Tuesday, March 8, 2016

के मधेस आन्दोलन तुहिएको हो ? कि खोज्दैछ नयाँ नेतृत्व ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संविधानका अन्तर्वस्तुमा असहमति जनाउँदै संविधान जारी हुनभन्दाअघिदेखि सुरु भएको मधेस आन्दोलनको गतिविधि अहिले शून्यप्राय छ  । यद्यपी आन्दोलनरत दलहरुले आन्दोलन जारी रहेको बताइरहेका छन् । एकातिर आन्दोनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको भावी स्वरुप र रणनीति तय आन्दोलनकारी दलका नेता सम्मिलित सचिवालय गठन गरेको छ भने अर्को्तिर मधेस आन्दोलन तुहिएको विश्लेषण पनि भैरहेको छ । 

मातृका यादव संयोजक रहेको संयुक्त मधेसी राष्टिूय आन्दोलन समितिले गत सोमबार काठमाडौंमा गरेको ’मधेस आन्दोलनका चुनौती र सम्भावना’ विषयक कार्यक्रमका धेरै वक्ताहरुले मधेस आन्दोलन नयाँ नेतृत्वको खोजीमा रहेको बताए । पढ्नुहोस् मधेस आन्दोलनका चुनौती र सम्भावनाबारे विभिन्न व्यक्तिले व्यक्त गरेका विचार ः 

मधेस आन्दोलन असफल बनाउन राज्यको चार रणनीति ः सिके लाल
आन्दोलन पनि आधा मनले गर्ने चरित्र मधेसी, जनजातिलगायत अन्य समुदायमा पनि देखिएको हो  । आन्दोलनका लागि जुन तयारी चाहिन्छ, त्यसको अभाव देखिन्छ  । सामान्यता आन्दोलन तयारीका तीन चरण हुन्छन्  । विद्रोहलाई संगठित तरिकाले अगाडि बढायो र सत्ताले पनि त्यसलाई स्वीकार्यो भने मात्र आन्दोलन हुन्छ  । आन्दोलन भनेको नै सत्तामा सामेल हुनका लागि हो  । आन्दोलनले आमूल परिवर्तन दुनियाँमा कहीं कतै भएको छैन  । सत्ता तयार हुँदैन र आन्दोलनकारी तयार हुन्छन् भने आन्दोलन क्रान्तिमा परिवर्तन हुन्छ  । क्रान्तिमा गएपछि सत्ताको उलटपुलट हुन्छ  । सामाजिक मूल्य(मान्यता बदलिन्छ  । आर्थिक सम्बन्ध परिवर्तन हुन्छ  । सांस्कृतिक मूल्य(मान्यता अर्को आउँछन् र त्यसबेला मात्र क्रान्ति भएको ठहरिन्छ  ।

नेपालमा आजको मितिमा भन्ने हो भने क्रान्ति भन्ने कुरा एकपटक २००७ सालमा मात्र सफल भएको हो  । अपूरो भन्नुस् वा जे भन्नुस् तर एकखालको क्रान्ति नै थियो त्यो  । त्यसले सत्ता परिवर्तन गर्नुको साथै सांस्कृतिक मूल्य(मान्यता पनि परिवर्तन गरेको थियो  । आर्थिक सम्बन्ध पनि सामन्तवादबाट आधुनिकतातर्फ उन्मुख पुँजीवादतिर लैजाने सुरुवात भएको थियो  । त्यसपछि नेपालको इतिहासमा जति पनि देख्छांै, राम्रोसँग आन्दोलन हुन पाएको छैन  । विस्फोट हुन्छ, विद्रोह हुन्छ  । तर, सत्ताधारीले त्यसलाई आन्दोलन मानिदिँदैन  । आन्दोलनकारी हामी आन्दोलन गर्न सक्दैनौ भनी थाक्छन्  । सत्ताले थकाउँछ र विद्रोह व्यवस्थापनकै तहमा त्यसलाई सल्टाइदिन्छ  ।  र, त्यसलाई सत्तामा पनि राम्रोसँग सहभागी हुन दिँदैन  ।  

चाहे त्यो सन् १९९० को काँग्रेस नेतृत्वको कुरा होस् अथवा तथाकथित जनयुद्ध सशस्त्र विद्रोह होस्  । वा २०६२ र ०६३ को जनआन्दोलन होस् वा पहिलो मधेस विद्रोह होस्, दोस्रो मधेस विद्रोह होेस्  । सबैमा सत्ताको चरित्र देखिँदै आएको छ  । आन्दोलनको स्वरूप पनि ग्रहण हुन दिँदैन, क्रान्तिको कुरा त परको कुरा हो  । विस्फोट व्यवस्थापन, विद्रोह व्यवस्थापनमा थकाउने, गलाउने र त्यसपछि दुई÷चारजना नेतृत्व पक्षलाई हातमा लिने र त्यसलाई त्यसैमा टुंग्यांइदिने प्रवृत्ति देखिँदै आएको छ  ।    जे रणनीतिले गर्दा आजको अवस्था आयो, त्यसलाई गहिराइसम्म बुझ्नुपर्यो  । यो त एककिसिमले बुद्धिचालको खेलजस्तै हो  । राष्टूलाई बलियो बनाउन कौमी (समुदाय) विद्रोहलाई आन्दोलनको स्वरूप दिने हो भने राज्यसत्तालाई फाइदा छ  । आन्दोलनकारीलाई फाइदा छ  । होइन भने राज्य सत्ताले षड्यन्त्रमूलक रणनीति अपनाउँदै गयो भने यसलाई क्रान्ति हुनबाट कसैले रोक्न सक्दैन  । र, क्रान्ति कुनै बाटोमा हिँड्दैन  । 

