अनुज मिश्र
एकचोटि नजर परे हटाउनै मन नलाग्ने, अन्तर्मनमा भएका हरेक प्रश्नको उत्तर छ उ संग । त्यसैले नियाल्छु मनले अर्थयाए सम्म । मानौं त्यो हरेकको खुल्ला किताब छ जसले एकै स्वरमा भन्छ , हामीलाई सब थाहा छ, हामी मजबूर छौ तर लाचार होइन ।
त्यसलाई हेरेर अरु थोरबहुत थाहा पाउछु, यहाँ धेरै छन जसले नराम्रो गर्नेहरु माथि प्रश्न गर्छ साथै आफैलाई पनि राम्रो गरेकोर नगरेको प्रश्न सोध्न मनलाई घेरा बाहिर हाल्दैन । १९११, जानकी मन्दिर बन्नु पूर्व देखि लिएर अहिले सम्मको जनकपुरको अस्तित्व र इतिहास सम्झिरह्नु आफ्नो कर्तव्य ठान्छ । साथै यस ठाउँको बास्तविक हितैसी चाहनेहरुलाई सम्झिन राजनीतिक प्रपन्च गर्दैन । नियम पालना गर्न र गराउन पछि पर्दैन, चाहे त्यो ठुलो होस् वा सानो जनकपुर छिरे पछि बिधि र विधाताले बनाएको नियम कडाई साथ् अघि सार्छ । जातपातलाई आधार नमानी आफ्नो बालबालिकालाई योग्य बनाउन स्तरीय शिक्षामाथि जोड दिन्छ । सहिमा यहाँ कुनै धर्मको भएपनि जनकपुरको पहिचान कायम रख्न पछि हट्दैन । यहाँबाट अन्यत्र गएपनि जनकपुरको बारेमा राम्रो बोल्ने र सोच्नेको यहाँ लामो ‘फेहरिस्त’ छ । यहाँ घर नहुनेले घरको कल्पनागर्दा धार्मिक आकार दिन रुचाउनुमा अझै ‘नमुना सहर’को रुपमा बिकसित गर्दै लैजाने उनको सोच झल्क्न्छ । यहाँ मानिसले एक अर्कोको मानसिक बास्तविक बौद्धिकतालाई उनको ईलाका, रोड, गल्ली,नालाको सफाईबाट थाहा पाउने गर्छन, घर सफाभए मात्र पुग्नुलाई असभ्यता ठान्छन । पटक(पटकको नेपाल परिवर्तन ल्याउने निर्णायक ठाउँ भनेको जनकपुर २००७ र ०३६ र ०६३ इतिहासले भन्छ । शिक्षाको स्तर खस्काएर यहाँ राजनीति गर्न खोज्ने कुनै शक्तिलाई ठाउँ छैन । जातको नाउमा स्वजातिय स्कुलरकलेज भर्ना गर्न चाहने र माग्ने अभिभावक र सरलाई बास र कपास रहदैन । रक्सी खुवाएर र खाएर आफ्नो र अरुको भविष्य धमिल्याउन खोज्ने र खोज्नुलाई यहाँ ठाउँ छैन । नाराम्रो काम गरेर चारपैसा बनाउनेलाई शान्ति छैन । घुस कमाउने प्रवृतिले यहाँ आउनेलाई सुखचयन छैन ।
केहि बर्ष यता आएर बिग्रेको जनकपुरको गरिमाको बिभिन्न कारकतत्वहरुमध्ये ऊ आफु र आफ्नो अज्ञानतालाई पनि एक मान्न तयार छ र अब देखि समाजको काम र कर्तव्य एक भएर आरती गरे जस्तै सधै गर्नुको साथै ऊ एक चोटी अरु भन्छ हामीलाई सब थाहा छ, हामी मजबूर छौ तर लाचार होइन । हामीलाई थाहा छ, किन सरुवा गराएर आउन खोज्छन कर्मचारी यहाँ, कुन अफिसका कुन कर्मचारी महिनाको कति घुस खान्छन ? हामीलाई थाहाँ छ, कुन चोक र कुन गल्लीमा प्रहरी चेक जाँचको नाउमा के(के हुन्छ । हामीलाई थाहा छ, किन हुन्छ अत्यधिक लोडसेडिंग यहाँ ? कुन स्कूल र कलेजमा कसरि, के(के र कस्तो खाले शिक्षक र प्रविधिको प्रयोग गरिन्छ ? हामीलाई था’ छ, कसरि चल्छ कुन पत्रकार र व्यापारीको जीवन ? हाम्रो लागी बोल्ने मानवाधिकारवादिले कति र कहाँ (कहाँबाट खान्छन सेलेरी ? कसले, कहिले र किन उठाउने गर्छन आवाज ? हामीलाई थाहा छ, यसको बिरुद्ध गएनौ भने जाने भनेको हाम्रै हो, नेता र पैसावालको त् सबै ठाउँ छ, उनि भोलिको दिन जनकपुर छोडेर अन्य जानपनि सक्लान, भ्रस्ट हाकिम, कर्मचारी खाएर अघाएपछी सरुवा निश्चित छ तर हामी अलिकति हुने, रेमिटान्सबाट खाने र दैनिक ज्यालाबाट हुनेको लागि सर्वस्व भनेको जनकपुर् नै हो । नराम्रोलाई त् जनकपुर आमाले जे गर्लान, गर्लान ! तर हामीले यिनलाई ठिक पार्न विधिको कानुन र विधाताको आरती दूवै थाहा छ । हामीले चाहेको बखत परिवर्तन टेक्न सक्छौं, अरुलाई उत्तर चाहियो भने पब्लिक पोल गराऊ ! तर सजाय भने नेपालको कानुनसंवत होइन संसोधन सहित मृत्युदण्ड चाहियो त्यसको बाचा गर । होइन भने आरती चलेको र सबैले हात उठाएको मिथिला पेंटिंगले पनि आजभोली एक यूग फेरी ओर्लेको देख्दैं लागेको छ ।
२०७१ अषाढ १५ गते आईतबार

No comments:
Post a Comment