Monday, December 22, 2014

झोले कारखाना ! सरकारी अनुदानको व्यापक दुरुपयोग


प््राङगारिक मल उत्पादन गर्न खरीद
 गरिएपनि भवन निर्माणमा कच्चा पदार्थको 
मिश्रण तयार गर्ने प्रयोजनमा ल्याईएको मिक्श्चर मेशिन 
ईश्वर चन्द्र झा
जनकपुरधाम............
नेपालमा झोले विद्यालयहरु, झोले खोला लगायत थुप्रै सरकारी अनुदानमा संचालित परियोजनाहरु झोले रहेको सुनिएको छ, संचार माध्यमहरुमा प्रकाशित गरिएको छ । तर, कारखाना पनि झोले छ भनेर भन्दा पत्याउन नसकिने हुनसक्छ । द एक्सक्लुसिभले यो कुराको खुलासा गर्दैछ कि धनुषामा कतिपय कारखानाहरु सरकारी अनुदान लिएर पनि संचालन नगरी झोलामै सिमित गरिएको पाइएको छ । नेपाल सरकार कृषि बिभाग अन्तगर्तको माटो निर्देशनालयले आव २०६८÷०६९ मा धनुषाको दुईवटा सहकारी संस्थालाई प्राङ्गारिक मल उत्पादनका लागि १ करोडभन्दा बढी अनुदान उपलब्ध गरायो तर सरकारी अनुदान पाएको ३ वर्ष बितिसक्दा कारखानाको अत्तोपत्तो छैन् ।
 अनुदान पाएका एक सहकारी सरकारी अनुदान पूर्णरुपमा पचाईसकेको अवस्था छ भने अर्कोले आजभो िलगर्दै कारखाना सञ्चालनमा ल्याउने ढाड्स दिदै आएको छ । धनुषा महेन्द्रनगरस्थित बुद्ध प्राङ्गारिक कारखानाको नाउँमा आएको सरकारी अनुदानबाट कारखानाका लागि प्रारम्भिक काम गर्न नै तीनवर्ष भन्दा बढी बितेको छ । गत् असोज १ गते विश्वकर्मा पूजाकै दिन कारखाना सञ्चालनमा ल्याउने बताएका सञ्चालक समितिका अध्यक्ष श्रवण कुमार गोयन्का त्यसयता सम्पर्कमा आउन चाहेका छैनन् । कारखाना हालसम्म सञ्चालनमा आएको छैन् । उनी अध्यक्ष रहेको बुद्ध कारखानाले पछिल्लो तीनवर्षमा माटो निर्देशनालयबाट तीन किस्तामा गरी ७९ लाख ११ हजार अनुदान उठाएका छन् । कारखाना सञ्चालन बारे जिज्ञासा राख्दा गोयन्का भन्छन् ( प्राबिधिक समस्याले गर्दा समयमै सञ्चालन हुन सकेन, अब भने तुरुन्त्तै सञ्चालनको तयारीमा छौं । 
महेन्द्रनगरभन्दा एककिलोमिटर दक्षिण सडकको पश्चिममा अवस्थित कारखानाको सञ्चालक समितिमा गोयन्काका ससुरा गोविन्द झुन्झन्ञ्वाला प्रमुख भूमिकामा रहेका छन् । आफू नै प्राबिधिक कामकाजदेखि हरहिसाब डिल गर्ने गरेको बताएका झुन्झुन्वालाले कामकाजका लागि प्राबिधिकहरु बहिरबाट मँगाउनुपर्ने भएकोले ढिलाई भएको स्वीकार गर्छन् । ५० प्रतिशत सरकारी अनुदान पाएको बुद्ध कारखाना सञ्चालन हुने अझै महिनौं लाग्ने कारखानाकै प्राबिधिक स्रोतको दाबी छ । कारखानाका सञ्चालक समितिका सदस्य गोविन्द झुञ्झुञ्वालाले यसअघि प्रयास गर्दै आएपनि भट्टीमा चिसोपना २८ प्रतिशतभन्दा कम गर्न नसक्दा सञ्चालन हुन नसकेको बताए । प्राङगारिक मल उत्पादन गर्ने कारखानाको भट्टीको तापक्रम १५ प्रतिशत भए स्तरीय मल उत्पादन हुन्छ ।
धनुषाको फुलगामा गाबिसस्थित एक सहकारी संस्थालाई प्राङगारिक मल उत्पादनका लागि कारखाना स्थापना गर्न १३ लाख ४६ हजार ५ सय अनुदान दियो । फुलगामा गाबिस वडा नं ४ मा साना किसान कृषि सहकारी संस्थाले ५० प्रतिशत सरकारी अनुदान र ५० प्रतिशत आफ्नै मुनाफाको लगानी गरी २७ लाखमा प्राङगारिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने शर्तमा बिभागको अनुदान रकम पायो । बिभागले अनुदान उपलब्ध गराएपनि ३ वर्ष बितिसक्दा कारखानाको अत्तोपत्तो छैन् । झन प्राङगारिक मल उत्पादन गरी किसानले राहत पाउने सपना अधुरै रह्यो । फुलगामा ७ का बिरेन्द्र साह भन्छन् ( हामीले कारखाना स्थापना गर्न पटक पटक ताकेता गरेपनि सहकारीका अध्यक्ष उर्मिला देबी महतोले टेर पुच्छर लगाएकि छैन् ।
