Monday, August 26, 2013

प्रचण्डको ‘मधेस मोह’


अजय अनुरागी
जनकपुरधाम............

संविधानसभाबाट नयाँ संविधान जारी गर्न दुई तिहाई मत , सरकार बनाउन प्रष्ट बहुमत आवश्यक पर्छ र ती दुवैका लागि मधेसको निर्णायक मत आवश्यक पर्छ भन्ने बुझेरै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पाइला मधेसमा अगाडी बढाएका छन । तीन दिन जनकपुर बसाईको क्रममा गाउँ देखि शहरका जनता सामु विगतमा गरेको गल्ती स्वीकारोक्तीका क्रममा प्रचण्डले अन्तरिम संविधानमा संघीयता शब्दको ठाउँमा सम्झौताको शव्द प्रयोग हुनुमा कांग्रेस र एमालेको टूयापमा पर्नु, क्रान्तिकारी नेताको हैसियतले एमालेको वैशाखीमा टेकेर बनेको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको हैसियतले तत्कालिन प्रधानसेनापति रुकमाङगत कटुवाललाई कारवाही गर्न जाँदा एमालेले धोका दिनु, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिनु, संविधानसभामा सहमतिकै रटान रटनु आफ्नो ठुलो भुल रहेको बताएका थिए । सके माओवादीलाई नै स्पष्ट बहुमत दिनुस नभए माओवादी सँगै अजेण्डा मिल्ने गठबन्धन मोर्चालाई मत दिन प्रचण्डले पटक पटक आग्रह गरेका थिए ।
मिथिला क्षेत्रबाट चुनाव लड्ने घोषणा
मधेश र मधेशी जनतासँग ‘लव परेको उदघोष गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामि संविधान सभाको निर्वाचनमा मधेशको मिथिला क्षेत्रबाट चुनाव लडने घोषणा गरेका छन् । १० वर्षे माओवादी जनयुद्धकै तयारीको अन्तिम चरणमा सहिद भएका रामवृक्ष यादवको १९ औं स्मृति सभालाई २ भाद्रमा धनुषाको बरमझियामा सम्बोधन गर्दै प्रचण्डले मिथिला क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका हुन् । विगतको गल्तीबाट पाठ सिकेको उल्लेख गर्दै उनले भने ‘अव मधेशीको छोराको रुपमा मिथिला क्षेत्रबाटै चुनाव लड्छु, यहाँबाट जितेर सिंहदरबारबाट मधेशी जनताको प्रतिनिधितित्व गर्दै मधेश र मधेशीको लागि निर्णायक लडाइ लड्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु । ४ भाद्रमा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पुनः सफाइ दिँदै भने–मधेसको केही भाग खोज्न आएको होइन,  चुनाव जित्न अरु ठाउँ नपाएर पनि आएको होइन, चुनाव त धेरै ठाउँबाट जित्न सक्छु तर सदियौ देखि उत्पिडनमा परेका मधेसी जनताको प्रतिनिधित्वको बलियो शक्ति लिएर अधिकार दिलाउन खोजेको हुँ । मधेसकै जनताको ताकत लिएर सिंहदरबार भित्र लडाई लड्ेर मधेसलाई शक्ति सम्पन्न बनाई छाड्छु भन्ने मेरो प्रतिबद्धता हो । मान्छे त म पहाडिया हुँ, बाहुनको छोरो पनि हो, कम्युनिष्ट पनि हो तर उत्पिडित वर्गको लागि लड्न मात्र मधेस आएको हो ।     