Tuesday, October 22, 2013

हाम्रो क्षेत्रका युवा म संगै छ ः राजु चौधरी,उम्मेदवार धनुषा क्षेत्र नम्बर ३



राजु चौधरीलाई नै मत किन दिनु पर्यो ?
राजु चौधरी एउटा सोचका साथ परिवर्तनकालागि र सवैको सामूहिक उम्मेदवारको रुपमा रहेका कारणले मलाई मत आम जनताले दिनेमा म विश्वस्त छु । म एउटा जिम्मेवार युवा को हौसियले राम्रो सोचका साथ चुनावी मैदानमा आउदैछु र संविधानसभाको चुनाव हो त्यसकालागि यो अधिकार स्थापित गर्न, म आफ्नो स्तरवाट मधेशी जनता र युवाकोको अधिकारकालागि हर सम्भव लडाई लडि रहनेछु । युवा परिवर्तनको सम्वाहक भएकाले हाम्रो क्षेत्रका युवाहरु त्यहा रह्न्छ जहा परिवर्तनको अभास हुन्छ र हाम्रो क्षेत्रका युवा म संगै छ ।
धेरै ठूल ठूला उम्मेदवारहरु छन् क्षेत्र नम्वर तीनमा तपाई कस्तो महसुस गर्नु भएकोे छ ?
प्रतिस्पर्धा जति ठूलो हुन्छ नतिजा त्यतिकै मजेदार हुन्छ । ठुलो सानो भन्दा उहा विगतका राजनीतिक विरासतवाट चुनाव जित्दै आएका छन् । यस क्षेत्रमा २४ बर्ष देखि बुवा जिते छोरा जित्दै आएका छन् तर विकास निर्माण भने शुन्य देखिएको छ । र एक सामन्तवाद परिवारवाट हुर्केकाहरु अर्का सामन्तवादका विकल्प हुन्नै सक्दैन् । त्यसर्थ यो संविधानसभामा हक अधिकार सुनिश्चत गर्न क्षेत्र नम्वर ३ का सर्वसाधारण जनतालाई मेरो विकल्पनै छैन् । यसमा पनि कारण दिन चाहन्छु कि विगतमा यहाका जनताले जसलाई जिताएर पठाए उनले तीनीहरुकोलागि के गर्यो ? उनले ती जनता जसलाई खान र लाउन सिवाय अरु केहि मतलवनै हुदैन त्यसलाई उनीहरु चुनावी हतकन्डाको रुपमा मात्रै प्रयोग गर्दै आएका छन् । ती जनताले उनीहरुलाई रुचाउने कुरै आएन् र म आफुलाई उनीहरुको प्रतिस्पर्धामा आउँदा धेरै राम्रो महसुस गर्दै छु ।
जनता तपाईलाई बुझ्ला ?
पक्कै बुझ्ला दलिय दलालहरु बाहेक । कि भने उहाहरुको साझा उम्मेदवारको रुपमा क्षेत्र नम्वर ३ मा मेरो उम्मेदवारी छ । किन भने उम्मेदवार बन्नु भन्दा पहिला म प्रत्येक गाविस घुम्दा उहा हरुको भावना बुझि र क्षेत्रको विकास र त्यहा बसोबास गर्ने युवाहरु तथा बृद्धवृद्धाहरुको अवस्था र समस्या हेर्दा केहि कुराहरुलाई गहरा रुपमा म लिएको छु र म हार जित भन्दा पनि म हर सम्भव प्रयास गर्नेछु कि ती समस्या समाधान होस ।
राजनीतिको बच्चा बुझ्छ त विपक्षीहरुले तपाईलाई ?
