Tuesday, March 8, 2016

नीतिश कुमारको मधेस प्रति ‘चासो र चिन्ता’

भारतको विहारका मुख्यमन्त्री नीतिश कुमार तथा जनता दल यूनाइटेडका नेता केसी त्यागी
 प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै ।
अजय अनुरागी
जनकपुरधाम............

बिहारका मूख्यमन्त्री नीतिशकुमारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा जारी राखेको आन्दोलन प्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्दै मधेस आन्दोलन प्रति शुभकामना समेत व्यक्त गरेका छन् । करिब ४५ मिनेटसम्मको कुराकानीमा  मुख्यमन्त्री नीतिश कुमारले मधेसका हरेक मुद्दाहरुमा गम्भीरताका साथ चासो मात्र लिएका छैनन्, मधेसको समस्या समाधान नहुँदा सिंगो देश नेपालकै विकास धेरै पछाडी पर्ने मोर्चाका नेताहरु समक्ष बताएका छन् । २० असोज बिहीबार बिहान १० बजे होटल द्वारिकामा नीतिशलाई भेट्न पुगेका मोर्चा नेताले राउण्ड टेबुलमा ब्रेकफास्ट मिटिङ गर्दै मोर्चाका नेताहरुसँग मधेसका हरेक सवालहरु बारे जानकारी लिएका थिए । उक्त भेटघाटमा सहभागी भएका तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार मुख्यमन्त्री नीतिश कुमारले  संविधानमा कुनकुन विषय बस्तुहरुमा मधेसीहरुसँग भेदभाव भएको भन्ने विषयमा खुलेर जानकारी लिएका थिए । कुराकानीका क्रममा मुख्य मन्त्री नीतिश कुमारले आफुहरुको देशमा कुनै पनि व्यक्ति जन्मिदा वा कुनै पनि देशका छोरी हाम्रो देशमा विहे गरेर आउँदा नागरिकता प्रदानमा कहिँ कतै समस्या नभएको बताएका थिए । मोर्चाका नेताहरुले नेपालमा जारी भएको संविधानमा नागरिकताका सवालमा विभेद गरिएको बताएका थिए । खासगरेर विगतको संविधानहरुमा नेपालमा कुनै पनि व्यक्ति जन्मिदा जन्मसिद्ध नागरिक प्राप्त गर्ने प्रावधान, कुनै देशका छोरीलाई नेपालको नागरिकले विहे गरेर ल्याउँदा उसलाई वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिनुका साथै संवैधानिक निकायका हरेक अंगहरुमा उक्त वैवाहिक अंगिकृत नागरिक पनि पुग्न सक्ने व्यवस्था थियो । तर, अहिले जारी भएको संविधानले जन्मसिद्ध नागरिकता प्रदान नगर्नुका साथै वैवाहिक अंगिकृत नागरिकलाई देशको संवैधानिक निकायका पदहरु राष्टूपति, उपराष्टूपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रधानन्यायाधिश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक लगायत थुप्रै पदहरुमा जानबाट बञ्चित गराई भेदभाव गरिएको मुख्यमन्त्री नीतिश कुमारले राखेको जिज्ञासामा मोर्चाका नेताहरुले प्रस्टाएका थिए । 

