Monday, February 17, 2014

रा.रा.ब. क्याम्पस संरक्षकको खोजीमा -धर्मेन्द्र कुमार झा


 धर्मेन्द्र कुमार झा
त्रिभुवन विश्वविद्यालयको ६० वटा अंगिक क्याम्पसहरु मध्ये रा.रा.ब. क्याम्पस जनकपुर एउटा चर्चित शैक्षिक निकाय हुन । क्याम्पसको ख्याति पहिले पनि थियो अहिले पनि छ । पहिले प्रख्यात थिए अहिले कुख्यात भएको छ । वदलिदो समय परिवेश अनुसार क्याम्पसमा पनि यस्तो परिवर्तन आएको छ । त्यो अस्वभाविक त होइन । तर, चिन्ताजनक विषय बनिसकेको छ । यसलाई समयमै सुधार गर्न सकिएन भने क्याम्पसको अस्तित्व नै खतरामा नआउला भन्न सकिन्न । वर्षौं देखि हजारौंलाई ज्ञानको दिप बाल्दै आएको संस्था आज आफै उज्यालोको खोजीमा छ र त्यो ग्रहणबाट उन्मुक्ति चाहेको छ । यस क्याम्पसलाई संरक्षक रुपी अभिभावक चाहिएको छ । जसले क्याम्पसको गुमेको मान सम्मान पुनरागमन गराउन सकोस् ।
एक समयमा रा.रा.ब. क्याम्पसको विद्यार्थी हुनु, प्रध्यापक हुनु, कर्मचारी हुनु, युृनियन पदाधिकारी हुनु गौरवको कुरा हुन्थ्यो । तर, अहिले आएर कन्ट्रोभर्सी भएको छ । जसका विभिन्न कारणहरु छन् । जसमध्ये केही प्रमुख कारणहरु नियमित पठन पाठन नहुनु, परीक्षा प्रणालीमा त्रुटी हुनु, सम्बन्धित निकायहरु जवाफदेही नहुनु, एक अर्कामाथि दोषारोपण र अफवाह फैलाउने संस्कृतिको विकास हुनु, नीजि शैक्षिक संस्थामा वृद्धि हुनु, विद्यार्थीमा उदासिनता र अराजकता बढनु, युनियनहरु प्रभावकारी नहुनु, दलिय हस्तक्षेप र भागबन्डा हुनु, जातिय लगायत अन्य संकिर्ण सोचमा वृद्धि हुनु आदि जस्ता समस्यारुपी दाँतहरुको विचमा क्याम्पसको अस्तित्व रहेको छ । जसलाई निकाल्न अति आबश्यक रहेको छ । यसलाई निकाल्न नागरिक समाज, अभिभावक, क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकारहरुलाई सक्रिय हुनु आवश्यक देखिन्छ ।
माघ महिनाको तेस्रो साता नयाँ क्याम्पस प्रमुख नवेन्द्र कुमार निधि क्याम्पसको बागडो र सम्भालेका छन । उनका बारेमा क्याम्पस परिवारको सदस्यहरु सकारात्मक टिप्पणी नै गरिरहेका छन् । उनका सहकर्मीहरु उनलाई शान्त स्वभाव, मिलनसार वेदाग र विद्धानको रुपमा विश्लेषण गर्ने गर्छन । त्यही शान्त स्वभाव भएको व्यक्तिले रा.रा.ब. को फलामे च्युरा चपाउने जिम्मेवारी पाएको छ । उनको अगाडीमा चुनौती र अवसर दुइटै छ । अब हेर्न बाँकी छ कि उनले आफ्नो कार्यकाललाई चुनौतीरुपी भुमरीको आझेलमा परेर विताउँछ कि चुनौतीलाई समाधान गरी अवसरमा परिणत गर्नेछ । क्याम्पसमा ठुलो विकास गर्ने वा नीति नियम बनाउने आवश्यकता छैन् । त्रि.विले बनाई दिएको नीति नियमको पालना गराउने काम मात्रै रहेको छ । जस अन्तरगत नियमित पठन पाठन, स्वच्छ परीक्षा र निश्पक्ष व्यवहार हुनुपर्छ ।
