Tuesday, September 24, 2013

लाखौं रुपैयाँ देखेपछि पागल भएँ ः गाविस सचिव यादव



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
‘२२ वर्ष हुलाकमा जागिर गरे, यत्रो रुपैयाँ एक साथ हुलाकमा काम गर्दा देखेको थिइनँ, गाविस सचिव भएपछि लाखौं रुपैयाँ देखेपछि पागल भएँ र रुपैयाँ लिएर फरार भएँ ।’ उक्त भनाई धनुषाका एक जना गाविस सचिवले दिएको बयान हो । सामाजिक सुरक्षा भत्ता वितरणका लागि लाखौं रकम एक जना गाविस सचिवले वितरण नगरी अययासीमा लुटाएका छन । यसरी जनताको रकम गोजिमा हालेर परस्त्री सँग अनैतिक सम्बन्ध राख्दै सुरा र सुन्दरीमा लुटाउने गाविस सचिव हुन, रामसुन्दर यादब ।
गाविस सचिबहरुले समाजिक सुरक्षा भत्ताको रकम व्यक्तिगत प्रयोजनमा खर्चिदै आएको आरोप लाग्दै आए पनि धनुषाका एक गाविस सचिवले समाजिक सुरक्षा भत्ताको लाखौ रुपैया लिएर नै फरार भएको खुलासा भएको छ । जेष्ठ नागरिक र एकल महिलाहरु समाजिक सुरक्षा भताको लागि गाविस सचिब खोज्दै जिविसको कार्यालय आएपछि खोजबिन गर्दा यस्तो खुलासा भएको हो ।
धनुषा सखुवा महेन्द्रनगरका तत्कालिन गाविस सचिब र जिविसका खरिदार धिरेन्द्र झा समाजिक सुरक्षा भताको रकम अनियमितता गरेको आरोपमा बिशेष अदालतमा मुद्दा खेपिरहेको खटना सेलाउन नपाउदै धनुषाकै एक सचिब लाखौ रुपैया लिएर फरार भएको घटनाले अहिले निकै चर्चा पाएको छ । धनुषाको उतरबर्ती क्षेत्र उमाप्रेमपुर र लवटोली गाविसका सचिब लाखौ रुपैया लिएर फरार भईदिएपछि जेष्ठ नागरिक, एकल महिला र अशक्तहरु बिचल्लीमा परेका छन ।
दुबै गाविसको संयुक्त कार्यभार सम्हाल्दै आएका गाविस सचिब रामसुन्दर यादब उमाप्रेमपुर गाविसको २ सय ३० जना एकल महिला, १ सय  ९३ जना जेष्ठ नागरिक, दुई जना पुर्ण अपाङ, ३ जना आशिंक अपाङ, ६३ जना  दलित बालबालिकाको नाममा समाजिक सुरक्षा भता बितरणको लागि लगेको करिब ४० लाख रुपैया लिएर नै फरार भएका छन ।
जिल्ला विकास समितिबाट १२ महिना कै लागि निकाशा लगेपनि उक्त सचिवले ३८ जनालाई आठ महिनाको रकम  वितरण गरेपनि अन्य रकम लिएर फरार भएपछि स्थानिय प्रशासनले पक्राउ पुर्जि नै जारि गर्नु परेको थियो । पक्राउ पुर्जी जारी भएपछि जिविसमा उपस्थित भएका उक्त सचिव यादवले साढे १८ लाख रुपैयाँ जम्मा गरेका छन । स्थानिय विकास अधिकारी गुरु सुवेदी भन्छन,“जिविसबाट वितरणका लागि लगेको ३६ लाख ६१ हजार रुपैयाँ मध्ये साढे १८ लाख रुपैयाँ सचिव यादवले बुझाएको र बाँकी रकम एक साता भित्र बुझाउने प्रतिवद्धता गरेका छन ।” कारवाही स्वरुप सचिव यादवलाई सेतो कागजमा ठाढो हाजिरी गराएको, घर जग्गा सम्पत्ती रोक्का गरिएको, लिखित स्पष्टिकरण माग गरिएको छ भन्दै एलडिओ सुवेदी भन्छन,“सचिवलाई कारवाही त हुन्छ नै तर आजको आजै बर्खास्त गर्न सकिन्न । निजामति कर्मचारीलाई विभागिय कारवाही सँगै सेवाका लागि भविष्यमा योग्य ठहरिने वा नठहरिने भन्ने कुरामा लोकसेवा आयोगसँग परामर्स लिनु पर्छ ।”
जेष्ठ नागरिक, असहाय र अशक्तको जीवनयापनमा सघाउ पु¥याउने उद्देश्यले सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको हो । धनुषाका विभिन्न गाविस सचिवहरुले समाजिक सुरक्षा भत्ताको नाममा जिविसबाट लगेको रकम आप्mनो निजी कामकाजमा खर्चिएकै कारण हरहिसाब मिल्न नसकेपछि २८ करोड भन्दा बढी रकम फछ्र्याैट हुन बाँकी रहेको छ । उमाप्रेमपुरका स्थानिय वासी तथा जेष्ठ नागरिक सरोकार समितिले पटक पटक धर्ना तथा ज्ञापन दिएपनि जिविसले उक्त सचिवलाई कारवाही गर्न तदारुक्ता नदेखाएपछि ६ असोजमा  जिविसमा फेरी घेराउ गर्ने बताएका छन । वृद्धवृद्धा, अपाङ्ग र असहायको नाममा आएको भत्ता अनियमितता गर्ने गाविस सचिव र कर्मचारीबाट रकम असुल उपर गरि कारबाही गर्नु जरुरी छ । धनुषामा वषोै देखि गाविस सचिवहरु गाविसमा नबसेर सदरमुकाम मै डेरा जमाई बस्दै आएका छन । कतिपय गाविस सचिवहरु आफ्नो कार्यालयमा फर्के पनि कति पय जनकपुरमा कोठा भाडा लिएर काम गरिराखेको अवस्थामा सेवा ग्राहीलाई मार्का पर्ने गरेको छ । स्थानीय विकास अधिकारीले गाउँमा फर्कन निर्देशन दिएपनि गाविस सचिवहरुले उक्त निर्देशनलाई अटेरी गर्दै आएका छन ।

मिति ः २०७०÷६÷६

No comments:

Post a Comment