Sunday, April 7, 2013

अपहरण गरी हत्या गर्ने गिरोह धनुषा प्रहरीको फन्दामा जलेश्वर कारागारबाट दिईन्थ्यो निर्देशन


द एक्सक्लुसिभ सम्वाददाता.....   
धनुषाको रमदैया वडा नम्बर ३ बस्ने  ५५ बर्षका किशोरी यादव तथा महोत्तरीको  सुन्दरपुर १ बस्ने पंकज यादवको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अंचल प्रहरी कार्यालय जनकपुरमा  १९ चैत्र २०६९ मा आयोजित पत्रकार सम्मेलनमा तीनै जना अभियूक्तलाई सार्वजनिक गरिएको छ । धनुषा तथा महोत्तरी प्रहरीको सक्रियतामा पक्राउ परेकाहरुमा सिरहा जिल्लाको अरनामा ९ लालपुर बस्ने  २२ बर्षका गणेश कुमार सिँह महतो, धनुषा जिल्लाको भरतपुर गाविस ३ छोगरिया बस्ने ४३ बर्षका कुशेश्वर ठाकुर र भारतको भिठामोडको  हनुमाननगर देवानजी टोल बस्ने ४८ बर्षका एैलुन राईन हुन् । गएको पुष  १३ गते ना ३ ख ५५८७ नम्बरको टूक सहित टूक धनी एवं चालक किशोरी यादव महोत्तरीको रामनगर चिनी मिलबाट फर्किदैं गर्दा अपहरणमा परेका थिए । टूक धनी किशोरी यादवको शव माघ १० गते सर्लाहीको भक्तिपुर जंगलमा भेटिएको थियो भने टूक १८ चैत्रमा  महोत्तरी स्थित नेपाल भारतको सिमा भिठामोड नाकाबाट नियन्त्रणमा लिइएको एसएसपी शिव लामिछानेले बताउनुभयो । टूक नम्बर ना ३ ख ५५८७ को स्वरुप परिवर्तन गरि भारतिय नम्बर एद्यज्ञद्दढठद्दज्ञ प्रयोग गरेर संचलानमा रहेको सुराक पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारगारमा जेल सजाय काटि रहेका भारतिय नागरिक शशिनाथ झाको मुख्य निर्देशनमा टूक बेपत्ता बनाउनुका साथै  ट्रक धनी किशोरी यादवको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । महोत्तरीको जलेश्वर ५ बस्ने जिवछ अन्सारीको घरमा बसेको अपराधीहरुको बैठकले हत्याको योजना बनाएको र सो घटना गराउन झाले १ लाख ३४ हजार रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।     त्यस्तै गएको चैत्र १२ गते महोत्तरीको सुन्दरपुर १ बस्ने  २५ बर्षका पंकज यादवको हत्यामा समेत यही गिरोहको संलग्नता रहेको प्रहरीले जनाएको छ । ज २ प  ३८८२ नम्बरको मोटरसाईलक सहित अपहरणमा परेका  पंकजको परिवारबाट फिरौती स्वरुप ७ लाख रुपैयाँ समेत लिईएको प्रहरीले जनाएको छ । पंकजको हत्या पश्चात महोत्तरीको अंकार गाविस वडा नम्बर ४ स्थित बेला खोलाको किनारमा शव गाडिएको थियो । १८ चैत्रमा नै उत्खनन पश्चात प्रहरीले पंकजको शव बरामद  गरेको छ भने मोटरसाईकल धनुषाको सखुवा महेन्द्रनगर स्थित खेतमा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मानिएका अभियूक्तहरु मध्ये धनुषाको सखुवा महेन्द्रनगर २ का विक्रु भनिने कृष्ण पुर्वे, नक्टाझिज  २ का दुर्योधन भनिने दिपनारायण राय कुर्मी, बल्हा सघारा १ बस्ने एवं तराई एकता परिषदका अध्यक्ष स्वामी भनिने उमेश यादव , महोत्तरीको भटुलिया ३ घर भई हाल जलेश्वर ५ मा बस्ने एवं मुस्कान सेना नामक संगठनको जिल्ला इन्चार्ज जिवछ अन्सारी तथा भारत भिठामोडको हनुमाननगर देवान जी टोलका ललित मिश्रा फरार रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस घटनामा संलग्न तराई एकता परिषदका अध्यक्ष स्वामी भनिने उमेश यादव  जनकपुरकी महिला पत्रकार उमा सिँहको हत्यामा पनि प्रमुख भूमिका रहेको प्रहरीले जनाएको छ  । अन्य फरार अभियूक्तलाई पक्राउ गरि आवश्यक कारवाही अघि बढाईने एसएसपी शिव लामिछानेले दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा धनुषाका एसपी बसन्त पन्त, महोत्तरीका एसपी पवन खरेल उपस्थित थिए ।
किन गरियो हत्या ?
शशिनाथको योजना अनुसार उसको भान्जा ललितका लागि भारतमै कारोबार गर्नका निम्ति एउटा टूक नियन्त्रणमा लिने योजना थियो । उक्त योजनालाई मुर्त रुप दिन पैसा लिएका गणेशले कुशेश्वर, विक्रु भन्ने कृष्ण, दुर्योधन भन्ने दिपनारायण र जिवछ अन्सारी समेतले १३ मंसिर महोत्तरीको रामनगर चिनी मिलमा उखु अनलोडगरी राजमार्ग तर्फ निस्कने क्रममा रहेको ना.३.ख.५५८७ नम्बरको टूकलाई रोकी लिफ्ट मागि टूक धनी तथा चालक रमदैया भवाडी ३ का किशोरी यादवलाई नियन्त्रणमा लिई अपहरण गरिन्छ ।     उनीहरुको योजनाअनुसार टूक चालकलाई छाडि दिने रहेपनि नियन्त्रणमा लिएको टूकलाई चलाएर भारत लग्न सँगैआएका  चालक नक्टाझिझ २ का दुर्योधन भन्ने दिपनारायण कुर्मीलाई अपहरीत चालक किशोरीले चिन्दछ । प्रहरीका अनुसार, कुनै बेला दुवैजना सँगै काम गर्थे त्यसकारण अपहरित किशोरीले आफुलाई अपहरण गरेर कहाँ लग्न खोजेको प्रश्न गर्दाे यसले त आफुलाई चिन्यो, भोली प्रहरीमा म पक्राउ परे म सबैको नाम पोलिदिन्छु दुर्योधनले बताएपछि अपहरणकारीहरु अपहरणको कुनै पनि प्रमाण नराख्न अपहरण गरिएको राती नै सर्लाही भक्तिपुर ६ स्थित जंगलमा घाँटी रेटी किशोरीको हत्या गर्छन । हत्या पश्चात उक्त टूक रौतहट जिल्लाको बरगिनियाँ नाकामा भारत भिठामोडका ललित मिश्रा, धनुषा सघाराका उमेश यादव(स्वामी), भारत भिठामोडका अइलुन राइनलाई  भेटी टूकको जिम्मा लगाईन्छ । ललित मिश्राले उक्त टूक नम्बर ना ३ ख ५५८७ को स्वरुप परिवर्तन गरि भारतिय नम्बर एद्यज्ञद्दढठद्दज्ञ प्रयोग गरेर संचलानमा रहेको सुराक पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । दोस्रो घटनामा पंकजलाई अपहरण गर्नु अगाडी कृष्णाले पंकजसँग मित्रता गाँस्दछ । फिरौतीकै लागि पंकजले प्रयोग गरेको ज.२.प. ३६८२ नम्बरको मोटरसाईकल सहित पंकजलाई अपहरण गरिन्छ । फिरौती लिएर रिहा गर्दा आफुहरुको ज्यान खतरामा पर्ने भन्दै अपहरणकारीहरुले ४ चैत्रमा महोत्तरीको अंकार गाविस स्थित बेला खोलाको किनारमा लगि धारिलो हतियारले घाँटी रेति हत्या गर्छन । गणेशले पंकजको छद्म आवाजमा बोलेर उसको बुवालाई फिरौतिको लागि सहमत गराउँछन । पछि रु ७ लाख फिरौती लिन पनि सफल हुन्छन । धनुषाका प्रहरी उपरीक्षक बसन्त पन्त भन्छन,“उक्त २ घटनाले के देखाउछ भने पेशेवर अपराधीहरु संगठित भई पैसा कमाउनका निम्ति अपहरण गर्ने र कुनै पनि प्रमाण बाँकी नराख्न तथा अपहरितको टेन्सन समेत नबोक्नका निम्ति हत्या नै गर्ने गरेको छ । गणेशको घर सिरहा भएपनि कोठा भाडा जलेश्वर जेल नजिकै लिनु र जेलबाटै सम्पुर्ण अपराधको योजना बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

No comments:

Post a Comment