अहिले के भइदियो भने पहिलो मधेस विद्रोहमा माओवादी तह लगाउनु छ भनेर खस आर्य समूह र आदिवासी जनजातिकाको मौन समर्थन रह्यो  । देखिएर नभए पनि मौन समर्थन गरेर मधेसीले माओवादीलाई तह लगाउने भयो भन्थे  । र, त्यसबाट त्यही लाभ प्राप्त भयो  । दोस्रो मधेस विद्रोहमा माओवादीलाई विरोध गर्नेहरू भोलि उनैसँग मिल्यो भने अप्ठ्यारो हुन्छ भन्दै राज्यले यसलाई दुइटा बनाउनुपर्छ भनी आन्दोलनका रूपमा व्यवस्थापन भयो  ।

आन्दोलन असफलका चार रणनीति
मधेस आन्दोलनलाई राज्यले चार किसिमको रणनीति बनाएर आन्दोनल कमजोर बनाउने काम गर्यो  ।

पहिलो ः मधेसी(मधेसीबीच फुट सिर्जना गर्न कसैले आफूलाई क्रान्तिकारी भन्ने, कसैले आफैंलाई आन्दोलनकर्मी भन्ने, कसैले आफूलाई विद्रोही भन्ने  । त्यसले गर्दा शक्ति नै छरियो  । 

दोस्रो ः मधेस आन्दोलनलाई एक्ल्याउने  । जनजातिसँग मिल्न नदिने, दलितसँग मिल्न नदिने, खस आर्यसँग जोडिन नदिन यसमा मिडियाको भूमिका हुन्छ कि बौद्धिकको भूमिका हुन्छ कि सबैलाई राज्यले प्रयोग गरे  ।

तेस्रो ः अन्तर्रा्ष्टिूय रूपमा एक्ल्याउनका लागि यो त सशस्त्र हुँदै छ  । हिंस्रक हुँदै छ  । यो विखण्डनवादी हो भन्ने किसिमले भ्रम छरियो  । कुकुरलाई बदनाम गर अनि गोली हान्देउ  । यो कुकुर त बौलायो गोली हान्न उचित छ भन्ने किसिमको रणनीति राज्यले अपनाएको छ  ।

चौथो ः राष्टूभित्रै पनि स(साना समूहलाई एक्ल्याउने काम गरियो  । त्यसलाई राष्टिूय आन्दोलनसँग जोड्न दिइएन  । राष्टिूय आन्दोलन भन्नेबित्तिकै विखण्डनकारी भन्थे  । त्यसमा मिडियाले पनि त्यस्तैगरी साथ दियो किनभने मिडियाले पनि त्यही महेन्द्रमाला पढेका छन्  । बुद्धिजीवीले पनि त्यही महेन्द्रमाला पढेका हुन्  ।
चार किसिमको रणनीति यति धेरै सफल भयो कि कल्पनासम्म पनि गर्न सकिँदैन  । राज्य संयन्त्रले त्यसलाई असाध्यै सफल पार्यो  । त्यसले गर्दा मधेस आन्दोलन आजको अवस्थामा आइपुगेको हो  ।

अब यसो गरौँ
जे रणनीतिले गर्दा आजको अवस्था आयो, त्यसलाई गहिराइसम्म बुझ्नुपर्यो  । यो त एककिसिमले बुद्धिचालको खेलजस्तै हो  । राष्टूलाई बलियो बनाउन कौमी (समुदाय) विद्रोहलाई आन्दोलनको स्वरूप दिने हो भने राज्यसत्तालाई फाइदा छ  । आन्दोलनकारीलाई फाइदा छ  । होइन भने राज्य सत्ताले षड्यन्त्रमूलक रणनीति अपनाउँदै गयो भने यसलाई क्रान्ति हुनबाट कसैले रोक्न सक्दैन  । र, क्रान्ति कुनै बाटोमा हिँड्दैन  । क्रान्ति जहिले पनि पहाडीखोलाजस्तो हो  । त्यसले आफ्नो बाटो आफंै बनाउँछ  ।

क्रान्तितिर यो मधेस विद्रोह जाने हो भने कहाँ जान्छ, कसैले भन्न सक्दैन  । त्यो कुरा राज्य सत्तालाई विभिन्न तरिकाबाट सम्झाउन सकिन्छ  । राज्यभित्र मधेसीजस्तै तामाङ, थारू, मगरजस्तै अन्य समूह छन्  । उनीहरूसँग एलाइन्स गर्न गाह्रो छ  । पहाडी जनजातिमा पनि गोर्खालीकरण भएको छ  । उनीहरूमाथि शोषण भए पनि त्यसलाई उनीहरूले नियतिकै रूपमा स्वीकार गरेर बसेका हुन्छन्  । काठमाडांैका एकथरि नेवार त हामी पनि गोर्खाली नै हौं, हामी राज्यसत्ताकै अंग हौं भन्नेसम्ममा पुगिसकेका छन्  । केही जनजाति जस्तै गुरुङले पनि गोर्खाली भनेको त हामी हौं भन्न थालेका छन्  । को शत्रु हुन सक्छ, को दुस्मन हुन सक्छ भनी पहिचान गरी एलाइन्स बनाएर अगाडि बढ्नुपर्छ  ।