नव क्याम्पस प्रमुखले कार्यालय प्रवेश गरेका दिन दिएको मन्तव्यले पनि आशाको किरण जगाएको छ । उनले भनेको थिए “म कुनै नयाँ नियम कानुन बनाउन आएको होइन न त ठुल–ठुला विकास गर्न । म त मात्रै त्रि.विको नियम कानुन अन्तगत रही क्याम्पसका सबै निकायलाई नियमित रुपमा कुनै पुर्वाग्रह नराखी संचालन गर्ने छु । जसका नीति सम्पुर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी नेता, अभिभावकहरुको सहयोग चाहिन्छ । र म आशा गर्दछु की सबैले मलाई क्याम्पसको अवस्था सुधारमा सहयोग गर्नुहुनेछ ।” साथै उनले विज्ञान संकाय लगायत अन्य संकायहरुको स्तरोन्तोति र विकासका लागि विशेष पहल गर्ने कुरामा जोड दिनु भएको थियो । तत्पश्चात त्यही कार्यक्रममा दुई जना पुर्व राजदुत तथा सह प्रध्यापक डा.सुर्यनाथ मिश्र र निवर्तमान क्याम्पस प्रमुख विष्णुदेव यादवले आफ्नो शुभकामना मन्तव्य दिएका थिए । कतारका लागि राजदुत भएर उदाहरणीय र प्रशंसनीय काम गरिसकेका डा.मिश्रा बहुत मार्मिक र सान्दर्भिक विचार व्यक्त गर्नु भयो । उनले भने,“एक समयमा रा.रा.ब. क्याम्पसमा काम गर्ने प्राध्यापक र कर्मचारी तथा पढ्ने विद्यार्थी प्रतिको समाजिक सम्मानबाट प्रेरित भएर म पनि रा.रा.ब. क्याम्पसको प्राध्यापक बन्ने अठोट गरे र अहिले छु पनि । तर जसरी यस क्याम्पसमा काम गर्ने र पढ्ने व्यक्तिहरु कहि कतै जाँदा गौरब महसुस गथर््यो, त्यो साख पूरै खसेको छ । अब लाज हुन्छ । यस क्याम्पसमा काम गर्ने प्राध्यापक र कर्मचारीलाई समाजले काम नगरेर तलब खाने व्यक्तिको रुपमा हेर्दछ भने यहाँ पढ्ने विद्यार्थीलाई नपढ्ने वा कमजोर विद्यार्थीको रुपमा हेर्दछन् । जसले गर्दा यस क्याम्पस प्रति रहेको नकारात्मक सोचलाई बदल्न र क्याम्पसको शैक्षिक अवस्थामा सुधार ल्याउन सर्वपक्षीय अन्तरक्रियाको अति आवश्यक छ । जसबाट सार्वाङ्गिन पक्षलाई जवाफदेही र प्रभावकारी बनाउन सकियोस । कुनै एक जनामाथि सबै दोष लगाएर बाँकी सबै जना क्लिन चिट लिन चाह्यो भने त्यो ठिक हुदैन । क्याम्पसको अवस्था विग्रेको छ भने त्यसका हामी सब जिम्मेवार हौं । यदि हामी आफ्ना समाजका बच्चाहरुलाई न्याय दिन सक्दैनौ भने कसलाई दिन सक्छौं ।” यिनका यस्ता मार्मिक विचारबाट उपस्थित सबै व्यक्ति गम्भीर भएका थिए । त्यसैगरी निवर्तमान क्याम्पस प्रमुख विष्णुदेव यादवले स्वागत तथा शुभकामना मन्तव्य दिँदै भने,“यस क्याम्पसको शैक्षिक अवस्था साँच्चिकै विग्रिसकेको छ । जसका दोष कुनै एक जनाको टाउकोमा लगाउँदा हुँदैन । किनभने क्याम्पस प्रमुखको मातहतमा साहायक प्रमुखहरु हुन्छन । सहायक प्रमुखहरुको मातहतमा विभागीय प्रमुखहरु हुन्छन् । विभागीय प्रमुखहरुको मातहतमा फैकल्टी मेम्बरहरु हुन्छन् । त्यसैगरी क्याम्पस प्रमुखको् मातहतमा विभिन्न निकाय र प्रशासन प्रमुखहरु हुन्छन र तिनीहरुको मातहतमा कर्मचारीहरु हुन्छन । साथै विद्यार्थीहरुको नेतृत्व गर्ने विद्यार्थी युनियन हुन्छ । ती सबै व्यक्तिहरुले