![]() |
प््राङगारिक मल उत्पादन गर्न खरीद
गरिएपनि भवन निर्माणमा कच्चा पदार्थको
मिश्रण तयार गर्ने प्रयोजनमा ल्याईएको मिक्श्चर मेशिन
|
ईश्वर चन्द्र झा
जनकपुरधाम............
नेपालमा झोले विद्यालयहरु, झोले खोला लगायत थुप्रै सरकारी अनुदानमा संचालित परियोजनाहरु झोले रहेको सुनिएको छ, संचार माध्यमहरुमा प्रकाशित गरिएको छ । तर, कारखाना पनि झोले छ भनेर भन्दा पत्याउन नसकिने हुनसक्छ । द एक्सक्लुसिभले यो कुराको खुलासा गर्दैछ कि धनुषामा कतिपय कारखानाहरु सरकारी अनुदान लिएर पनि संचालन नगरी झोलामै सिमित गरिएको पाइएको छ । नेपाल सरकार कृषि बिभाग अन्तगर्तको माटो निर्देशनालयले आव २०६८÷०६९ मा धनुषाको दुईवटा सहकारी संस्थालाई प्राङ्गारिक मल उत्पादनका लागि १ करोडभन्दा बढी अनुदान उपलब्ध गरायो तर सरकारी अनुदान पाएको ३ वर्ष बितिसक्दा कारखानाको अत्तोपत्तो छैन् ।
अनुदान पाएका एक सहकारी सरकारी अनुदान पूर्णरुपमा पचाईसकेको अवस्था छ भने अर्कोले आजभो िलगर्दै कारखाना सञ्चालनमा ल्याउने ढाड्स दिदै आएको छ । धनुषा महेन्द्रनगरस्थित बुद्ध प्राङ्गारिक कारखानाको नाउँमा आएको सरकारी अनुदानबाट कारखानाका लागि प्रारम्भिक काम गर्न नै तीनवर्ष भन्दा बढी बितेको छ । गत् असोज १ गते विश्वकर्मा पूजाकै दिन कारखाना सञ्चालनमा ल्याउने बताएका सञ्चालक समितिका अध्यक्ष श्रवण कुमार गोयन्का त्यसयता सम्पर्कमा आउन चाहेका छैनन् । कारखाना हालसम्म सञ्चालनमा आएको छैन् । उनी अध्यक्ष रहेको बुद्ध कारखानाले पछिल्लो तीनवर्षमा माटो निर्देशनालयबाट तीन किस्तामा गरी ७९ लाख ११ हजार अनुदान उठाएका छन् । कारखाना सञ्चालन बारे जिज्ञासा राख्दा गोयन्का भन्छन् ( प्राबिधिक समस्याले गर्दा समयमै सञ्चालन हुन सकेन, अब भने तुरुन्त्तै सञ्चालनको तयारीमा छौं ।
धनुषाको फुलगामा गाबिसस्थित एक सहकारी संस्थालाई प्राङगारिक मल उत्पादनका लागि कारखाना स्थापना गर्न १३ लाख ४६ हजार ५ सय अनुदान दियो । फुलगामा गाबिस वडा नं ४ मा साना किसान कृषि सहकारी संस्थाले ५० प्रतिशत सरकारी अनुदान र ५० प्रतिशत आफ्नै मुनाफाको लगानी गरी २७ लाखमा प्राङगारिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने शर्तमा बिभागको अनुदान रकम पायो । बिभागले अनुदान उपलब्ध गराएपनि ३ वर्ष बितिसक्दा कारखानाको अत्तोपत्तो छैन् । झन प्राङगारिक मल उत्पादन गरी किसानले राहत पाउने सपना अधुरै रह्यो । फुलगामा ७ का बिरेन्द्र साह भन्छन् ( हामीले कारखाना स्थापना गर्न पटक पटक ताकेता गरेपनि सहकारीका अध्यक्ष उर्मिला देबी महतोले टेर पुच्छर लगाएकि छैन् ।
कृषि बिकास कार्यालय देखि बिभागसम्म मौखिम रुपमा फुलगामाका सर्वसधारणले आएको अनुदान रकमको सदुपयोग गरी कारखाना स्थापना गर्न पहल गरिदिन आग्रह गरे । तर बिभागले सहकारीमाथि दबाब सृजन ागर्न सकेको छैन् बरु कृषि बिकास कार्यालयले हामीलाई आफ्नै कार्यक्रमबाट फुसर्द नभएकोले बिभागको कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको जनाउ दिएको स्थानीय राम शंकर ठाकुरले बताए ।
२०४० सालदेखि कृषि बिकास बैंकको साना किसान बिकास आयोजना सञ्चालन रहेको फुलगामा ४ स्थित गाबिसकै भवनमा २०६३ मा आयोजना फर्किदा साना किसान कृषि सहकारी संस्थामा परिणत भएको थियो । आयोजनाको ३३ लाख पूंजीबाट सुरु भएको सहकारीमा आव २०७०÷०७१ को लेखा परीक्षणको प्रतिवेदन बमोजिम पूंजी ९१ लाख ७० हजार पुगेको छ । तीन गाबिसमा सेवा दिने गरी सञ्चालनमा आएको सहकारी फुलगामामा मात्रै पनि राम्ररी आफ्नो कार्यक्रम सञ्चालन गर्न नसकेको स्थानीय बिरेन्द्र ठाकुर बताउँछन् । सहकारीका अध्यक्ष उर्मिला देबी र कर्मचारी राम एकवाल साहले साना किसान बैंक र सदस्यहरुबाट संकलित निक्षेपलाई वार्षिक १८ प्रतिशतका दरले ब्याज तिरी बाहिर सर्वसधारणलाई ३६ प्रतिशतका दरले ऋण लगानी गर्दै आएको समेत साहले खुलासा गरे । सहकारीले बिभागको अनुदान र आफूले प्राङगारिक मल उत्पादन कारखाना स्थापनाका लागि लगाएको २७ लाख पूजी उपकरण खरीद गरेको दाबी गरेको छ । सहकारीका कर्मचारी राम एकवाल साहले २७ लाख लागत्मा खरीद गरेको उपकरण काम र प्रायोजनबिहीन हुन पुग्दा नेपाल सरकारलाई मात्रै नभई सहकारीलाई समेत घाटा भएको बताउँछन् । खरीद गरिएको केही उपकरण खुला आकाशमुनि छोडिदा कामै नलाग्ने अवस्थामा पुगेको छ ।
सहकारीले खरीद गरेको उपकरण मध्ये मिक्श्चर मेसिन मल उत्पादनका लागि नभई भवन निर्माण हुँदा बालुवा सिमेन्टको मिश्रण तयार गर्न प्रयोग गर्दै आएको छ । दैनिक २ हजारमा गाउँघरमा भाडामा लगाईने गरिएको मिक्श्चर मेशिनबाट आएको मुनाफा सहकारीले वार्षिक २० देखि २५ हजार रुपैयाँ सरदर देखाउँदै आएको फेला परेको छ । गत् आवको लेखा परीक्षणको प्रतिवेदनमा उपकरणको मुनाफा उल्लेख नै गरिएको छैन् ।
यद्दपी खरीद गरिएको उपकरण ३ लाखभन्दा बढी नपर्ने स्थानीय राम शंकर ठाकुरले बताए । उपकरणको आडमा सरकारी अनुदान र शेयरधनीको मुनाफा गरी २७ लाख रकम सहकारी सञ्चालकले कुम्ल्याउन खोजेको गाबिस स्तरीय नेता समेत रहेका ठाकुरको दाबी छ ।
कृषि बिकास कार्यालयका कार्यक्रम अधिकृत सुरेन्द्र गोईत भने आफ्नै कार्यक्रम हेर्न फुसर्द नभएकोले बिभागिय कार्यक्रमको निरिक्षण गर्नु कार्यालयको लागि घाँडो भएको बताउँछन् । प्राङगारिक मल उत्पादनका लागि कारखाना सञ्चालन गर्न कृषि बिकास कार्यालय धनुषाले फुलगामाकै साना किसान कृषि सहकारी संस्थाको नाउँ सिफारिश गरेको थियो ।
२०७१ पौष ०६ गते आईतबार
No comments:
Post a Comment