Tuesday, September 9, 2014

सिंघानिया हत्याको ५ वर्षमा पनि अनुसन्धान पुरा हुन सकेन, रहस्य यथावत

स्वर्गीय अरुण सिंघानिया ।
अजय अनुरागी
जनकपुरधाम............
सञ्चार उद्यमी अरुण सिँघानियाको हत्याको ५ वर्ष वित्न लाग्दा पनि प्रहरीले उक्त घटनाको छानविन समेत पुरा गर्न सकेको छैन । जनकपुर नगरपालिका वडा नं. ४ वस्ने वर्ष ४८ का अरुण सिंघानियालाई १७ फागुन २०६६ मा होलीका दिन रंग दल्ने निहुमा जनकपुरको शिव चौकमा गोली हानी हत्या गरिएको थियो ।
हत्यामा प्रयोग गरिएका सुटरहरु मध्ये एक जना पक्राउ परेपछि उनले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान सुरु गरेको छ ।
सिंघानिया हत्याको प्रमुख सुटरको पहिचान भईसकेपनि अझ सम्म प्रहरीको गिरफ्तमा आउन सकेको छैन । प्रहरी स्रोतका अनुसार सिंघानिया हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेपनि सिंघानियालाई साइलेन्सर युक्त पेस्तोलले गोली प्रहार गर्ने व्यक्ति भने उमाप्रेमपुरका मनक लामा रहेको पहिचान गरेको छ । मनक लामा हत्याको केही समय पश्चात अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा कार्यरत छन् । मनकको तस्वीर सहित धनुषा प्रहरीले पक्राउ गर्न उनी कार्यरत रहेको कम्पनीको ठेगाना समेत पत्ता लगाईसकेको छ । तर, अन्य मुलुकबाट पक्राउ गर्न स्थानीय प्रहरीको सक्रियता र पहल मात्र पर्याप्त नहुने कारणले उनी पक्राउ पर्न सकेका छैनन् ।
उनको हत्यामा संलग्न फरार अभियुक्त रामविनोद यादव । यादवको उक्त तस्वीर सहित फरार अभियुक्तको फोटो जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध शाखाको सूचनापाटीमा टाँसिएको छ ।
अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा सिरहा कारागारमा थुनामा रहेका निलम्बित सभाषद संजय साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य समेत रहेका कनकपट्टी–१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाध्यक्ष समेत रहेका भरतपुर–८ का वर्ष ३० को चन्द्रदीप यादव रहेका छन् । त्यसैगरी प्रहरीले भरतपुर–१ का विजय कुसियैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका टेकबहादुर लामा र  उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।  पक्राउ परेका अन्सी राइन र एकलाल सहनी अहिले मुद्दा पुर्पक्षको क्रममा अदालतको आदेशद्वारा कारागारमा थुनामा छन् । प्रहरीले औपचारिक रुपमा घटनाको अनुसन्धान बारे तथ्यहरु सार्वजनिक नगरेपनि रामविनोद यादवको तस्वीर फरार अभियुक्तको रुपमा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखामा झुन्ड्याईराखेको छ ।
घटना सम्बन्धि खुलेका तथ्यहरु

सिंघानियाको हत्यामा संलग्न 
रहेको अभियोगमा पक्राउ परेका 
एकलाल भनिने योगेन्द्र सहनी ।
 उनी अहिले काठमाण्डौ 
कारागारमा थुनामा छन् । 
उनी विगतमा धनुषा प्रहरीका
 सुराकी पनि थिए ।
