Sunday, December 4, 2016

मधेसवादी दललाई एउटा पत्र : अनुज मिश्र

प्रिय मधेसवादी दल,
एउटा सानो चिट्ठी लेख्न एकाविहानी देखि मनभित्र कतुहूलता जागेको छ त्यै सन्दर्भ कोट्याउँदै लेख्दैछु । त्यति ठुलो आंदोलन भो,सम्पुर्ण मधेसी जनताले सघाए । साथ दिने जनतालाई धन्यबाद पनि ज्ञापन गर्नुभो । शुरुवातमा आत्मालोचना पनि गर्नुभयो । मधेस बिद्रोह ३पछि जनता मर्नुपर्दैन जस्तो आभाष पनि गराउनु भयो । तर एक्कासि तपाँईहरू पुर्व जानकारी बिना नै मधेस आन्दोलनको घाटी थिच्नुभयो ।त्यो कमजोरी एक किसिमको रणनीति होला,सम्भवत जून सिद्ध भएँन । बरु नाकावंदी नै अंतराष्टूीयकरण भो ।
आज युवाहरुभित्र अनेकौं गुनासो सुन्दै छु । तिनकै केहि मनोभावनालाई तल प्रस्तुत गर्न खिजिएको छ ः
संविधान विरुद्ध र सरकार र अन्य राजनीतिक दल बिरुद्ध तपाँइहरू निषेधको राजनीति त शुरू गर्नु भो तर स्वम् सो प्रक्रियामा पनि सामेल हुनु भो ।बिरोध गरिएको दललाई अंकमाल गर्नु भो ।होला ठुलै कुनै राजनीतिरकूटनीति,सम्भवतस् ।तर आन्दोलनरत युवा दस्ताहरुलाई समेत  निषेधित राख्नु भो । त्यसको हामी युवालाई कुनै प्रकारको बिरोधाभाष छैन होला कुनै ठुलो प्रयोजन । हामी मधेसलाई उर्बर हेर्न बिकेंद्रित राजनीतिमार्फत समेत योगदान गर्न सदैव तत्पर रहनेछौं । र सो कार्यको निम्ति हामीलाई कुनै कारणको जरुरी रहनेछैन । हामी स्वस्फूर्त छौं मधेसको मुद्दामा ।
मोर्चा मधेस बन्दको बेला बदनाम भयो भएन स्थानीय स्तरमा त्यो आपसी छलफलको बिषय हो तर मधेसी युवाको निम्ति मधेस सदैव पहिलो प्राथमिकता रहनै पर्छ । तात्कालीन बन्दका बेला, राती (राति ट्यांकरको कालाबजारीमा ठाउँ (ठाउँमा को कक्ति रकम कमायो?कसले कक्ति दलाली गर्यो? को ‘स्लम डगबाट मिलियनायर ‘भए त्यो पनि समीक्षात्मक बिषय हो । अहिले शेष नै राखे ठीक होला । तर ती सब संस्मरणमा राख्नु नै पर्छ किनभने हामी युवा हौं । सहीलाई सही र गलतलाई कुनै अन्य उदेश्यले ठीक भनिदिएँ के हुनु परिवर्तन ?
तपाँइलाई जनताको समर्थन थियो जून आफैले फित्तलो पार्न उत्सुक हुनुभो । त्यस्तै भयो पनि!तपाँइलाई एक पछि अर्को हुँदै हरेक सरकारले ‘बाबाजीका ठुल्लू’ देखाई दिए । फेरी त्यहीँ भएको छ । तपाँई जब (जब अपमानित हुने त्यति बेला मात्र मधेसी जनतालाई अपमान हुने भन्ने व्याकरण कहाँबाट हात पार्नु भो ?
तपाँइको गलत निर्णय रक्रियाकलापको बिरोध गर्ने हिजो तपाँइलाई साथ दिएका जनता समेतलाई गालीरफोहर लवज छाड़नु भनेको त तपाँई र बिभेदि सरकारमा के फरक हुनेभयो ? जनताको मानहानी हुने बेला तपाँई संसद न छोड़ने कस्तो राजनीतिज्ञ! तपाँइहरुलाई ‘गलहस्तेन धोधरम’ गर्दा भीषण आंदोलन गर्ने हावा चलाउने । नगर्दा ट्विट्टर पनि नचलाउने तपाँइहरुको इज्जत मात्र इज्जत हो र ? आम जनताको इज्जत तपाँइको निम्ति पनि ‘मांखे’ नै हो की क्या हो ?
पहिले स्वास्नीलाई सभाषद्रसांसद बनाउनु भयो । चूप बसेर हामी हेरे । फेरी मंत्री पदको निम्ति मधेसको अस्मिता बेच्नु भो ।तैपनि निकै धैर्य धारण गरेर  बसें । दोस्रो मधेस बिद्रोहमा पनि ओली सरकाले जस्तै आंदोलन खक्लो पार्नु भएको तपाँइहरु नै हुनुहुन्थ्यो । सब सहेरै बस्या थिएँ र छु । संविधान प्रक्रियामा सहभागी हुनुभयो ।जागृत गराउन खोजें । फरक परेन । एमालेको चियापानमा सहिदहरुको रगत बिर्सेर जानुभो ।आफूलाई बढ़ी भावुक भएको भन ठानेर बिरोध गर्न रोके !
