Monday, November 10, 2014

सिमावर्ती क्षेत्रको समस्या र समाधानको उपाय

मुरली मनोहर मिश्र
भारतीय जनता पार्टी (भाजपा) प्रबल बहुमतको साथ दक्षिणी मित्रराष्टू भारतमा सत्तारुढ हुनु एवं  नरेन्द्र मोदी जस्ता प्रखर, प्रवुद्ध एवं प्रबल व्यक्तित्व सु संकल्पित भई शान्ति तथा विकासको लागि अगाडी वढ्नु भारतीय लगायत सबै छिमेकी राज्यहरुकी लागि शुभ संकेत हो । साथै राजनाथ सिंह जस्तो दृढ, दुरदृष्टि एवं अचल संकल्पित शक्तिबाट विभुषित व्यक्तित्वको हातमा भारत सरकारको गृहमन्त्रालयको दायित्व निर्वाह गर्नुले पनि भारत लगायत छिमेकी राष्टूमा बसोवास गर्ने समस्त नागरिकलाई सुख, शान्ति, सुरक्षा सहित अपराधमुक्त एवं विवादमुक्त जीवनको अपेक्षा गर्दै नेपाल भारत सरकारको कुशल सक्षम एवं प्रभावकारी दिर्घकालिन सुमधुर सम्बन्धको कामना गर्दै यस संयूक्त सरकारको सीमावर्ती क्षेत्रमा बसोवास गर्ने आम जनसमुदायको जीवन एवं जीविका सन्दर्भमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
नेपाल भारतका नागरिकहरुलाई प्रकृतिद्वारा प्रदत्त प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध र सन्दर्भ यी दुई राष्टूको राजनीतिक परिधि भन्दा निकै उत्कर्षमा रहेको हुँदा नेपाल भारतको १७५० कि.मि. विभाजन रेखा (सिमा) ले सीमावर्ती क्षेत्रमा बसोवास गर्ने जनसमुदायको भ्रातृत्व एवं मैत्री सम्बन्धलाई विभाजित गर्न सक्दैन । न त कुनै पनि सरकारको पहुँच वा संघ संस्थाको पकडमा आउन सक्छ । हामी सीमावर्ती क्षेत्रमा दुवै तर्फ बसोवास गर्ने आम जनसमुदाय बीच रहेको भ्रातृत्व एवं मैत्रीपुर्ण सम्बन्ध तथा सन्दर्भहरु नेपाल भारतको राजशक्ति तथा राज्य सत्ताको मोहताज छैन, किनभने हाम्रो अटुट एवं प्रगाढ सम्बन्ध एवं सन्दर्भहरुको बारेमा सीमाको दुवैतर्फ बसोवास गर्ने विशाल जनसमुदाय आ(आफ्नो ह्दयभित्र सहजै अनुभुति गर्दछन् । किनभने नेपाल र भारतका खुला सिमाना नै नेपाल भारतको दुवैतर्फ बसोवास गर्ने विशाल जनसमुदायको ह्दय बाटो एक अर्कोको सदैव खुल्ला रहेको प्रत्यक्ष प्रमाण छ । नेपाल भारतको सबै सम्बन्ध एवं सन्दर्भहरुको दृढ आधार नै सीमावर्ती क्षेत्रका दुवै तर्फ बसोवास गर्ने विशाल जनसमुदाय उपर आधारित छ । नेपाल भारतको सर्वकालिन बहुआयामी सम्बन्धहरुको प्रत्यक्ष दर्शन नेपाल भारत सीमामा नै हुन्छ, र यस्ता सम्बन्धहरुको भविष्य सीमाको दुवै तर्फ बसोवास गर्ने नागरिक समाजका सहभागिता तथा सह अस्तित्वमा नै आधारित छ । चाहे दिल्ली एवं काठमाण्डौमा कुनै पनि सरकार किन नहोस, तर दिल्ली काठमाण्डौ सरकारको सम्बन्धको कसौटी केन्द्र नेपाल भारत सीमा नै हो यस पंक्तिकारको बुझाई हो । साथै सीमाको दुवैतर्फ बसोवास गर्ने विशाल जनसमुदायको आपसी सम्बन्धको दृढता तथा यसका सहज सुखद अपराधमुक्त एवं विवादमुक्त जीवन नै दुवै राष्टूको राजनीतिक प्रयास प्रयत्नहरुको सफलताको संकेत प्रदान गर्दछ । नेपाल भारतको सरकार तथा तीनका राजनेताहरु एवं पदाधिकारीहरुको समक्ष नेपाल भारत सम्बन्धको अनेकौ विकल्प हुन सक्छ, तर नेपाल भारत सीमावर्ती क्षेत्रमा बसोवास गर्ने विशाल जनसमुदायको समक्ष अपराधमुक्त विवादमुक्त तथा भ्रातृत्व यूक्त नेपाल भारत सीमाको कुनै अर्को विकल्प छैन । किनभने नेपालतर्फ बसोवास गर्ने प्रत्येक परिवारमा भारती बुहारी छ भने भारततर्फ बसोवास गर्ने प्रत्येक परिवारमा नेपाली बुहारी छन्,अर्थात नेपाल भारत सीमामा नेपालतर्फ स्थित प्रत्येक परिवार आधी भारतीय छन भने भारततर्फ स्थित प्रत्येक परिवार आधी नेपाली छन् । पैतृक सम्पतीमा छोरा छोरी दुवैको समान अधिकार प्राप्त भएको आधारमा नेपालीको भारतमा तथा भारतीयको नेपालमा समान अधिकार हुनजान्छ । शायद यस्तै प्रगाढ एवं पवित्र भावनाहरुको निरुपण गर्दै स्वतन्त्र भारत तथा स्वतन्त्र नेपालको बीच भएको १९५० को शान्ति एवं मित्रताको लागि गरिएको प्रथम संधी जो आज पनि प्रभावकारी छ, जसको धारा(७ मा दुवै देशका नागरिकहरुको एक अर्कोको देशमा आफ्नो देशको नागरिक समान जीवन यापन गर्ने सुविधाहरु प्रदान गरिएको छ । तर तत्पश्चात पनि नेपाल भारत सीमामा बस्ने जनता अनेकौं समस्याहरुबाट ग्रस्त छ, तथा सीमावर्ती क्षेत्रको दुवैतर्फ बसोवास गर्ने आम जनसमुदाय असहनीय दुःख झन्झट एवं पीडालाई झेल्न बाध्य छन्, जसलाई दुवै सरकारको गम्भीरतापुर्वक ध्यानाकर्षण हुन जरुरी छ ।
नेपाली सीमावर्ती नागरिकलाई भारतीय मुद्राको सहज एवं सरल पहुँच सन्दर्भमा
नेपाल सीमावर्ती जनसमुदायलाई नेपाल भारत खुल्ला सीमावर्ती क्षेत्रमा बसोवास गर्नेहरु आदिकाल देखि नै आफ्नो दैनिक जीवनयापनको लागि दैनिक आवश्यक बस्तुहरु सीमापारी भारतीय बजारबाट खरिद गर्दैछन् । विशेष आदि परिस्थितिमा जस्तै विवाह, उपनयन, श्राद्ध अथवा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक सभा समारोहको लागि यस्ता स्थितिमा यो खरिद मात्रात्मक एवं संख्यात्मक हिसावले वढी हुनजान्छ, जसको लागि भा.रु.को आवश्यकता महसुस गरिन्छ । आज भन्दा १० वर्ष पूर्व नेपाल स्थित सरकार एवं सरकारी मान्यता प्राप्त बैंकहरुद्वारा भारतीय मुद्रा उपलब्ध गराइन्थ्यो, तर पछिल्लो १० वर्षमा नेपाल स्थित सरकारी बैंकहरुद्वारा यो सुविधालाई समाप्त गरिएको हुँदा परिणाम स्वरुप नेपाली सीमावर्ती जनसमुदायलाई आवश्यकता अनुसार भारतीय मुद्राको सरल पहुँचमा बाधा उत्पन्न भई आवश्यकता एवं आपुर्तिको बीच बनेको दुरीमा अवैध तरिकाले नेपाल भारत सीमावर्ती क्षेत्रमा मुद्धा व्यापार चल्दै छ । यस्ता मुद्रा व्यापारी वर्गद्वारा नेपाली मुद्राको बदला भारतीय मुद्रा उपलब्ध गराउने क्रममा भारतीय नोटको बीच जाली नोट राखी दिने गर्छन् । सामान्यता यो कार्य समाजका अशिक्षित एवं गरिब वर्गसँग गरिन्छ, परिणाम स्वरुप न्यून रकम भित्र एक दुईटा जाली नोट लिई सामान्य नागरिक सहजता एवं सरलतापुर्वक भारतीय बजारभित्र प्रवेश गरी समान खरिद विक्रीको क्रममा जाली नोटलाई भारतीय अर्थव्यवस्थामा प्रवेश हुन जान्छ । यस प्रकार अलि अलि मात्रामा यति धेरै जनताले आ आफ्नो दैनिक उपभोगको समान खरिद गर्ने गरेको हुँदा प्रत्येक दिन करोडौं रुपैयाँको भारतीय जाली नोट भारत प्रवेश गरी भारतीय अर्थव्यवस्थामा क्षतिपुग्न जान्छ । साथै नेपाल भारत सीमावर्ती क्षेत्रका जनसमुदायद्वारा दैनिक जीवन यापन या आर्थिक क्षति बर्दास्त गर्दै कष्टपुर्ण जीवन यापन गर्न बाध्य छन् । अतः नेपाल भारत सीमावर्ती क्षेत्रको भारत स्थित बैंकमा मुख्य रुपले नेपाली मुद्राको सट्टामा भारतीय मुद्रा उपलब्धताको व्यवस्था गरियोस किनभने एक देशको नागरिकलाई अर्को देशमा प्रवेश गर्ने क्रममा एउटा निश्चित राशि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
भारतीय सवारी कर सन्दर्भमा 
यसवर्ष २०१४ मा यो कर तीन गुणा गरिएको छ, पुर्वमा जहाँ नीजि सवारी गाडीसँग प्रतिदिन ने.रु. ५ सय लिइन्थ्यो त्यहाँ अब यो रकमलाई बढाएर ने.रु. १५ सय गरिएको छ । उपरोक्तमा नेपाल भारत सीमावर्ती क्षेत्रको विश्लेषण गरिएको छ कि सीमापार नेपालमा प्रत्येक परिवारको महिलाहरु भारतीय चेली भएको हुँदा,यस परिस्थितिमा भारतीयवासी माता पिता भाई बहिनी लगायत सम्बन्धिहरु आफ्नो छोरी बहिनीसँग भेटने व्याकुलतालाई महसुस गर्न सकिन्छ । यिनका प्रयासमा नेपाल सरकारद्वारा लादिएको बोझ अर्थात आफ्नै परिवारसँग भेट घाट गर्नको लागि करको रुपमा एउटा ठुलो रकम वसुल गरिनु के एक स्वभाविक सम्बन्धलाई तोड्ने प्रयत्न गरिएको लाग्दैन ? एकातर्फ त भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी नेपाललाई ठुलो धनराशिको आर्थिक सहयोगको घोषणा गर्नु हुन्छ, त्यहीँ अर्कोतर्फ नेपाल सरकारद्वारा भारतीय नागरिकलाई आ(आफ्नो परिवारिक सम्बन्धितलाई भेट घाट गर्नको लागि आर्थिक बोझ झेल्नलाई बाध्य किन परिन्छ ? नेपाल सरकारलाई यस विन्दुमा गम्भीरतापुर्वक विचार गरी नीजि सवारी साधनलाई नेपाल प्रवेशमा पुर्णतया कर मुक्त गरी प्रवेश गर्न आवश्यक व्यवस्था मिलाइयोस, जसले गर्दा भारतीय अभिभावक पक्षलाई नेपालमा बसोवास गर्ने आफ्नो परिवारिक सदस्यलाई भेटघाट गर्न कुनै प्रकारको आर्थिक वा मानसिक दवाव झेल्नु नपडोस साथै नेपालमा बसोवास गर्ने भारतीय परिवारको अंशलाई यो आत्मग्लानीको सामना नगर्नुपरोस ।
दैनिक उपभोग्य वस्तुलाई सीमापार ल्याउन लैजाने सम्बन्धमा 
नेपाल भारतको शान्ति एवं मित्रताको संधि ३१ जुलाई १९५० को अनुछेद(७ मा उल्लेख भएको बमोजिम नेपाल भारत सरकार पारस्परिकताको आधारमा एक राष्टूको नागरिकलाई अर्काको राज्यक्षेत्रमा आवास, सम्पतिको स्वामित्व, व्यापार एवं वाणिज्यमा भागिदारी आवागमन एवं समान प्रकृतिको अन्य विशेष सुविधाको मामिलामा समान सुविधा प्रदान गर्ने सहमति प्रदान गरिएको हुँदा यस आधारमा नेपाल भारतमा कुनै पनि नागरिक एक साथ नेपाल भारत राष्टूमा आ आफ्नो जीवन यापन, आर्थिक कार्यक्रम, तथा व्यवसाय आदि गर्न सक्छन् । यस परिस्थितिमा संधिको यस अनुच्छेदको मुल मर्म एवं मर्यादा अनुसार उनलाई नेपाल भारत सीमावर्ती क्षेत्रको दुवैतर्फ विना कुनै रोक टोक आ आफ्नो व्यक्तिगत उपभोग्य बस्तुलाई ल्याउन लैजाने विशेष सुविधा प्रदान गरिएको छ तैपनि व्यवहारिक रुपमा नेपाल भारतका प्रहरी प्रशासन सीमाको दुवैतर्फ बसोवास गर्ने जनसमुदायलाई व्यक्तिगत जीवनमा  ल्याउन लैजान किन अवरोध सृजना गरी अन्र्तराष्टिूय मामिला बताउँदै  अनेकौं किसिमका बाधा झन्झट उत्पन्न गर्ने गर्छन ? अतः सीमावर्ती क्षेत्रको नागरिकलाई भयमुक्त पार्दै सुविधापुर्वक आ आफ्नो नीजि प्रयोजनका बस्तुहरुलाई विना कुनै रोकटोक ल्याउने लैजान सुविधालाई प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था नीति व्यवस्था निर्देशन लागु गरियोस् ।
नागरिकताको सन्दर्भमा 
आदिकाल देखि नेपाल भारत सीमावर्ती क्षेत्रको दुवैतर्फ बसोवास गर्ने जनसमुदाय जसको सम्पति सीमाको दुवैतर्फ रहेको छ तथा यस धारामा दिईएको सुविधाको उपयोग गर्दै नेपाल भारत दुवै देशमा जमिन खरिद गरी घर बनाई दुवै देशको मतदाता नामावलीमा आ आफ्नो नाम दर्ता गराई सकेको हुँदा विहार सरकार द्य।ए।क्।ऋ।९द्यष्जबच एगदष्अि क्भचखष्अभ ऋयmmष्ककष्यल० तथा ग्।ए।क्।ऋ।९ग्लष्यल एगदष्अिभ क्भचखष्अभ ऋयmmष्ककष्यल० जस्ता दुवै महत्वपुर्ण सेवाहरुमा नेपाली जनतालाई भारतीय नागरिक सरह सेवा योग्यता मानिदै आएको र भारतीय नागरिक सरहनै नेपाली नागरिकलाई सेवा प्रदान गरिँदै आएको छ । यो पुर्वको द्य।ए।क्।ए एवं ग्।ए।क्।