देशभित्रका मिडियालाई आश्वस्त पारेर विखण्डनको विद्रोह होइन तर क्रान्ति भयो भने विखण्डन हुन्छ कि हुँदैन कसैलाई थाहा छैन भन्नुपर्छ  । तर, आन्दोलनका रूपमा यसलाई नलिने हो भने जायज कुराको सुनुवाइ हुनुपर्छ  । त्योअनुसार सत्ता रूपान्तरण हुन्छ  । यदि सत्ता रूपान्तरित हुन मानेन भने फालिन्छ  । आज होला, भोलि होला, भोलि नभए पर्सि होला  । यो राजनीतिको स्वाभाविक गति हो  । यसलाई दुनियाँमा कसैले रोक्न सक्दैन  ।

खगेन्द्र संग्रौँला, लेखक
मधेस आन्दोलन टुंगिएको होइन, बिसर्जन भएको पनि होइन । व्यक्ति, समुदाय र समाजको लामो र कठिन संघर्षमा थकान महसुस भएपछि अल्पकालीन विश्राम भएको मात्र हो । यो आन्दोलनले दुईवटा कुरा स्थापित गरेको छ । आम मधेसीले काठमाडौंको पहाडे राज्यले ऐतिहासिक कालदेखि आफूमाथि गरेको अपमान बुझ्यो । यति लामो आन्दोलनपछि पनि राज्यले उनीहरुलाई उपेक्षा नै गर्याे । सत्तामा रहेकाहरुमा मधेस आन्दोलन तुहियो, देश विखण्डनमा जानबाट जोगियो भन्ने मानसिकता देखिएको छ । राज्य क्रुर छ र राज्य संचालन गर्नेहरु विवेकहीन छन् भन्ने पनि देखियो । सामान्य आन्दोलनबाट मधेसको मुक्ति सम्भव छैन । त्यो आन्दोलन कस्तो हुन्छ, राज्यको चरित्रले पुष्टि गर्छ । 

पुरानो नेतृत्वको व्यापक आलोचनासँगै मधेसमा नयाँ नेतृत्वको खोजी भएको छ । तर नयाँ नेतृत्व देखिएको छैन । पुरानो नेतृत्वको विस्थापन र नयाँ नेतृत्वको स्थापना एउटा प्रकृया हो । आन्दोलनको झण्डा जसले उठाउँछ, ऊ नै नेता हुन्छ । अहिलेलाई नयाँ सम्भावित नेता र भएकै पुराना नेताको बिचबाट निर्वाह चलाउनुपर्छ । मधेस आन्दोलनलाई बदनाम गर्ने प्रक्रिया जारी छ । 

राष्टिूय एकताको आन्दोलनलाई विखण्डनको आन्दोलनका रुपमा चित्रित गर्न राज्य सफल भएको छ । मधेसको आन्दोलन विदेशबाट उत्तेजित गराइएको हो भन्ने मनोदशा कायम छ । यसलाई चिर्नुपर्छ । ठूलो जनसंख्या भएको र मधेसमा सबैभन्दा उत्पीडनमा रहेको दलित आन्दोलनमा छैन । नेतृत्वले उनीहरुलाई साथमा लिने प्रयत्न गरेजस्तो मलाई लाग्दैन । 

गणेश मण्डल, मधेसी नागरिक समाज
राजनीतिक पार्टी वा विचारबाट मात्र मधेसको मुक्ति सम्भव छैन । किनभने यो धेरै क्लस्टरमा विभाजित छ । राजनीतिक रुपमा मधेस निकै विभाजित छ । त्यसैले यो एक ठाउँमा आउनै सक्दैन । अब नागरिक अधिकारको आन्दोलन बनाएमा मात्र मधेस आन्दोलन अघि बढ्छ । किनभने यहाँ कांग्रेस मधेसी छन्, एमाले मधेसी छन्, माओवादी मधेसी, राजतन्त्रवादी छन, थारु मोर्चा, मुस्लिम मोर्चा, मातृका माओवादी, सरतसिंह भण्डारी, हिन्दुवादी, मधेसकेन्द्रित दल र मोर्चा, सिके राउत र जयकृष्ण गोइतका आआफ्ना मोर्चाहरु छन् ।  मधेस आन्दोलन दुर्घटनामा पर्छ भन्ने पहिला नै थाहा थियो । मधेसभित्रको दलित, मुस्लिम र थारुमाथि राजपुत, कायस्थ र उच्चजातिबाट विभेद छ जबकि उनीहरुको जनसंख्या दुई लाख २० हजार छ । त्यसैले मधेसभित्रको आन्तरिक उत्पीडन र समस्यालाई अब प्रधान बनाएर जानुपर्छ ।  

गोविन्द थारु, पूर्व शिक्षा राज्यमन्त्री
मधेस आन्दोलन बहुराष्टिूय राज्यको आन्दोलन थियो । तर हामी धेरै कुरा खिचडी बनाएका छौँ । खेलको नियम खेलाडी, ताली बजाउने र रेफ्री सबैले बुझ्नुर्पयो । यो त अम्पाएर नभएको अराजक खेल भयो । मधेस आन्दोलनलाई ठिक ठाउँमा ल्याउन नागरिक समाजले भूमिका खेल्नुपर्छ । परिणाम शान्ति हो तर त्यसको कारक तत्व सन्तुलन हो । त्यसकारण बाहुन मन नपग्लेसम्म नेपालमा समाजिक सन्तुलन कायम हुन सक्दैन । यो पाँच छ महिनाले बाहुनको मन पगाल्न सकेन । जबसम्म बाहुनको मन पग्लिन्न, तबसम्म दलितको दैलोमा लोकतन्त्रको उपलब्धि पुग्दैन । यो बुझ्नुर्पयो । संघीयताका चाहना राख्ने व्यक्तिको गैरराजनीतिक मञ्च बनाउनुर्पयो । एउटा ब्यानरमा आन्दोलन र्गयो भनेमात्र   मधेसमा आन्दोलन सफल हुन्छ । 

दमननाथ ढुंगाना, पूर्व सभामुख
मधेसको आन्दोलन अधिकारको आन्दोलन हो । यो मधेसको मात्र होइन । मधेसबेगरको नेपाल कसैको पनि कल्पना होइन । नेपालको एकता मधेस आन्दोलनसँग जोडिएको छ । यदि यसलाई नेपालको आन्दोलन बनाउन नसक्ने हो भने नेपाल नै अर्को हुन्छ । त्यसकारण यो आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता हुनु जरुरी छ । अधिकारको आन्दोलनमा ऐक्यबद्धता चाहिन्छ । उसले बराबरीको राज्य खोजेको छ, नेपालबाहिर अर्को राज्य खोजेको होइन । म बराबरीको नागरिक हुँ भनेर राज्य खोज्नु उसको अधिकार पनि हो ।
इतिहास र मौलिकतालाई मधेस आन्दोलनले पनि बुझ्नुपर्छ । मधेस आन्दोलन २००७ सालअघि पनि थियो । राणाशासन हटाउने आन्दोलनमा मधेस पनि थियो । छुट्टै आन्दोलन भन्दा पनि नेपालमा हुने गरेका क्रान्ति र आन्दोलनमा मधेस सहभागी थियो । ६२र६३ बाट मात्र समान अधिकार र हिस्सेदारीका लागि उसले अलग्गै आन्दोलन थाल्यो । मधेसको चेतना गणतन्त्र स्थापना पछि बल्ल उठ्यो । 

मधेस चेतना जागृत भयो । उसले आफ्नो पहिचान दह्रोसँग स्थापना गरेको छ । आन्दोलन सफलरअसफल भन्दा पनि त्यसको सन्देश पुगेको छ कि छैन भन्नेमा ध्यान दिनुपर्छ । मधेसले आफ्नो अधिकार स्थापना गर्ने दिन टाढा छैन । संगठन, नेता वा पार्टीलाई हेरर होइन, पीडित मधेसीलाई हेरेर यसको मुल्यांकन गर्नुपर्छ । आम जनतामा ठूलो सन्देश यसले दिएको छ कि मधेस चुप छैन, अधिकारका लागि आवाज उठाइरहेको छ ।
जहिले पनि ’पहाडिया पहाडिया’ भन्नु पनि गलत हो किनभने हामी सबै एउटा देशमा छौँ । बरु भनौँ न, सबै नेपालीको बराबर हक छ । अतितको बन्धनमा नरहुँ । यो असमान राज्य हो, यहाँ विभेद छ भनेर पृथ्वीनारायण शाहकालीन विचार लिनु लघुताभाष हो । यो राज्य मधेसकै भैसक्यो । कसले भन्छ कि नेपाल मधेसको होइन? हिजोको मानसिकताबाट मुक्त हुनुपर्छ । मधेस नेपालको र नेपाल मधेसको हो ।  तर अधिकार कसैले दिँदैन आन्दोलनबाट नै खोस्ने हो । एकैचोटी कुनै पनि आन्दोलन सफल हुँदैन । मधेसीले आफूले खोजेको राज्यलाई नेपालबाहिर सोचिरहेको छैन । हामीले जानेनौँ भने त्यो राज्य नेपाल बाहिर पनि जान सक्छ । यही राज्यभित्र आफ्नो राज्य खोजिरहेका नागरिकलाई हामीले बुझ्नुपर्छ । मधेस आन्दोलनको चेतना पहाडमा पनि पुगेको छ । राज्य क्रुर भयो भन्ने सारा नेपालीले बुझेका छन् । बलियो गठबन्धन बनाएर आउँदा चुनावमा जानु र आफ्नो अधिकार स्थापनाका लागि लड्नु विधि नै लोकतान्त्रिक विधि हो ।

मौलाना नजरुल हसन, अध्यक्ष, इस्लामी संघ
पहिला हामी दास मानसिकताबाट मुक्त गर्नुपर्छ । हामी सबै बराबर हौँ भन्ने भावनाको विकास गर्नुपर्छ । हरेक व्यक्ति एकअर्कालाई खतरा देखिरहेको छ । मुस्लिम यादवलाई खतरा देख्ने, यादव मेहेतालाई खतरा देख्ने । जब हरेकले हरेकलाई खतरा मानेपछि कसरी सहकार्य हुन्छ? यो भ्रम हटाउनु छ त्यो पनि व्यवहारबाट । मधेस आन्दोलनमा हामी पनि थियौँ तर पछि चारपार्टी गठबन्धनबाट अलग्गियौँ । आन्दोलनमा सहभागी भैरहेका छौँ तर भूमिका नहुने,  सल्लाह नै नगर्ने । सामुहिकता हुँदै भएन । यो अविस्वास पहिला हटाउनुपर्छ ।
हामीमा मुद्दाको बारेमा एकअर्कालाई सहमत गराउन सकेका छैनौँ । केही मुद्दामा एउटै धारणा बन्ला, कुनै मुद्दामा फरक मत होला । नेतृत्व तहमा नै मुद्दामा एकमत बनोस् । आन्दोलनको बिचमा चिटिङ हुन्छ, सुरुमा १७ बुँदा थिए, पछि १२ बुँदा भयो । हामी अजेन्डा स्थापित गर्न लागिरहेका छौँ तर नेताहरुको दिमाग सत्तामा छ । काठमाडौंको अफर कुरेर बसेजस्तो । निःस्वार्थ भएर आन्दोलनमा नलागे सफलता हुन्न । सत्तामोहबाट टाढा जानुपर्छ । सबैलाई मुद्दामा सहमत गराउन सकेनौँ । मधेसीले आन्दोलनमा सबैभन्दा बढी नोक्सान खेपेको छ तर तस्करी पनि मधेसीले नै गरेका छन् । हामीले समाजलाई शिक्षित गर्न सकेनौँ । ६ महिनादेखि कारोबार बन्द भयो भने ऊ किन आन्दोलनमा लाग्छ ? 

तुलानारायण साह, विश्लेषक
मधेस राजनीतिमा धम्की दिने काम धेरै भयो, गफ हाक्ने काम धेरै भयो । आन्दोलनमा समाहित हुनुभन्दा पनि अन्य हिसाबका मानिसको बोली बढी सुनियो । केही नसक्ने तर धम्कीपूर्ण भाषा प्रयोग गरेर काठमाडौंलाई तर्साउन खोजियो । सुरुदेखि नै राज्यले यो बुझ्यो र अन्तयमा तुहाइदियो । ५२ देखि अहिलेसम्म नेपाली राजनीतिको डूाइभर प्रचण्ड हुनुहुन्थ्यो ।

यो कालखण्डमा प्रचण्डको व्यवस्थापन भएपछि सबै कुराको व्यवस्थापन भएको मानियो । त्यो मानेपछि मधेस आन्दोलन एक्लियो । ६३ सालपछि माओवादी व्यवस्थापन गर्नु थियो । मधेसलाई मतलब गरिएन । २० वर्ष लाग्यो माओवादीलाई बुझ्न, ६० वर्ष लाग्यो कांग्रेसलाई बुझ्न, ४० वर्ष लाग्यो एमालेलाई बुझ्न । मधेस आन्दोलन त बल्ल सुरु भयो । ६३ देखि काठमाडौंका भित्तामा मधेसको वालपेन्टिङ सुरु भयो ।
माओवादीले बन्दुक बोक्न सिकाइदिएको अशिक्षित ग्रामीण युवा, देशीविदेशी खुफिया एजेन्सीले चलखेलपछि बनेका बग्रेल्ती सशस्त्र समूहहरुको भरमा एक लेभलमा राज्यलाई तर्साउने काम त भयो, अलिकति धक्का दिने प्रयास त भयो तर त्यो बलियो हुन सकेन । बास्तवमा यो १० वर्ष कोही मसिहाका रुपमा आए, कोही गान्धीका रुपमा आए, सबैको परीक्षण भयो । मधेस आन्दोलन बिनानिष्कर्ष, बिना कुनै लेनदेन, बिना कुनै उपलब्धि तुहिसकेको छ । आन्दोलनको नयाँ सुरुवात हुने सम्भावना देख्दै छु । यसको अजेन्डा, अर्गनाइजेसन र लिडरसिपमा नयाँ रुप र नयाँ नयाँ बाटोहरु कोरिँदै गएको देखिन्छ । अब सुरु हुने आन्दोलन कहाँ पुग्छ हेर्न बाँकी छ । काठमाडौंमा गिरफ्तारी दिन डराउन मधेसको युवा भन्दा जेएनयुमा पढिरहेको मधेसी युवाले दिल्लीमा गिरफ्तारी दियो । यसले मधेस आन्दोलनको दिशा देखाउँछ । आम मधेसीको चाहना गाउँको स्कुलमा पढ्ने, गाउँबाट सहरमा जागिर खाने, काठमाडौंमा घर बनाउने र अमेरिका जाने हुन्थ्यो ।
तर अब एजेन्डा पुनर्प्रिभाषित हुँदैछ । मलेसिया, कतार र साउदीमा रहेका युवाहरु त्यहाँबाट पनि विभेदका कुण्ठा र मुक्तिका उत्साह बोकेर फर्किँदैछन् । नयाँ नेतृत्वको खोजी भैरहेको छ । अहिलेको नेतृत्वको लाचारी राम्रोसँग उनीहरुले नियालेका छन् । मधेसमा एउटा समाप्त भएको तर अर्को सुरु नभएको अवस्था छ ।
प्रा. डा. पारसनाथ यादव
जहाँ चेतनाको कमी हुन्छ, त्यहाँ शासन हुन्छ । शासन उत्पीडनमा रहेका समुदायकै मान्छेबाट हुन्छ । त्यस्तै नेतालाई जनताले भोट दिएका छन् । राजनीतिका नाममा आफ्नो निहीत स्वार्थ पुरा गर्ने पनि देखियो । बाह्य शक्तिबाट निर्दे्शित भएको पनि देखियो । निहीत स्वार्थ र बाह्य प्रभावबाट धेरै क्रान्ति विफल भएका छन् । राजनीतिक दर्शनबाट निर्दे्शित नभएसम्म आन्दोलन गन्तव्यमा पुग्दैन । त्यसको अभावमा मधेस आन्दोलनमा पनि देखियो । 

