Tuesday, March 10, 2015

जानकी मन्दिरलाई विश्व सम्पदामा सुचीकृत गराउन ६५ हजारले गरे हस्ताक्षर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अठारहौ शताब्दीमा निर्मित संस्कृती, आर्किटेक्चर, इतिहास, र अध्यात्मको अद्धितिय संगमको रुपममा जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचीकृत गराउन १ लाख हस्ताक्षर अभियान अन्तरगत १४ फाल्गुन २०७१ को दिन सम्म ६५ हजार भन्दा बढी व्यक्तिहरुले हस्ताक्षर गरी सकेका छन् । गत बडादशै फुलपातीको दिन अर्थात १५ असोज २०७१ ९१ अक्टोबर २०१४० को दिन देखि जनकपुरधामको जानकी मन्दिर परिसर बाट भोर, अभियानी तथा अनुसन्धान मुलक परोपरकारी संस्थाले यस अभियानको शुरुवात गरेको छ । युनेस्कोको विश्व सम्पदा सुची केन्द्रको कार्य विधिले तय गरेका आधारहरु लाई पुरा गरेको भए पनि र राष्टूको गौरवको रुपमा रहेको सम्पदा हाल सम्म पनि विश्व सम्पदाको रुपमा सुचीकृत नभएकोले यो अभियान संचालन गर्नु परेको यस अभियानका संयोजक राज कुमार महतोले जानकारी दिनु भयो । उहाँका अनुसार यो अभियान प्रत्यक्ष हस्तलिखित हस्ताक्षर र अललाइन गरी दवै प्रविधिबाट संचालन भइ रहेको छ । चेन्ज डट ओआरजीमा आधिकारीक रुपमा दर्ता गराई यस अभियानको अनलाइन हस्ताक्षरको व्यवस्था समेत गराइएको छ ।
यस अभियानमा विभिन्न पेशा, वर्ग, क्षेत्र, तथा समुदायको व्यक्तिहरुले स्वेच्छिक रुपमा हस्ताक्षर गरी रहेका छन् ।
    नेपाली नागरिक लगायत विदेशी नागरिकहरुले समेत हस्ताक्षर गरिरहेको यस अभियानकोे हस्ताक्षर स्टल प्रारम्भमा २ महिना सम्म जानकी मन्दिरमा राखिएको थियो । कमल देव महतो, पचुलाल माझी, आदित्य महतो, लगायत १५ भन्दा बढी स्वंय सेवकहरुले जानकी मन्दिरको हस्ताक्षर स्टलमा बसी सर्व साधारण बाट हस्ताक्षर गराएका छन् । यस अभियान प्रति जन समुदायको चासो र एक्यबद्धता तिव्र रुपमा वृद्धि हुदै गए र विभिन्न जिल्लाहरुमा स्वत स्फूर्त रुपमा यस हस्ताक्षर अभियानको बिस्तार भएको छ । जसले गर्दा सर्लाही, महोत्तरी, रौतहट, धनुषा, सिरहा, सप्तरी, मोरडं, सुनसरी लगायतका जिल्लाहरुको राम नारायण महतो, शिरिस सिहं, राकेश यादव, रिकी साह जस्तो स्थानीय वासीहरुले स्वंय सेवी रुपमा यस अभियानलाई आ आफनो जिल्लाहरुमा संचलान गरी रहेका छन । यो एकदमै पवित्र र एतिहासिक अभियान हो । यसले मिथिला लागायत नेपालका गरिमा वृद्धिमा महत्वपुर्ण योगदान गर्ने महागंगा आरती जनकपुरधामका सामाजिक अभियान्ता राम आषिश यादवले भन्नु हुन्छ ।
    त्यस्तै, उक्त अभियानमा देश विदेश मा बसोबास गर्ने सम्पूर्ण नेपालीले साथ दिन छन् र जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचिकृत निश्चित रुपमा हुनेछ भन्ने विश्वास रहेको बुद्ध एयरको जनकपुर शाखाका प्रबन्धक विजय प्रसाद सिंहले व्यक्त गर्नु हुन्छ । त्यस्तै यस अभियानमा संचारकर्मी, उद्योगी व्यवसायी, युवा, प्रहरी, विधार्थी, गैर सरकारी संघ सस्था, सरकारी कार्यालय, समाज सेवी, साधु सन्त, शिक्षक, स्वास्थ्यकर्मी, राजनितीकर्मी, लगायत विभिन्न पक्षहरुले सक्रिय सहयोग र आबद्धता गरिरहेकोछ ।
मंसिर महिना देखि उक्त अभियान देशको राजधानी काठमाडौंमा पनि संचालन भइरहेको छ ।
    काठमाडौको पशुपतिनाथ मन्दिर परिसरबाट ५ मंसिर देखि शुरु गरिएको अभियान काठमाडौ, भक्तपुर, ललितपुर जिल्लाहरुका विभिन्न क्षेत्र र स्थलहरुमा समेत संचालन भइरहेको छ । रमिला महर्जन, सोनम सिहं, किरण गिरी, अशोक साह, उदय यादव, चन्दन यादव, ललन शाह, नेहा यादव, विभा न्यूपाने, अनुपमा पाण्डे, सुजन ओली, श्रद्धा डंगोल, विर वहादुर महतो, राफेल पौेडेल लगायत ५० भन्दा बढी व्यक्तिहरुले स्वंयसेवी रुपमा यस अभियान संचालनमा सक्रिय सहभागी भइ रहेका छन् । काठमाडौका विभिन्न विधालय, कलेजहरु, सामाजिक संस्थाले समेत यस अभियानमा सक्रिय सहयोग गरी रहेकाछन् ।
    हाल सम्म नेपाल, भारत, बांगलादेश, कतार, अमेरिका, बेलायत, दुवई, पाकिस्तान, श्रीलंका, कोरिया, फ्रान्स लागयत विभिन्न देशको नागरिकहरुले समेत यस अभियानमा हस्ताक्षर गरी सकेका छन । त्यसतै, नेपाल सरकारका माननीय मन्त्रीहरु महेन्द्र पाण्डे, मन्त्री परराष्टू मन्त्रालय र विमलेन्द्र निधी, मन्त्री भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले समेत यस अभियानमा हस्ताक्षर गरी सकेका छन । साथै, नेपालको चेलीबेटी बेच बिखन विरुद्ध कार्यारत समाज सेवी अनुराधा कोइरालाले समेत यस हस्ताक्षरमा हस्ताक्षर गरि जानकी मन्दिरलाई विश्व सम्पदामा सुचीकृत गराउन आफनो योगदान गर्नु भएकोछ । यस अभियानमा हस्ताक्षर गर्दै यसमा सम्पुर्ण नेपाली लाई सहभागी हुन माननीय मन्त्री विमलेन्द्र निधीले आफनो फेसबुक मार्फत सबैमा आवहान गर्ने भएकोछ । त्यस्तै, बंगलादेशका जमुना टेलिभिजनका एक चर्चित कार्यक्रमको प्रस्तोता टिना नन्दीले यस अभियानको प्रसंशा गर्दै अभियानको विजय पश्चात यस अभियानको संयोजकलाई आफनो टिभीमा अन्तरवार्ताको लागि समेत निमन्त्रणा गरि सकेकी छिन ।
    नायीक गरिमा पन्त, मोडेल डा. सि के सिह, समाजसेवी मनोरन्जन कर्ण, व्यवसायी सुनिल सिहं, सन्तोष विमली, विक्रम सहनी लागयत हजारौ व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रहेको यस अभियान अझै पनि जारी रहेको छ । अब बांकी रहेका ३५ हजार हस्ताक्षर पनि छिटै नै संकलन गरी युनेस्को, र नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।
     निकै ठुलो प्रयास पछि संकलित १ लाख हस्ताक्षर सम्बन्धित निकायहरुलाई बुझाएर मात्रै यो अभियानले विराम लिदैन । हस्ताक्षर हस्तान्तरण पश्चात युनेस्को, नेपाल सरकार, जानकी मन्दिर, बृहत्तर जनकपुर विकास परिषद लगायतको जिम्मेवार नियकायहरु सित निन्रतर रुपमा यसको अनुगमन गरी र यस प्रकृयामा आउने चुनौतीहरुलाई समाधान गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचीकृत भए  पश्चात मात्र यस अभियानले विराम लिनेछ ।

२०७१ फाल्गुन २४ गते आईतबार,

No comments:

Post a Comment