले, यहाँका क्राउड, हाम्रा कार्यकर्ता र क्रिकेटरहरुले जुन किसिमले एउटा क्रियाशीलता देखाएको छ, त्यसले पनि एउटा ग्राउण्ड आवश्यकता रहेको हामीले महसुस गरेका छौं । अहिलेको पोलिसी अनुसार पनि यूवा तथा खेलकुद मन्त्रालय, राखेपको सम्मिलित एउटा भौतिक पुर्वाधार तयारीका लागि कमिटी बनेको छ । सरकार पनि लगानी गर्न तयार छ । अरु करपोरेट हाउसहरुसँग पनि हामीले कुराकानी गरिराखेका छौं । सबै क्षेत्रमा तत्काल सुरु नगरेतापनि हामीले जनकपुरलाई पहिलो प्राथमिकता राखेका र्छौं । सुदुर पश्चिम, सुदुर पुर्व र सेन्टरमा जनकपुर पनि पर्छ । त्यो हिसावले पनि तराईकै केन्द्र विन्दु रहेको जनकपुरमा क्रिकेटको लागि भौतिक पुर्वधारमा लगानी गछौ भन्ने तपाईको पत्रिका मार्फत जनकपुरवासीलाई विश्वास दिलाउन चाहन्छु । सम्भव पनि छ ।
क्यानले जनकपुरसँग हमेसा विभेद गर्दै आयो भन्ने कुरा क्रिकेटरहरु भने गर्छन । अहिले सम्म पनि विभेद किन कायमै छ ?
त्यो कुराहरु यदाकदा आउने गरेका छन् । राखेपमा दर्ता भएका संस्थाहरु मध्ये अरु संस्थाहरुमा जसरी धाँधली हुने, फेयर नहुने भन्ने कुरा हाम्रो संस्थामा छैन । फेयर नै हुन्छ । तर तपाईले भने जस्तै केही आरोपहरु कहिलेकाही आउने गरेका छन् । क्यानले एउटा सेलेक्सन कमिटी राखेको छ, त्यसले गर्ने हो । क्यानको वोर्डले सेलेक्सन कमिटीको निर्णयमा हस्तक्षेप गर्दैन । हिजो त्यो समस्या थियो होला । पावरका आधारमा टीममा पर्थे होला । तर, हामी आइसकेपछि पुर्णतः फेयर गराउने पक्षमा दृढ भएर उभिएका छौं । राम्रोलाई सेलेक्सन नगरी नातावाद, कृपावाद र विभिन्न प्रलोभनमा परी सेलेक्सन गर्ने काम गर्नु हुँदैन । त्यै कारणले हाम्रो खेलकुद पछाडी पनि परेको हो ।
हामी १८÷२० महिनाको अन्तरालमा एउटा जादुको छडी जस्तै सबै ग¥र्यौ त्यो त भन्दैनौं । तर, तपाईले भने जस्तै जुन विकृति, विसंगति थियो, त्यो हटाउँदै हामी अगाडी वढेका छौं । त्यसको व्यवहारिक जवाफ भनेको आज हामी, हाम्रो नेपालका खेलाडीले छोटो समयमा नै बल्डकपमा पुग्ने जुन जमर्को गरेका छौं, त्यसैले सबै आरोपको खण्डन गर्छ, जस्तै मलाई लाग्छ ।
 तर न्यूजिल्याण्डमा हामी विफल भएकै छौं । वातडे वल्र्ड कप खेल्ने सपना त चकनाचुर भयो नै, वानडे स्टेटस पनि पाउन सकेनौं । अझ टेस्ट त धेरै टाढाको विषय हो । विफलता पनि त तत्कालै देखियो नि, हैन र ?
हाम्रो तयारी फुल फेजमै थियो । तर, हाम्रा खेलाडी विरामी भए, घाइते भए, खेल्न सकेनन । न्यूजील्याण्डमा समस्या भयो । अब करेक्सन हुन्छ । यस्ता किसिमका कपी कमजोरीहरु दोहोरिदैनन । किन भने गेममा कहिले द्वार र  कहिले जीत हुन्छ । जीत भित्र हार र हार भित्र पनि जीत देख्न सक्नु पर्छ । यो कुरालाई हामीले बुझ्नु पर्छ । आउँदो दिनमा झन परिस्कृत भएर परिमार्जन भएर अगाडी वढछौं ।
यो टुर्नामेन्टले अव क्रिकेट काठमाण्डौ उपत्यकामा मात्र होइन, मोफसलमा पनि विस्तारै विथापित हुँदै गएको छ भन्ने कुराको सन्देश दिन सकेको छ वा छैन ?
अवश्य सन्देश दिन्छ । क्यानले पनि अब ५० ओभर, २० ओभरको टुर्नामेन्टहरु गर्ने, दुई दिवसीय म्याच गर्ने, उपत्यकामा पनि एनपिएलको अवधारणा नेपालको नयाँ वर्ष देखि नै सुरु हुन्छ । एनपिएलमा यहाँका दर्शक जस्तै सहभागी हुनु पर्छ । क्रिकेटलाई गाउँको गल्ली सम्म पु¥याउने जुन हाम्रो नारा छ, त्यसलाई कार्यान्वयन गर्न हामी पनि काम गर्दैछौं । अघि तपाईले जुन भन्नु भयो, न्यूजिल्याण्डमा यस पालीको पराजयले पनि के देखायो भने हाम्रो अण्डर नाइनटिन, सिक्सटिन टोली मध्ये नेपालमा एउटा वैकल्पिक नेपाल ‘ए’ टीमको खाँचो छ । त्यसका निम्ति पनि घरेलु क्रिकेटमा लगानी गर्न जरुरी छ । अहिले ३८ जिल्लाबाट ७५ जिल्लामै क्रिकेट विस्तार गर्ने प्रयत्न अगाडी बढाउँदैछौं । क्षेत्र पनि वढाउँछौं । क्यानाडाको वोर्डले मिहिनेत नगरेकै कारण वर्लड कपमा पुगिसकेको क्यानाडाको वार्डले मिहिनेत नगरेकै कारण खस्केको पुनरावृति हामीले गर्न नपरोस । इतिहासबाट हामीले पाठ सिकेका छौं । तीव्र गतिमा हामी अगाडी वढ्छौं , त्यो भोलीको दिनमा व्यवहारबाट पनि पुष्टि हुन्छ ।
नेपालको क्रिकेट विकासका निम्ति भारतको क्रिकेट वोर्ड विसिसिआई, अन्य स्टेटका क्रिकेट वोर्डहरुले पनि लौजिस्टिक, फाइनेन्सियल, टेक्निकल सबै किसिमका सपोर्ट गर्न सक्छ होला । तर त्यसका निम्ति क्यानले जुन तदारुकता देखाउनु पर्ने हो, त्यो नदेखिएको आरोप लगिरहेको छ नि ?
पहिलाको क्रिकेट वोर्डका मान्छेले के ग¥यो, त्यो अर्को कुरा हो । तर, हाम्रो नयाँ बोर्ड आइसकेपछि हामीले पहल गरेका छौं । मध्य प्रदेशको वोर्ड सँग कुराकानी अगाडी वढाएका छौं । भारतीय दुतावासमा पनि हामीले एउटा प्रपोजल पेश गरिसकेका छौं । एक दुई महिना भित्रै लगभग ५ करोड रुपैयाँ दुतावास मार्फत हामीले पाउने, तपाईले देख्न सक्नु हुनेछ । देल्ही डेयरडेविल्ससँग एकेडेमीको लागि सम्झौता गर्न लागेका छौं । विसिसिआई सँग पनि एक दुई महिना भित्र औपचारिक कुराकानी गर्ने छौं । विसिसिआइसँग हाम्रो सम्बन्ध आज सम्म पनि छ तर सहयोग नै गर्ने कुरा भने हिजो इन्डियाको एउटा फिक्सिङ् काण्डले गर्दा समस्या भएको थियो । तर एक महिना भित्रै विसिसिआइले नेपाल क्रिकेट संघलाई औपचारिक निम्तो दिदैछ । हामी भेटघाट गर्न जाँदैछौं । अफ्रिकी मुलुकहरुमा विसिसिआईले अथवा फुटवलको क्षेत्रमा जुन लगानी गरेको छ, एउटा छिमेकी भएको नाताले अरु राष्टूको तुलना भन्दा हाम्रो भाषिक, संस्कृतिक अझ रोटी र वेटीको सम्बन्ध इन्डियासँग भएकाले, जसरी अफगानिस्तानलाई पाकिस्तानले मद्दत गर्यो, वंगलादेशलाई भारतले मद्दत गरेर क्रिकेटको विकास भयो, त्यसरी नै नेपालले पनि इन्डियासँगको सम्बन्धलाई अझ प्रगाढ बनाएर क्रिकेटको पुर्वाधार लगायत समग्र क्षेत्रमा सहयोग लिन सक्छौं । र, क्रिकेटलाई अगाडी बढाउँछौं । त्यो कुरा पनि निकट भविष्यमै तपाईले देख्न सक्नु हुनेछ ।
देल्ही डेयर डेविल्स सँग के सम्झौता हुँदैछ ?
नेपालमा एउटा इन्डोर एकेडेमी बनाउने कुराको लागि एनसिएसँग साझेदारी गर्दैछौं । त्यो सम्झौता भई सकेपछि हाम्रा खेलाडी पनि खेल्न उता जान सक्ने, तिनीहरुका खेलाडी पनि यता आउन सक्ने, मैत्रीपुर्ण म्याचहरु खेल्न सक्नेछ । देल्ही डेयर डेविल्सका कोचहरु पनि यहाँ आएर सिकाउने हुँदा हाम्रा टोलीले धेरै नै एक्सपोजर पाउँछ । टीयू ग्राउण्डमा मत्र नभएर पोखरा, जनकपुर, विरगन्ज, विराटनगरमा पनि क्रिकेटको विकास गर्न सकिनेछ । १५÷२० दिन भित्रै हामी सम्झदारी गर्दैछौं ।
जिल्लाहरुमा पनि सेलेक्सन गेम हुँदैन । भए पनि पहिलेकै टीमहरु बीच खेलाइन्छ र त्यस मध्ये टीम छानिन्छ । यस्तोमा गाउँ घरमा रहेका प्रतिभाहरु त खेल्नै पाउँदैनन । वा भर्ना खोजी नै गरिदैन । यसरी कसरी हुन्छ डोमेस्टीक क्रिकेटको विकास ?
पहिलेको तरिका अब छोड्नु पर्छ । सूचना प्रविधिको जमाना छ । अब त मोफसलमा पनि स्पोन्सर भेटिन थाले भन्ने कुरा जनकपुरकै यो टुर्नामेन्टले देख्यो । हिजो के थियो भने काठमाण्डौ उपत्यका भन्दा बाहिर माइलेका हुँदैन भन्ने करपोरेट हाउस र स्पन्सरहरुको जुन एउटा मान्यता थियो त्यो रहेन । जिल्ला क्रिकेट संघमा पनि बजेटको अभाव थियो । अहिले राखेप यूवा तथा खेलकुद मन्त्रालय, सरकार, निजी क्षेत्र लगायत सबैको चासोको विषय एउटा क्रिकेट बनेको छ । अब स्पन्सरहरु लगानी गर्न तयार भएका छन् । हिजो जिल्लामा वर्षभरी १० हजार रकम पठाइन्थ्यो, त्यसमा कसरी हुन सक्छ, राम्रो छनौट ? कार्यालय संचालन गर्न पनि अपर्याप्त रकम थियो । हिजो क्रिकेटको ६÷७ करोड बजेट हुन्थ्यो, अहिले १५÷१६ करोड पुगेको छ । त्यसकारण अब छनौट गाउँ घरबाटै हुन्छ । ग्रासरुटमा हामी पुग्छौं । यो सम्भव छ ।
जनकपुरवासीलाई के सन्देश दिन चाहनु हुन्छ ?
जनकपुरवासीले जुन ढङ्गले क्रिकेट प्रति चासो देखाएको छ, हामीले एउटा पिच भएको क्रिकेट मैदान बनाउन अत्यन्त जरुरी छ । दोस्रो कुरा पानी पर्दा पनि खेल्न मिल्ने एउटा इन्डोर कभर्ड हल भएको मैदान बनाउन जरुरी छ । यो बनाइसके पछि एसीसी, टी–ट्वान्टी र कतिपय आइसिसी अन्तरगतका टुर्नामेन्टहरु पनि काठमाण्डौ भन्दा वाहिर लग्नु पर्ने हुन्छ ।
जनकपुरको टुर्नामेन्ट आयोजनले पनि के देखायो भने त्यस्तो स्तरको टुर्नामेन्ट मोफसलमा गर्न सम्भव छ, र सकिन्छ पनि । यो क्राउड र व्यवस्थापनले क्यान प्रति प्रश्न चिन्ह पक्कै पनि खडा गरेको छ । नेपाल क्रिकेट संघले त्यसको जवाफ दिन सक्नु पर्छ । र, क्यानको अध्यक्ष भएका नाताले म व्यक्तिगत रुपमा पनि पुनः के दोहो¥याउन चाहन्छु भने भौतिक पुर्वाधारको विकास गर्ने कुरालाई जनकपुरलाई पक्कै प्राथमिकतामा राख्छु ।

२०७० फागुन ०४ गते

No comments:

Post a Comment