Tuesday, August 27, 2013

छात्रालाई पेट्रोल छर्केर जलाइयो




द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

प्रेम प्रस्ताव स्वीकार नगर्दा धनुषा मुखियापट्टी मुसरनियाँकी एक किशोरीले शारिरक यातनाको शिकार बन्नुपरेको छ । किशोरी सँगै पढ्ने एक केटाले ‘मसँग प्रेम गरेनौ भने बच्न पनि नदिने ’ भन्दै जिउँदै जलाउने प्रयास गरेको छ । मुसरनियाँकी १८ वर्षीया एक छात्रालाई ४ भाद्र दिनको साढे ११ बजेको समयमा नजिकै रहेको भारत विहारको रामपुर गाउँबाट कोचिङग पढेर फर्कने क्रममा बाटोमा तुल्सीयाही गाविसमा बस्दै आएका १८ वर्षिय सन्तोष कुमार महत्तोले एक्कासी आएर पेटूोल छर्केर जिउँदै जलाउने दुष्प्रयास गरिएको पिडित परिवारजनले बताएका छन् ।
    जनकपुर अञ्चल अस्पतालको ओछयानमा जीवन र मृत्युसँग जुधिरहेकी उक्त छात्राको बाँया पट्टी कम्मर भन्दा माथि अनुहारसम्मको भाग जलेर सिकिस्त घाइते भएपछि थप उपचारका लागि ६ भाद्रमा धरान रेफर गरिएको छ । पिडक भारत विहार मधुवनी जिल्लाका पिगौना बस्ने सन्तोष महतो हुन् । उनि हाल धनुषा तुल्सियाही ७ स्थित मामा घरमा बस्दै आएका थिए । पिडक महतो भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको मटिहानी श्रीराम माविमा पढिरहँदादेखि पछि लागेका सन्तोषसँग बच्न अभिभावकले उक्त छात्रालाई भारत बिहारको मधवापुर विद्यालयमा भर्ना गरि गरेका थिए । तर त्यहाँ पनि एकतर्फी परिरहेको प्रेमको दबाव सहन नसकेर घर फर्किन । आइएस्सी पढ्ने उक्त छात्रालाई पछि लागेका सन्तोषले गाउँमै पुगेर प्रस्ताव गरेपनि नमानेकी छोरीलाई जिउँदै जलाउने प्रयास गरिएको पिडितका बुवाले बताए । उनका अनुसार कोचिङग पढेर फर्किरहेकी छोरीलाई मंगलबार बिहान ११ बजे बाटोमा एक्लो पाएको अवस्थामा जीउमा पेटूोल खन्याएर आगो बालिदिएको थियो । प्रायः सुनसान देखिने बाटो भएकोले कोही बचाउने सक्ने व्यक्ति नदेखेर  ती छात्रा एक्लैले धानको खेतमा आफैलाई लछारपछार गरी आगो निभाएकी थिइन् । उनको अनुहार, टाउको र हात लगायत शरिरको अन्य भागमा छाला डढेको छ । तीन दिनदेखि जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ मालतीको स्वास्थ्यमा खासै सुधार नदेखिएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारको लागि धरान लग्न सुझाए पछि धरान रेफर गरिएको हो ।
    घटना लगत्तै जानकारी पाएको मुखियापट्टी प्रहरी चौकीले घटना स्थलबाट बरामद गरेको सलाई र साइकलको आधारमा घटनामा सन्तोषको संलग्नता पहिचान भएको प्रहरीले जनाएको छ । उनलाई सम्पर्कमा ल्याउन दबाव स्वरुप तुल्सियाही (७ बस्ने सन्तोषका नाना(हजुरबुवा) लक्ष्मी महतोलाई प्रहरीले पक्राउ गरे पनि कांग्रेसको स्थानीय नेताको दबावमा छोडेको आफन्तले आरोप लगाएको छ । यता,प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरले घटनाको अनुसन्धान भईरहेको बताए । अपराधिको पहिचान भईसकेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलकी प्रमुख सुभद्रा आलेले भने,‘ अपराधि भारत तिर फरार भएकोले केहि समस्या भईरहेको छ तर अपराधीको आमालाई पक्राउ गरी अपराधी समात्न प्रयत्न गरिने छ ।’


मिति ः २०७०/०५/०९

No comments:

Post a Comment