Monday, December 22, 2014

ग्यास छ .....? -धर्मेन्द्र कुमार झा

धर्मेन्द्र कुमार झा 
गास, वास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता पुर्ति भए नभएको हेर्ने जिम्मेवारी राज्यको हुन्छ । नभए पुर्ति गर्ने दायित्व पनि राज्यकै हुन्छ । तर गर्ने काममै व्यस्त देखिन्छ । आम जनताको यो राज्य कहिले हुने भन्ने प्रश्न राष्टू सामु उभिरहेको छ । आम जनता जवाफ मागिरहेको छ, “हामी श्रम गरेर खाने अवसर कहिले पाउँछौं, हाम्रो सरकार कहिले बन्छ, हाम्रो प्रशासन कहिले हुन्छ, हामीलाई बुझ्ने नेता कहिले जन्मिन्छ, हाम्रो समस्यामा साथ दिने नागरिक समाज कहिले आउँछ, हाम्रो कुरा सम्प्रेषण गर्ने संचार कहिले विकास गर्छ ?” हाम्रो देशको दुर्भाग्य, शुल्क तिरेर पनि आधारभुत आवश्यकताका वस्तुहरु पाउन गाह्रो हुन्छ । यही जनताका वहुमुल्य समय विजुली विल, फोन, विल, पानी, विल, राजश्व, कर तिर्न र ग्यास पेटूोल खोज्नमामा खर्च भइरहेको हुन्छ । नेपालमा काम भन्दा प्रक्रिया ठुलो छ । शायद अनुत्पादक काममा समय खर्चिनु भन्दा उत्पादक काम लागेको भए  देशलाई फाइदा हुन्थ्यो होला ।
केही महिला देखि ग्यासको कृत्रिम हाहाकार मचेको छ । केही मात्रामा ग्यास कटौती भए पनि व्यापक रुप बनाइएको छ । दिनभरी मान्छे ग्यासको जोहो गर्न लागिपरेको देखिन्छ । कसैले ग्यास आतङ्कले ठुलो रुप लिइसकेको छ । एउटा ठुलो ओहदा वा व्यक्तिको लागि यो सामान्य कुरा होला तर एउटा सर्वसाधारण व्यक्तिको लागि ठुलो समस्या हो । किनभने प्रायः व्यक्तिको आफ्नो हुँदैन भए पनि पक्की घरमा चुल्होमा खाना पकाउन मिल्दैन । तसर्थ कति सर्व साधारण व्यक्तिले ग्यास अभावमा दुई छाक खाना खान पाएको छैन । त्यसका महँगा विकल्प रोज्न बाध्य भएका छ । तर, यस्ता गम्भीर समस्यालाई कसले विचार गर्ने त के आम जनताले शुल्क तिरेर पनि दुई छाक खाना खान पाउने अधिकार न पाउने ?
स्थलगत अवलोकन तथा अध्ययन 
खाना पकाउने ग्यासको अभावका कारण पत्ता लगाउन स्थलगत अध्ययन गरियो । जसका बुँदागत केही कारण पत्ता लगाइयो ।
ग्यासको मानसिक अभाव गरी बजारमा दबाब बनाउने
धेरै समयमा ग्यास बेचिसक्ने 
ग्यास बेच्ने समयलाई अर्को काममा प्रयोग गर्ने
सामान्य मुल्य भन्दा बढी लिने
धेरै ग्राहकको पैसा र सिलिन्डर २(३ महिना सम्म प्रयोग गर्ने
ग्यास बेच्ने भन्दा नयाँ सिलिन्डर बेच्न प्राथमिकता दिने 
घटी ग्यास बेच्ने
अरुको पुँजिमा नाफा कमाउने
आफु दबाबमा रहनु भन्दा ग्राहकलाई दबाबमा राख्ने
बजारमा आफ्नो पुछारथ प्रतिष्ठा बढाउने
यस्ता मानसिकताले ग्यास डिलरहरु ग्यास अभाव अनुभुति गराएको पाइयो । ग्यासको वास्तविक अभाव भएको भए मान्छेलाई ग्यासका विकल्प (दाउरा, मट्टितेल, विद्युत) मा खाना पकाउन बाध्य हुन्थ्यो होला । तर १५ दिन लगाएर गरिएको अध्ययनमा प्रायः घर परिवारले ग्यासमै खाना पकाएको देखियो । तर ग्यास महँगो र धेरै मिहिनेत गरेर उपलब्ध गरेको कुरा बुझियो । प्रायः घर परिवारमा २(३ टा सिलिन्डर राखेको भेटियो । “मेरो घरमा एउटा सिलिन्डर थियो । बर्षौ देखि कुनै समस्या भएन । जसरी तसरी काम चलिहाल्थ्यो । तर, तीन महिना पहिले अलि समस्या भयो । अनि अर्को कम्पनीको एउटा अरु ग्यास सिलिन्डर किने । एउटा सिलिन्डर र १५०० रुपैयाँ एउटा ग्यास पसलमा दिएको एक महिना हुन लागेको छ । कति दिन फोन गरें । कति दिन आफै गएँ । तर उसले अहिले तपाईको नम्बर आएको छैन भन्छ । एक दिन अर्को पसलमा ग्यास आएको थाहा पाए अनि म पनि गए । तर उसले ग्यास दिन मानेन । अन्ततः उसलाई ४ हजार दिएपछि बल्ल सिलिन्डर दियोे । अहिले म सँग तीन वटा सिलिन्डर छ । दुइटा सिलिन्डर लाइनमा लगाएको हुन्छु । तर पनि ग्यासको ठुलो चिन्ता हुन्छ । किनभने ग्यासवालाहरु ग्यास हैन सिलिन्डर सहित ग्यास लानुस भन्छ नत्र ग्यास छैन भन्छ । कति सिलिन्डर किन्ने ।” एक जना गृहणी प्रतिभाले बताइन ।
वास्तवमा अहिले व्यक्तिको ग्यास खोज्ने पनि एउटा दैनिकीमा पर्ने भईसकेको छ । घरमा २ टा ३टा ५टा सिलिन्डर राख्ने बाध्यता भइसकेको छ । कुनै होटेल वा ठुलो मात्रामा ग्यास प्रयोग गर्नेलाइ समस्या भएको छैन । समस्या भएको छ त सर्वसाधारण वा कम आय भएका वा भाडामा वस्नेलाई । एक जना ग्यास व्यापारी अनुसार “पहिले ग्यास घर(घरमा भन्ने वितिक्कै आफै पु¥याईदिँदा पनि इज्जत थिएन । समाजमा भैल्यु थिएन । ग्यासवाला त हो । तर अहिले हाम्रो इज्जत प्रतिष्ठा बढेको छ । एस.पी., डिएसपी, सिडिओ, नेता, समाजका ठुला(ठाला मान्छेहरुबाट फोन आउँछ । मेरो मान्छेलाई ग्यास एउटा उपलब्ध गराईदिनु होला भनेर । पहिला(पहिला खाना पकाउँदा पकाउँदै ग्यास सिध्यो भने फोन गथर््यो ५(१० मिनेट पनि ढिलो ग्यास पुग्दा हपार खानु पथर््यो । तर अहिले आफै सिलिन्डर पैसा जम्मा गर्न आउँछ । नलिन माग्दा बरु झगडा गर्छ, फेरी दिनमा एक दुई पल्ट सोध्न पनि आउँछ । ग्यास आयो भने आफै लान्छ । पु¥याउनु पनि पर्दैन । त्यही भएर अब ग्यास सर्टरमा राख्नै पर्दैन यहाँ किराना पसल खोलिदिएको छु । अब ग्यास बेच्ने समय थप व्यापारमा लगाएको छु । ग्यास अभाव भएको बेला मान्छे ग्यासको महत्व बुझ्छ ।”
निष्कर्ष
यसरी ग्यास विक्रेता र ग्यास क्रेता दुईटैको कुरालाई आधार बनाएर हेर्ने हो भने ग्यास आतंकको प्रभाव राम्ररी चित्रण हुन्छ । अभावको नाममा ग्यास विक्रेताहरु मनमानी गरिरहेको छ । सर्वसाधारणलाई थप मानसिक र आर्थिक भार परेको छ । आम उपभोक्ता घटी ग्यास महँगो दाममा लिन बाध्य भएका छन् । कुनै ग्यास विक्रेताले ग्राहकलाई ग्यासको तौल गरेर दिने गरेको छैन । कुनै ग्यास विक्रेता काहाँ ग्यास वेट गर्ने तराजु देखिदैन । अहिले झन सिल गरेर विभिन्न बाहानामा ग्यास बेचेको पाइन्छ । यसरी उपभोक्ता दोहोरो मारमा परिरहेका छन । तर यसको बारेमा कसैको प्रभावकारी चासो देखिँदैन । कसले उपभोक्ताको अधिकारलाई संरक्षण गर्ने भन्ने चिन्ताको विषय भएको छ । केहीका लागि यो झिना मसिना समस्या होला तर सर्व साधारणको अवस्थाको अवस्थालाई नियालेर हेर्यो भने बल्ल थाहा हुन्छ । यो कतिको समस्या हो । तसर्थ राज्यले समयमै यसको नियन्त्रण थत उचित व्यवस्थापन गर्नु आवश्यक छ । किनभने राज्यको अनुदान पनि ग्यासमा खर्चिदै छ र आम उपभोक्ताको थप पैसा पनि लाग्दै छ । जसले गर्दा आम जनतालाई दोहरो रकम भार पनि पर्दैछ । बरु अधिकारिक रुपमा दाम बढाएर भए पनि ग्यासको सर्व सुलभ उपलब्धता हुनु आवश्यक छ । कम्तिमा थप पैसा दलालको खल्तीमा त जान्छ । जसमा सबको अधिकार हुन्छन् ।


  २०७१ पौष ०६ गते आईतबार

No comments:

Post a Comment