Monday, July 25, 2016

पाँच बर्षमा धनुषामा ४ अर्ब २५ करोड रुपैयाँ फ्रिज आर्थिक बर्ष २०७२÷०७३ मा फ्रिजको प्रतिशत घट्यो

विकासको नाउँमा धनुषामा करोडौं खर्च गरिन्छ
तर सामान्य बर्षामा पनि जनकपुरका कार्यालयहरु
र घरहरु डुवानमा पर्छन, सडक ढल बन्छ र ढल पोखरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आर्थिक बर्ष २०७२÷०७३ मा धनुषाको लागि विनियोजित रकम मध्ये ९७ करोड ५९ लाख ९ हजार ७२ रुपैयाँ खर्च हुन नसकि फ्रिज भएको छ । धनुषा जिल्ला स्थित ७८ वटा सरकारी कार्यालयहरुका लागि पछिल्लो आर्थिक बर्ष २०७२÷०७३ मा कुल ८ अर्ब ५३ करोड ४५ लाख २७ हजार ७ सय ५८ रुपैयाँ बजेट विनियोजन भएकोमा  ७ अर्ब ५५ करोड ८६ लाख १८ हजार ६ सय ८६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।  यसरी हेर्ने हो भने कुल खर्च प्रतिशत ८८.५७ छ भने बजेट बाँकी प्रतिशत ११.४३ रहेको छ । पूजीगत तर्फ ३ अर्ब ८७ करोड ६ लाख १३ हजार २ सय ५९ रुपैयाँ विनियोजन गरिएकोमा ३ अर्ब ३९ करोड ५३ लाख ८७ हजार ९ सय ९ रुपैयाँ खर्च भएको छ  भने चालु तर्फ ४ अर्ब ६६ करोड ३९ लाख १४ हजार ४ सय ९९ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४ अर्ब १६ करोड ३२ लाख ३० हजार ७ सय ७७ रुपैयाँ मात्र खर्च हुन सकेको छ । यसरी हेर्ने हो भने चालु तर्फ ८९.२६ प्रतिशत र पुजीगत तर्फ ८७.७२ प्रतिशत खर्च मात्र भएको छ ।
हुन त पछिल्लो आर्थिक बर्ष २०७१÷०७२ को तुलनामा यस पटक अलि बढी नै रकम खर्च भएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा १२.३७ प्रतिशत रकम खर्च हुन सकेको थिएन भने यस बर्ष ११.४३  प्रतिशत रकम खर्च हुन सकेन । पूजीगत तर्फ खर्चको प्रतिशत बढेको छ भने चालु तर्फ घटेको छ । धनुषाको कुल बजेटको पूजिगत तर्फ ८७.७२ प्रतिशत खर्च भएको छ जुन कि २०७१÷०७२ मा ७४.५२ प्रतिशत रकम मात्र खर्च भएको थियो । त्यसैगरी चालु तर्फ आर्थिक बर्ष २०७२÷०७३ मा ८९.२६ प्रतिशत खर्च भएको छ भने २०७१÷०७२ मा ९४.४५ प्रतिशत खर्च भएको थियो ।
विगतका बर्षहरुमा चालु भन्नाले कर्मचारीहरुको तलब भत्ता मात्र बुझिन्थ्यो । त्यसकारण विकासको रकम खर्च हुन नसकेपनि चालु तर्फ खर्च लगभग ९० प्रतिशत भन्दा वढी हुने गथर््यो । तर, आर्थिक बर्ष २०२÷०७३ देखि अन्तर्राष्टिूय मापदण्ड अनुसार पूजीगतमा पर्दै आएका शिर्षकहरु पनि चालुगत खर्च अन्तरगत राखिएको छ । जस्तै जिल्ला विकास समिति धनुषामा विकास तथा पुर्वाधारकै लागि रहेको निर्वाचन क्षेत्र विकास तथा पुर्वाधार कार्यक्रम, गाविसको अनुदान, एलजीसिडिपी, जिविस अनुदान लगायतका शिर्षकहरु पनि चालु खर्चमै राखिएको छ । ती शिर्षकका रकमहरु पनि विकास तथा पुर्वाधारका लागि खर्च हुने हो । त्यसैले पुजीगत खर्च बढ्दैमा र चालु खर्च घटदैमा विकासकै लगानी वढेको हो भनेर मान्न सकिन्न । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका प्रमुख कोष नियन्त्रक डा.विरेन्द्र कुमार मिश्रका अनुसार आय आर्जन उत्पादन रोजगारीमा प्रत्यक्ष सरोकार राख्ने रकमका बाहेक त्यस्तो पुर्वाधार निर्माण जसले तत्कालै आउटपुट दिँदैन तर पुर्वाधारमा लगानी हुन्छ भने त्यस्तालाई चालु खर्च अन्तरगत राखिएको हो । धनुषामा विगतमा चालु र पुजीगत खर्चमा व्यापक असंतुलन देखिन्थ्यो तर यस पटक मोटामोटी संतुलित देखिएको छ । मिश्रका अनुसार जनताहरुमा विकासको लागि तिर्खा हुनु, संस्थागत क्षमताको विकास हुनु, समयमै काम गर्नुपर्ने जनचेतना बढ्दै जानुले गर्दा पनि विगतको बर्ष भन्दा यो बर्षमा रकम वढी खर्च भएको हो ।
 पछिल्लो पाँच आर्थिक बर्षमा धनुषामा कुल ४ अर्ब २५ करोड ७ लाख ६१ हजार ७ सय ४९ रुपैयाँ कार्य सम्पन्न हुन नसकि फिर्ता भएको हो । अर्थात सो रकम फ्रिज भएको हो । आर्थिक बर्ष २०६८÷०६९ देखि २०७२÷०७३ सम्म पाँच बर्षमा धनुषामा कुल ३० अर्ब ६२ करोड २५ लाख १९ हजार ३३ रुपैयाँ कुल बजेट विनियोजन भएकोमा २६ अर्ब ३७ करोड १७ लाख ५७ हजार २ सय ८४ रुपैयाँ मात्र खर्च हुन सकेको थियो । ती पाँच बर्षमा पुजीगत खर्च तर्फ हेर्ने हो भने कुल ९ अर्ब ९५ करोड ४३ लाख ६० हजार ५ सय ७७ रुपैयाँ बजेट विनियोजन भएकोमा कुल ९ अर्ब ४१ करोड २३ लाख ८३ हजार १ सय ८९ रुपैयाँ मात्र खर्च भएको छ भने कुल ५४ करोड १९ लाख ७७ हजार ३सय ८८ रुपैयाँ फ्रिज भएको पाइन्छ ।
धनुषाका स्थानीय निकायका अवस्था
 आर्थिक बर्ष २०७२÷०७३ मा धनुषाका स्थानीय निकायहरु जिल्ला विकास समिति, जनकपुर उपमहानगरपालिका, धनुषाधाम, सबैला, मिथिला, क्षिरेश्वरनाथ र गणेशमान चारनाथ नगरपालिका गरी कुल ७ वटा स्थानीय निकायहरुमा २५ करोड ७८ लाख २ हजार ३ सय ३९ रुपैयाँ फ्रिज भएको छ । ती सबै स्थानीय निकायहरुका लागि कुल २ अर्ब २० करोड ९२ लाख ८ सय ५० रुपैयाँ कुल बजेट विनियोजित भएकोमा १ अर्ब ९५ करोड १३ लाख ९८ हजार ५ सय ११ रुपैयाँ मात्र खर्च हुन सकेको छ । पूजीगत खर्च तर्फ हेर्ने हो भने ति निकायहरुमा कुल १७ करोड ३२ लाख २९ हजार विनियोजित भएकोमा १३ करोड ३२ लाख २३ हजार १ सय ५६ रुपैयाँ मात्र खर्च भई ४ करोड ५ हजार ८ सय ४४ रुपैयाँको काम नै हुन नसकि बजेट फ्रिज भएको छ ।
जिविस धनुषा अन्तरगत चालु तर्फ १ अर्ब ७० करोड १८ लाख ३८ हजार  ६ सय ९० रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ५२ करोड ५२ लाख १२ हजार १ सय ८४ रुपैयाँ खर्च भएको देखिन्छ । खर्च प्रतिशत ८९.६२ देखिन्छ । त्यसैगरी पुजिगत तर्फ १० करोड ८ लाख ५३ हजार रुपैयाँ विनियोजित भएकोमा ६ करोड ५८ लाख २१ हजार ३ सय ७७ रुपैयाँ अर्थात ६५.२६ प्रतिशत रकम मात्र खर्च हुन सकेको छ । कुलमा हेर्ने हो भने ११.