 कृषि बिकास कार्यालय देखि बिभागसम्म मौखिम रुपमा फुलगामाका सर्वसधारणले आएको अनुदान रकमको सदुपयोग गरी कारखाना स्थापना गर्न पहल गरिदिन आग्रह गरे । तर बिभागले सहकारीमाथि दबाब सृजन ागर्न सकेको छैन् बरु कृषि बिकास कार्यालयले हामीलाई आफ्नै कार्यक्रमबाट फुसर्द नभएकोले बिभागको कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको जनाउ दिएको स्थानीय राम शंकर ठाकुरले बताए । 
२०४० सालदेखि कृषि बिकास बैंकको साना किसान बिकास आयोजना सञ्चालन रहेको फुलगामा ४ स्थित गाबिसकै भवनमा २०६३ मा आयोजना फर्किदा साना किसान कृषि सहकारी संस्थामा परिणत भएको थियो । आयोजनाको ३३ लाख पूंजीबाट सुरु भएको सहकारीमा आव २०७०÷०७१ को लेखा परीक्षणको प्रतिवेदन बमोजिम पूंजी ९१ लाख ७० हजार पुगेको छ । तीन गाबिसमा सेवा दिने गरी सञ्चालनमा आएको सहकारी फुलगामामा मात्रै पनि राम्ररी आफ्नो कार्यक्रम सञ्चालन गर्न नसकेको स्थानीय बिरेन्द्र ठाकुर बताउँछन् । सहकारीका अध्यक्ष उर्मिला देबी र कर्मचारी राम एकवाल साहले साना किसान बैंक र सदस्यहरुबाट संकलित निक्षेपलाई वार्षिक १८ प्रतिशतका दरले ब्याज तिरी बाहिर सर्वसधारणलाई ३६ प्रतिशतका दरले ऋण लगानी गर्दै आएको समेत साहले खुलासा गरे । सहकारीले बिभागको अनुदान र आफूले प्राङगारिक मल उत्पादन कारखाना स्थापनाका लागि लगाएको २७ लाख पूजी उपकरण खरीद गरेको दाबी गरेको छ । सहकारीका कर्मचारी राम एकवाल साहले २७ लाख लागत्मा खरीद गरेको उपकरण काम र प्रायोजनबिहीन हुन पुग्दा नेपाल सरकारलाई मात्रै नभई सहकारीलाई समेत घाटा भएको बताउँछन् । खरीद गरिएको केही उपकरण खुला आकाशमुनि छोडिदा कामै नलाग्ने अवस्थामा पुगेको छ । 
सहकारीले खरीद गरेको उपकरण मध्ये मिक्श्चर मेसिन मल उत्पादनका लागि नभई भवन निर्माण हुँदा बालुवा सिमेन्टको मिश्रण तयार गर्न प्रयोग गर्दै आएको छ । दैनिक २ हजारमा गाउँघरमा भाडामा लगाईने गरिएको मिक्श्चर मेशिनबाट आएको मुनाफा सहकारीले वार्षिक २० देखि २५ हजार रुपैयाँ सरदर देखाउँदै आएको फेला परेको छ । गत् आवको लेखा परीक्षणको प्रतिवेदनमा उपकरणको मुनाफा उल्लेख नै गरिएको छैन् । 
यद्दपी खरीद गरिएको उपकरण ३ लाखभन्दा बढी नपर्ने स्थानीय राम शंकर ठाकुरले बताए । उपकरणको आडमा सरकारी अनुदान र शेयरधनीको मुनाफा गरी २७ लाख रकम सहकारी सञ्चालकले कुम्ल्याउन खोजेको गाबिस स्तरीय नेता समेत रहेका ठाकुरको दाबी छ । 
कृषि बिकास कार्यालयका कार्यक्रम अधिकृत सुरेन्द्र गोईत भने आफ्नै कार्यक्रम हेर्न फुसर्द नभएकोले बिभागिय कार्यक्रमको निरिक्षण गर्नु कार्यालयको लागि घाँडो भएको बताउँछन् । प्राङगारिक मल उत्पादनका लागि कारखाना सञ्चालन गर्न कृषि बिकास कार्यालय धनुषाले फुलगामाकै साना किसान कृषि सहकारी संस्थाको नाउँ सिफारिश गरेको थियो । 

  २०७१ पौष ०६ गते आईतबार

No comments:

Post a Comment