हुन त यस अघि १७ मंसिर २०६८मा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराईमा अवस्था सुध्रेकाले पार्टी सत्ता कब्जा गर्न सक्ने हैसियतमा पुगेको बताएका थिए । मातृका यादवका ज्वाँई दिलिप साहले नेतृत्व गरेको नेकपा माओवादी, भोलानाथ बस्यालले नेतृत्व गरेको संयुक्त जनवादी मोर्चा र गुणाखर भुसालले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहित तीन साना बाम दललाई पार्टीमा विलय गराउने क्रममा प्रचण्डले के पनि भनेका थिए भने केहि प्राविधिक, केही प्रतिक्रियावादीको षडयन्त्र र केही हामीमै अनुभव अभावले मधेशमा स्थित खस्किएको थियो, त्यहाँ बहार ल्याउने अवस्थासम्म लैजान सकेका थिएनौं । ‘मधेशमा बिस्तारै अर्को लहर आउँदैछ, टुटेका कडीहरु जोडिँदै गएको छ, यो शक्तिले हामीलाई सत्ता कब्जा गर्न सक्ने स्थितिमा पु¥याएको छ ।’
एकीकृत नेकपा माओवादीले जनयुद्धकालमा पहाडी क्षेत्रमा आफ्नो वर्चस्व स्थापित गरेपनि मधेशमा उनकैे नेता राम कार्की र मातृका यादवको कारण सिरहामा विद्यार्थी रमेश महतोको हत्या भए पछि माओवादीले अडकाएर राखेको संघीयताको मुद्दालाई मधेशी जनअधिकार फोरमले उचालेर मधेशमा विद्रोह मात्रै गरेनन् , एउटा नया विद्रोही शक्तिको रुपमा स्थापित हुनु माओवादीको लागि ठूलो झटका थियो । त्यस पछि ०७ चैत २०६३ मा रौतहटको गौर स्थित पुरानो मिलचौरमा माओवादी भातृ संगठन मधेशी राष्टिूय मुक्ति मोर्चाको जनसभामा फोरमको कार्यकर्ता सँग मुठभेड हँुदा २८ जना मोर्चाका कार्यकर्ताको हत्या, ५० भन्दा बढी घाइते भए पछि माओवादी मधेशमा सशक्त नरहेको अध्यक्ष प्रचण्डलाई महशुस भइसकेको थियो । गौरहत्याकाण्ड मच्चाएर पुनः दोरम्बा हत्याकाण्डको पुनरावृति गराउन खोज्ने जघन्य राष्टूघाती हत्याकाण्डले मध्ययुगीन फासीवादी बर्बरतालाई समेत मात गरेको ८ चैत २०६३ मा अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको थियो । उक्त हत्याकाण्ड दरबारिया प्रतिगामी तत्वहरु, भारतीय अति हिन्दुवादी–विस्तारवादी र शान्ति विरोधी विदेशी प्रतिगामी शक्तिहरुको साँठगाठले खडा गरेको पार्टी फोरम नामक राष्ट्रिय सार्वभौमसत्तामाथि खलल पु¥याउने फोरम नामक अपराधिक गिरोह माथि तुरुन्त प्रतिबन्ध लगाई अपराधीहरु माथि कडा भन्दा कडा कारवाही गरिनु पर्दछ , भन्ने कुरा प्रचण्डद्धारा जारी विज्ञप्तीमा उल्लेख थियो । २८ चैत २०६४ मा सम्पन्न भएको संविधानसभाको चुनावमा एमाओवादी सबै भन्दा ठूलो दलको हैसियत पाए पनि फोरम चौथो ठूलो दल बन्नुले एमाओवादीलाई झस्काएको थियो ।
    जनयुद्धकालमै आफ्नै पार्टीको नेता जयकृष्ण गोइतले विद्रोह गरी मधेशमा नागेन्द्र पासवान (जवाला सिंह) सहितलाई लिएर सशस्त्र विद्रोहको विगुल फुकेपछिको एमाओवादीको टाउको दुखाई झन त्यति  बेला बढ्यो जब प्रचण्ड नजिककै मधेशका नेता मातृका यादवले विद्रोह गरी मधेशका कैयौं कार्यकर्ताहरुलाई लिएर अलगै पार्टीको पुनर्गठन गरेको थियो । भनिन्छ समय परिवर्तनशील हुन्छ र सँगसँगै राजनीतिक परिदृश्य पनि सोही अनुसार बदलिरहन्छ । केही समय वितेपछि मातृका यादवका ज्वाँई दिलिप साह सहित नेकपा माओवादीका केही केन्द्रिय सदस्य सहित एमाओवादीमा विलय भए पछि एमाओवादीको अर्को चुनौतिको रुपमा रहेको मातृकालाई पनि करारा जवाफ दिएको बुझेरै त्यस्तो अभिव्यक्ति आएको हुन सक्ने विश्लेषकहरु ठम्याउँछन् ।
एमालेका हजारौ कार्यकर्ता एमाओवादीमा प्रवेश
एकातर्फ एमाओवादीमा पहाडको तुलनामा मधेसमा नेतृत्व विकास नहुनु, भएका नेताहरु पनि अरु तीरै लाग्नुले मधेसमा कमजोर हुँदै गएका एमाओवादीलाई एमाले विद्रोह गरी प्रवेश गरेका नेता रामचन्द्र झाले ठुलो सहारा दिएको छ । एमालेमा पोलिट व्यूरोसम्मको उचाई बनाएका प्रखर नेता झा वैचारिक संगसंगै जनतामा पनि ठुलो पकड बनाएको नेताका रुपमा चिनिन्छन । जसको पछिल्लो उदाहरण हो, नेकपा एमाले बाट विद्रोह गरी एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झाले आफ्नो क्षेत्र नं. १ का हजारौ कार्यकर्तालाई एमाओवादीमा प्रवेश गराउनु । ३ भाद्रमा धनुषाको क्षेत्र नं. १ स्थित गृह निवास माचि लगमामा आयोजित प्रवेश कार्यक्रममा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमाले धनुषा क्षेत्र नं. १ का इन्चार्ज तथा जनकपुर अञ्चल कमिटि सदस्य गोपाल मुखियाको नेतृत्वमा हजारौ कार्यकर्तालाई अबिर माला लगाई एमाओवादीमा प्रवेश गराएका थिए । मुखियाको अगुवाईमा उक्त क्षेत्रका १८ वटा गाविसका पुर्व गाविस अध्यक्षहरु, उपाध्यक्षहरु तथा जिल्ला कमिटी सदस्यहरुलाई पार्टी प्रवेश गराईएको थियो । उक्त कार्यक्रममा ५ हजार नेता तथा कार्यकर्ता एमालेबाट विद्रोह गरी झाको नेतृत्वमा एमाओवादी प्रवेश गरेको बताइएको थियो । पार्टी प्रवेशका क्रममा नेता झाले विभिन्न काल खण्डमा कहिले भुमिगत, कहिले अर्धभुमिगत भई आफ्नो योगदान तथा जनताको समस्यालाई समाधान गर्न होस वा सगठनात्मक रुपले वा वैचारिक रुपले हरेक आन्दोलन र विकासका लागि अविछिन्न रुपमा जुड्न तथा आफ्नो अभिमत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गरेकोमा उक्त क्षेत्रका जनतालाई आभार व्यक्त गरेका थिए । ३ पटक सम्म एमालेको जिल्ला सचिव, १२ वर्षसम्म जनकपुर अञ्चल इन्चार्ज, २०५१ मा सांसद तथा २०६४ मा सभासद बनाउन यस क्षेत्रका जनताले असाध्यै माया गरेको भन्दै झाले जनताले दिएको जुन सुकै भुमिकालाई आफुले निष्ठा पुर्वक तथा इमान्दारी पुर्वक निर्वाह गरेको बताएका थिए । सभासदको भुमिकामा होस वा मन्त्री वा संसदीय दलको प्रमुख सचेतकको भुमिकामा किन नहोस आफुले जनताको चाहना तथा जनतालाई सिर झुकाउने काम कहिल्यै नगरेको बताएका थिए ।
