Tuesday, July 1, 2014

घर पसल बहालमा पनि मनपरी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

गुठी संस्थान शाखा कार्यालय जनकपुरले आय वृद्धिका लागि निर्माण गरेको भवन तथा सटरहरुमा लगाइएको भाडामा पनि लाखौं रकम गुठीले असुल गर्न सकेका छैनन् ।
     एक त सस्तो दरमा गुठीले घर पसल बहालमा दिएका छन् भने अर्को तर्फ पसलेहरुले पनि लाखौं रकम गुठीलाई तिर्न बाँकी राखेका छन् । सबैभन्दा वढी बाँकी रकम राख्ने व्यक्तिमा प्रमोद कुमार अग्रवाल छन् । उनले २०७१ को जेष्ठ मसान्त सम्म गुठीलाई तिर्नुपर्ने घर बहाल बापतको रकम रु. ३ लाख ८१ हजार ७ सय ९६ बाँकी राखेका छन् ।
     दुई लाख भन्दा वढी बक्यौता राख्ने पाँच जना मानिसहरु छन् । यतिसम्मकी अमरखाना तर्फ ११ जना पसलेहरुले कुल ४ लाख ६९ हजार ७ सय ४५ रुपैयाँ नतिरी सम्पर्क विहिन बनेका छन् । उनीहरुले पसल छोडिसकेको तर, बक्यौता बाँकी नै राखेको पाइन्छ । त्यस्तो गर्नेहरुमा राजकुमार जैनले रु. ३९ हजार ५ सय ६०, विनोद कुमार दुवेले रु. ४७ हजार ६ सय ९१ मनोज गवेन्काले रु. ८ हजार ९ सय २५, बेचन मोमिनले रु.२६ हजार १ सय ५०, मदन ठाकुरले रु. ५५ हजार ४ सय १४, विरेन्द्र कुमार सिंहले रु. २६ हजार १ सय ५०, शंकर ठाकुरले रु. ३० हजार ७ सय ५४, राम एकबालले रु. २४ हजार १२, हरिबहादुर रैलाले रु. ९ हजार ९ सय ३, बजरंग चौधरीले रु. १ लाख १०हजार ३ सय ९७ र मदन गोपाल भगतले रु. ९० हजार ७ सय ८९ गरी कुल रु. ४ लाख ६९ हजार ७ सय ४५ बाँकी राखेका छन् ।
     उनीहरुले ७ वर्ष अगाडी यति रकम बाँकी राखेरै पसल अन्य व्यक्तिलाई विक्री गरी सम्पर्क विहिन भइसकेको गुठीका लेखा प्रमुख हरिचन्द्र भुसालले द एक्सक्लुसिभलाई बताएका छन् । यस आर्थिक वर्ष २०७०÷०७१ को जेष्ठ मसान्तसम्मको घर बहाल बापत २९  जना पसलेले कुल ५२ लाख ९२ हजार ९२ रकम बाँकी राखेका छन् । जनकपुर वडा नं. ४ को अमरखाना तर्फ ४ कठठा ९ धुर १ कनमा क्षेत्रफलमा रहेको घर पसल रु. १४ हजार ५ सय ३२ मा बार्षिक बहाल लगाइएको छ । जसमध्ये विनय कुमार दासको भु वहाल रु. २१ हजार १ सय ४४ र ३ धुर ३ कनवामा भिमकुमारी भुजेलको रु. २ हजार ८८ मा बार्षिक बहाल दिइएको छ । जेष्ठ मसान्तसम्ममा चन्देश्वर ठाकुरले रु. १ लाख ६२ हजार ३ सय ३३, जितेन्द्र कुमार भगतले रु. ९ हजार ८ सय २, विनय कुमार चौधरीले रु. ४८ हजार २ सय ८०, किरन चौधरीले रु. २४ हजार ६४, कपिलदेव मण्डलले रु. ९४ हजार ५ सय ६९, सुशिला देवी साहले रु. ८१ हजार ३ सय २१, शम्भु प्रसाद गुप्ताले रु. ४९ हजार ८ सय ३३, मनोज कुमार साहले रु. २७ हजार ७ सय ५३, रामबाबु राउतले रु. १९ हजार ७ सय ३, राजकुमार जैनले रु. १ लाख ८ सय ८४, मनिष कुमार ठाकुरले रु. ७८ हजार ९ सय २८, मंगल ठाकुरले रु. ९० हजार ९ सय ५८, विनय कुमार दासले रु. ३९ हजार ६२ र प्रदिप कुमार यादवले रु. ७ हजार ८ सय ३० घरबहाल बापतको रकम बाँकी राखेका छन् । त्यसैगरी भिमकुमारी देवी भुजेलले बाँकी राखेका छैनन् भने सोनु कुमार केडियाले रु. १४ हजार ५ सय ३२ र प्रमोद कुमार चौधरीले रु. १४ हजार ५ सय ६८ अग्रिम भुक्तानी बाँकी राखेका छन् । त्यसैगरी राममन्दिर भन्दा दक्षिण इन्द्रराज तर्फ रामनारायण चौधरीले रु. २ हजार ६४, शत्रुधन साहले रु. ३ हजार ९६, श्रीनारायण मण्डलले रु. २ लाख २ हजार १ सय ३२, रामकुमार साहले रु. ९६ हजार २ सय ९६ र लक्ष्मण साहले रु. २ लाख ८७ हजार २४ रुपैयाँ जेष्ठ मसान्त सम्म बाँकी राखेका छन् । त्यसैगरी राममन्दिर भन्दा पश्चिम रामजम तर्फ छेदीलाल दास ततबनियाले रु. ८२ हजार १ सय ५३, प्रमोद कुमार अग्रवालले ३ लाख ८१ हजार ७ सय ९६, पशुपति प्रसाद साहले रु. १ लाख १० हजार ५ सय ७०, लखन लाल साहले रु. ३ लाख ३३ हजार ७ सय , शिवशंकर पजियारले रु. १ लाख ५२ हजार ३ सय ४५  र बजरंग साहले रु. २ लाख ८१ हजार ५ सय ९६ घर बहालको रकम बाँकी राखेको छन् ।
    गुठी संस्थानका लेखा प्रमुख हरिचन्द्र भुसालका अनुसार जेष्ठ महिनामा रु. १ लाख भन्दा वढी बाँकी रहेको पसलहरुमा कारवाही स्वरुप सिलबन्दी गरिने भनेर जिल्ला प्रशासन कार्यालय धनुषामा जानकारी दिई अभियान चलाउँदा यस आर्थिक वर्षमा घर पसलको बक्यौता रकम रु. ५ लाख ३५ हजार ८८ असुल भएको छ । कारवाहीको डर नै नभएका कारण र गुठीले के गर्न सक्ने भन्ने मनोवृति भएका कारण पसलबाट लाखौं कमाउने पसलेहरुले घर बहाल बापतको रकम नतिर्नु दुखद रहेको भुसाल बताउँछन् ।

२०७१ अषाढ १५ गते आईतबार

No comments:

Post a Comment