Tuesday, September 24, 2013

स्वामीजीको अपराधको लामो फेहरिस्त



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अपहरण, हत्या, फिरौती र चन्दा आतङक लगायत दर्जनौ अपराधमा संलग्न भई धनुषा प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्त स्वामीजी भनिने उमेश यादव पक्राउ परेपछि विगतका थुप्रै रहस्यमय बनेको  अपराधको तथ्य एक पछि अर्को गरी उजागर हुँदैछ । 
संचारकर्मी उमा सिंहको हत्याका मुख्य योजनाकार स्वामी जि भनिने उमेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न सफल भए पछि अनुसन्धानको क्रममा प्रहरीले यादवको विगतको अपराधको लामो फेहरिस्त पत्ता लगाएको छ । यादवले २०६७ सालमा जानकी मन्दिरमा पूजारी नारायण दास माथि गोली प्रहार गरेको रहस्य उजागर भएको छ । पूजारी नारायण दास र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको शरीर एकै नासको भएका कारण यादवले चिन्न नसकेर महन्थलाई टारगेट गरेपनि नारायण दास तर्फ प्रहार भएको थियो । संयोगवस गोली कसैलाई पनि नलागि भागाभाग भएको थियो । जानकी मन्दिरका छोटा महन्थ रोशन दास भन्छन,“ आफुलाई स्वामीजी भनेर भन्ने गरेको र चन्दा मागेको थियो । गोली काण्ड पछि पनि पटक(पटक फोन मार्फत चन्दा माग्दै धम्की समेत दिने गथर््यो ।” त्यसैगरी बलहासघारामा नन्द किशोर साहमाथि समेत गोली प्रहार गर्ने कार्यमा स्वामीजी संलग्न रहेको प्रहरीले अनुसन्धानको क्रममा खुलाएका छन । यति मात्रै होइन , अचम्म नै मान्नुपर्छ, २ फागुन २०६४ मा धनुषाको भरतपुर(६ का २५ वर्षिय रमेश दाहाल र ४० वर्षिय लक्ष्मीकान्त राईलाई धारिलो हतियार प्रहार गरि घाँटि रेटी हत्या भएको बेला अज्ञात समुह भन्दै प्रहरीले वास्तविक अपराधी खोजी गर्न सकेका थिएनन । तर यादव पक्राउ परेपछि उक्त दुवै जनाको हत्या आफैले गरेको अनुसन्धानको क्रममा बयान दिएपछि प्रहरी लगायत पिडित परिवार समेत झसङ भएका थिए ।
प्रहरी निरीक्षक गोविन्द पुरीका अनुसार ज्वाला समुहबाट अलग भएर आफ्नै नेतृत्वमा गठन गरेको तराई एकता परिषद गठन गरेको वर्षगाँठ मनाउँन भन्दै राई र दाहाललाई  हत्या गरि आफ्नो पार्टीको वर्चस्व स्थापित गर्न खोजेको देखिन्छ । उमासिंहको हत्यामा संलग्न रहेका र धनुषा जिल्ला अदालतबाट जन्म कैदको सजाय समेत पाई जलेश्वर जेलमा कैदी बन्दीको जिवन विताईरहेका नेमलाल पासवान यादवको पार्टीको सैन्य कमान्डर रहेको यादवले स्वीकारेका छन । पासवानलाई पक्राउ गरेका तत्कालिन असई नागेन्द्र यादव भन्छन,“पासवान पनि उमासिंहको हत्यामा संलग्न रहेको र गोइत समुहको सैन्य कमान्डर रहेको त्यसबेला हामीलाई प्राप्त भएको सुचना अनुसार हामीले पासवानलाई पक्राउ गर्न कमला नदीमा घेरा मात्र हालेनौ, दुई तर्फि भिडन्त पनि भयो । प्रहरीको तर्फबाट करिव १० राउन्ड जवाफि फायर गरेपछि अन्य त भागे तर पासवानलाई खुट्टामा गोली प्रहार गरेपछि उनी ढले र हामीले हतियार सहित पक्रन सफल भयौं । ”यति मात्र कहाँ हो र यादवको अपराधको ग्राफ हेर्ने हो भने ९ मंसिर २०६९ मा रमदैया भवाडी गाविस ३ का ४५ वर्षिय किशोरी यादवलाई ना ३ ख ५५८७ नम्बर टूक सहित अपहरण गरि हत्याको घटनामा उनको प्रत्यक्ष संलग्नता रहेको प्रहरीले जनाएको छ । हातहतियार खरखजाना तथा अवैध चन्दा असुली कार्यमा संलग्न रहेको तथ्यका आधारमा हाल ईलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । मान्छे अपहरण गरेर फिरौती लिएर बुझाउने दर्जन भन्दा वढी घटनाको प्रमुख नाइके रहेको अनुसन्धानको क्रममा देखिएको भन्दै अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“स्वामीजी भनिने उमेश यादवको अपराधको ग्राफ हेर्दा पेशेवर अपराधी रहेको देखिन्छ । पक्राउ पर्नु भन्दा केही दिन अगाडी सम्म मात्र थुप्रै व्यक्तिबाट चन्दा असुलेको देखिन्छ ।”