    धनुषाको निर्वाचन क्षेत्र नं. १ बाट प्रचण्डलाई लड्न आग्रह गर्दै झाले भने,“ यो क्षेत्र वर्गिय आन्दोलनको उर्वर भुमि हो, तपाईको जित सुनिश्चत छ, प्रचण्डजी तपाई लडनु हुन्छ भने म यो क्षेत्र त्याग गर्न तयार छु । वौद्धिक, राजनीतिक, संगठनात्मक, साहित्य, संस्कृति, कुटनीति जुन सुकै क्षेत्रमा काम गराउनुस त्यसका लागि म तयार छु तर तपाई आफै नलडी म भन्दा कम प्रभाव राख्ने व्यक्तिलाई टिकट दिनु भयो भने खतरा पनि हुन सक्छ ।” एमालेमा हुँदा एमालेका कार्यकर्ताहरु एमाओवादी भन्दा तुलनात्मक रुपले शिष्ट तथा अनुशासित रहेको भन्दै एमाओवादीमा प्रवेश गर्ने ती नेता तथा कार्यकर्ताहरुको सम्मानजनक व्यवहार गर्न एमाओवादीका नेताहरुलाई झाले आग्रह गरेका थिए । धनुषामा त के देशमै यतिको संख्यामा कुनै मञ्चमा पार्टी प्रवेश नभएको भन्दै झाले भने,“ नव प्रवेशीहरुलाई पुराना नेता तथा कार्यकर्ताहरुले पनि उचित सम्मानजनक भुमिका दिनु आवश्यक छ ।” 
जनकपुरमा मधेसी जनता सामु प्रचण्डले के के भने ?
जनकपुरमा एबीसी टेलिभिजनद्धारा ४ भाद्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा मधेसको सवालमा एमाओवादी अध्यक्ष प्रचण्डलाई स्थानियवासीले सोधेको विभिन्न सवालहरुको यसरी जवाफ दिएका थिए ।
अन्तरिम संविधान लेख्दा टूयापमा पारियो
अन्तरिम संविधान बनाउने बेलामा बाबुराम भट्टराई र म आफै संविधान बनाउने क्रममा रातदिन लागि रहेका थिर्यौ । संविधान लेख्ने क्रममा एकात्मक राज्य संरचना अन्तगरी संघात्मक राज्य बनाउने भन्ने कुरामा हामी प्रष्ट थिर्यौ, कुनै पनि कन्फ्युजन थिएन तर कांग्रेस र एमालेले संघीयता लेख्न मान्दै नमान्ने । अनि जुन राति १२ः३० बजे हामी सही ग¥र्यौ हामी संघीयताकै पक्षमा थिर्यौ तर कांग्रेस एमालेले नमान्ने भएपछि एउटा सम्झौताको भाषा प्रयोग गरियो । एकात्मकताबाट अन्त गरि जनताको भन्ने केही शब्द राखिएको थियो । एकात्मकको अन्त भएपछि संघात्मक भन्न पाइनै हाल्ने भयो भनेर हामीले बुझ्र्यौ र शब्द लचिलो राखियो । हामी अलि सोझा प¥र्यौ तर कांग्रेस एमालेले लौ माओवादीले संघीयता छोड्यो भनेर हल्ला गर्न थाल्यो । हामीले हैन हैन भन्दा पनि स्वर अरुकै ठुलो भइदियो । हाम्रै टाउको माथि बजारनका लागि कांग्रेस र एमालेले हामीलाई ट्रयापमा पा¥यो भन्ने महसुस भयो । त्यसपछि सिरहाको लहानमा घटना घटीसकेपछि हामीले मधेसकै केन्द्रिय समितिको एकजनालाई हयान्डल गर्न पठाउँदा जसरी हयान्डल गरियो जनतालाई भ्रम हुने गरी हयान्डल भयो । पार्टी मानौ मधेस विरोधीको जस्तो छवि बन्न गयो, जो मधेसी जनताका विरोधी हुन त्यो मधेसबादी जस्ता देखा परे । गम्भीर गल्ती भयो, त्यसकारण जनकपुरमा म प्रथम पटक पश्चाताप गर्दैछु, अब ट्रयापमा परिने छैन ।

मधेसी जनताको मुक्ति, समग्र प्रतिनिधित्व र विकासको सवाल