आ–आफ्ना जिम्मेवारी इमान्दारी पूर्वक गरेको भए कुनै समस्या आउने थिएन । त्यसैले क्याम्पसको राम्रो र नराम्रो सबै कुराको जिम्मेवारी सबैले लिनुपर्छ । रह्यो कुरा क्याम्पसको प्रगति र सुधारको सबभन्दा पहिले सबैले आ–आफ्नो जिम्मेवारी नैतिकबान भई पुरा गरौं र क्याम्पसमा नयाँ नयाँ समय परिवेशको माग अनुकुल विषयहरुको सम्बन्धन लिई पठन पाठन गराउनु पर्यो । जस्तै मानविकी तर्फ क्ध्,च्म्, क्यअष्ययिनथ ७ ब्लतजचययिनथ, व्यगचलबष्किm, त्यगचष्कm र व्यवस्थापन तर्फ द्यद्यब्, ःद्यब् त्यस्तै त्भअजलष्अब िविषयहरु । र संचालनमा रहेको डिग्री कक्षाहरुलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।”
नव नियूक्त क्याम्पस प्रमुख नवेन्द्र कुमार निधि हाजिरी बनाउँदै ।
यसरी तिनै वक्ताहरुको विचारलाई विश्लेषण गर्ने हो भने क्याम्पसमा सुधारको आवश्यकता महसुस हुन्छ । र, सबै व्यक्ति यस कुरा प्रति साकारात्मक पनि देखिन्छ । आवश्यक छ मात्रै आधिकारीक पहलको । डा.मिश्रले देखाएको जस्तो इमान्दारीता, स्वच्छता, निश्पक्षता भुमिका । उनी राजदुत भएर फर्केर आउँदा पनि नियमित रुपमा आफ्नो कक्षा लिएर उदाहरणीय काम क्याम्पसमा पनि गरिरहेका छन् । उनी जस्तो गरिमामय पदमा बसेर आएको व्यक्तिहरुमध्ये बहुत कमले उनको जस्तो साधारण जीवन शैलीमा आफ्नो जीवन ज्ञापन गर्दछन । जे होस उनलाई नव क्याम्पस प्रमुखको नजदिकीको रुपमा उनका कतिपय साथीहरुले लिने गरेका छन् । तसर्थ उनका सल्लाह सुझावले क्याम्पस प्रमुखले सुधारका गतिमा केही तिब्रता ल्याउला भन्ने आशा गर्न सकिन्छ । क्याम्पसको फलामे च्यूरा चवाउनलाई उनले माथी चर्चा गरिएका कारणहरुलाई सफलपुर्वक सामाधान गर्दै जानुपर्छ । उनी सर्वप्रथम, आफु पुर्ण रुपेण निःस्वार्थ भावना राखी उनले भने जस्तै कसै सँग कुनै भेदभाव र पूर्वाग्रह नराखी क्याम्पसको हितमा जे पनि निर्णय लिन कठोर बन्नु पर्छ । उनको प्राथमिकता नियमित पठन पाठन स्वच्छ परीक्षा, व्यवस्थित कर्मचारीतन्त्र र त्रि.वि. नियमावली अनुकुल चैन अफ कमान्ड हुनुपर्छ । उनी कुनै जात वर्ग समुह, राजनीतिक दल, संकायबाट भए पनि उनले सबैलाई समावेशी रुपमा क्षमता अनुसार समेटेर बदनुपर्छ । उनले त्यसै अनुरुप कसैलाई कुनै रंगको महसुस हुन नदिई जिम्मेवारी र ठाउँ दिन सफल हुन सक्यो भने उनी क्याम्पसको इतिहासमा चर्चित व्यक्ति बन्न सक्नु हुनेछ । अन्यथा क्याम्पस प्रमुखको रुपमा आफ्नो नाम दर्ज गराउने व्यक्ति मात्र अब उनको आफ्नै नाम दर्ज गराउने व्यक्ति मात्र अब उनको आफ्नै हातमा छ आफ्नो विधि परिवारको नाम र क्याम्पसको अस्तित्व जोगाउने । उनले जोगाउन सक्यो भने क्याम्पसले संरक्षकको खोजी गर्ने क्रममा पुर्ण विराम लगाउने छ । नत्र भने क्याम्पसले आफ्नो संरक्षकको खोजी जारी राख्ने छ ।

२०७० फागुन ०४ गते 

No comments:

Post a Comment