तमलोपा नेता लालका अनुसार तपाईहरु पनि यो देशकै नागरिक हुँदा हुँदै संविधानमा मधेसीलाई अधिकार किन नदिइएको भन्ने मुख्यमन्त्री नीतिश कुमारको जिज्ञासामा मोर्चाका नेताहरुले यसरी भनेका थिए,“ नेपाल र भारतको बीचमा इष्ट इण्डिया कम्पनीका व्रिटिस भारतीय शासक र नेपालका राणा शासकहरुको बीच सुगौली सन्धी पश्चात सीमाना तय गरिएको थियो । नैनिताल, खर्साङ र दार्जलिङ इष्ट इण्डियालाई दिइयो भने मधेसका भुमि नेपालका शासकलाई दिइयो । त्यसबेला देखि नै नेपालमा शासकहरुले मधेसी नागरिकहरुसँग विभेद गरेको छ । त्यसकारण अहिलेको हाम्रो लडाई भनेको स्वशासनको हो । आफ्नो प्रदेशमा हामी स्वायत्त शासन गर्न चाहन्छौं । नेपालमा हरेक नागरिक सरह हामी पनि बराबरीको अधिकार चाहन्छौं । तर, नेपालको राज्य सत्तामा मधेसी नभएर खस शासक वर्गहरुको मात्र प्रतिनिधित्व भएका कारण हामीहरुलाई अधिकार दिनबाट बञ्चित गराइएको हो ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, राज्यको हरेक निकाय तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व सहित मधेस आन्दोलनका सम्पुर्ण विषय बस्तुहरुबारे अवगत गराउँदा मुख्यमन्त्री नीतिश कुमारले आफुले भन्नुपर्ने ठाउँमा तपाईहरुको कुरा राखिदिने आश्वासन दिँदै यो नेपालको आन्तरिक मामिला भएकाले नेपालका नेताहरु नेपालको आन्तरिक समस्या आफै समाधान गर्न सक्नेमा विश्वस्त रहेको बताएका थिए । उनले के पनि भने  मधेसमा आन्दोलन चलिरहँदा आफुहरुको पनि ध्यान मधेस आन्दोलन प्रति थियो । तर, विहारमा विधानसभाको चुनाव भएका कारण प्रत्यक्ष रुपमा नभएपनि अप्रत्यक्ष रुपमा चासो लिनुका साथै विषय बस्तुहरु नजिकबाट नियालिरहेको मुख्यमन्त्री नीतिश कुमारले मोर्चाका नेताहरुलाई बताएका थिए ।

तमलोपा उपाध्यक्ष बृषेश चन्द्र लालका अनुसार मुख्यमन्त्री नीतिश कुमारले एउटा विषयमा बडो गम्भीरताका साथ आश्चर्य प्रकट गरेका थिए । उनले के भने भने संविधान सभामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमा आवद्ध रहेका मधेसी नेताहरुले किन आवाज उठाउन सकेनन् ? उनीहरुले पनि मधेसको समस्यालाई सम्बोधन गराउन आवाज उठाउनु पर्नेमा किन नउठाएको भन्ने मुख्यमन्त्री नीतिश कुमारको जिज्ञासामा मोर्चाका नेताहरुले यसो जवाफ दिएका थिए,“ हो, कांग्रेस, एमाले र एमाओवादी भित्र रहेका मधेसी नेताहरुले आवाज उठाईदिएको भए मधेसको माग संविधानबाट सम्बोधन गराउन सकिन्थ्यो । तर, ती पार्टीहरुको नेतृत्व गैर मधेसी नेताहरुले गरिरहेका छन् र ती पार्टीमा त्यस्तै मधेसी नेताहरुलाई राख्दछन् जो उनीहरुको इसारामा चल्न सकोस । उनीहरु भन्ने हो भने अझैं पनि दास मानसिकताबाट ग्रस्त छन् ।”
भेटघाटमा सहभागी रहेका मोर्चाका घटकदल राष्टिूय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारी भन्छन,“ तराई मधेसको सबैभन्दा नजिकको छिमेकी राष्टूको छिमेकी प्रान्तको मुख्य मन्त्रीको नाताले नेपालमा हुने राजनीतिक गतिविधि वा समस्या तथा विकासले विहारलाई सबैभन्दा वढी प्रभाव पार्दछ । तर, नेपालमा विकासको प्रचुर सम्भावना हुँदा हुँदै पनि नेपालको आन्तरिक समस्या समाधान नहुँदा त्यसले भारतको विहारलाई समेत प्रभावित गरिरहेको हुनाले नेपालले आफ्नो आन्तरिक समस्या आफै समाधान गर्न सक्नुपर्दछ नत्र भने नेपालमा विकास धेरै पछाडी पर्न सक्छ ।” पहिलो संविधानसभा गठन भएका बेला नेपालका प्रधानमन्त्री डा.बाबुराम भट्टराई विहारको पटनामा सहभागी भएका थिए । त्यतिबेला पनि नीतिश कुमार नै विहारका मुख्यमन्त्री थिए । डा.भट्टराई नेतृत्वको नेपाल सरकारको डेलिगेशन पटनामा पुग्दा भट्टराई सरकारले विहारको विकासको मोडेलको प्रशंसा गरेका थिए । रामसपा अध्यक्ष भण्डारी भन्छन,“ हाम्रो भेटघाटमा मुख्यमन्त्री नीतिश कुमारले विकासको पनि चासो व्यक्त गरेका थिए । डा.बाबुराम भट्टराई विहार पुगेको बेला भएको छलफलमा मुख्य मन्त्री नीतिश कुमारले के भनेका थिए भने नेपालमा विकासको प्रचुर सम्भावना र आधारहरु छन् । जबसम्म नेपालमा राजनीतिक स्थिरता र स्थायित्व हुँदैन तबसम्म नेपालमा पर्यटन, जलस्रोत, कृषि आदि क्षेत्रमा विकास हुन सक्दैन । नेपालको विकास हुनु भनेको त्यसको सकारात्मक प्रभाव विहारमा पनि पर्नु हो । तर, दुर्भाग्य नै भन्नुपर्छ नेपालमा राजनीतिक स्थायित्व र शान्ति कायम हुन नसक्नु हाम्रो लागि पनि ठुलो चिन्ताको विषय हो ।”

आफुहरुले नेपालको राज्यसत्तासँग कुनै नयाँ माग नगरिरहेको भन्दै विगतको अन्तरिम संविधानमा प्रदान गरिएको र उपभोग गरिएको अधिकार समेत कटौती गरिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको मुख्यमन्त्री नीतिश कुमारलाई मोर्चाका नेताहरुले सुनाएका थिए । रामसपा अध्यक्ष भण्डारीका अनुसार राज्यसत्ताबाट आफुहरुले अन्तरिम संविधानमा मधेसीलाई प्रदान गरिएको अधिकार र विगतमा राज्यका तर्फबाट मधेसी मोर्चासँग गरिएको २२ बुँदे र ८ बुँदे सम्झौता लागु गर्नुपर्ने माग मात्र गरिरहेको विषय मुख्यमन्त्री नीतिश कुमारलाई जानकारी गराउँदा उनले पनि के भनेका थिए भने आजको एक्काइसौं सताव्दीमा पनि जनतालाई दिईसकेको अधिकार कटौती गर्नु भनेको प्रतिगामी र राज्यकै लागि पनि प्रत्यूपादक हुने हुनाले छिमेकीको नाताले नेपालको र भारतको राज्य र संस्थापन पक्षलाई मधेसका समस्या समाधान गर्न भन्नेछु । यद्यपि तपाईहरु आफ्नो एजेण्डा आफै उठाउन सक्षम हुनुहुन्छ र तपाईहरुको आन्तरिक समस्या नेपालले आफै समाधान गर्न सक्नुपर्छ नत्र भने नेपालको विकास धेरै पछाडी पर्न सक्छ । नेपालको र विहारको जनता जनताका बीचमा रोटी र बेटीको सम्बन्ध हुनाले पनि भारतको गुजरात, तमिलनाडु जस्ता प्रान्तहरुका लागि महत्वपुर्ण विषय नभएपनि विहारको नाताले विहारको लागि यसकारण पनि संवेदनशिल विषय हो किनभने नेपालको सीमाना भारतको विहारसँग जोडिएको छ । र, नेपालको सीमा क्षेत्रमा हुने कुनै पनि गतिविधिले भारतको विहारलाई पनि असर पर्दछ । त्यसकारण मधेसको माग प्रति आफ्नो शुभकामना त छदैछ, आफुले भन्नुपर्ने ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष भनौंला भनि मोर्चाका नेताहरुलाई मुख्यमन्त्री नीतिश कुमारले आश्वस्त पारेका थिए । नीतिशले सीमांकन र मोर्चाको असन्तुष्टिबारे विशेष चासो राखेका थिए । विभाजित मनस्थितिबाट विकास सम्भव नहुने हुँदा देश विकासमा सबैले सहभागी हुने वातावरण बनोस् भन्ने अपेक्षा राखेको उनलाई उद्धृत गर्दै तमलोपा उपाध्यक्ष लालले बताए । 

ब्रेकफास्ट मिटिङमा मुख्यमन्त्री नीतिश कुमारले मोर्चाका नेताहरुलाई बोलाएका थिए । रामसपा अध्यक्ष भण्डारीका अनुसार करिब ४५ मिनेट हामीबीच कुराकानी भयो । हामी सबै जना राउण्ड टेबलमा नास्ता खाँदै कुराकानी गरेका थियौं । मुख्यमन्त्री नीतिश कुमारसँगको भेट पछि हामीहरुको उर्जा थप बढेको रामसपा अध्यक्ष भण्डारी बताउँछन् । त्यसैगरी तमलोपा उपाध्यक्ष लालका अनुसार जनता दल यूनाइटेडका नेता केसी त्यागी समेत सहभागी भएको उक्त भेटघाटले मोर्चाको आन्दोलन प्रति सकारात्मक समर्थन रहेको मुख्यमन्त्री नीतिश कुमारको गेस्चर र बडी लङबेजले त प्रस्ट संकेत दिई नै रहेको थियो भने मधेसका सवालमा विस्तृतमा कुराकानी हुनु सकारात्मक हो । संविधान संशोधन भए पनि मोर्चाको आन्दोलन सम्बोधन हुन अझै नसकेको मोर्चाका नेताहरुले बताएका थिए । ४५ मिनेटको कुराकानीमा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, राष्टिूय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव लगायतका नेताहरु सहभागी थिए ।

मधेसको विषय नेपालको आन्तरिक मामिला हो ः नितिसकुमार
भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई संबोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमामा उनले भने, ‘पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन् । यहाँका नेताहरु उनीहरुको समस्या सम्बोधन गर्न सक्षम छन् । हामी त केवल नेपालको प्रगति र सद्भाव चाहन्छौ ।’
साक्षात्कारमा नितिशकुमारले मधेसी नेताहरुले आफूलाई भेटेर अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको भनि असन्तुष्टी ब्यक्त गर्ने गरेको सुनाउँदै आफूले उनीहरुलाई यो समस्या नेपालमै समाधान गर्न सुझाव दिएको बताए । उनले भने,‘ नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो, नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन । नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ ।’

नितिस कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको समेत धारणा राखे । उनले नेपाल भारत सम्बन्ध अटुट भएको उल्लेख गर्दै भारतको एकमात्र चाहना नेपालको विकास भएको बताए । उनले नेपालमा आवश्यक बाहेकको विद्युत भारतले खरिद गर्ने बताउँदै नेपालको विकासको सम्भावना सबैले बुझ्नु पर्ने र यसैमा आफुहरुको स्वार्थ रहेका बताए । उनले नेपालमा धार्मिक पर्यटन सहित जलविद्युत, कृषि र उद्योगको सम्भावना रहेको भन्दै यस विषयमा सबै संबेदनशिल हुनु पर्ने आफ्नो धारणा सुनाए ।

नितिसकुमारले काग्रेसको १३ औ महाधिवेशनको कारणले पहिलो पटक नेपाल आउने अवसरमा राष्टूपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री र महत्वपूर्ण ब्यक्तित्वहरुसँग कुराकानी गर्ने अवसर पाएको भन्दै यसले आफूलाई हर्षित बनाएको बताए ।

नितिशको चासो पानीमा
 बिहारका मुख्य मन्त्री नितिश कुमारले नेपाल भारत जनस्तरको सम्वन्ध थप उचाईमा पुर्याउन आवश्यक भएको बताएका छन् । उनले दुई देशबीचको परम्परागत सम्वन्धलाई नयाँपन दिदै उचाईमा लैजान सक्नुपर्नेमा जोड दिएका छन् । उनले राष्टूपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँगको भेटमा भने, ‘नेपाल र भारत बीच रहेको सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई उचाईमा पुर्याउन आवश्यक छ । यसलाई कतैबाट दखल हुने प्रकारको गतिविधी हुन दिनुहुँदैन ।’ उनी काठमाडौं आइपुगे लगत्तै सशांक कोइरालाको निवासमा पुगेर सुशील कोइरालाको तस्विरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धान्जली दिएका थिए । त्यसपछि उनी राजनीतिक भेटघाटमा ब्यस्त रहेका हुन् । उनी कांग्रेसको १३ औं महाधिवेसनको उदघाटन सत्रमा सहभागी हुन काठमाडौंमा आएको भए पनि उनको भ्रमणलाई औपचारिक बनाइएको छ । सबै भेटघाटको प्रवन्ध भारतीय दूतावासले मिलाएको परराष्टू मन्त्रालयका अधिकारीहरुले बताए ।
उनले राष्टूपतिसंग नेपालको पछिल्लो अवस्था, संविधान कार्यान्वयन गर्दै अघि बढ्न राजनीतिक दलहरुले देखाएको अग्रसरता लगायतको विषयमा छलफल गरेका थिए । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि द्विपक्षीय भेटघाट गरेका छन । उक्त भेटमा पनि नेपालको राजनीतिक अवस्था, नेपाल भारत सम्वन्धको विषयमा नै चर्चा भएको थियो । उनले समृद्ध नेपाल भारतीय चाहना रहेको भन्दै त्यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।  

भारत सरकारले पछिल्लो पटक लगाएको नाकाबन्दी र त्यसले पारेको असरको बारेमा समेत उनीहरु बीच चर्चा भएको बताइन्छ । जनस्तरको सम्वन्धलाई थप उचाईमा लैजानको लागि यसप्रकारको नाकाबन्दीले झन विगार्ने समेत उल्लेख गरेका थिए । उनले त्यसलगत्तै प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । ओलीसंग उनले एक घण्टा भन्दा बढि समय विताएका छन् । मुख्य मन्त्री नितिश मंगलबार (मार्च(१)  ६५ बर्षमा प्रवेश गरेकोले ओलीले जन्म दिनको शुभकामना समेत ब्यक्त गरेका थिए । प्रधानमन्त्रीले उनको शुस्वास्थ्यको कामना गर्दै जन्मदिनको उपहार समेत दिएका थिए । ओलीको भारत भ्रमण, नेपाल भारत सम्वन्ध, देखिएको असझदारी, तराई मधेसको समस्या, विहारमा बसेर नेपाली नेताहरुले गरेको तराई मधेसको आन्दोलन लगायतको विषयमा छलफल भएको भेटमा सहभागिले बताए ।

नितिशले विभिन्न अफटूयाक छलफलमा कोशीको पानीको उपयोग गर्ने बारेमा समेत चासो देखाए । ‘बाढि नियन्त्रण मिलेर गरौंला । जलस्रोतको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउन सक्नुहुन्छ,’ नीतिशले सुझाउँदै भने, ‘अब समृद्धिमा जोड दिनु होला ।’ सहभागिले उक्त भेटको बारेमा निकै लामो र उपयोगी रहेको भन्दै भने भारतको विहारमा भएको विकासलाई मोडलको रुपमा लिएर नेपालले पनि समृद्धिको बाटो अघि बढाएको जानकारी प्रधानमन्त्रीले दिएका थिए । उनले सुरक्षा देखि सबै क्षेत्रको लागि नेपाल शान्त, स्थिर र समृद्ध भएको हेर्न भारतले चासो देखाएको मुख्य मन्त्रीले बताएका थिए ।

पटक पटक नेपाल आउन खोजेपनि उनले केन्द्र सरकारबाट स्विकृति पाउन सकेका थिएनन् । भारतका आफ्नो प्रदेशको मुख्य मन्त्रीले विदेश भ्रमण गर्न केन्द्रबाट स्विकृति लिनुपर्ने हुन्छ । त्यो कारण उनी सरकारमा रहदा रहँदै पनि नेपाल आउन निकै असहज भएको थियो । उनलाई स्वागत गर्न कांग्रेस विदेश विभागका पदाधिकारीहरु एअरपोर्ट पोगेका थिए । उनले आए लगत्तै नेपालमा निमन्त्रणा गर्नेहरु प्रति आभार ब्यक्त गरेका थिए । नेपाली कांग्रेसले नेपाली जनताको प्रजातन्त्रको लागि मात्र लडेन र भारतको स्वतन्त्रताको लागि पनि लडेको इतिहास बोकेको पार्टिको महाधिवेसनमा सहभागि हुन आफू आउन पाउदा खुसी लागेको समेत ब्यक्त गरेका थिए ।

नेपालको सीमा जोडिएको विहारका मुख्यमन्त्री हुनाले उनको यो आगमनलाई सरकारले पनि महत्व दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचकको रुपमा रहेको भए पनि उनी नेपाल आउनु अघि मोदीसंग छलफल गरेर नेपाल आएका थिए । उनले विदेशमन्त्रालयको अधिकारीसंग पनि निकै छलफल गरेर नेपाल आएका हुन । उनलाई भारतिय राजदूत रणजित रायले पनि विमानस्थलमा स्वागत गरेका थिए भने सबै भेटमा पनि उनी साथ साथ थिए । भारतीय जनता दल युनाईटेडका नेता केसी त्यागी पनि नीतिशसँगै थिए ।

रेल मार्ग जोड्न दुवै छिमेकी प्रतिस्पर्धी

छिमेकी चीनले केरुङ (नेपाली सीमा) सम्म रेल ल्याउने योजना अघि बढाइरहेका बेला दक्षिणी छिमेकी भारतले पनि काठमाडौंसम्मै रेल(वे सञ्जाल जोड्ने योजना अघि बढाएको छ । नेपालको राजनीतिमा देखिनेरनदेखिने गरी चासो राख्ने दुवै छिमेकी रेलमार्ग जोड्न प्रतिस्पर्धी झैं देखिएका छन् । भारतले उत्तर प्रदेशको बरहनी बजार (सिद्धार्थनगर जिल्ला) देखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्भे गर्ने कार्यक्रम रेल बजेटमा घोषणा गरेको छ । सर्भेको काम भएपछि भारतले नेपालसँग सहकार्य गरेर रेल(वे निर्माण सुरु गर्नेछ ।
भारतका रेलमन्त्री सुरेश प्रभुले रेल बजेटमा बरहनी बजार(काठमाडौं रेल नेटवर्क सर्भे गर्न बजेट छुट्याएरै योजना अघि सारेका हुन् । उनले दोस्रो रेल बजेटमा काठमाडौंसम्म नेटवर्क र्पुयाउने योजना प्रस्तुत गरेका छन् । केन्द्र सरकारले सिद्धार्थनगरदेखि काठमाडौंसम्म रेल नेटवर्क जोड्ने योजनालाई अनुमति दिइसकेको अवस्थामा राज्य सरकारले त्यसको काममा जोड दिने ‘इकोनमिक टाइम्स’को अनलाइन संस्करणमा उल्लेख छ । भारतले सर्भे गर्ने तयारी गरेको बरौनी(काठमाडौं रेलवे नेटवर्कको दूरी ३ सय ५९ किलोमिटर हुनेछ । सर्भेका लागि करिब ५४ लाख भारतीय रुपैयाँ विनियोजित छ ।
उत्तर प्रदेशको अलवा विहार राज्यबाट पनि रेलमार्ग जोड्ने योजना भारतको यसअघिकै हो । विहारको इन्धनको रिफाइनरी रहेको क्षेत्रबाट पनि नेपालमा रेल जोड्ने योजना उनीहरूको छ । विहारको बरौनीबाट रेल योजना अघि बढाएको भारतले पहिलो चरणमा उत्तर प्रदेशबाट योजना अघि बढाउन लागेको छ ।
बेइजिङ जोड्ने रेलमार्ग तिब्बतको सिगात्सेसम्म आइसकेको र त्यसलाई आगामी पाँच वर्ष्भित्र केरुङसम्म ल्याउने भएपछि भारतले पनि नेपालको राजधानीसम्मै रेल ल्याउने योजना अघि बढाएको हो । भारतले लामो समयदेखि नेपालमा रेल मार्ग जोड्ने बताउँदै आए पनि यसरी बजेट नै छुट्याएर काम अघि बढाएको थिएन ।
कांग्रेस महाधिवेशनमा सहभागी हुन भारतको विहारका मुख्य मन्त्री नीतीशकुमार काठमाडौं आइपुगेका छन् । उनले पनि प्रधानमन्त्रीसँग कनेक्टिभिटीको विषयमा छलफल गरेका छन् । केन्द्रको योजना अघि बढाउन सीमा जोडिएको राज्यको महत्त्व बढी हुने भएकाले उनको अहिलेको नेपाल भ्रमणमा पनि यो विषयले महत्त्व पाउनेछ । २०७१ चैतमा तत्कालीन राष्टूपति रामवरण यादवले हैनानको बोआवो पुग्दा तिब्बतमा आइसकेको रेल काठमाडौंसम्म जोड्ने जानकारी चिनियाँ सरकारले दिएको थियो । ‘चीनले दक्षिण ‘सिल्करोड आर्थिक क्षेत्रसम्बन्धी योजनामा तिब्बत रेलमार्ग नेपाल हुँदै भारतसम्म विस्तार गर्ने लक्ष्य राखेको अवस्थामा भारतले पनि यो योजना अघि बढाएको हुन सक्छ,’ परराष्टू उच्चअधिकारीले भने ।
दुवै मुलुकको सुरक्षा चासोमा परेको नेपालमा सहज रेल लिंक काठमाडौंसम्म आउन सक्नेमा दुईमत नभएको परराष्टू अधिकारीहरूको भनाइ छ । तर त्यसका लागि नेपाल सरकारले पनि उत्तिकै गृहकार्य गर्न आवश्यक छ । मंसिर दोस्रो साता नेपाल आउँदा चिनियाँ विदेशमन्त्री वाङ यीले हाल सिगात्सेसम्म आइपुगेको रेल सन् २०२० भित्र नेपालको सिमाना केरुङसम्म विस्तार गर्ने चीनको योजना उल्लेख गर्दैै नेपाल तर्फबाट पनि सर्भे वा योजना अघि बढाउन आग्रह गरेका थिए । सन् १९४९ मा आधुनिक चीनको स्थापना भएदेखि नै चीनले आफूलाई नेपालसँग नजिक्याउन सीमासम्म रेलसेवा विस्तार गर्ने र कालान्तरमा काठमाडौंसम्म रेल ल्याउन खोजेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङकै पालादेखि चीनले नेपालसँग सम्पर्क बढाउन चाहेको र रेलले जोड्न खोजेको भए पनि नेपाली पक्षको बेवास्ताले अघि बढ्न नसकेको हो । भारततर्फ नेपालको सीमासम्म रेल मार्ग छ । जनकपुर जयनगर रेलसमेत सञ्चालनमा छ । चीनको तर्फबाट सीमासम्म रेल आउन अझ ४ सय ३० किलोमिटर रेलमार्ग तयार हुन आवश्यक छ ।


प्रधानमन्त्री भ्रमणको क्रममा चीनसँग इन्धन सम्झौता


 प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा इन्धन आयात सम्झौता हुने भएको छ । नाकाबन्दी खुलेको करिब एक महिना पुग्न लागे पनि भारतबाट पर्याप्त इन्धन नआएपछि चीनसँग सम्झौता गर्न आपूर्ति मन्त्रालय जुटेको हो । आपूर्तिमन्त्री गणेशमान पुनका अनुसार प्रधानमान्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा इन्धन सम्झौता पनि मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिने छ । चीनबाट इन्धन आयात गर्नका लागि धेरै कुरा सकारात्मक रहेको मन्त्रालयको भनाइ छ ।
नेपाल आयल निगमका अनुसार अहिले भारतले ७० प्रतिशतभन्दा बढी इन्धन नदिने नीति अपनाएको छ । भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले केन्द्र सरकारको निर्देशन भन्दै ७० प्रतिशतभन्दा बढी दिन अस्वीकार गर्दै आएको छ । लामो समय नाकाबन्दीपश्चात पनि मागअनुसार इन्धन आयात नहुँदा बजारमा इन्धन संकट कायमै छ । ‘भ्रमणका क्रममा आईओसीका मार्केटिङ निर्देशक बीएस कास्तको कुराकानीमा लोडिङ क्रमिक रूपमा बढाउने जनाए पनि अनौपचारिक रूपमा प्राविधिक समस्या भन्दै अहिलेकै आपूर्तिबाट व्यवस्थापन गर्न आईओसीले भनेको छ,’ उनले भने, ‘आईओसीसँग मात्रै निर्भर हुँदा आपूर्तिमा समस्या देखियो । समाधान गर्न अन्य विकल्प खोज्नुपर्छ । अन्य मुलुकबाट पनि इन्धन आयात गर्नुपर्छ ।’ निगमका अनुसार मागअनुसार लोडिङ बढाउन आईओसीलाई दैनिक पत्रचार गरिएको छ । तर, पेटूोल, डिजेल र खाना पकाउने एलपी ग्यास गरेर ७० प्रतिशतभन्दा बढी लोडिङ दिइएको छैन । ‘मागअनुसार लोड बढाउन दैनिक कुराकानी हुन्छ ।
 


२०७२ फाल्गुन २३ गते आईतबार

No comments:

Post a Comment