आज आएर तपाँइको बिरोध गर्दा तात्कालीन समयमा ओलीको बिरोध गर्दा जून बिल्ला झुंडयाइन्थ्यो त्यहीँ बिल्ला तपाँईहरुको गलत निर्णयहरुको बिरोध गर्नेलाई तपाँइहरु भिडाउँदै हुनुहुन्छ  । र, यो ऐतिहासिक भूल हुँदैछ  । आन्दोलनको बिगुल फुकिदैछ । आवश्यक पनि हो नेताजी ! तर कस्तो आंदोलन ? कस्तो खाका ? काठमांडू केंद्रित अनशन जस्तै हो कि ? फेरी पहिले जस्तै हो की? काठमांडू रिले अनशन बस्न व्यवाहरिक कसरत गर्नुभए थियो र?  खुब खाने बानी बसालेर एक्कासि अनशन बस्ने भएपछि के नै हुने हो र ?
जनकपुरको जनक चोकमा मधेशानन्द जीले थालेको आमरण अनशन १३सम्म रह्यो ।कतिपय मोर्चाकै वरिष्ट नेताज्युले त्यसलाई पागलपन भनका थिएँ ।हजुरहरुको रिले अनशन अर्ध पागलपन थियो कि ‘विवाइल्डरमेंट’? त्यो पनि मौन नै राखौं । तर अनशन पुर्व अनशन बस्ने अभ्यास बस्नुपर्छ, अन्ना हजारे निकै पल्ट गरेर मात्र बस्ने गर्छन् कारण त्यसको उद्देश्य हुन्छ, जान जाए पर वचन न जाएँ ! त्यो कुन चाहिँ हाम्रो नेताले गर्छन ? अनशन बीचमै एउटा मिलोमत्तोमा मंत्रालयबाट एउटा नाम मात्रकों चिी मगायो र अनशन  बिराम ।
अबको आन्दोलनमा अनशन हुने कि नहुने?!६महीनाको आंदोलन ब्रेक भएको अवस्थामा ६ महिनाको विकल्प आंदोलन के हुने हो? यो ६ महीने कालमा जन(जनमा गएर बहस गर्नुपर्थ्यो । अनि निचोड़मा गए बेस हुन्थ्यो । हाउरे तालमा एक्कासी आंदोलन घोषणा गरेर फेरी पोहोरकै जस्तो स्थिति सामना न गर्नुपर्ने भने निश्चित छैन ।
 मधेसको आर्थिक अवस्था बिषयक छलफल आवश्यक रअनिवार्य छ  । मधेसको युवाहरू सङ्गको व्रीहत छलफल आवश्यक  छ । कारण मधेसीलाई गोली हान्ने सरकार सङ्ग ५दिन पहिलेसम्म तपाँई कुन आधारमा राश्लीला गर्दै हुनुहुन्थ्यो भन्ने प्रश्न पनि व्यापक छ ।  सबलाई थाह छ मधेस मामिलामा सबै पहाड़वादी नेताज्युहरु आंतरिक रुपमा एक नै हुनुहुन्छ त्यसो भए यो नौटँकीमा मधेसवादी सामेल हुनुको मतलव के रह्यो !
मधेस वन्दको शुरुवातमा मास भन्ने फोरमले २दिने जनकपुर बन्दको आह्वान गरेको थियो । दुवै दिन प्रहरीले प्रदर्शनकारीहरुमाथि र साँझ तीर घर(घर पसेर जनकपुरवासीहरूमाथि घोर दमन गर्यो । सो अमानवीय दमनको विरोधमा एक दिन थप बन्दी आह्वान भयो जसमा मोर्चाले पनि आफ्नो सहमति जनाएथें । तर बिना जानकारी मोर्चाले अर्को दिनको ठिक १२बजे बन्दी प्रतिको आफ्नो समर्थन फिर्ता लिएको उदाहरण पनि मौन छ । मासले आह्वान गरेको बन्दमा आफ्नो समर्थन पूरै दिन कायम राख्यो । नेपाल सद्भावना पार्टीले समर्थन कायमै राखेका थिएँ । त्यो तितो अनुभव पनि छ मधेसमा ।’तर मधेसको अधिकार पहिलो प्राथमिकता सदैव रहनेछ ।’, एक युवकले अनुभव सुनाएको सम्झिदै छु ।
यस्ता अनुभवहरु चिरनोस गठबन्धनरमोर्चाका साथिहरु कारण यसले आंदोलन कमजोर पार्नेछ ।मोर्चा आवद्ध कतिपय व्यक्तिहरु यस्ता छन जो प्रशासनको लागि सुराकी काम गर्छन् त्यस्तालाई पहिचान गरनोस । कारण तपाँइको आंदोलन बिना सबलीकरण अब झनै मुमकिन हुनवाला छैन । युवा समावेषितालाई व्यापक उठान गर्नुस यो अनुरोध गर्दै लेखन समाप्त गदैर्छु ।


२०७३ मंसिर १९ गते आईतबार

No comments:

Post a Comment