प्रदीप गिरी, नेता, नेपाली कांग्रेस
म गान्धीको प्रशंग उठाउन चाहन्छु । गान्धीले हिन्दुस्तानमा मात्र ३० वर्ष आन्दोलन गर्नुर्पयो । एउटा होइन, अनेकौँ आन्दोलन गर्नुर्भयो । अवज्ञा, असहयोग, सत्याग्रह पनि अनेकौँ थिए । अन्तिममा भारत छोड आन्दोलन । जुन बेला उहाँको हत्या भयो, त्यतिबेला पनि उहाँ आन्दोलन गर्दै हुनुहुन्थ्यो । भारत पाकिस्ताको विभाजनबाट उहाँ प्रसन्न हुनुहुन्नथ्यो । अरु मान्छे दल्लीमा खुसी मनाउँदै थिए, काठमाडौंमा संविधान घोषणाको खुसी मनाए झैँ । गान्धीले त्यसलाई इन्कार गरेर वर्तमान बंगलादेश र तत्कालीन पाकिस्तानको एउटा गाउँमा हिन्दु मुसलमान एकताको सन्देश दिँदै हुनुहुन्थ्यो । आन्दोलनमा हात हालेपछि यो जति लामो पनि जान सक्छ । आन्दोलनका हरेक चरणको मूल्यांकन हुनुपर्छ, आलोचना हुनुपर्छ, के गल्ती भएको छ भनेर हेर्नुपर्छ र आफ्नो गल्ती स्वीकार गर्ने पार्टी नै अगाडि बढ्छ । 

    यसपटकको आन्दोलनमा धेरै गल्ती पनि भएको छैन तर रणनीतिक भूल भयो । आन्दोलन धेरै कारणले थाकिसकेको थियो । नेताहरुको आपसी प्रतिस्पर्धा, जस लिने होड र सबैलाई समेट्न नसक्दा आन्दोलन थाकेको थियो । कांग्रेसका सांसद र केन्द्रीय सदस्य पनि आन्दोलनमा सहभागी हुन चाहन्छन्, वीरगञ्जमा मिटिङ राख्नुस्, मेरो जिम्मेवारी भयो भनेर मैले आन्दोलनकारी नेताहरुलाई भनेँ । म पनि आउँछु भनेँ । जस कसैले नपाओस् र एक्लो नेता हुन पाइयोस् भन्ने देखियो । लक्ष्य आन्दोलनमा थिएन । आन्दोलनको माध्यमबाट तत्काल नेता बन्नुथियो । भाग खान्छन् साथीहरुले भन्ने मानसिकता । भारतले नैतिक र अ्न्य खालको सहयोग दिइरहेको छ जस्तो गर्नुभएको थियो तर भारतको भरमा यो आन्दोलन सफल हुनेवाला थिएन, याद राख्नुहोला । भारतका बाध्यता पनि छन् र लक्ष्य पनि छन् । मुलतः आन्दोलन मधेसीले मधेसका लागि मधेसद्वारा जै गर्ने हो । यो नेपालको आन्दोलन हो, मधेसको आन्दोलन होइन । नेपाल एक भएर रहने कि नरहने ? नेपालको वर्तमान परिचय रहने कि नरहने भन्ने आन्दोलन हो । या त हिंसात्मक क्रान्ति गरेर नेपाललाई टुक्र्याउनुर्पयो । यो प्रयास सजिलो छैन । अन्तर्रा्ष्टिूय निर्णय हुन्छ, भूराजनीतिले बाधा र्पुयाउँछ । प्रभाकरणको जुन अवस्था भयो, त्यो भन्दा खराब अवस्थाबाट हामी गुज्रिन सक्छौँ । के हुन्छ थाहा छैन ।
अहिले नेताहरुले आफ्नो नेतृत्वका उपर होइन, आन्दोलनको लक्ष्य उपर ध्यान दिनुपर्छ । भन्न सजिलो छ तर गर्न गाह्रो छ । भारतको विभाजन गर्नैपर्छ भन्ने थिएन, गान्धीको कुरा मानेको भए त्यसो नहुन पनि सक्थ्यो । तर जवाहरलाल नेहरुको असहिष्णु दृष्टिकोण मूल कारण बन्यो, यद्यपि यसका धेरै कारण छन् । वार्ता र सम्झौता पनि लडाइँको हिस्सा हो भन्ने नबिर्सनुस् । संविधानमा दुईवटा संशोधन आइसक्यो । करमा आयो, बलमा आयो जे जसरी भए पनि । मधेस आन्दोलनको नेतृत्वलाई बहाना चाहिएको थियो तत्काल आन्दोलन स्थगित गर्ने । राम्रो बहाना थियो तर आन्दोलनको जस कसले लिने भन्ने विवादमा उहाँहरुले यो मिस गर्नुभयो । बेलामा आफ्नो तागत र विरोधीको तागत बुझेर सम्झौता गर्न नसक्नेको स्थिति बडो नराम्रो हुन्छ । सधैँभर क्रान्तिकारी बन्न खोज्नुहुँदैन । सम्झौताको उपलब्धिमा टेकेर अर्को संघर्ष गर्नुपर्छ । त्यो कुरा मधेसमा देखिएको वर्तमान नेतृत्वले बुझ्नुपर्छ । 

महेन्द्र पासवान, पूर्व मन्त्री, नेता नयाँ शक्ति नेपाल
मधेस आन्दोलनको मुख्य समस्या कहाँनेर रह्यो भने नेताको नीति र नियत ठिक देखिएन । ठूलो अविस्वास पैदा भयो । दिनभर आफै आन्दोलन गर्ने अनि रातिराति तेल सप्लाइ गर्ने । कुनै उद्योग बन्द गर्ने तर कतै पैसा लिएर उद्योग चल्न दिने । जनताले कसरी अविस्वास गर्ने ? जनताको विचारलाई सही ढंगले नेतृत्व गर्न नेतृत्वले सकेन । आफैले स्वतन्त्र र स्वाभिमानी ढंगले आन्दोलन अघि बढाएको देखिएन । कतै न कतै यो बाहिरी प्रभावमा र्पयो । सत्ताको लोभ र मोहमा पनि फसेको देखियो । आन्दोलनमा म्याच फिक्सिङ भयो । मधेसमा पनि नयाँ शक्ति र नयाँ नेतृत्वको आवश्यकता छ । मधेस नेपालमा रहने कि नरहने भन्ने कुरा काठमाडौंमा शासन गर्नेहरुको नियत र नीतिमा भर पर्छ । मधेसभित्रका हरेक उत्पीडितलाई आन्दोलनमा जोड्नुपर्छ । 

डा. रामस्वरुप सिन्हा, पूर्व सचिव
मधेस आन्दोलन कसको आन्दोलन हो ? उपेक्षित, उत्पीडित र निमुखाको होइन ? हो भने देशकै आन्दोलन हो । हामी मधेस भन्छौँ तर उपेउक्षित वर्ग, उत्पीडित वर्ग, निमुखावर्ग, सताइएका वर्ग, अधिकारबिहीन वर्ग मधेसका मात्र होइनन, देशका पनि हुन् । त्यसैले यो देशको आन्दोलन हो । हामी सबै बराबर हौँ भन्ने मानसिकता पहिला हुनुपर्याे । आन्दोलन त कहिल्यै पनि अन्त्य हुँदैन । एकै दिनमा के हुन्छ? फ्रान्स, अमेरिका, चीन, भारत, रसिया कहीँ पनि एक दिनमा क्रान्ति सम्पन्न भएका छन्? लामो सयम लाग्छ । मधेस आन्दोलनमा नागरिक र नेताको मनोविज्ञान मिलेन । नेताहरु फर्सी बन्नु हुँदैन, यो चाँडै फुट्छ । नरिबल बन्नुपर्छ । त्यस्तो नेता चाहियो । 

रिजवान अन्सारी, पूर्व गृह राज्य मन्त्री
मधेस आन्दोलन मधेसी जनताको मुक्तिका लागि मात्र होइन, यो देशको राष्टिूय एकतालाई बलियो पार्नका लागि हो । सम्पूर्ण जनतालाई अधिकारसम्पन बनाउन हो । आन्दोलन तुहिएको छैन बरु स्वरुप परिवर्तनको नाममा आन्दोलन तुहाउने षड्यन्त्र भएको छ । तर यो आन्दोलन नेपाल राज्यको एकता बलियो नभएसम्म, राष्टिूयता बलियो नभएसम्म रोकिन्न । असमानता विखण्डनको बिउ हो । राष्टिूय एकताको सर्त समानताको जगमा उभिएको नेपाल हो । 

    मधेसलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ । आन्दोलनको सफलता र असफलता यसको मुद्दा, नेतृत्व र संगठनसँग जोडिएको हुन्छ । हामीले सबै नेपाली जनताका मुद्दालाई अघि बढाउन सक्यौँ कि सकेनौँ? हामीले चुनेको नेता सक्षम वा योग्य थियो कि थिएन? आन्दोलन हाक्नेहरुको अदूर्दर्शिता, संकीर्णता, जातीय अहंकार र दम्भले आन्लोनमा के भूमिका खेल्यो? यही बेला नेता बन्ने हो, यही बेला पार्टीको बिस्तार गरिहाल्ने हो, ठूलो पार्टी बनाउने हो भन्ने सोच राख्ने अवसरवादी नेताहरुले उत्पीडित जनताको मुक्ति गर्न सक्दैनन् । अब सोच्ने बेला आएको छ । आन्दोलनमा किन साझा अजेन्डा बनेन? किन महागठबन्धन बनेन? मातृका यादव यहाँ आयो भने ऊ नेता बन्छ मेरो बजार सकिन्छ भन्ने, जयप्रकाश गुप्ता आयो भने मेरो बजार सकिन्छ, म सानो नेता हुन्छु भन्ने । यस्ता संकिर्ण सोचका मान्छे आन्दोलनलाई सही दिशानिर्देश गर्न सक्दैन । यस्ता मान्छेहरुका कारण बलिदान ठूलो तर उपलब्धि न्युन भयो ।