ऋ। को आवेदन पत्रलाई हेरेर जान्न बुझ्न सकिन्छ  । तर सो लिखित संधि यथावत रहेको स्थितिमा पनि आज अनेक विन्दुहरुमा नेपाल भारत सरकारद्वारा नेपाली नागरिकसँग भारतमा तथा भारतीय नागरिकलाई नेपालमा अनेकौं किसिमको कठिनाई बनाई लामो अवधिसम्म बसोवास गरेको पश्चात त्यहाँको नागरिकता स्वभाविक रुपमा हुन जान्छ । यस प्रकार नेपाल भारतमा अनगिनित नागरिकहरु नागरिकता प्रमाण पत्र प्राप्त गरिसकेका छन् । तर, यदा कदा स्थानीय प्रशानद्वारा यसउपर प्रश्न पनि उठाउने गरेको देखिन्छ सुनिन्छ । अतः नेपाल भारतको संधि १९५० द्वारा प्रदत्त सेवा सुविधाको सहजतापुर्ण उपभोग गर्न सक्ने पारस्परिकताको आधारमा समुचित सुविधाहरु उपलब्धता गर्ने गराउने वातावरणको सुनिश्चित गरियोस् ।
सीमावर्ती क्षेत्रबाट नेपाल भारतमा अवांक्षित वस्तुहरुको प्रवेश 
नेपाल भारत सीमामा भइरहेको चौकसी र नाकाबन्दीको कारण अवांक्षित पदार्थहरुको प्रवेश उपर रोक लगाइन्छ, तर यस क्रममा सीमापार आवागमन गर्ने जनसमुदायलाई विभिन्न झंझट एवं कष्ट भोग्नु परको हुन्छ । अतः नेपाल भारत संयूक्त सरकारद्वारा आपसी ताल मेल गरी कुनै पनि प्रकारको अवांक्षित पदार्थलाई एक अर्काको देश विमानस्थल जानै रोक लगाइयो भने त्यस स्थितिमा नेपाल भारत सीमावर्ती क्षेत्रबाट त्यस्ता अवांक्षित पदार्थ एवं गतिविधिहरुलाई न्यूनिकरण गर्न सकिन्छ भने नेपाल भारतको सुमधुर सम्बन्ध उपर आघात पुग्नबाट बचाउन सकिन्छ कि ?
नेपाल भारत सीमामा हुने अपराधिक गतिविधि सम्बन्धमा 
नेपाल भारत सीमामा कतिपय नेपालको अपराधिहरु भारतमा तथा भारतको अपराधिहरु नेपालमा आफ्नो सुरक्षित आवास बनाई सकेको हुँदा नेपाल भारत सीमावर्ती क्षेत्रलाई अपराध यूक्त हुनु स्वभाविक भएको छ । यस दुरावस्थालाई पुर्णतया नियन्त्रण गर्न दुवै देशका प्रहरी प्रशासन गर्न असमर्थ देखिएको हुँदा नेपाल भारत सीमाको दुवै तर्फ वसोवास गर्ने नागरिक समाजका प्रबुद्ध व्यक्तित्वहरु भारतका क्।क्।द्य। तथा नेपालका सशस्त्र प्रहरीको बीच नेपाल भारत पुलिस पब्लिक धुरी क्ष्लमय ल्भउब िएगदष्अिभ ब्हष्क बनाई एक साथ सीमावर्ती क्षेत्रलाई शान्त, दृढ मैत्रीपुर्ण एवं अपराधमुक्त राख्न सक्ने एक सुन्दर एवं प्रभावकारी उपाय अपनाउन सकिन्छ । अतः नेपाल भारत एयष्अिभ एगदष्अि ब्हष्क उपायलाई प्रोत्साहित गरियोस, जसबाट  क्ष्लमय ल्भउब िएयष्अिभ एगदष्अि ब्हष्क द्वारा कुल १७५० कि.मि. नेपाल भारत सीमामा स्थापित गरी यस सीमावर्ती क्षेत्रलाई शान्त, अपराधमुक्त तथा दृढ भ्रातृत्वमय बनाउन सकियोस् ।
आर्थिक सुदृढिकरण सम्बन्धमा 
वर्ष १९५० देखि लगातार आर्थिक सहायता प्राप्त गरी रहेको नेपालमा कति नागरिक आर्थिक रुपमा सुदृढ हुन पाएका छन् यस उपर गम्भीरतापुर्वक विचार गर्नु आवश्यक छ । भारत सरकारद्वारा प्रदान गरिएको आर्थिक सहायता तथा त्यस आर्थिक सहयोगको आधारमा आर्थिक विकास अधिक सिमित व्यक्तिहरुको हुन गएको छ । आज पनि नेपालमा अधिकांश जनसमुदाय गरिबी रेखामुनि विभिन्न कष्ट एवं झंझटको सामना गर्नु पर्ने बाध्यतापुर्वक जीवनयापन गर्न विवश छन् । नेपाली सीमावर्ती क्षेत्रका जनसमुदायको आर्थिक उन्नतिको लागि अरु विकल्प नभएपनि श्रम गर्ने क्षमता एवं कार्यकुशलताको लागि पर्याप्त खाली समय रहेको हुँदा त्यसलाई समाज एवं राष्टू विकासको लागि सदुपयोग नगरिएको खण्डमा शतप्रतिशत दुरुपयोग हुने प्रबल संभावना रहेको पाइन्छ । अतः भारत सरकार द्वारा दिइरहेको आर्थिक सहयोगमा लघु गृह उद्योगहरुलाई प्रोत्साहित गर्दै नेपाली सीमावर्ती क्षेत्रको जनसमुदायको समुचित श्रम उपभोग गरिनु पर्दछ जसले अधिकांश परिवारको आर्थिक विकास गर्न सकियोस । आफ्नो समयको सकारात्मक, रचनात्मक एवं प्रभावकारी उपयोग गरी एक संयमित तथा सुव्यवस्थित समाजको निर्माण गर्न सकियोस । अर्थात नेपाल भारत सीमावर्ती क्षेत्रमा आर्थिक विकास प्राथमिकताका आधारमा गराउनु पर्दछ जो आज सम्म सही विकासबाट वंचित छन् र सही विकासको अभावमा विभिन्न नकारात्मक एवं अपराधिक क्रियाकलापमा संलग्न हुन बाध्य हुने दुरावस्थाप्रति संवेदनशिलतापुर्वक नेपाल भारत संयूक्त सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
नेपाल भारत सीमामा हुने तस्करी सम्बन्धमा 
नेपाल भारत सीमामा हुने तस्करी एक अत्यन्त ठुलो समस्या छ । सीमामा तस्करी मुख्य रुपमा दुई प्रकारबाट हुने गर्दछ । पहिलो, अन्य मुलुकबाट नेपाल ल्याइएको समानलाई नेपाल भारत सीमाबाट भारतमा प्रवेश गराइन्छ र यसप्रकारका तस्करीलाई पुर्व उपरोक्तमा वर्णित तरिकाले नेपालमै प्रवेश हुन नदिन त्रिभुवन विमानस्थलमै निषेध गर्न सक्नु पर्दछ । दोस्रो, भारतमा निर्मित वस्तुहरुलाई नेपालमा तस्करी अथवा नेपाली वस्तुलाई भारतमा तस्करी गरिनुको मुख्य कारण नेपाल भारत सीमामा लगाइएको आयात करलाई अत्यधिक गर्नु हो । भारत सरकारलाई नेपाली जनताबाट जति शुभकामनाहरु नेपाललाई आर्थिक सहयोग प्रदान गरे पश्चात प्राप्त हुन्छ, त्यसभन्दा वढी शुभकामनाहरु तथा स्नेहमयी सहयोग भारतीय वस्तुहरुलाई नेपालमा प्रवेश उपर नेपाल सरकारद्वारा लिदै गरेको करलाई समाप्त गरे पश्चातबाट हुन्छ । नेपाल भारतमा बसोवास गर्ने नागरिक समुदाय एउटै परिवारका दुई अंश रहेको हुँदा आफ्नो परिवार सरह नै आफ्नो परिवारमा लैजानको लागि अत्यधिक करको भुक्तान गर्नु नेपाल भारत सीमावर्ती क्षेत्रको दुवैतर्फ बसोवास गर्ने विशाल जनसमुदायको लागि अत्यन्त्यै दुःखको कुरा मात्र होइन । वरु अन्योन्याश्रित अपनत्वको भावना एवं मर्म उपर कुदारापात होइन र ? यही कर व्यवस्थाको कारण दैनिक जीवनमा उपभोगको लागि आवश्यक वस्तुहरुको मुल्य भारतबाट मात्र आधा कि.मि. दुरी नेपालको बजारमा दुई गुणा हुनजान्छ, तथा कारखानामा उत्पादीत बस्तुहरुको मुल्य तीन देखि चार गुणा हुन जान्छ । यहाँ अत्यन्त्यै स्वभाविक प्रश्न उठ्छ कि एउटा व्यक्ति जो नेपाल र भारत दुवै स्थानमा व्यवसाय अथवा खेती गरिरहेका छन् उसलाई आफ्नो सामान पनि ल्याउनको लागि चर्को कर तिर्नु पर्ने बाध्यता छ । भारतबाट विहे गरी बुहारी नेपाल भित्रयाउने समयमा प्राप्त बुहारी उपर कर तिर्नुपर्ने आवश्यकता हुँदैन तर बुहारी सँगै आउने निर्जिव सामग्रीहरु माथि चर्को कर असुल गरिनु कति न्यायिक वा व्यवहारिक हुन्छ ? आम जनसमुदायको लागि तथा नेपाल सरकारको लागि एउटा प्रश्न छ कि जब मानविय उत्पादनमा कुनै कर लिइदैन भने औद्योगिक उत्पादनमा मुल्यको तीन गुणा कर लिइनु के हाँस्यास्पद, लज्जास्पद एवं आपत्तीजनक छैन त ? यो दुरावस्थालाई सरलतापुर्वक सामान्य गराउन सकिन्छ, यदि भारत सरकारद्वारा नेपाललाई दिइने आर्थिक सहयोगलाई एक मुष्ट आयात करको रुपमा स्वीकार गरियो भने । यस प्रकार नेपाल भारत बीच कर मुक्त आवागमन स्थापित गर्न सकिन्छ, जुन नेपाल भारत बीच स्नेहमयी स्थितिलाई सुदृढीकरण गर्न सकिन्छ तथा भारतीय सरकारलाई नेपाली नागरिकको शुभकामना एवं निष्ठामय सहयोग प्राप्त हुनेछ, जुन एकमात्र भारतको आकांक्षा छ । अतः नेपाल भारत सीमालाई विवादमुक्त अपराधमुक्त तथा करमुक्त आवागमनको सुव्यवस्थालाई स्थापित गर्न गराउन यस पंक्तिकारको संयूक्त सरकारलाई आग्रह छ ।
नेपाल भारत केन्द्रस्थलको सम्बन्धमा
नेपाल भारत सीमावर्ती क्षेत्र नै दुवै राष्टूका केन्द्रस्थल भएको हुँदा सीमावर्ती क्षेत्रका विशाल नागरिक समुदाय नै स्नेहपुर्ण गठबन्धनको मजबुत डोरी हो । सीमावर्ती क्षेत्रका विशाल नागरिक समाज प्रवुद्ध व्यक्तित्वहरु जसको ह्दय सांस्कृतिक सम्बन्धको सुखद अनुभुतिको लागि कहिल्यै जानकी मन्दिरको मन्दिरको दर्शन गरी मनोकाँक्षा पुराको कामना गर्दछ भने कहिल्यै तिरुपति एवं सोमनाथ तथा पशुपतिनाथको दर्शन गरी सांस्कृतिक घरोहरलाई आत्मसात गर्दछन । दिल्ली काठमाण्डौमा चाहे जुनसुकै सरकार किन नहोस तर नेपाल भारत सम्बन्धको आत्मा भने नेपाल भारत सीमावर्ती क्षेत्रमा नै निवास गरेको हुँदा यस सीमावर्ती क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरुको विचार एवं कृयाकपालको सहायताबाट नेपाल भारत सम्बन्ध चिरस्थायी दृढता प्रदानको लागि दुवैतर्फका नागरिक समाज तथा सरकारी प्रतिनिधिहरुको समिति बनाई सीमावर्ती क्षेत्रलाई अध्ययन अवलोकन तथा विचार संकलन अनुरुप नै सीमा व्यवस्थापनका लागि संयूक्त सरकारलाई यस पंक्तिकारको हार्दिक आग्रह एवं अनुरोध छ ।

२०७१ कार्तिक २३ गते आईतबार

No comments:

Post a Comment