Monday, October 7, 2013

पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष मिश्र र सह–सचिव साहद्वारा राजीनामा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अनिल कुमार मिश्र र सह(सचिव विकास कुमार साहले संयूक्तरुपमा पदबाट राजिनामा दिएका छन् । नयाँ सदस्यता प्रदान गर्नका लागि गठन गरिएको सदस्यता छानबिन उपसमितिले गरेको निर्णय कार्यान्वयनमा अध्यक्ष रामअशिष यादवले प्रभावकारी एवं सक्रिय भूमिका निर्वाह नगर्दा धनुषाबाट कसैले पनि सदस्यता नपाउने परिस्थितीको निर्माण भएको आरोप लगाउँदै दुवै जनाले शुक्रवार पदबाट राजिनामा दिएका हुन् ।
सदस्यता छानिबिन उपसमितिले आफ्नो कार्यसम्पादन पुरा गरिसकेको अवस्थामा पनि  अध्यक्ष यादवले विभिन्न बहानामा कार्यसमितिको बैठक नबोलाई विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुलाई महासंघको सदस्यताबाट बंचित गराईएको आरोप लगाउँदै उपाध्यक्ष मिश्र र सहसचिव साहले यहाँका पत्रकारहरु यस स्थितीमा अन्यायमा परेको प्रति दुःख व्यक्त गरेका छन् ।  महासंघ केन्द्रीय समितिले नयाँ सदस्यताको  सिफारिस गर्नका लागि समय सीमा तोकेर पत्राचार गरेपनि अध्यक्ष यादवले कार्यसमितिको बैठक नै नबोलाई होनहार, जुझारु र सक्रिय पत्रकारहरुको भावना विपरित कार्य गरिएकोमा अविलम्ब सदस्यताका लागि सम्बन्धीत निकायमा विद्यमान सम्वत तथा नीतिगत ढंगले पहल गर्नको लागि राजिनामा दिएका दुवै पदाधिकारीले आग्रह समेत गरेका छन् । सदस्यता छानबिन उपसमितिले गरेको निर्णय अनुमोदन गर्नका लागि समयमै कार्यसमितिको बैठक नबोलाएको र केन्द्रीय समितिको निर्णय अनुसार कर्तव्य निर्वाह नगरेको हँुदा यस पटक धनुषाबाट नयाँ सदस्यहरु सदस्यता पाउनबाट बंचित हुन गएको दुःखद अवस्था, साधारणसभाले दिएको म्याण्डेट पुरा गर्न अध्यक्ष उत्सुक नदेखिएको, पत्रकारहरुको पेशागत मर्यादा र क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई प्राथमिकता दिनुको साटो निहित स्वार्थपूर्तीका लागि विभिन्न संघसंस्थाहरुको कार्यक्रममा आसन ग्रहण र भाषण सम्प्रेषणमा मात्र केन्द्रीत भएको, कुनै पनि कार्यक्रममा सहभागितका लागि प्रतिनिधी पठाउँदा कार्यसमितिका पदाधिकारीहरु सँग सल्लाह नगरि कार्य गर्दै आएको, भवन निर्माणका लागि उपाध्यक्ष, सहसचिव लगायतका पदाधिकारी, महासंघका सदस्य र आमसंचारकर्मीले चासो देखाएपनि अध्यक्षको सक्रियता तथा उपस्थिती न्यून रहेको कारण जनाउँदै राजीनामा गरिएको उपाध्यक्ष मिश्र र सह(सचिव साहको संयूक्त हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।




मिति ः २०७०÷०६÷२०

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete