Tuesday, August 27, 2013

समाजिक सुरक्षा भत्ताको लाखौं रकम लिएर गाविस सचिव फरार





द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गाविस सचिबहरुले समाजिक सुरक्षा भत्ताको रकम व्यक्तिगत प्रयोजनमा खर्चिदै आएको आरोप लाग्दै आए पनि धनुषाका एक गाविस सचिवले समाजिक सुरक्षा भत्ताको लाखौ रुपैया लिएर नै फरार भएको खुलासा भएको छ । जेष्ठ नागरिक र एकल महिलाहरु समाजिक सुरक्षा भताको लागि गाविस सचिब खोज्दै जिविसको कार्यालय आएपछि खोजबिन गर्दा यस्तो खुलासा भएको हो । 
    धनुषा सखुवा महेन्द्रनगरका तत्कालिन गाविस सचिब र जिविसका खरिदार धिरेन्द्र झा समाजिक सुरक्षा भताको रकम अनियमितता गरेको आरोपमा बिशेष अदालतमा मुद्दा खेपिरहेको खटना सेलाउन नपाउदै धनुषाकै एक सचिब लाखौ रुपैया लिएर फरार भएको घटनाले अहिले निकै चर्चा पाएको छ । धनुषाको उतरबर्ती क्षेत्र उमाप्रेमपुर र लवटोली गाविसका सचिब लाखौ रुपैया लिएर फरार भईदिएपछि जेष्ठ नागरिक, एकल महिला र अशक्तहरु बिचल्लीमा परेका छन । 
    दुबै गाविसको संयुक्त कार्यभार सम्हाल्दै आएका गाविस सचिब रामसुन्दर यादब ९ सय  २२ जना जेष्ठ नागरिक, एकल महिला, अशक्त र दलित बालबालिकाको नाममा समाजिक सुरक्षा भता बितरणको लागि लगेको करिब ४० लाख रुपैया लिएर नै फरार भएका छन ।
     जिल्ला विकास समितिबाट बितरणको लागि लगेको आठ महिनाको रकम लिएर नै फरार भएपछि स्थानिय प्रशासनले पक्राउ पुर्जि नै जारि गर्नु परेको छ  ।
जेष्ठ नागरिक, असहाय र अशक्तको जीवनयापनमा सघाउ पु¥याउने उद्देश्यले सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको हो । धनुषाका विभिन्न गाविस सचिवहरुले समाजिक सुरक्षा भत्ताको नाममा जिविसबाट लगेको रकम आप्mनो निजी कामकाजमा खर्चिएकै कारण हरहिसाब मिल्न नसकेपछि २८ करोड भन्दा बढी रकम फछ्र्याैट हुन बाुकी रहेको छ ।
    वृद्धवृद्धा, अपाङ्ग र असहायको नाममा आएको भत्ता अनियमितता गर्ने गाविस सचिव र कर्मचारीबाट रकम असुल उपर गरि कारबाही गर्नु जरुरी छ । धनुषामा वषोै देखि गाविस सचिवहरु गाविसमा नबसेर सदरमुकाम मै डेरा जमाई बस्दै आएका छन । कतिपय गाविस सचिवहरु आफ्नो कार्यालयमा फर्के पनि कति पय जनकपुरमा कोठा भाडा लिएर काम गरिराखेको अवस्थामा सेवा ग्राहीलाई मार्का पर्ने गरेको छ । स्थानीय विकास अधिकारीले गाउँमा फर्कन निर्देशन दिएपनि गाविस सचिवहरुले उक्त निर्देशनलाई अटेरी गर्दै आएका छन ।

मिति ः २०७०÷०५÷०९

No comments:

Post a Comment