हो, उहाहरुको हैसियतमा तुलना गर्दा म बच्चानै हो । तर, मैले राजनीति विरासतमा पाएको होइन् । त्यो भएर पनि उहाहरुको नजरमा म बच्चानै होला । तर, म प्रश्न गर्न चाहन्छु उहाहरु संग, तपाईहरु क्षेत्र र त्यहाका जनताकोलागि के गर्नु भयो ? सधै ठूला पदमा बस्ने । पार्टीमा पनि । सरकारमा पटक पटक मन्त्री बन्ने तर गाउँमा एउटा राम्रो अस्पताल छैन् घर सम्म जाने बाटो छैन् अनि आफुलार्ई राष्टूको नै ठुला बडा नेता भनाउन लाज लाग्नु पर्ने हो । उहाहरुलाई बुझनुपर्नेहो कि मुलुकको आधा भन्दा बढी जनसंख्या म जस्तै बच्चाको नै हो र आजको बच्चा भोलीको कर्णाधार हो भनेर उहाहरुलाई नविर्सन आग्रह गर्दछु । र त्यस्ता हृणाकस्यपी प्रवृति भएका नेताहरुकोलागि म बालक प्रह्लाद हुँ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर तीनमा तपाई कति नम्वरमा हुनुहुन्छ ?
कति नम्वरमा छु ठयाक्कै भन्ने अवस्था अरु जस्तो छैन् । तर, राजनीतिय गणितमा अरु भन्दा मजवुत अवस्थामा रहेको जानकारहरुको विश्लेषण छ । त्यसको उदाहरण स्वरुप मेरो जटही गाउँमा पार्टी प्रवेशको दिनवाट पनि लिन सकिन्छ । र म एउटा विचारको र युवा पुस्ताको प्रतिनिधित्व गर्दै विकास र परिवर्तनकालागि आज त्यस क्षेत्रमा मजवुत अवस्थामा आफुलाई पाएको छु ।
० विमलेन्द्र निधि, हरिदेव मण्डल, जुली महासेठ जस्ता मजवुत नेताहरुको विचमा आफुलाई मजवुत स्थितिमा रहेको दावी गर्नु कतिको उचित हुन्छ ।
अतिनै राम्रो प्रश्न गर्नु भयो । सर्वप्रथम म हरिदेव मास्टरसाहेवलाई सम्मान नै गर्दै आएको छु । साथै निधि जी र जुली जी संग म स्वच्छ प्रतिस्पर्धामै बस्न चाहन्छु । स्वभाविक रुपमा उहाँहरु मेरो अग्रज नै हुनुहुन्छ । त्यो नाताले पनि म उहाहरुलाई पनि सम्मान नै गर्न चाहन्छु । तर, सवाल परिवर्तन र मुक्तिको हो । त्यस माइनेमा निधि जी र जुली जी दुवै सामन्तवादनै हुन । र मेरो त्यो सामन्तवादहरु संगको लडाई हो । एउटा विरासतमा पाएको राजनीतिलाई भजाउदै आएका छन् भने अर्का पैसाको बलमा राजनीति गर्न चाहन्छ यस्तो अवस्थामा मुक्तिकामी जनता कसरी न्याय पाउन सक्छ । म क्षेत्रका प’रै गाविस घुम्दा निधिजी प्रतिको आक्रोस व्यापकै रहेको महसुस गरेको छ’ । त्यसर्थ निधिजी हरिदेव मास्टरसाहेव भन्दा पनि तल्लो स्थानमा चित बुझाउनु पर्ने अवस्था यस पालि छ । र जुली जीको उम्म्ेदवारी आफैमा एउटा हास्यास्पद पनि हो । हुन त प्रजानतन्त्रमा सवैको मौलिक अधिकार हो नेपालको कुनै क्षेत्रवाट चुनाव लड्ने । तर, लड्नु भन्दा पहिला सोच्नु चाहि पर्छ आफुले लड्ने क्षेत्रको माइण्डेड के हो ? आफु त्यो क्षेत्रमा कतिको सटिक हुन्छ । र त्यो क्षेत्रमा घरवारनै नभएको महासेठलाई कसरी जनताले विश्वास गर्ला त ? ती सवलाई बुद्धिविवेक पुर्याएर लड्दा राम्रो हुनेथियो । तर, एउटै जिल्लावाट पति क्षेत्र नम्वर ५ र श्रीमति क्षेत्र नम्वर ३ वाट उम्मेदवारी दिदा हेमबहादुर मल्ल र सारदा मल्लको स्मरण गराउछ ।
तपाईको पार्टी पनि नयां तपाई पनि नया यो नाया नयाललाई जनताले मत दिने हो कि जसलाई चिन्हे जानेका छन् त्यसलाई मत दिन्छ ? यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ?
