Tuesday, August 8, 2017

नेपाली कांग्रेस नै संविधान संशोधन गर्न चाहँदैन ः कमल थापा (अन्तरबार्ता)

राष्टिूय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष तथा देशका पुर्व उपप्रधान तथा परराष्टूमन्त्री कमल थापा पनि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर दुईमा घुमिरहेका छन् । प्रचार प्रसारका लागि १८ साउनमा जनकपुर आईपुगेका कमल थापासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले लामो कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

प्रथम चरण र दोस्रो चरणको स्थानीय तहको निर्वाचन परिणामलाई कसरी लिनु भएको छ ?
प्रथम चरणको चुनावको परिणाम अत्यन्तै निराशाजनक थियो । दोस्रो चरणमा केही सुधार देखिए । अब ती दुवै चरणमा देखिएका कमि कमजोरीबाट पाठ सिक्दै तेस्रो चरणको परिणाम राम्रो ल्याउन पार्टीले उच्च प्राथमिकताका साथ तयारीलाई अगाडी बढाएको छ । चुनाव तयारी सँगसँगै पार्टीको संगठन निर्माण तथा विस्तारलाई पनि ध्यान दिएका छांै ।
किन नराम्रो ढंगले पराजित हुनु भयो ? जवकी संविधानसभाको दोस्रो निर्वाचनमा त तपाईको पार्टी चौथो शक्ति थियो । अहिले स्थानीय तहमा त पार्टीको अतोपतो पनि देखिँदैन ।
चुनाव हार्नुमा हाम्रो आफ्नै कमि कमजोरी पनि थिए । पार्टीको संगठन पनि कमजोर भएको महशुश गरिएको हो । आम जनतालाई पनि के लाग्यो भने पार्टीले आफ्नो सिद्धान्त, एजेण्डा र अडानलाई छाडेर सत्तामुखी भयो भन्ने भ्रम पनि परेको हो । त्यसकारण यस पटक अब हामी सत्तामा नजाने निर्णय नै गरिसकेको छौं । यस पटक प्रतिपक्षमा बसेर पार्टीको सिद्धान्त र एजेण्डाको प्रतिरक्षाको लागि सशक्त ढंगमा प्रस्तुत हुने तयारी गरेका छौं । र, जनताको हितमा एजेण्डामा पनि सशक्त भई अगाडी वढ्ने तयारी गरेका छौं ।
तपाईको हिन्दुत्वको एजेण्डा, राजसंस्थाको एजेण्डालाई जनताले पत्याएनन भनेर विश्लेषण गर्न मिल्छ । दुई चरणको चुनाव परिणाम पछि ।
स्थानीय तहको आफ्नो किसिमको ‘डायनामिक्स’ हुन्छन् । त्यस्तो प्राथमिकताका आधारहरु फरक हुन्छ । दुई चरणको स्थानीय तहको निर्वाचन परिणामले राप्रपाको एजेण्डाको औचित्यले सक्कियो भन्ने निश्कर्ष निकाल्नु पनि अतिश्योक्ति नै हुन्छन् ।
सर्वधर्म समभाव, पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्टू र देशको साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्र हाम्रो मुख्य एजेण्डा हो । त्यसको सर्वकालिन महत्व पनि हुन्छ ।
जनतालाई के लाग्यो भने हामीले कांग्रेस, एमाले र माओवादीको विकल्पका रुपमा राप्रपालाई भोट दिएको हो । तर राप्रपा त तिनकै पछि पछि लागि सत्तामुखि भए । त्यसकारण पनि हामी हारेको हो । अब हामी त्यही ‘कोर्स करेक्सन’ गर्न चाहन्छौं । बाटोमा सुधार र परिमार्जन हामीले गर्दै जाने हो ।
राप्रपा र राप्रपा नेपाल एकताबद्ध भई राप्रपा त बन्यो । तर पार्टीमा विभाजन सँगसँगै चरम गुटबन्दी पनि देखियो । सबैले तपाईको नेतृत्व शैली माथि प्रश्न उठाईरहेका छन् नि ?
राप्रपाको जन्म पुर्व पञ्चहरु अथवा पुर्व पञ्चायतका नेताहरुबाट भएको हो । विगतमा निर्दलिय व्यवस्थामा काम गरेका व्यक्तिवारी चरित्र र संगठनमा काम गरेको प्रवृति बहुदलिय र प्रतिस्पर्धामा पनि हावी हुन खोज्छ । पर्ने निर्दलिय प्रवृति र चरित्रको अवशेष हाम्रो पार्टीमा पनि यदाकदा देखिन्छन् । तर, ती अवशेषहरु देखिए पनि पार्टी विचलित हुनु जरुरी छैन । सवै ठिक भएर जान्छ ।
पार्टीको एजेण्डा त्यही पुरानो परम्परागत र रुढीवादी राख्ने हो भने नेतृत्व पनि त्यस्तो हुनु अस्वाभाविक हो र ?
हामीले एजेण्डामा पनि धेरै परिमार्जन गरिसकेको छौं । हाम्रो पार्टी निर्दलिय व्यवस्थाबाट बहुदलिय प्रतिस्पर्धालाई स्वीकार गरिसकेको छ । प्रजातन्त्रको मुलभुत मान्यता पनि यही नै हो , भन्ने स्वीकार गरेको छ ।
जहाँसम्म राजसंस्थाको कुरा हो । हामीले हिजोको पञ्चायतकालीन वा भनौं २०६२÷६३ को राजसंस्था भन्दा पनि गणतन्त्रवादीहरुले पनि चित्त बुझाउने गरी संसदको नियन्त्रणमा रहने देशको साझा संस्थाको रुपमा राजसंस्था खोजेको हो ।
हिन्दुत्वको सवालमा भन्ने हो भने पञ्चायतकालमा समेत राष्टिूय राजनीतिको एजेण्डा हिन्दुत्व थिएन । बहुदलिय प्रजातन्त्रमा थिएन । २०६२÷०६३ पछि परिवर्तनलाई संस्थागत गर्ने नाममा बाह्य शक्तिको दवाव र प्रभावमा परेर धर्मनिरपेक्षता लाद्ने काम भयो । धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र संगठित रुपमा जव धर्म परिवर्तन गर्न लगाइयो अनि आएर हिन्दुत्वको एजेण्डालाई हाम्रो पार्टीले प्रमुख एजेण्डा बनाएको हो ।
तपाईको पार्टीको राजनीतिक दर्शन के हो ?
राप्रपालाई ‘स्लाईट राईट दु दि सेन्टर’ बीच भन्दा अलिकति दक्षिण तर्फको पार्टीको रुपमा निर्माण गर्न खोजेका छौं । बैचारिक दर्शनको रुपमा ‘कन्जरभेटिज्म’ अथवा नेपाली सम्बद्र्धनबादको रुपमा अगाडी वढाउन चाहन्छौं । जसको आफ्नो धर्म, संस्कृति, परम्परा, मुल्य मान्यताको संरक्षण गर्ने उद्देश्य रहन्छ भने राष्टिूयतालाई मुख्य एजेण्डाको रुपमा अगाडी सार्दै आफ्नो गौरवपुर्ण इतिहास, परम्परालाई संरक्षण गर्ने उद्देश्य रहन्छ । र, मुलुकको आर्थिक विकासका लागि उदारवादी अर्थतन्त्र हो मान्यता राख्दछ । हाम्रो पार्टी पुरातनवादी, रुढीवादी माग होईन समय र परिस्थिति अनुसार परिमार्जन पनि गर्दै लगेका छौं ।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बीच एक अर्कालाई वामपन्थी भन्दा पनि दक्षिणपन्थीको विल्ला भिडाईदैछ । के ती  दुई वामपन्थी दलले तपाईको स्पेश खोसेको हो ?
वास्तवमा भन्ने हो भने यो देशको मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आआफ्नो पार्टीको सिद्धान्तबाट विचलित छन् । घोषित रुपमा घोषणा पत्रमा पार्टीको अवधारणा पत्रमा विधानमा केही कुरा लेख्ने र व्यवहारमा अर्कै कुरा गर्ने गरेका छन् । सिद्धान्तबाछ जव दल विचलित हुन्छ तव त्यहाँ अनैतिकता हावी हुन्छ । अहिले दुई वामपन्थी दल माओवादी र एमाले बीच जसरी बैचारिक आरोप प्रत्यारोप भईरहेको छ, त्यो सैद्धान्तिक विचलनबाट सृजना भएको मानसिक उपज हो ।
प्रदेश नं. २ मा हुने स्थानीय तहको चुनावका लागि के तयारी गर्नुभएको छ ? कस्तो एजेण्डा उठाउनु भएको छ ?
स्थानीय तहको चुनावका लागि हामीले मुख्य रुपमा ४ वटा एजेण्डालाई उच्च प्राथमिकताका साथ अगाडी बढाएका छौं ।  पहिलो सर्वधर्मका बीच समानता, बराबरीको स्वतन्त्रता, नेपाललाई सनातन हिन्दु धर्म सापेक्ष राष्टू बनाउने । दोस्रो, मधेसको जनताको अधिकार र पहिचानको संरक्षण र सम्बद्र्धन गर्ने । तेस्रो, समग्र आर्थिक विकास । र, चौथो भ्रष्टाचार मुक्त प्रशासन । तेस्रो चरणको चुनावको तयारीका लागि पार्टीका उपाध्यक्ष तथा पुर्व मन्त्री बुद्धिमान तामाङ्गको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । उपाध्यक्ष राजिव पराजुली, रामचन्द्र राय, उपसभामुख गंगा प्रसाद यादवलाई सल्लाहकार बनाइएको छ । सचिवहरु सुशिल कुमार श्रेष्ठ, सहायक सचिव चन्देश्वर यादव, शत्रुधन महासेठ, गिरधारी प्रसाद चौधरीलाई निर्वाचन परिचालन समितिमा राखिएको छ ।
१५ राउत देखि १८ साउन सम्म महोत्तरी, सिरहा, सप्तरी र धनुषा जिल्लामा जिल्ला स्तरीय भेला सम्पन्न गरेका छौं । २४ देखि २८ साउन सम्ममा सर्लाही , रौतहट, वारा र पर्सामा समेत भेला गर्ने छौं । भदौमा आठ वटै जिल्लामा आमसभाहरु गरिनेछन् ।
२०५४ सालमा स्थानीय तहको निर्वाचनमा राप्रपा तेस्रो शक्ति भएको थियो । अब प्रदेश नम्बर २ म कस्तो परिणामको अपेक्षा गर्नु भएको छ ?
विगतमा राप्रपाका नेपालकै पनि संविधानसभाको दोस्रो चुनावमा पुरै मधेसमा समानुपातिकमा राम्रो मत आएको थियो । राप्रपाको मधेसमा परम्परागत रुपमै प्रभाव रहँदै आएको छ । तर, २०६२÷०६३ को परिवर्तन पछि देशैभरी संगठन क्षत विक्षत भयो ।
मधेस राप्रपाको लागि उर्बरा भुमि भएको ठाउँ हो । वैचारिक दृष्टिकोणले पनि । किनभने पहाडको कतिपय जिल्लामा ५० प्रतिशत भन्दा पनि जनसंख्या हिन्दु छ । जबकी मधेसको सबै जिल्लामा ९० प्रतिशत भन्दा वढी हिन्दु मान्यतामा विश्वास गर्नेहरु छन् । बहुसंख्यक जनता हिन्दु राष्टू चाहन्छन् । मधेसका जनता स्वाभावैले पनि परम्परा र मुल्य मान्यतालाई बोक्ने भएकाले राप्रपा पार्टी बैचारिक दृष्टिकोणले मधेससँग मेल खाने हुन्छ । राजा सहितको लोकतन्त्रको पक्षमा मधेसमा जनमत विभाजित रहे पनि मधेसले राजसंस्था चाहन्छ । त्यसैले प्रदेश नम्बर २ मा राप्रपालाई जनताले राम्रो स्थान दिनेछन् भन्नेमा मलाई पुर्ण विश्वास छ ।
विगतको स्थानीय चुनावमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका छन् । राप्रपा किन धेरै पछाडी पर्यो ?
संगठनिक समस्या आर्थिक साधन स्रोतको अभावका कारण हाम्रो पक्षमा परिणाम आएन । चुनावमा ब्रम्हलुट मच्चाए रुपैयाँको खोला नै बगाए, कांग्रेस , एमाले र माओवादीले । एउटा वडामा ५० लाख रुपैयाँ सम्म खर्च गरे । हेर्नुस तिनीहरु सत्तापक्ष होस वा प्रतिपक्ष सबैले राज्य सत्तामा ब्रम्हलुट मच्चाएका छन् । प्रशासनमा पुर्ण रुपमा कब्जा जमाएका छन् । सिन्डीकेटमा देशका सबै संयन्त्रलाई पंगु बनाएका छन् । तिनीहरुको सम्पति अब लाख, करोडमा होईन अरबौंमा पुगिसकेका छन् । नेताहरुलाई कारवाही गर्न लग्दा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई नै महाअभियोग लगाएर हटाईदिए । त्यसमा सत्ता पक्ष र प्रतिपक्ष दुवै मिले ।
संविधान संशोधन विधेयक निर्णयका लागि पेश गर्ने लाग्दा तपाईको पार्टीका १०÷१२ जना सांसदहरु गायव भए । राप्रपाकै कारण संविधान संशोधन हुन सकेन भनेर भनिँदैछ । के हो सत्य तथ्य ?
नेपाली कांग्रेस र माओवादी केन्द्रको नियोजित प्रोयोगण्डा हो, त्यो । हाम्रा पार्टीका केही सांसदहरु संसदीय दलको वैठकमा विशेष कारणवश अनुपस्थित हुनु भएको थियो । संशोधन विधेयक निर्णयक निर्णयार्थ प्रस्तुत भएको भए पार्टीको ह्वीपलाई सबै सांसदले मान्नु हुन्थ्यो ।
नेपाली कांग्रेस, माओवादी, राप्रपा लगायतका दलले पहिले नै यो संविधान संशोधन विधेयकलाई निर्णयार्थ प्रस्तुत नगर्ने निर्णय गरिसके पछि ढाकछोप गर्न राप्रपालाई उहाँहरुले दोष लगाउनु भएको हो । हो, हाम्रो पार्टीका केही सांसदहरुले असंतुष्टि पोखेको हो । तर, तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा बोलाएर मलाई के भन्नु भयो भने,‘अब यो संशोधन विधेयक निर्णयार्थ पेश नगर्ने भनेर निर्णय गरेका छौं । तपाईलाई जानकारी दिएको हो ।’ अनि मैले पनि ठिकै गर्नु भो । हाम्रो पार्टीका पनि केही सांसदहरु असंतुष्ट छन भनेर भनेको थिएँ ।
तर, तपाईको सांसदकै कारण संशोधन भएन भएन भनेर मधेसमा कांग्रेस, माओवादी, फोरमका नेताहरुले भनिरहेका छन् ।
मुख्य कुरा के हो भने नेपाली कांग्रेस, माओवादी संविधान संशोधन गर्नै खोजेका छैनन् । जतिबेला दुई तिहाई पुगिरहेको थियो, त्यतिबेला निर्णयार्थ पेश गरिएन । अब फेरी राजपालाई सोधेर पास वा फेल जे हुने भनेर लग्ने कुरा गरिँदैछ । जव विधेयक फेल हुने निश्चित भईसक्यो अनि लग्ने कुरा हुँदैछ । म त के भन्छु भने कांग्रेस राजपालाई चुनावमा ल्याउने चाहँदैन । राजपा चुनावमा नआए त्यसको फाईदा कांग्रेसलाई हुने उद्देश्यले संशोधन गराउनै चाहेको छैनन् ।
संशोधन विधेयक पारित गराउनु पर्छ भनेर कांग्रेस र माओवादीले खोई केन्द्रित कमिटिबाट पास गराएको ? विधेयक यदि निर्णयार्थ पेश भयो भने कांग्रेस र माओवादीकै सांसदहरु कति अनुपस्थित हुन्छन, कति ।
संशोधन विधेयकलाई लिएर तपाईको पार्टीको धारणा के हो ?
यो संशोधन विधेयकको सवालमा म तपाईको संचारमाध्यम मार्फत प्रष्ट कुरा शत्रुवद्ध रुपमा नै भन्छु  । पहिलो, संशोधन विधेयकको पक्षमा राप्रपा सकारात्मक छ । दोस्रो विधेयक मतदानमा लैजाने भन्ने सत्तापक्षले निर्णय गरी लग्नु पर्यो । त्यस्तो अवस्थामा हाम्रो पार्टीको केन्द्रिय समितिले के निर्णय गरेको छ भने पार्टीका असंतुष्ट सांसदहरुलाई पनि चित्त बुझाएर एक मतका साथ अगाडी बढ्न कार्यसम्पादन समितिलाई निर्देशन दिने । तसर्थ त्यस्तो अवस्थामा कार्यसम्पादन समितिले एक ठिक्का भई निर्णय गर्नेछ । तेस्रो धर्मनिरपेक्षताको खारेजी हिन्दु राष्टूको पुनसर््थापनाको माग राखी राप्रपाले संसदमा दर्ता गराएको संशोधन विधेयक पनि लग्नुपर्छ ।
एमालेको संशोधन विधेयक सम्बन्धि पारित हुन नदिने अडानलाई कसरी लिनु भएको छ ?
एमालेले आफ्नो अडान राख्न पाउँछ । तर, संशोधन गर्ने दिन्ना भनेर प्रक्रियालाई रोक्नु गलत हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा म आफै वाटो समितिको संयोजक थिए । त्यतिबेला मन्त्री परिषदबाटै सीमाङ्कन लगायत अन्य विषयहरुमा राष्टिूय सहमति जुटाई संशोधन गर्न तयार रहेको निर्णय नै गरिएको थियो । त्यो पत्र मैले बार्ता समितिको संयोजकको हैसियतले मधेसी मोर्चालाई पत्र नै पठाएको थिएँ । त्यसैले एमालेले संशोधनको विरोध गर्न त पाउँछ, विपक्षमा नै मतदान पनि गर्न पाइन्छ । तर, संसदमा प्रक्रियामा त जान दिनु पर्छ ।
राजपा नेपाल चुनावमा आउँछ त ?
हेर्नुस राजपा नेपाल आफै अन्यौल ग्रस्त छ । कहिल्यै कांग्रेस माओवादीले खेलाईरहेको ह त कहिले लैनचौरले । सिटी बजायो कि राजपा दौडिहाल्ने । कांग्रेसले त राजपा चुनावमा नआईदिए हुन्थ्यो भन्ने रणनीति नै बनाएको छ । अर्को कुरा अहिलेको संशोधनले खासै तात्विक महत्व राख्छ भन्ने पछि छैन । खाली पेश सेभिङ्गका लागि माग हो । फेस सेभिङ भने चुनावमा भाग लिने नत्र नलिने भन्नु उपयूक्त होइन । म त के भन्छु भने राजपाले कांग्रेस, एमाले र माओवादीको नियतलाई जनता अगाडी मजाफोर गर्दै चुनावमा जानु नै उपयूक्त हुन्छ ।
एकातर्फ त तपाई राष्टिूय स्वाधीनताको कुरा गर्नु हुन्छ । अर्को तर्फ भारत भ्रमणमा जाँदा विदेश मन्त्री सुष्मा स्वराजलाई मधेस समस्या समाधानका रोडम्याप भनेर ४ बुँदे नन एग्रीमेन्ट पेपरपनि बुझाउनुभयो नि ?
हेर्नुस , यो राप्रपालाई बदनाम गर्नका लागि चलाइएको प्रोपोगण्डा मात्र हो । जब मलाई ओली नेतृत्वको सरकारमा मधेसी मोर्चासँग बार्ताका लागि संयोजक बनाइयो । तब, मैले प्रधानमन्त्री निवास बालुवाटा नै मधेस समस्या समाधानका लागि ४ बुँदे रोडम्याप तयार गरेको हो । त्यतिबेलाका प्रतिपक्ष, आन्दोलनरतपक्ष सबैको सर्वसहमतिमा त्यो ४ बुँदे बनाइएको हो ।
त्यही शिलशिलामा भारत भ्रमणमा म गएको बेला विदेश मन्त्री सुष्मा स्वराजसँग भेट हँुदा नेपालको चासो राखे पछि समस्या समाधानका हामीले पहल गर्न ४ बुँदे रोड म्याप बनाएको भनेर भनेको हो । तर, म नेपाल नफर्कदै राप्रपाको एजेण्डाको विरुद्धमा नेपालका केही बुद्धिजिवी, नागरिक समाज र पत्रकारहरु संगठित रुपमै नियोजित रुपमै भ्रम छारिदिए । मेरो विरुद्ध सेभोटाईजको बातावरण निर्माण गरिदिए । म तपाईको संचारमाध्यमबाट के प्रष्ट भन्न चाहन्छु भने यदि कसैले पनि मैले सुष्मा स्वराजलाई त्यो ४ बुँदे नन अग्रिमेन्ट पेपर बुझाएको प्रमाण सहित प्रमाणित गरि दियो भने मलाई जस्तो सुकै सजाय दिए पनि सहन तयार हुनेछु । कमल थापा, नेपालको आन्तरिक मामिलाका विषयमा विदेशमा गएर बुझाउने व्यक्ति होइन ।
तपाई यो देशको परराष्टू मन्त्री रहि सक्नु भएको छ । नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको हो ?
निश्चय पनि २०६२÷०६३ को परिवर्तन पछि बाह्य शक्तिको चलखेल, प्रभाव नेपालमा तिब्र रुपमा बढेर गएको छ । नेपाल अन्तर्राष्टिूय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धाको स्थल बन्न सक्ने खतरा देखिएको छ ।
बाह्य शक्तिको चलखेल र प्रभावले गर्दा नेपाली जनताको निर्णयात्मक कमजोर भएको छ । र, आत्म समर्पणवादी मानसिकता हावी भएको छ । त्यसको निम्ति म बाह्य शक्ति वा कुनै पनि मित्र राष्टूलाई दोष दिन चाहन्न । त्यसको निम्ति मुख्य दोषी आफुलाई प्रमुख भन्ने राजनीतिक दल र तिनका नेताहरुमा हावी भएको लम्पसरवादी नीति वा आत्मसमर्पणवादी मानसिकता नै मुख्य रुपमा जिम्मेवार छ ।
सत्तामा पुग्नको निम्ति र सत्तामा पुगिसकेपछि टिक्नको निम्ति वाह्य शक्तिको सहयोग र आर्शिवाद चाहिन्छ । भन्ने जुन मानसिकता केही प्रमुख राजनीतिक दलका केही सिमित नेताहरुमा देखिएको छ, त्यही नै यसका लागि जिम्मेवार छन् ।
तपाईले देउवा सरकारलाई समर्थन गर्नु भएको छ तर सरकारमा सहभागी किन नहुनुभएको ?
यो सरकारको नेतृत्व शेरबहादुर देउवाले गरिरहुन्जेल सम्म राप्रपा सरकारमा सहभागी हुँदैन ।
समर्थन फिर्ता लिनु हुन्छ त ?
त्यो समयले बताउँला । अहिले त्यसबारे केही भन्दिन ।


२०७४ श्रावण २२ गते आईतबार

No comments:

Post a Comment