७४ प्रतिशत रकम फ्रिज भएको छ । जिल्ला विकास समिति धनुषाका लेखा अधिकृत फिरोज आलमका अनुसार पूजिगत तर्फ स्थानीय स्तरको सडक पुल तथा सामुदायिक सुधार परियोजना, आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकहरु, सिमा क्षेत्र विकास कार्यक्रम, ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, साना सिंचाई नदि नियन्त्रण, स्थानीय यातायात पुर्वाधार क्षेत्रगत कार्यक्रम, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति र चालु खर्च तर्फ निर्वाचन क्षेत्र विकास तथा पुर्वाधार, गाविस अनुदान, एलजीसिडिपी, जिविस अनुदान गरी कुल १२ वटा शिर्षकको रकम फ्रिज भएको हो । लेखा अधिकृत आलमका अनुसार अषाढ मसान्तको करिब सात दिन अघि २४ अषाढसम्ममा चालु तर्फ करिब ८४ करोड र पुजिगत तर्फ करिब १० करोड गरी कुल ९४ करोड रकम जति विनियोजित भएकोमा चालु तर्फ ४ करोड खर्च भई र पुजिगत तर्फ ६१ करोड खर्च भई बाँकी    रकम फिर्ता भएको हो ।
आर्थिक बर्ष २०७२÷०७३ मा जनकपुर उपमहानगरपालिका अन्तरगत चालु खर्च तर्फ १५ करोड ९४ लाख ९५ हजार ३ सय ६० रुपैयाँ विनियोजित भएकोमा १४ करोड ६८ लाख ७५ हजार १ सय २८ गरि ९२.०९ प्रतिशत रकम खर्च भएको हो । पुजिगत तर्फ २ करोड ८६ लाख ६१ हजार विनियोजित भएकोमा सत प्रतिशत रकम खर्च देखाइएको छ । अर्थात कुल बजेटमा ६.७१ प्रतिशत रकम मात्र फ्रिज भएको तथ्याङ्कले देखाउँछ । तर, विकास कागजमै मात्र भएको हो कि भन्ने आधार अहिले जनकपुरमा भएको बर्षा र त्यसपछि उत्पन्न परिस्थिति र डुवानमा परेको अवस्थाले पुष्टि गर्छ ।
अन्य कार्यालयहरुको अवस्था
डिभिजन सडक कार्यालय धनुषामा कुल १ अर्ब २३ करोड ५४ लाख ६६ हजार १ सय ७२ रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब १६ करोड ७७ लाख ५५ हजार ४ सय ९७ रुपैयाँ अर्थात ९४.५२ प्रतिशत खर्च भएको छ भने ५.४८ प्रतिशत रकम फ्रिज भएको छ । त्यसैगरी जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा कुल ९३ करोड २१ हजार ७ रुपैयाँ बजेट विनियोजन भएकोमा ८९ करोड ९६ लाख ३९ हजार ८ सय ९२ रुपैयाँ अर्थात ९६.७३ प्रतिशत खर्च भएको छ भने ३.२७ प्रतिशत रकम फ्रिज भएको छ ।
जिल्ला शिक्षा कार्यालयमा कुल ८८ करोड ३५ लाख ३ हजार ६ सय २४ रुपैयाँ बजेट विनियोजन भएकोमा ७१ करोड १८ लाख ३ हजार १ सय ८२ रुपैयाँ अर्थात ८०.५७ प्रतिशत खर्च भएको छ भने १९.४३ प्रतिशत रकम फ्रिज भएको छ । जिल्ला कृषि विकास कार्यालय धनुषामा कुल २ करोड ४२ लाख ८६ हजार ७ सय ८४ रुपैयाँ बजेट विनियोजन भएकोमा १ करोड ९४ लाख ७५ हजार ५ सय ८५ रुपैयाँ अर्थात ८०.१९ प्रतिशत खर्चभएको छ भने १९.८१ प्रतिशत रकम फ्रिज भएको छ ।
यसरी हेर्ने हो भने धनुषामा विगतका तुलनामा विकासको लागि रकम खर्च गर्ने क्षमतामा बृद्धि भएपनि कार्य गुणस्तरहीन भएको र ती अधिकांश कार्यहरु कागजमै सम्पन्न भई व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइन्छ । तसर्थ त्यसको अनुगमन पनि आवश्यक छ ।

२०७३ श्रावण ०९ गते आईतबार

1 comment:

  1. Dherai ramro prayash sir, Freeja hunama ko ko xan abrodhak yeso nam aaye jhan ramro hunethyo hola

    ReplyDelete