Sunday, January 26, 2014

पत्रकार महासंघ धनुषाको संचार गृहका लागि जग्गा उपलब्ध


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल पत्रकार महासंघ धनुषाको संचार गृह निर्माणका लागि गुठी संस्थान कार्यालयले १० धुर जग्गा उपलब्ध गराएको छ । नेपाल गुठी संस्थानका बोर्ड अध्यक्ष पंचलाल महर्जनको अध्यक्षतामा शुक्रवार साँझ बसेको बोर्डको बैठकले महासंघ धनुषालाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । देशका विभिन्न जिल्लाहरुमा पत्रकार महासंघले आफ्नो भवन निर्माण गरिसकेको भएपनि धनुषामा जग्गा अभावकै कारण संचार गृह निर्माण हुन सकेको थिएन ।  नेपाल पत्रकार महासंघ धनुषाका निर्वतमान उपाध्यक्ष एवम् जग्गा खोजविन समितिका संयोजक अनिल मिश्रका अनुसार जनकपुर नगरपालिका वडा नं. ४ स्थित गुठी संस्थानको स्वामित्वमा रहेको सिट नं. १३९५१५ को कित्ता नं. ३६ अन्तर्गत  कृषी बजार र नेपाल राष्टू बैंकको मध्य तथा तिरहुतिया गाछीको पश्चिममा रहेको ०(५(३(३ क्षेत्रफलको जग्गा मध्ये ०(०(१०(० (१०) धुर जग्गा नियमानुसार महासंघ धनुषालाई उपलब्ध गराईएको हो । धनुषा जिल्लाको सर्वपक्षीय बैठकको निर्णय, नेपाल पत्रकार महासंघ धनुषा कार्य समितिको निर्णय तथा सिफारिस ,गुठीको जग्गा धनी प्रमाण पुर्जा, नापी कार्यालयको फिल्ड बुक उतार फारम , नक्सा, पत्रकार महासंघ केन्द्रिय समितिको सिफारिस, गुठी संस्थान जनकपुरको सिफारिस तथा भूमी सुधार मन्त्रालायको सिफारिस आदिलाई आधार मानि गुठी बोर्डले महासंघ धनुषालाई जग्गा उपलब्ध गराएको हो ।   जग्गा खोजबिन समितिका संयोजक मिश्रका अनुसार जग्गा प्राप्तीका लागि धनुषाका पत्रकारहरुले ठूलै संघर्ष गर्नु परेको थियो । उहाँले आफूलाई मात्र २ बर्ष भन्दा बढी समय खर्च गर्नु परेपनि अन्ततः महासंघले जग्गा प्राप्ती गरेकोमा धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन् । 
महासंघ धनुषाका लागि गुठी संस्थानले जग्गा उपलब्ध गराउनु धनुषाका संचारकर्मीहरुका लागि ऐतिहासिक उपलब्धी रहेको क्रान्तिकारी पत्रकार महासंघ धनुषाका अध्यक्ष किरण कर्णले बताएका छन् । मधेशी पत्रकार समाजका पूर्व अध्यक्ष घनश्याम मिश्रले अब जनकपुरको पत्रकारिताका विकासका लागि महासंघको संचार गृह निर्माण कार्यका लागि बाटो खुलेको प्रतिक्रिया दिएका छन् । महासंघ धनुषाका निवर्तमान सह(सचिव विकास कुमार साहले समग्र पत्रकारका लागि ठूलो उपलब्धी रहेको तथा पत्रकारहरुको आफ्नै भवन निर्माण भएपछि जनकपुरको पत्रकारितामा एउटा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् । महासंघले आफ्नै संचार गृह निर्माण गरे समाजका व्यक्तिहरुका लागि संचारमा पहुच हुन समेत सहज हुने महिला पत्रकार गायत्रि मिश्रले बताएका छन् । यता , जनकपुर  नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले राज्य र समाजका लागि महत्वपूर्ण योगदान पु¥याउने संचारकर्मीका लागि जग्गा उपलब्ध गराईनु स्वागत योग्य रहको प्रतिक्रिया दिए ।

मिति ः २०७० माघ १२ गते

No comments:

Post a Comment