भनिन्छ अपराधीले जतिसुकै अपराध गरे पनि एक न एक दिन कानुनको गिरफ्तमा पर्छ नै । आखिरकार संचारकर्मी उमा सिंहको हत्याका मुख्य योजनाकार स्वामी जि भनिने उमेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न सफल मात्र भएको छैन,थुप्रै रहस्यहरु खुल्दै गएका छन् । धनुषा प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेको यादवलाई पक्राउ गर्नु हरेक प्रहरी उपरीक्षकको प्रथम कार्यभार रहने गरेको बताउँदै आएपनि अन्तमा प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले पक्राउ गरेरै छाडे । भाद्र ३१ गते सोमवार धनगढीबाट भारत छिर्ने क्रममा धनुषाबाट खटेको प्रहरीको विषेश टोलीले यादवलाई पक्राउ गरेको थियो । प्रहरी उपरीक्षक उत्तम सुवेदीले यादव कुन कारणले सिंहको हत्या गरेको विषयमा अनुसन्धान भईरहेको जानकारी दिनु भयो ।
धनुषाको बलहा सघारा (१ बस्ने यादव सुरुमा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समुहबाट सशस्त्र गतिविधिमा लागेका उनि पछि आप्mनै नेतृत्वमा कथित तराई एकता परिषद पार्टी गठन गरेका थिए । धनुषा,महोत्तरी,सर्लाही सिरहाको प्रहरीको सर्वाधिक खोजिको सुचिमा रहेका यादवलाई पक्राउ गरेपछि विगतमा भएका अझै कतिपय रहस्यमय हत्याको समेत पर्दाफास हुने भएको छ । 
  आप्mनै घरमा २०६५ पुस २७ गते साँझ बसि रहेको अवस्थामा हतियार सहित आएका यादव सहितको टोलीले हत्या गरेको थियो । उमा सिंह हत्या घटनामा उनकी भाउजु ललिता सिंह र नेमलाल पासमान लाई जिल्ला अदालत धनुषाले जन्म कैदको सजाय सुनाएको छ । त्यसैगरि सो घटनाका अर्को अभियुक्त माओवादी नेता श्रवण यादवलाई अदालतले साधारण तारिखमा रिहा गरेको छ भने भतिाजा अभिषेशलाई समेत अदालतले साधारणमा रिहा गरेको थियो । प्रहरीको प्ररम्भीक प्रतिवेदनमा सिंहको हत्या जमिनी विवादको कारण भएको र उमेशसंग ललिताको रहेको सम्पर्कको कारणले उनले रकम लिएर हत्या गराएको प्रहरीको दावि रहेको छ । सिंहको हत्या पछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो । आप्mनै नेतृत्वमा सशस्त्र समुह गठन गरेर हत्या अपहरण जस्ता क्रियाकलाप गर्दै आएका थिए । प्रहरीले संचारकर्मी सिंहको हत्याको कारण र यसमा संलग्न रहेको अन्य व्यक्तिको समेत नाउ यादव पक्राउ परेपछि खुल्ने बताइएको छ । प्रहरीले यादवलाई मोवाइलको लोकेशनको आधारमा पक्राउ गरिएको हो । यादवले प्रयोग गर्दै आएको मोबाइल फोन टूेस गरी उनी धनगढीमा रहेको सूचना प्राप्त भए पछि करिब एक साताको अनुसन्धान बाट धनगढीको गौरी फेन्टा बाट नियन्त्रणमा लिइएको सुवेदीले बताए । यादवले प्रयोग गर्दै आएको युटीएलको सीमले लोकेसन पता लगाउन कठिनाई भयो सुवेदीले भने, विशेष टोलीले लैण्ड लाइन फोन पता लगाइ सके पछि यादवको घरको पता लगाइयो ।
सुवेदीका अनुसार यादव धनगढीमै आफ्नो घर बनाई श्रीमती र बाल बच्चाका साथ बस्दै आएका थिए । प्रहरीको टोलीले उनको घरमा छापामारी गर्दा फेला न परेको र करिब ५०० मिटरको दुरीमा रहेको भारतीय सिमाना बाट भाग्ने प्रयास गरि रहेकै बेला यादवलाई विशेष टोलीले नियन्त्रणमा लिएको उनले बताए । स्वामीजीले उमाको हत्या किन गरेको हो, कसले गर्न लगाएको हो, हत्यामा अरु संलग्नहरु को(को छन लगायतका प्रश्नहरुको उत्तर आउने दिनमा प्रहरीले अनुसन्धानको क्रममा खुलाई देश र जनतालाई उक्त रहस्यबाट पर्दाफास गर्नु जरुरी छ ।

मिति ः २०७०÷६÷६

No comments:

Post a Comment