नया पुरानो भन्दा पनि विचार र सिद्धान्तको कुरो आउँछ पहिला । र हाम्रा पार्टी र म पनि नया नै हो । तर, हाम्रो विचार र सिद्धान्त स्पष्ट छ । यो संविधानसभाको चुनाव हो र यहा हक अधिकारलाई सुनिश्चित गर्नलाई यो एउटा पार्टी मात्रै नभई मोर्चा पनि हो । र पुरानै नेता र पार्टीहरु केनै गरिदिया छ र ? एउटा कुरा तपाई पष्ट बुझ्नुस जहा विभेद हुन्छ त्यहा विद्रोह हुन्छ । र जहा विद्रोह हुन्छ त्यहा राष्टिूय मधेश समाजवादी पर्टीको जन्म हुन्छ । र म एउटा सिपाहीको रुपमा र मधेश र युवाको हक अधिकार सुनिश्चित गर्नकालागि म यो अभियानमा जुटदा अतिनै खुशी महसुस गर्दछु । राम्रै प्रश्न गर्नु भो यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ? पक्कै पनि कुनै मधेशवादी दललाई । यो संसदीय चुनाव नभई संविधान निर्माणकालागि यो चुनाव हुदैछ् । हामी संग प्रसस्त मधेशी दलहरु भएकाले अपसन रोज्न पनि सजिलै हुन्छ ।
राजु चौधरीलाई मत दिनुपर्ने ५ वटा कारण ?
राजु चौधरीलाई मत दिनु पर्ने ५ वटा कारण हैन धेरै छन् । तर तपाईले ५ वटा कारण मात्रै सोध्नु भएछ भने म सानले भन्छु कि म राष्टूवादी मधेशी हो । मधेशकोलागि काम गर्न चाहन्छु । अर्का, ती क्षेत्रमा स्थानीय स्वरोजगारकोलागि विभिन्न प्रकारको योजनाहरु साथ आएकाले । तेस्रो विकास जस्तै १७ औं गाविसको आ आफ्ना विकासक एजेण्डाहरु छन् र तीनलाई कार्यान्वयन गराउनकालागि । चौथो जटहीमा दुर्गानन्द झाजीको नाममा प्रसुतिगृह सञ्चालनकालागि । पाचौ ती क्षेत्रमा नीधिको शासन नभई विधिको शासन लागु गर्नकोलागि ।
तपाईको क्षेत्रमा निर्वाचन आचार संहिता कतिको पालना हुदैछ ?
म वाट निर्वाचन आचार संहिता पालना हुन्छ किन भने म कानुनी राज्यलाई मान्ने एक अनुसाशित नागरिक हुँ । र अहिलेनै व्यपाक उल्लंघन भई रहेछ त्यसलाई हेर्ने निकायनै कमजोर रहेको महसुस गर्दै छु । खास गरी दुई सामन्तवादवाट बढी नै मात्रामा आचारसंहिता उल्लंघन भई रहेको छ र त्यसको जानकारी तपाईकै पत्रिका मार्फत पनि सम्वन्धित निकायलाई जानकारी गराउन चाहन्छौं । (सौजन्य ः तहलका खबर डट कम)


मिति ः २०७०÷७÷३

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete