Tuesday, August 27, 2013

धनुषामा थपिए २ हजार ५ सय ५४ मतदाता


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
दोस्रो पटकको लागि भाद्र १ देखि ७ गते सम्म थपेको म्यादभित्र जनकपुरमा २ हजार ५ सय ५४ जनाले फोटो सहितको मतदाता परिचय पत्र बनाएका छन् । सर्बसाधारणले जनकपुर स्थित जिल्ला निर्बाचन कार्यालय धनुषामा उपस्थीत भई फोटो सहितको मतदाता परिचय पत्र बनाएका हुन् । राजनीतिक सहमतिको आधारमा थपिएकोसमय भित्र जनकपुरमा क्रमशः भाद्र १ गते ५० जना, २ गते १ सय ९० जना, ३ गते ४ सय २४ जना, ४ गते ४ सय १७ जना, ५ गते ९१ जना, ६ गते ५ सय २७ जना र ७ गते ८ सय ५५ जना गरि कुल २ हजार ५ सय ५४ जना नागरिकहरुले मतदाता परिचय पत्रको लागि निर्बाचन कार्यालय पुगि फोटो खिचाएका छन् । उक्त संख्या मध्ये १ हजार ८ सय ४० जना मात्र धनुषाका मतदाता हुन भने बाँकी ७ सय १४ जना अन्यत्र जिल्लाका मतदाता रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।  जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख निर्वाचन अधिकृत जानकी कर्ण भन्छन,“
गाउँ गाउँबाट छुटेका मतदाताहरुलाई जनकपुर ल्याउन राजनीतिक दलहरुले उत्साह पुर्वक सक्र्रिय सहभागिता देखाएको भए उक्त संख्या अझै बढने थियो । तर दलहरुले उक्त कार्यलाई प्राथमिकतामा राखेको देखिएन ।” सरकारले थपेको समय एक साता भित्र फोटो सहितको मतदाता परिचय पत्र बनाउन नागरिकहरुको घुईचो नै लागेको थियो । सवैभन्दा वढी अन्तिम दिन मान्छेको भिड लागेको थियो । नगर भित्रका बासिन्दाले मतदाता नामबलीमा आफ्नो नाम दर्ता गराएपनि ग्रामिण क्षेत्रका हजारौ नागरिक अझै बन्चीत रहेको अनुमान गरिएको छ । मतदाता परिचय पत्रको लागि यस अघि नै धनुषाका ३ लाख ४१ हजार ८८ जना नागरिकले फोटो खिचाईसकेको निर्बाचन कार्यालयले जनाएको छ । जस अन्तरगत क्षेत्र नं. १ मा ४६ हजार ७ सय २८, क्षेत्र नं. २ मा ४५ हजार २ सय ३१, क्षेत्र नं. ३ मा ४८ हजार ५ सय १८, क्षेत्र नंं ४ मा ५२ हजार ९ सय ४६, क्षेत्र नंं ५ मा ४८ हजार ३, क्षेत्र नं. ६ मा ४९ हजार ६ सय ९५ र क्षेत्र नं. ७ मा ४९ हजार ९ सय ६७ जनाले मतदाता परिचय पत्र बनाएका थिए । ती संख्या मध्ये १ हजार ४ सय १९ जना बाहिरको जिल्लाका मतदाता थिए । अब सम्पुर्ण क्षेत्रमा कति मतदाता भए त्यसको हिसाव गर्न बाँकी रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।
त्यसैगरी महोत्तरीमा थप गरिएको म्याद भित्र १ हजार ६८ जना नागरिकले मात्र मतदाता परिचय पत्र बनाएका छन ।

मिति ः २०७०/०५/०९

No comments:

Post a Comment