एकलाल सहनी यो केशमा फस्दैन्थ्यो होला । तर, चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गराउँछ । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो । त्यहाँ सम्म पनि कुन व्यक्तिको हत्या गर्ने हो भन्ने नाम मनक सामु खुलाईदैन । त्यहाँबाट घटनालाई अन्जाम दिन मनक लामा, पवन लामा र विजय कुसियैत जनकपुरमा आई रामा होटेलमा बास बसेको बताइएको छ । उक्त होटेलमा रामविनोद यादव अर्को एक व्यक्तिसँग पुगेको र कसरी हत्या गर्ने तथा कुन ठाउँमा हत्या गर्ने मनकलाई बताइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । होटेलबाट कदम चौक स्थित पार्टी अफिसमा आई तिनवटा मोटरसाईकलको व्यवस्था गरिन्छ । होलीका दिन एउटा मोटरसाइकलमा मनक र पवन, अर्को मोटरसाईकलमा विजय र चन्द्रदीप तथा तेस्रो मोटरसाईकलमा रामविनोद यादव समेत आएका थिए । रामविनोद यादवले सिंघानियालाई शिव चौकसम्म ल्याउन सिंघानियाले चिनिराखेको श्याम दोकानियालाई प्रयोग गरेको प्रहरीको आशंका रहेको छ । साइलेन्सर सहितको पेस्तोलले सिंघानियालाई टाउकोमा मनक लामाले गोली प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । घटना पश्चात ती व्यक्तिहरु कदम चौक स्थित पार्टी कार्यालयमा राति बसेर खाना तथा रक्सी खाई मनक लामा १८ गते रामानन्द चौक स्थित चन्द्रदीप यादवको आफन्तको घरमा समेत बसेर १९ गते हाइबे तर्फ भागेको प्रहरीले खुलाएको छ । घटनाको धेरै समय पछि हत्यामा प्रयोग गरिएको रातो रंगको मोटरसाईकल प्रहरीले कदम चौक स्थित एक ग्यारेजबाट बरामद समेत गरेको छ । प्रहरी स्रोतका अनुसार उक्त मोटरसाइकल पार्टी कार्यालयको लागि प्रयोग हुने गथर््यो ।
प्रहरीलाई एकलालले दिएको जानकारी अनुसार मनक लामा धेरै गरिब परिवारमा जन्मिएकोले पैसा कमाउनका लागि मजबुरीमा आएर मान्छे हत्या गर्ने कामको लागि सुटरको काम गर्न थाल्यो । मनकको कामै भनेको सुपारी लिएर व्यक्तिको हत्या गर्नु रहेको बताइएको छ ।  एकलालको परिवार भने आर्थिक रुपमा सम्पन्न थियो । माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । जनतान्त्रिकमा रहेपनि अर्को तर्फ एकलाल प्रहरीको लागि सुराकीको काम गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।
प्रहरी स्रोतका अनुसार सिंघानिया हत्याको लागि रामविनोद यादवले रु. ३० लाखको सुपारी लिएको र रामविनोदले सोही सुपारी रु. १० लाखमा चन्द्रदीपलाई दिएको बताइएको छ । चन्द्रदीप र रामविनोदलाई धनुषा प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न नसकेका कारण घटनाको अनुसन्धान पुरा हुन नसकेको धनुषाबाट सरुवा भईसकेका एसपी उत्तम राज सुवेदीले पत्रकार सम्मेलनमै बताएको थियो । आफुले कुनै पनि हालतमा सिंघानिया हत्याको पर्दाफास गर्ने र दोषी व्यक्ति जो कोही भएपनि त्यसलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता गरेका एसपी सुवेदी जिल्ला छाड्नु एक दिन अघि गरिएको पत्रकार सम्मेलनमा आफु असफल भएको बताएका थिए ।
सिंघानिया हत्यामा संलग्न भएको
अभियोगमा पक्राउ परेका अन्सी राइन ।
तर, उक्त घटनाबारे यस अघिसम्म प्रहरीसँग केही पनि प्रमाण नहुनु दुर्भाग्यपुर्ण अवस्थाबाट भने अहिले धेरै उपलब्धी भएको दावी गर्दै सिंघानिया हत्या काण्डको ७ महिना लगाएर आफुले गरेको अनुसन्धानबाट ८० प्रतिशत अनुसन्धानको कार्य पुरा गरिसकेको सुवेदीले दावी गरेका थिए । यस अघि सम्म मिसिलमा समेत केही डकुमेन्ट तथा प्रमाण नहुँदा स्टोरी इस्टाव्लिस नभएको भएपनि अब आउने एसपीले अनुसन्धानलाई अगाडी वढाउन सक्ने उनले बताएका थिए । कम से कम रामविनोद यादवसम्म हामी पुगेर डिएसपी कृष्ण प्रसाईलाई हयान्ड ओभर गरेर जानु पनि ठुलो सफलता रहेको उनले बताएका थिए । सिंघानियालाई हत्या गरेर ककसलाई फाइदा हुन सक्छ भन्ने व्यक्तिको खोजी गर्दै जाँदा समाजका ठुला वडा तथा प्रतिष्ठित व्यक्ति समेत हुन सक्ने उनले आशंका गरेका थिए । सुवेदीका अनुसार कुनै एक व्यक्तिको मात्र स्वार्थ पुरा गर्नका लागि सिंघानियाको हत्या नभएर मल्टिपल इन्टूेष्टका लागि हत्या गरिएको हो ।
    सिंघानियाको हत्या किन गरिएको र उक्त हत्या योजनामा थप अन्य को(को संलग्न रहेको, उक्त हत्याका लागि फाइनेन्स कसले उपलब्ध गराएको लगायतका कुराहरु चन्द्रदीप र रामविनोद पक्राउ नपरुन्जेलसम्म रहस्य नै रहने छ । घटना पश्चात हत्याको जिम्मेवारी लिनेहरुको होडवाजीनै चलेको थियो ।तराईका सशस्त्र क्रियाकलाप जारी राखेका तीन वटा समुहले सिंहानिया हत्याको जिम्मेवारी लिएका थिए । तराइ जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह,जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति र तराइ आर्मीका मिस्टर किरण गरी तीन वटा समुहले हत्याको जिम्मेवारी लिएका थिए ।
हत्या पश्चात भारतमा अनुसन्धान गर्न गएका
टोलीलाई सुरक्षा उपलब्ध गराउन जिल्ला प्रशासन
कार्यालयबाट लेखिएको पत्र ।
घटनाको छानविन गर्नको लागी प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान महाशाखा काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विजय कुमार भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय अनुशन्धान टोली जनकपुर पुगेर घटनाको छानवीन शुरु गरे । उक्त टोलीले एक सय भन्दा बढी व्यक्ति सँग सोधपुछ गरेका थिए भने स्थानिय प्रहरीले दुइ दर्जन भन्दा बढी व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी पछि रिहा गरेका थिए ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयले तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झा समेतको टोली गठन गरेको थियो । तर, पछि धनुषाको सम्पुर्ण प्रशासनिक निकायहरुको सरुवा भएपछि अहिलेसम्म पनि उक्त घटनाको रहस्य सार्वजनिक हुन सकेको छैन । धनुषामा जो कोही एसपी आएपनि सिंघानिया हत्याको पर्दाफास गर्ने र दोषी व्यक्तिहरुलाई कानुनको कठघरामा उभियाउने दावी गरेपनि सरुवा भएर जाने बेला आफु असफल भएको भनेर जाने गरेका छन् । धनुषामा अब आउने एसपी गणेश थापाले सिंघानिया हत्याको पर्दाफास गर्लान कि नगर्लान त्यो हेर्न भने बाँकी नै छ ।
सिंघानियाको दागबत्ती दिनेबेलामा
 उनका छोरा राहुल सिंघानिया ।
अदालतद्वारा अविलम्ब घटनाको छानविन गर्न परमादेश
पुनरावेदन अदालत जनकपुरले अरुण कुमार सिंघानिया हत्याको घटनाको अविलम्ब छानविन तथा अनुसन्धान कार्य पुरा गरी कानुन बमोजिम गर्न÷गराउन जिल्ला प्रहरी कार्यालय धनुषालाई आदेश दिएको छ ।      ३ भाद्र २०७१ मा पुनरावेदन अदालतका न्यायाधिशद्वय जगन्नाथ महत्तो सिंह र चित्र देव जोशीको संयुक्त इजलासबाट सिंघानिया हत्याको अभियोगमा पक्राउ परेका यज्ञभुमि(५ का एकलाल भनिने योगेन्द्र सहनीले गरेको रिट निवेदन उपर आदेश गरिएको हो । अविलम्ब अनुसन्धान कार्य पुरागरी कानुन बमोजिम गर्न गराउनु भनी विपक्षी जिल्ला प्रहरी कार्यालय धनुषाको नाउँमा परमादेशको आदेश जारी हुने ठहरेकोले आदेशको प्रतिलिपि पुनरावेदन सरकारी वकिल कार्यालय जनकपुर मार्फत जिल्ला प्रहरी कार्यालय धनुषाको नाउँमा पठाउनु भनी आदेश गरिएको हो ।
    राहुल सिंघानियाको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा २० बैशाख २०७१ मा एकलाल सहनीलाई प्रहरीले पक्राउ गरेको थियो । श्यामकली देवीको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतको ६ जेष्ठ २०७१ को आदेशले पुर्पक्षको लागि थुनामा रही कारागार कार्यालय काठमाण्डौ पठाइयो । त्यसपछि थुनामा पठाइएका सहनीले कारागारबाटै आफुलाई अनुसन्धानको म्याद १५ दिन भित्र थुनामा राखेको र बाँकी रहेको १० दिन भित्र अनुसन्धान पुरा गरी आफु विरुद्ध लगाइएको अभियोग पत्र अदालतमा जिल्ला प्रहरी कार्यालय धनुषाले दायर गरोस भन्ने विषयमा पुनरावेदन अदालत जनकपुरमा रिट दायर गरेको थियो ।
    सहनी पक्राउ परेको मिति देखि पटक पटक ५ दिन, ७ दिन र १० दिन म्याद थप गरे पनि अभियोग पत्र किन दायर नगरेको भन्ने अदालतले जिल्ला प्रहरी कार्यालय धनुषा र सरकारी वकिल कार्यालयसँग समेत जवाव मात्र गरेको थियो ।
    त्यसपछि २६ अषाढ २०७१ मा धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले लिखित जवाफ पठाएका थिए । होलीको दिन होली खेलीरहेको अवस्थामा संचार उद्यमी अरुण सिंघानियालाई जनकपुरको मध्य बजारमा मुखमा विभिन्न रंग पोति आएका व्यक्तिहरुले होली खेल्ने निहुमा गोली हानी हत्या गरी योजनावद्ध रुपले तयारी अवस्थामा राखेको मोटरसाइकलमा चढी भागेको संगीन प्रकृतिको कर्तव्य ज्यान मुद्दामा पुर्ण रुपमा अनुसन्धान नभएको र यस अपराधमा संलग्न अन्य मानिसहरुलाई अपराधबाट उम्कन सजिलो हुन्छ भन्ने कुल्सित मनसायले रिट दायर गरिएको प्रहरी उपरीक्षक सुवेदीले पठाएको लिखित जवाफमा उल्लेख छ । त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले २६ अषाढ २०७१ मा अदालतमा पठाएको लिखित जवाफमा पनि सोही बेहोरा उल्लेख छ । पाठकले पठाएको जवाफमा उक्त मुद्दामा पुर्ण रुपमा अनुसन्धान नभै अभियोग पत्र दायर भएमा मुद्दा कमजोर भै आफु र यस अपराधमा संलग्न अन्य मानिसहरुलाई अपराधबाट उम्कन सजिलो हुने मनसायले रिट दायर गरिएको उल्लेख छ । कानुनमा व्यवस्था भए अनुसार कुनै पनि व्यक्तिलाई थुनामा राखेको २५ दिन भित्र अभियोग पत्र अदालतमा दायर गर्नुपर्ने हुन्छ । तर, धनुषा प्रहरीले आफुलाई १५ दिन सम्म हिरासतमा राखेको भए पनि बाँकी १० दिन भित्र अनुसन्धान कार्य पुरा गरी आफु माथि लगाइएको अभियोग अदालतमा पेश गर्नु पर्ने एकलाल सहनीले गरेका छन् ।
 

२०७१ भदौ २२ गते आईतबार

No comments:

Post a Comment