जनकपुरधाम............
जनकपुरको कटैया चौरीमा आमा(छोराको हत्या गर्ने व्यक्ति अरु कोही नभएर मृत्कको घर निर्माण (बस्न सकिने तर अझै निर्माण कार्य बाँकी )मा प्लास्टर गर्ने ठेक्का लिएको ठेकेदार नै रहेको तथ्य सार्वजनिक भएको छ । विदेशमा रहेको श्रीमानले रगतपसिना चुहाएर पठाउँदै आएको रकमले जनकपुरमा घर निर्माण गराईरहेकी मैतुन खातुन (२७) तथा उनको कान्छो छोरा अमिरुल साफी (७)को आईतवार बिहान करिब १ बजे ठेकेदार दिपक कुमार ठाकुरले हत्या गरेको जानकारी सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । अभियूक्त ठाकुरलाई २४ घण्टा नबित्दै एसपी उत्तमराज सुवेदी नेतृत्वको अनुसन्धान टोलीले पक्राउ गर्न सफल भएको हो । ठाकुरलाई जनकपुरको भ्रमरपुरा चोक स्थित डेराबाट आईतवार दिउँसै पक्राउ गरिएको एसपी सुवेदीले बताए । ठाकुर उपर मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम अनुसन्धान कार्य अघि बढाईएको एसपी सुवेदीले बताए । ठाकुर पक्राउ परेपनि अनुसन्धान भने जारी नै रहेको उनले बताए । मृत्क महिला धनुषाको धनौजी ३ घर भई हाल जनकपुर नगरपालिका वडा नं. ४ कटैया चौरीमा (मस्जिदको दक्षिण) घर निर्माण गराईरहेका आलम साफीको श्रीमति हुन् । वैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका आलम साफी घटनाबारे जानकारी पाएपछि सोमबार जनकपुर आईसकेका छन् ।
को हुन् ठेकेदार ?

हत्याका अभियुक्त दिपक कुमार ठाकुर । |
दिपक कुमार ठाकुर (२१) राजमिस्त्री संगै घर निर्माणको ठेक्का समेत लिने व्यक्ति हुन् । उनि भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको चरौत घर भई हाल जनकपुरको भ्रमरपुरा चोकमा डेरा गरि बस्दै आएका थिए । उनि संगै निजको एक श्रीमति र एक छोरा पनि बस्दै आएका थिए ।
कसरी पाए ठेक्का ?
मृतक महिलाका भाई रोशन साफी (२३) जनकपुरको भ्रमरपुरा चोकमा कुखुराको व्यवसाय गर्दै आएका छन् । ठेकेदार ठाकुर पनि भ्रमरपुरा चोकमै डेरा गरि बस्दै आएकोले पसले र ग्राहक बीच चिनजान हुनु स्वभाविकै छ । सोही क्रममा रोशनले आफ्नो दिदीको घर निर्माण जारी रहेको र प्लाष्टरको कामहरु बाँकी रहेको भन्दै ठेकेदार ठाकुरलाई निर्माणका लागि आग्रह गरेका थिए । त्यसपछि मृतक र ठेकेदार बीच ६० हजार रुपैयाँमा प्लाष्टर सम्पन्न गर्ने सहमति भई एडभान्सको रुपमा २१ हजार रुपैयाँ ठेकेदारलाई दिइयो र कार्य शुरु भयो । घटना हुँदा सम्म निर्माण सम्पन्न भईसकेको थिएन ।
किन र कसरी भयो हत्या ?
मिति २०७० असार ७ गते राति करिब ९ बजे , ठेकेदार ठाकुर कुखुराको मासु लिन रोशनको पसलमा पुगेका थिए । उक्त समय रोशन पैसा गन्दै थिए । एक लाख भन्दा बढी रकम भएकोले पसलमा राख्न ठीक नहुने भन्दै रोशन पैसा दिदीको घरमा राख्ने निर्णय गरे । रोशनले कान्छो भाई जमिर साफी (१३) लाई आफू पैसा दिदीको घरमा राखेर ससुराली जाने भन्दै खाना दिदीकै घरबाट लिएर आउन र खाना खाएर पसलमै सुत्न अ¥हाए । यो गफ चलिरहँदा भने ठेकेदार ठाकुर सबै कुरा ध्यानपूर्वक सुनिरहेका थिए । मासु लिएर ठेकेदार आफ्नो कोठा फर्के । रोशन दिदीको घरमा पैसा राखेर हिंडे, जमिर पनि खाना लिएर पसल फर्किसकेका थिए ।

![]() |
आमा र भाई गुमाएका पीडित भाई बहिनी । बायाँ १२ बर्षिय मकिना खातुन र १० वर्षिय मोवारक साफी । |
मिति २०७० असार ८ गते बिहानको करिब १ बजे ,ठेकेदार ठाकुर श्रीमति र बच्चालाई ओछयानमै छोडेर कटैया चौरी पुगे । मृत्कको घरमा भित्रबाट मुल ढोका तथा छतको ढोका बन्द थियो । स्वयं राजमिस्त्री रहेको र उक्त घर निर्माण कार्यमा संलग्न रहेकोले उनलाई घरको सम्पूर्ण बनावट थाहा थियो । उनले भेन्टीलेशन तोडेर घरमा प्रवेश गरे । त्यसपछि मृत्क सुतेको कोठाको गेटमा ढकढकाउन थाले । उक्त कोठामा छोराछोरीहरु संगै सुतिरहेकी मैतुन निन्द्राका कारण आधा घण्टा सम्म खासै प्रतिक्रिया देखाईननु । पछि गेटमा कसैले ढकढकाएको आवाज सुनेर उनि बाहिर निस्किन् । उनि बाहिर निस्किनु अघि ठेकेदार भने डोरी लिएर तैयार अवस्थामा बसिरहेको थियो । ढोकाबाट निस्कन बित्तिकै ठेकेदारले उनको घाँटीमा डोरी बाँधेर कस्सेर खिचे र त्यहीँ रहेको काठको फट्टाले ३ पटक प्रहार गरि मैतुन खातुनको हत्या गरिदिए । मैतुनको हत्या पश्चात उनि कोठा भित्र प्रवेश गरे ।
भाईले राखेको रकम तथा श्रीमान् वैदेशिक रोजगारमा रहेकोले घरमा रहेको सबै रुपैयाँ लुट्ने योजना बनाएर त्यहाँ पुगेका ठेकेदारले त्यहाँ भएका रकमहरु लिएर फर्कदैं गर्दा सोही कोठमा सुतिरहेका तीन भाईबहिनी मध्ये सबैभन्दा कान्छो अमिरुल साफी (७)ले उनलाई देखे ।
ठेकेदारले तुरुन्तै बालकको मुख थुनेर कोठाबाट बाहिर निकालेर अर्को कोठा तथा प्यासेजको बीचमा पटकी दिए । त्यसपछि मृत्कको मोबाईल तथा रुपैयाँ लिएर उनि पुनः भ्यान्टीलेशन हुँदै घरबाट बाहिरिए । उनले मृत्कको मोबाईल नजिकैको पोखरीमा फालिदिए । बिहान करिब ५ बजे तिर ठेकेदार पुनः आफ्नो कोठा पुगिसकेका थिए । डेरा फर्केर ठेकेदारले आफ्नो रक्तामय लुगा फुकालेर नुहाउन गए । श्रीमतिलाई यो लुगा धुईदिनु है भन्दै उनि सुते ।
प्रहरीले कसरी थाल्यो अनुसन्धान ?
मृतक संगै सुतिरेहका बच्चाहरु मध्ये जेठी छोरी मकिना खातुन (१२) र माईलो छोरा मुबारक साफी(९)लाई घटनाबारे केही थाहा छैन । उनिहरु बिहान सम्म मज्जाले सुतिरहेका थिए । बिहान करिब साढे ७ बजे तिर मकिना र मुबारक कोठाबाट बाहिर निस्कँदा आमा र भाईको शव हेरेर आतिँए । गुहार भन्दै कराउन थाले । मुल ढोकामा ताल्चा लागेको थियो । साँचो भेटिरहेको थिएन । त्यसपछि छतको ढोका खोल्दै छिमेकीहरुलाई गुहारे । छिमेकीले छतको बाटो भएर भित्र प्रवेश गरि मुल ढोकाको ताल्चा तोडेर बच्चाहरुलाई बाहिर निकाले । तुरुन्तै प्रहरीलाई खबर गरियो ।
घटनास्थलमा पुगेका अधिकांश छिमेकीले रकम लुटपाटमा नजिककै व्यक्तिको हात हुनु पर्ने दाबी गरिरहेका थिए ।
घटनास्थल पुगेका अनुसन्धान टोली मकिना र मुबारक संग पनि आवश्यक सोधपुछ गरिरहेका थिए । प्रहरी टोलीले रकम कहाँ बाट आयो ? र यस विषयमा कस(कसलाई थाहा छ ? भन्ने प्रश्नलाई प्राथमिकताका साथ अनुसन्धानको पहिलो बुँदाको रुपमा राखेर अनुसन्धान थाल्यो । रकम मृतकको भाईले ल्याएको र यसविषयमा मृत्क, उनका सन्तान, रोशन, जमिर तथा ठेकेदार बाहेक कसैलाई थाहा नरहेको कुरा बाहिर आयो ।
यता अनुसन्धान जारी रहँदा , उता निर्माण कार्यमा संलग्न मजदुरहरुलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिईसकेको थियो । ठेकेदारलाई पक्राउ गरेपछि शुरुमा उनले विभिन्न व्यक्तिको हात रहेको आफू योजनाकार मात्र रहेको बयान दिएका थिए । तर, उनले भनेका कुराहरु गलत साबित हुँदै गएपछि घटना स्वयंले नै गरेको ठेकेदारले स्वीकार गरे । रकमको लोभमा हत्या गरेको उनले स्वीकार गरेका छन् ।
बरामद सामाग्रीहरु
प्रहरीले अभियूक्तको डेराबाट गोप्य सेफमा राखिएको १ लाख १२ हजार ३ सय ५० रुपैयाँ, घटनामा प्रयोग भएको काठको फट्टा ( १ थान, मृत्कलाई घाँटीमा बाध्न प्रयोग भएको डोरी , मृतकबाट लुटिएको मोबाईल (पोखरीबाट निकालेर)१ थान, अभियूक्तले प्रयोग गरेको लुगा(गन्जी र पाईन्ट) बरामद गरेको छ ।
२०७१ अषाढ १५ गते आईतबार

No comments:
Post a Comment