Tuesday, October 22, 2013

अ स्टोरी अफ मधेश - धर्मेन्द्र कुमार झा



 धर्मेन्द्र कुमार झा

कथा,
एकटा गाउँमा एउटी बुढी आमा थिईन । उनका चारजना छोरा थिए । उनीसँग केही जग्गा र एउटा आँपको फुलबारी थियो । चारै दाजु(भाईको इच्छा त्यो जमिन र फुलबारीको बराबर हुने गरी बाँड(फाँड गर्नु थियो । किनभने चारै जना सँगै भएर आवश्यकता अनुसार हेरचाह गर्न सकिरहेको थिएन । एक अर्का बीच मनमुटाव बढ्दै गयो । एक पल्ट आँप फलेको घटना हो । सबै दाजु भाई बाँड्न चाहेको थियो । किनभने कसैले कसैलाई टिप्न दिरहेको थिएन । अनि सबै छोरा आमालाई त्यो फुलबारी बाँडिदिन आग्रह ग¥यो । त्यसै बखत आमाले छोराहरुलाई एउटा प्रस्ताव सुनायो कि ‘म केही दिनको लागि तिर्थ यात्रामा जाँदै छु । तिमीहरु म नआउन्जेल सम्म फुलबारीको रेखदेख गर्नु कोही कसैसँग बेइमानी नगर्नु । म आएपछि तिमीहरुलाई बाँड दिन्छु ।“ सबै छोराहरु मन्जुर भए र आमाले भने अनुरुप फुलवारीको चारै तर्फबाट चारै छोराहरु पहरा दिन थाले । एक साता भयो दुई साता भयो चार साता सम्म बुढी आमा आईन । आँप पाक्न थालेको थियो तर कसैले फुलवारी भित्र छिर्न सम्म दिइरहेको थिएन । एक दिन फुलवारीको छेउभएर एउटा बैलगाडी गइरहेको थियो । उक्त बैलगाडीबाट एउटा(दुईटा आँप खसिरहेको थियो । एउटा भाईले हेरेछ । ऊ बैलगाडीको पछाडी(पछाडी आँप टिप्दै फुलबारी भन्दा धेरै परसम्म पुगेछ । त्यसैगरी अन्य तीन भाई पनि अर्को(अर्को बैलगाडीबाट आँप टिप्दा फुलवारीको आँप टिपेर टूकमा राखी भागेछ । चारै भाई एक दुई बोरा आँप बाटोबाट टिपेर ल्याएकोमा मख्ख थिए । तर भोली विहान फुलबारीमा जाँदा फुलबारीको बोटमा पात बाहेक एउटा पनि आँप नरहेको अवस्था थियो । चारै भाई त्यही मुर्छित भए । त्यो बाहेक वास्तवमा कुनै अर्को बाटो पनि थिएन । विगत यो कथाले विगतको संविधानसभामा मधेशवादी दलहरुको चरित्रलाई चित्रण गरेको छ । फुलवारी रुपी संविधानलाई मधेशवादी दल लगायत अन्य संधियताको पक्षधर पार्टीहरु ती चार दाजु भाई जस्तो साना तिना लोभमा फसेर पुरै बगैचा गुमाए झै नयाँ संविधान गुमाए । धैर्यता साहस र बृद्वि विवेक तथा इमान्दारीता भएको भए ती चार दाजु भाई चोरहरुको जालमा फँस्ने थिएन होला । ती दाजु भाईहरुको आपसी मनमुटाव र लोभीपनाको भरमुग्घ फाइदा ती चोरहरु बैलगाडीबाट एउटा दुइटा आँप खसाउँदै ठगे । त्यसैगरी विगतका नेपाली राजनीतिक इतिहास हेर्ने हो भने जति मधेशका साथै पछाडी पारिएका समुदायका प्रतिनिधिहरु सरकारमा गए सबै आ(आफ्नै तुना सुल्झाउनमा लागे र मधेश जहिको त्यही रहीरह्यो । कहिले दल फुटाउनु त कहिले पासपोर्ट बेच्नु त कहिले सशस्त्र पार्टीको आडमा हिंसा गराउनु त कहिले टेन्डरको बाहानामा विकासको काममा बाधा पुरयाउनु यस्ता अदुरगामी सोचले गर्दा जनताबाट पाउनु पर्ने आदरसत्कार र विकास सबै गुमाएका छन नेताजीहरु ।
बास्तवमा जसरी कुकुरहरुलाई सिनो दिदा आफुमै लडेर बस्छ । त्यसैगरी हाम्रा नेताजीहरुलाई भनाउँदा ठुला दल र सहयोगी राष्टूहरु साना तीना लोभमा  फसाएर ठुला मिशनलाई ओझेलमा पारिदिएका छन । यस्ता भुमरीबाट बाहिर निस्कन अति आवश्यक छ नत्र भने भावी पुस्ताले धिकार्ने छ । सिद्धान्त नमिलेर पार्टी फुट्नु लाजमर्दो कुरा हो । सिद्धान्तवस पार्टी फुटे मिशन कमजोर हुँदैन तर स्वार्थवश पार्टी फुटे मिशननै लथालिंग हुन्छ । देशमा जति पार्टी भए पनि देशलाई कुनै घाटा छैन तर जनचाहना अनुरुपको मिशनमा कार्यगत एकता हुनु जरुरी छ ।
बर्तमान
दोस्रो आसन्न संविधानसभा २०७० को चुनावी परिवेश हेर्दा अनौठो लाग्छ । मेरो चार(पाँच जिल्लाको गहनतम भ्रमणले नौलो राजनीतिक अनुभव दिएको छ । प्रायः क्षेत्रहरुमा पुराना नेताजीहरुलाई गाह्रो पर्ने सम्भावना देखिएको छ । नव प्रवेशी अर्थात चुनावी होडको नयाँ अनुहारहरुको बोलबाला देखिएको छ । नयाँ अनुहारहरु धेरै राम्राभएर चर्चामा रहेको छैनन पुराना नेताहरु कर्महिन भएर भएका हुन । पुराना अनुहारहरु जनताका फ्रस्टूेशनका सिकार हुने सम्भावना वढेको छ । हुन त जनताहरु संविधानसभाको चुनावका लागि भित्रबाट धेरै उत्साहित छैनन । तर पनि उनीहरु यो आशामा छन की जसरी भए पनि चुनाव भइहाल्यो भने नयाँ संविधान बन्छ र देशले वैकासिक गति लिन्छ । आशा सँगै निराशा पनि उत्तिकै छ, किनभने चुनाव भएपनि नभए पनि बोलवाला त्यही पुराना अनुहारकै हुन्छ र फेरी त्यही खिचलो शुरु हुन्छ ।
जनताले आफ्नो तर्फबाट कुनै कसर छोडेका छैनन । जुन कुरा राजनीतिक दलका नोमिनेशन दिनमा देखियो । प्रायः जिल्लाको सदरमुकामहरुमा नोमिनेशनका दिन ऐतिहासिक जनभेला ‘कुम्भ मेला’ जस्तै भएको थियो । कतिपय जिल्लाका मान्छेहरु त भनेका थिए “यस्तो मान्छेको भिड यस सदरमुकाममा पहिलोपल्ट हो” तथापि ती भिडहरुको अनुहारमा आशा र निराशा दुवै घाम(छाया झै झल्किरहेको थियो । त्यही दिन देखि राजनैतिक तामझाम शुभभइसकेको छ । कोही कार्यकर्ता भित्रयाउनमा व्यस्त छन् त कोही पैसा बाँडन त कोही देखावटी विकासमा त कोही प्रचारप्रसारमा त कोही चाणक्य रणनीतिमा । चुनावको मुखमा आएर गरिने सबै गविविधि मगरमछको आँसु जस्तो हो । यसबाट आमजनतालाई सावधान हुनु जरुरी छ । जसरी हामी माछा मार्नलाई हुकमा पिठो हाल्छौ चुनावको समयमा  पिठो हाल्न आउँछन ।
निश्कर्ष
विगत र वर्तमान दुवैलाई हेर्दा नेता भन्दा अझ जिम्मेवार हामी जनतालाई हुनु आवश्यक छ । किनभने तिनीहरु कर्महिन भइसकेका छन । र हामी पनि गैर जिम्मेवार हुँदै गइरहेका छौं । हामीले आफ्नो जिम्मेवारी बोघ गर्ने बेला आइसकेको छ । नत्र भने यस्ता समय बार(बार आउँदैन ।
जुनीमा एक पल्ट आउने हो । पछाडी पारिएका सम्पुर्ण वर्ग समुदाय एक मात्र कुरामा के अठोट गर्नू पर्छ भने “यस पल्टको संविधानसभाको चुनावमा संघियता तथा मातृभाषा पक्षधर दलहरुलाई जिताउनु पर्छ ।” आत्मनिर्णय र मातृभाषा सहितको संघियता विना कुनै परिवर्तन हुनेबाला छैन । त्यसैले हामी आफ्ना भावी जेनेरेशनको भविष्य सुनिश्चितताका लागि नयाँ संविधान ल्याउनु पर्छ । साथै चुनावको समयमा जाति(पाति, वर्ग, क्षेत्र, लिंग जस्ता अन्य ‘वाद’ तथा आर्थिक प्रलोभनबाट टाढा रहनु त्यत्तिकै आवश्यक देखिन्छ । सकभर वढी खर्च गर्ने नेताहरुलाई बहिष्कार गर्नु पर्छ । किनभने जसले जति खर्च गर्छ त्यसले त्यति बेइमानी गर्छ । जति पुँजी लगायो त्यति असुली गर्नु स्वभाविकै हो । “मधेशी, पहाडी, महिला, पुरुष, दलित, जनजाति वा कोही होस जसले हाम्रो नारा बोक्छ त्यसलाई हामी बोक्छौं” यही प्रण गरौं ।



मिति ः २०७०÷७÷३

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete