Tuesday, July 1, 2014

चालु आर्थिक वर्षमा गुठीलाई करिब ९ लाख घाटा आम्दानी १ करोड १६ लाख, खर्च १ करोड २५ लाख

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


    गुठी संस्थान शाखा कार्यालय जनकपुरको चालु आर्थिक वर्षको जेष्ठ महिनासम्ममा रु. १ करोड १६ लाख ४५ हजार १ सय ३० आम्दानी भएको छ भने १ करोड २५ लाख १५ हजार ७ सय २५ रुपैयाँ खर्च भएको देखाइएको छ । चालु आर्थिक वर्ष २०७०÷०७१ को जेष्ठ मसान्तसम्ममा आय व्ययको विवरण हेर्दा ८ लाख ७० हजार ५ सय ९५ रुपैयाँ घाटा भएको पाइएको छ । आम्दानीको स्रोतमा रैतान जग्गाबाट प्राप्त हुने मालपोत, गुठी अधिनस्त जग्गाको बालीबाट प्राप्त हुने रकम, बहालबाट प्राप्त हुने रकम, पोखरीको माछा ठेक्काबाट प्राप्त हुने रकमहरु स्रोतको रुपमा देखिएका छन् । त्यसैगरी खर्च तर्फ कर्मचारीहरुको तलब, पेन्सन, इन्धन पेटूोल, पर्वपुजा, सिधारसददाना, असहायलाई हन्डी, पुजारी तहलुको तलब बापत रकमी खानवी, मठमन्दिरको मर्मत आदि देखाइएको छ । आय तर्फ एक सालाना र बाँकी बकयौता गरी लिने गरेका छन् । मालपोत बापत एक सालाना ९ लाख ९ हजार ७७ रुपैयाँ र बक्यौता तर्फ ७ लाख ९८ हजार ७ सय ९५ रुपैयाँ रहेको छ । त्यसैगरी कुतबाली अन्तरगत एक सालाना रु. १ लाख २३ हजार ६९, बक्यौता तर्फ रु. ९१ हजार ५ सय ५९, पोखरी बगैँचा तर्फ एक सालाना रु. ९ लाख ३३ हजार १ सय २० र बक्यौता १० हजार, तैनाथी जग्गाबापट एक सालाना रु. ७ लाख २८ हजार ४ सय ७९ र बक्यौता १२ लाख ७० हजार ८ सय ९३ आम्दानी भएको देखाइएको छ । गुठीले निर्माण गरेको २९ वटा घर पसलबाट घर बहालबापत एक सालाना रु. ६ सय ६० र बक्यौता रु. ५ लाख ३५ हजार ८८, बसपार्क र मनिपाल कलेजलाई दिएको जमिनको भु बहालबापत एक सालाना रु. ९ लाख १० हजार र बक्यौता रु. ३ लाख ८९ हजार १ सय ९४ आय भएको देखाइएको छ । बसपार्कलाई दिएको जग्गाबापत मासिक रु. २५ हजार र मनिपाल कलेजलाई दिएको जग्गाबापत बार्षिक रु. ७ लाख तथा प्रतिवर्ष १० प्रतिशतका दरले वृद्धि हुने सम्झौता गरिएको छ । ७ साउन २०५१ मा मनिपाल एजुकेशन एण्ड मेडिकल गु्रप नेपाल लि.बाट संचालन हुने पोखरा मेडिकल कलेजको फिजिकल सेक्सन जनकपुरमा ३ सय ५० सैयाको अस्पताल स्थापनाको लागि जनकपुर १४ मा रत्नसागर मठ स्थानको गुठीको जग्गा १६ विघा १७ कठ्ठा १९ धुर ४९ वर्षका लागि लिजमा लिएका थिए । अस्पतालका निर्देशक देवेन्द्र कुमार र गुठीका कानुन प्रशासक दामोदर ढकाल बीच उक्त सम्झौता भएको २० वर्ष वितिसक्दा पनि अस्पताल स्थापना नभएको र अस्पताल भवन तथा आवश्यक पुर्वाधार समेत पुर्ण रुपमा निर्माण हुन नसकि अस्पताल संचालनमा नआएको भन्दै करार तोड्ने सम्बन्धमा तीन महिनाको म्याद दिएर गुठी संस्थानले १९ बैशाख २०७१ मा मनिपाल गु्रपलाई पत्र लेखि ताकेता गरेको छ । त्यसैगरी पेश्की बेरुजुबाट रु. ३ लाख, घर दस्तुरबाट रु. ५३ हजार ८ सय १८, दण्ड जरिवानाबाट रु. ५ लाख २ हजार ९, सेवा शुल्कबाट रु. १ लाख ६ हजार ३ सय ६०, मोही कायमबाट रु. १ लाख ३२ हजार ६ सय ४४, निवेदनबाट रु. ४९ हजार ७ सय ३५ र रैतानको दब्बल दस्तुरबाट रु. ३८ लाख ६ सय ४० आम्दानी भएको गुठीका लेखा प्रमुख हरिचन्द्र भुसालले द एक्सक्लुसिभलाई बताएका छन् । रैतानको डब्बल दस्तुर बापत आएको रकम गुठी संस्थानले खर्च गर्न पाउँदैनन् । उक्त रकम केन्द्रमा पठाएर अक्षय कोषमा जम्मा गर्ने गरेको छ ।
त्यसैगरी व्यय तर्फ गुठी कर्मचारीहरुको तलब बापत रु. ३७ लाख ३ हजार ५ सय २२, १७ जना कर्मचारीको पेन्सन बापत रु. १७ लाख ६३ हजार ६ सय २८, दैनिक भ्रमण भत्ताबापत रु. १ लाख ४४ हजार ७ सय ९४, छपाई बापत रु. १४ हजार ७ सय ७०, हुलाक, टेलिफोन र विद्युत बापत रु. १ लाख ७३ हजार २ सय ७६ खर्च भएको देखाइएको छ । त्यसैगरी विज्ञापन तर्फ रु. ९ हजार ६ सय, पत्रपत्रिका तर्फ रु. ६ हजार ८ सय ५०, कार्यालय प्रमुखको घर भाडा तर्फ रु. ४७ हजार, कार्यालयको समान खरिद तर्फ रु. ८१ हजार १ सय ३, इन्धन पेटूोल तर्फ रु. ५५ हजार ५ सय ८७, मर्मत सम्हार तर्फ रु. ३ हजार ७ सय, भैपरी आउने तर्फ रु. ८३ हजार ७ सय ८९ र खर्च नहुने समान तर्फ रु. ३६ हजार खर्च भएको देखाइएको छ । विभिन्न मठमन्दिरहरुद्वारा हुने पर्व पुजाका लागि रु. २७ लाख ७४ हजार ४ सय ९ र सिधा रसददानाको लागि रु. १५ लाख ६८ हजार ६ सय ४० खर्च भएको देखाइएको छ । पर्व पुजा अन्तरगत मेला, विवाहपञ्चमी, रामनवमी, झुलन, दशै लगायतमा खर्च हुने गरेको र राममन्दिर र ज्ञानकुप छात्रावासका लागि रसददानामा खर्च हुने गरेको लेखा प्रमुख भुसालले बताएका छन् । १९ जना असहायका लागि मासिक रु. ५ सय सम्म दिने आर्थिक सहयोग हण्डी वापत रु. ६७ हजार २ सय, पर्व पुजामा रैतान परिणत व्याजतर्फ रु. २ लाख ९६ हजार ४ सय २९ खर्च भएको देखाइएको छ ।
    गुठीको मातहतमा रहेको १३ वटा मन्दिरहरुको पुजारी, टहलु, सेवक लगायतको तलबबापत रु. ५ लाख २२ हजार ८ सय खर्च भएको जनाइएको छ । राममन्दिरमा महन्थ रामगिरी, पुजारी शम्भु गिरी, भान्से महेन्द्र झा र शम्भुनाथ झा, परखतिया शिवनाथ महत्तो, माली उपेन्द्र भण्डारी, टहलु बद्री राय र धिरेन्द्र राय, हलखोर शंकर मेसतर र पुर्णिदेवी मेसतर, पंडित दुर्गा प्रसाद उपाध्याय, हजाम महेन्द्र ठाकुर र चौकिदार कृष्ण कुमार झा गरी कुल १३ जनाको तलब बापत मासिक रु २७ हजार ४ सय खर्च हुने गरेको छ । हनुमान नगर मठका महन्थ किशोरी शरण दास, टहलु विशेश्वर मण्डल, र पुजारी गरी ३ जना बापत रु. २४ हजार बार्षिक तलब  दिने गरिएको छ । रत्नसागर मठका महन्थ बैकुण्ड दास बैष्णवले एक जनाको तलब बापत रु. १२ हजार बार्षिक, गिरनारी कुटिका पुजारी गंग ागिरीले एक जनाको तलब बापत बार्षिक रु. १८ हजार, तरही मठमा महन्थ, पुजारी, भान्से र टहलु गरी कुल ४ जनाको तलब बापत रु. ३० हजार बार्षिक लिने गरेका छन् । कुपेश्वर नाथ महादेव मन्दिर कुवा मठमा ४ जना बापत रु. ३० हजार, लक्ष्मण मन्दिरमा महन्थ राम सुसिलले ३ जना बापत रु. २४ हजार, झोझि कटैया मठका महन्थ महेन्द्र प्रसाद गिरीले ३ जना बापत रु. २४ हजारा, कपिलेश्वर नाथ मठमा ३ जना बापत रु. २४ हजार बार्षिक तलब लिने गरेका छन् । जनकहजारी विद्यापिठद्वारा संचालित बराही कुटिमा २ जना बापत रु. १५ हजार ६ सय, विरही कुटिमा २ जना बापत रु. १२ हजार, विरख कुटिमा २ जना बापत रु. १२ हजार र राधाकृष्ण भगवान विरपुर कुटिमा २ जना बापत रु. २१ हजार बार्षिक तलब गुठीबाट जाने गरेको छ ।
    त्यसैगरी यस आर्थिक वर्षमा जेष्ठ मसान्त सम्म गुठी संस्थानले इन्धन दाउरा बापत रु ६ हजार, ज्ञानकुप छात्राबासको विद्यार्थी पोशाक बापत रु. ५२ हजार, मठ मन्दिर मर्मत बापत रु. १० लाख ८ हजार २ सय २७, कार्यालय मर्मत बापत रु. ६ हजार ६ सय र केन्द्रिय बजेट विविद अन्तरगत रु. ९० हजार खर्च गरेको छ । मन्दिरमा श्रद्धालु भक्तजनहरुले चढाएको चढौनाको महन्थहरुको प्रयासबाट प्राप्त भएको रकमको विभिन्न स्थानहरुको जग्गा कमाई खाएबापत उनीहरुको बुझाएको भनिएको रकमको कुनै फाँटबारी राख्ने गरेको नपाइएकोले यर्थात आम्दानी पत्ता लाग्न सकेन । करोडौं आम्दानी देख्नु पर्नेमा नदेखाइएको भन्ने जनगुनासो पाइन्छ । त्यसैगरी खर्च शिर्षकमा पनि खर्चको विवरण हेर्दा व्यापक अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ ।
व्यापक पेश्की बेरुजु रकम
गुठी संस्थान जनकपुरका कार्यालय प्रमुख दिपक बहादुर पाण्डेले गुठी संस्थान संचालक समितिलाई ९ पुष २०७० मा बुझाएको प्रतिवेदनमा २८ जना व्यक्तिले लिएको पेश्की रकमहरु मध्ये कुल १९ लाख २३ हजार ६ सय ७० रुपैयाँ बेरुजु रहेको पाइएको छ ।
    बेरुजु पेश्की लिनेहरुमध्ये विरह कुटि जिर्णोद्धार समितिले रु. ५ लाख जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले रु. २ लाख, महन्थ शिवशंकरपुरीले रु. १ लाख २३ हजार, मनोजकुमार शर्माले रु. ३ लाख १८ हजार , हनुमान मन्दिर भाँन्सा घरका लागि रु. १ लाख ८७ हजार, राजकुमार मण्डलले रु. २ लाख, शिवशंकर मण्डलले रु. ९२ हजार लिएको देखिन्छ ।
    त्यसैगरी अन्य व्यक्तिहरुले १० हजार, २० हजार, २५ हजार, ५० हजार सम्म रकम लिएको उक्त प्रतिवेदनमा उल्लेख छ । यसरी पेश्की रकम लिई बेरुजु हुनेहरुमध्ये गुठीका कर्मचारीहरु, विभिन्न मठमन्दिरका महन्थहरु र केही व्यक्तिहरु समेत रहेका छन् ।

पोखरी हाट बजारको ठेक्कामा ठेकेदारको रजाइँ 
गुठीको सम्पतिमा अतिक्रमणकारीहरुले रजाइँ गरिरहेकै बेला पोखरी हाट बजार ठेक्कामा लिने ठेकेदारहरुले समेत मनपरि गर्ने गरेको छ । ठेक्का सम्झौता समयावधि सकिएको ६ वर्ष वितिसक्दा पनि ठेक्काको बाँकी रकम नबुझाई मनपरि गर्ने प्रवृति बढ्दै गएको पाइन्छ । ठेक्का लिएर पोखरीबाट लाखौं रकम कमाउने अनि गुठीलाई तिर्नुपर्ने सम्झौताको रकम नतिर्ने एउटा दुइटा होइन प्रायः जसो ठेकेदारहरुको प्रवृति रहेको छ ।
     ठेक्का सम्झौता गरिएको रकम मध्ये २५ प्रतिशत सम्मपनि नबुझाउने प्रवृति देखिन्छ । गुठी संस्थानको लापरवाही र मिलेमतोकै कारण गुठी संस्थानले लाखौं रुपैयाँ असुल उपर गर्न सकेको छैन । एका तर्फ पोखरीको आम्दानीबाट ठेकेदारहरु मालामाल भएका छन् भने अर्को तर्फ गुठी कङगाल हुन पुग्ने अवस्थामा राज्यको राजश्व त घाटा लागेकै छ त्यसबाट पाउनुपर्ने व्याजसमेत पाइरहेको छैन । १३ वटा पोखरी र एउटा हाट बजारको ठेक्का बापत ठेकेदारहरुले म्याद सकिसकेपछि पनि ८४ लाख ६८ हजार ७० रुपैयाँ बक्यौता राखेको छ । ठेकेदार रामलोचन पंडितले कुवा स्थान तालुक बैलहटा गुद्री हाटबजारको ठेक्का रु. ५ लाख २७ हजार ८ सय ८५ मा लिएका थिए ।
    ५ वर्ष समय अवधि रहेको उक्त ठेक्का २०६६ भदौ मसान्तमै सकियो  तर, उनले हालसम्म रु. १ लाख ८८ हजार १ सय ७१ बाँकी नै राखेका छन् । त्यसैगरी ठेकेदार उपेन्द्र मिश्रले हनुमान नगर गाउँ पोखरीको रु. १ लाख ७५ हजारमा लिएको ठेक्काको म्याद २०६५ चैत्र मसान्तमै सकियो । तर, उनले पनि रु. ५२ हजार ५ सय बाँकी राखेका छन् । ठेकेदार रामलोचन पंडितले कुवा स्थानको गोनई पोखरीको ठेक्का रु. ५५ हजारमा लिएका थिए । उक्त ठेक्काको सम्झौता अवधि २०६५ चैत्र मसान्त मै सकियो । तर, उनले उक्त ठेक रकम मध्ये रु. ४४ हजार ५ सय बाँकी राखेका छन् । ठेकेदार आलम राईन कवाडीले पुरन्दरसर पोखरी रु.२६ लाख ७८ हजार ९ सय ३० मा ठेक्का लिएका थिए । ३० भदौ २०६७ मा उनको सम्झौता अवधि सकिसकेको भएपनि रु. १९ लाख ८६ हजार ६ सय ४७ रुपैयाँ बाँकी राखेका छन् । जनकपुर १४ का युुुुसुफ राइनले जनकपुर ४ को ठाडी पोखरी रु. ४ लाख २८ हजार ९ सय ३० मा लिएको ठेक्काको म्याद ३० भदौ २०६७ मा गुज्रिसकेको भएपनि उनले रु. ३ लाख ८६ हजार ३७ बाँकी राखेका छन् ।
    रामप्रित यादवले करहरुवा पोखरी रु. १ लाख ५ हजारमा ठेक्का लिएका थिए । २०६८ जेष्ठ मसान्तसम्म उक्त सम्झौताको म्याद थियो । उनले पनि रु. ६६ हजार बाँकी राखेको पाइन्छ । ठेकेदार प्रमोद साहले रु. ३० लाखमा विषहरा पोखरीको ठेक्का लिएका थिए । भदौ २०६८ मा ठेक्काको म्याद सकियो । तर, उनले पनि रु. २४ लाख बाँकी राखेका छन् । फुलगेन मुखियाले मध्यमासर पोखरी रु. ६ लाख ५२ हजार ७ सय ५५ मा ठेक्का लिएको थियो । असोज २०६७ मा ठेक्काको म्याद सकियो । तर, मुखियाले पनि रु. ५ लाख २२ हजार ६ सय २५ बाँकी राखेका छन् । त्यसैगरी राजकुमार साहले लवकी पोखरीको ठेक रकम रु. ३ लाख ७५ हजार रकम मध्ये रु. २ लाख २५ हजार, कटैया चौरी पोखरीको ठेक रकम रु. १ लाख ५० हजार रकम मध्ये रु. १ लाख २० हजार र छत्रधारिणी पोखरीको ठेक रकम रु. १ लाख ७ सय ५५ मध्ये रु. ८० हजार ७ सय ५५ गरी कुल ३ वटा पोखरीको कुल रु. ४ लाख २५ हजार ७ सय ५५ हालसम्म गुठी संस्थालाई तिर्न बाँकी राखेका छन् ।
    त्यसैगरी ठेकेदार बच्चा कवाडीले रु. १९ लाख ९८ हजार ९ सय ३० दिर्धिकासर र रु. ८ लाख ९८ हजार ९ सय ३० मा गोरधोई गरी दुवै पोखरी कुल २८ लाख ५७ हजार ८ सय ६० मा ठेक्का लिएका थिए । गुठीको श्रेस्ता अनुसार दुवै पोखरीबाट रु. ८ लाख ९१ हजार ५ सय ७२ असुली देखाइएको छ । तर, ठेकेदारले गरेको दावी अनुसार उनले रु. १८ लाख ९२ हजार ५ सय ७२ को रसिद देखाएको र रु. ४ लाख ४२ हजारको भौचर हराएको बताएपनि कुल रु. २३ लाख ३४ हजार ५ सय ७२ ठेकेदार माथि बाँकी रहेको देखिन्छ । गुठी शाखा कार्यालय जनकपुरका नासु बासु पौडेलका अनुसार उक्त रकम असुली गर्न नसक्नुमा गुठी पनि जिम्मेवार देखिन्छ । सम्झौता गर्दा कबुल गरेको रकम तिर्न पटक पटक ठेकेदारहरुलाई म्याद दिइसकेको भएपनि रकम नतिरेपछि जरिवाना गर्ने प्रावधान छ । त्यतिले पनि ठेकेदारले रकम नबुझाएमा ठेक्का सम्झौता गर्दा ठेकेदारहरुको जेथा जमानतबाट रोक्का गरिएको जग्गा लिलामी गरी असुल उपर गर्न सकिने पौडेल बताउँछन्



२०७१ अषाढ १५ गते आईतबार

No comments:

Post a Comment