यो कसको अयोग्यता हो ? कसको असफलता हो ? जिम्मेवारी लिनुपर्दैन ? आन्दोलनले नेता चुन्छ, मुद्दा चुन्छ र नयाँ ढंगले आन्दोलन अघि बढ्छ । सिद्धान्त र व्यवहारको एकरुपता भएन । मधेसमा बलिदानी भैरहेका बेला प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुने नेतृत्वबाट पार लाग्दैन । समानताको जगमा उभिएको नेपाल नभएसम्म यो आन्दोलन रोकिन्न ।  

वीरेन्द्र मिश्र, पूर्व आयुक्त, निर्वाचन आयोग
म पनि मधेसी हुँ । तर कुरा उठेको छु कि म उच्च जात हुँ, तपाईँहरु आफै भन्नुस् म मधेसी हो होइन । निर्वाचन आयोगमा पुगेँ, कसैको कृपाले भएको होइन, नियुक्ति भएरै भएको हुँ । प्रोफेसर भएँ, कसैको कृपाले होइन, रिजर्भेसनमा पाएको पनि होइन, प्रतिस्पर्धाबाट नै भएको हुँ । पहिलो कुरा । अर्को कुरा हरेक व्यक्तिभित्र असन्तुष्टि हुन्छन्, ती असन्तुष्टि जब सामाजिक अपेक्षा बन्छन् र आन्दोलन बन्छन् । आन्दोलनलाई मधेसमा मात्र केन्द्रित गर्ने कि शोषितपीडितमा? शोषितपीडित त पहाडमा पनि छन्, देशैभर छन् । मुख्य कुरा यो हो । 

सन्तोष मेहता, प्रवक्ता, सद्भावना पार्टी
मधेस आन्दोलन तुहिएको छैन । मधेस अहिले पनि आन्दोलित छ । आगो सेलाएको र हावा लाग्नेबित्तिकै फेरि बल्ने अवस्थामा मधेस छ । हो, आन्दोलनको नेतृत्व गर्नेहरुप्रति आक्रोश छ तर आन्दोलन तुहिएको निष्कर्ष निकाल्ने हो भने लाखौँ आन्दोलनकारीको भावनामा ठेस पुग्छ । नेता अवरोधको पक्षमा तर जनता विद्रोह र क्रान्तिको पक्षमा देखियो । नेता पछाडि पछाडि, जनता अगाडि अगाडि । जनता संसद छोड भन्ने तर नेताहरु काठमाडौं फर्किने परिस्थिति बन्यो । नेताहरुमा प्रधान मन्त्री चुनावमा भाग लिएर संविधानलाई स्वीकार गर्ने स्थिति पनि देखियो । जनताको अपेक्षा नेताहरुले समात्न सकेनन् । नेतृत्व र उसको चरित्र ओजनदार हुनुपर्ने रहेछ । गान्धी जस्तो चरित्र हुनुपर्याे ।   

डा. सुन्दरमणि दीक्षित, नागरिक अगुवा
म ४६ सालमा मधेसको जुलुसमा त्रिपुरेश्वरबाट सिंहदरबार गएको थिएँ गजेन्द्रबाबु, रामजनम तिवारी र हृदयेश त्रिपाठीसँगै । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भेट्न पनि मान्नुभएन । फेरि ७२ सालमा माइतिघरबाट नयाँ बानेश्वरसम्म मधेसकै जुलुसमा हिँडियो । 

२६ वर्षअघि र आज त्यसरी किन जुलुसमा जानुर्पयो ? किनभने मधेसका नेपालीले न्याय पाएनन, पहिचान पाएनन र राज्यबाट बराबरीको व्यवहार भएन । आन्दोलनमा रहेका दलहरुलाई सोध्दा पनि नसोधी बिर्ता बाँडे झैँ संशोधन ल्याइयो । यो पुरानो मनस्थिति हो, शासकीय सोच हो । अब जनतालाई दुख दिएर, स्कुल बन्द गरेर, यातायात बन्द गरेर आन्दोलन हुँदैन । अब राजनीतिक दलका नेतालाई बोलाएर चेतावनी दिनुपर्छ । नेताका घर र कार्यालय घेरौँ । सिंहदरबार र बालुवाटार घेराउ गरौँ । काठमाडौं केन्द्रित आन्दोलन गरौँ । जहाँसुकैको होस, नेपालीले गरेको आन्दोलनमा सबै नेपालीको सहयोग चाहिन्छ ।



२०७२ फाल्गुन २३ गते आईतबार

No comments:

Post a Comment