कुनै पनि उत्पिडित वर्गको मुक्ति एउटा सही बैज्ञानिक विचार सहितको राष्टिूय पार्टीबाट मात्र सम्भव छ । हिजो हाम्रो पार्टीबाट मधेसबाट आएका साथीहरु केन्द्रिय समितिमा थोरै हुनुहुन्थ्यो तर १० वर्षको जनयुद्धको क्रममा हाम्रो पार्टीले मधेसी जनताको आत्म निर्णयको अधिकार सहित मधेसमा स्वायतः प्रदेश हुनुपर्छ भन्ने मुद्दालाई राष्टूव्यापी बनायो र एउटा आधार खडा ग¥यो । मधेसबादी मधेसी हुँदैमा मधेसको मुक्ति हुने होइन । मधेस सम्बन्धि सहि विचार लिने पार्टी त्यो पनि राष्टिूय पार्टी बाट मात्र सम्भव हुन्छ । क्षेत्रीय पार्टीले उत्पिडित बर्ग,क्षेत्र, जाती, लिङगको मुक्ति गरेको भन्ने गरेको देखाउनको लागि पनि विश्वमै उदाहरण पाइनन । मधेसीको नाममा व्यापार र राजनीति गर्न खोज्यो भने मधेसी जनताको मुक्ति हुने होइन ।
प्र्रदेशको सबाल
हिजो विद्रोह मै हुँदा र शान्ति प्रक्रियामा आइसक्दा आजको अवस्थामा पनि कपिलबस्तु देखि सप्तरीसम्मको भु(भागलाई मधेस स्वायत प्रदेश भनेर घोषणा गरिएको हो । हाम्रो पार्टीको आधिकारीक नीति  अहिले पनि त्यो भन्दा बाहिर लगिएको छैन । थारुवान(पश्चिम नेपालमा थारुहरुको बाहुल्य रहेको) उता पट्टि कोचिला भनेकै हो । अखण्ड चितवनको सवालमा एक चोटी मैले पनि एउटा कार्यक्रममा बोलेको त हो तर सबै कुरा माओवादीले नै भनेर पनि हुने त होइन । १० प्रदेशमा पनि हामी सम्झौता गर्न तयार नै थिर्यौ । राज्य पुनःसंरचना आयोगको सुझावमा तराईमा दुई प्रदेश वा संसदको राज्य पुनःसंरचना समितिको प्रतिवेदनमा बहुमतले पारित भएको १४ प्रदेश पनि मान्न हामी तयारै थिर्यौै ।
नेतृत्व विकास
हाम्रो पार्टीको केन्द्रिय समितिमा अहिले ठुलो संख्यामा मधेसीलाई निर्वाचित गरेका छौ । हेटौडा महाघिवेशनमा पहिलेको तुलनामा हामीले जोड दिएका हौं तर कम्युनिष्ट पार्टी भित्र कुनै पनि जाति बाहुन, क्षेत्री, जनजाति, दलित , महिला, मुस्लिम, मधेसी भनेर कोटा बाँड्ने सिद्धान्त भित्र पर्दैन । माकर््सवादले सिद्धान्त नै मान्दैन, सबै तिरबाट राम्रा नेताको विकास गरी ल्याउने भन्ने कुरा सिद्धान्त भित्र पर्दछ । तर राज्यमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्दछ भनेर सेना, प्रहरी, व्युरोक्रेसी लगायत हरेक तहतपकामा कोटा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै मै प्रधानमन्त्री भएको बेलामा समावेशी विधेयक ल्याएको थिएँ, तर हुनसकेन ।
विकासको सबाल
मधेसमा विकासको गतिलाई तिब्र पार्नका लागि समग्रमा विकासको रणनीति बनाउन जरुरी छ । यो पटक निर्वाचन घोषणा पत्रमा समग्र विकासको निम्ति मधेसको सवालमा अलग च्याप्टर नै ल्याउदैछौं । माओवादी जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएर आफु गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भएपछि चिन र भारत भ्रमण क्रममा मधेशलाई प्राथमिकतामा राखेर पुर्व(पश्चिम रेलमार्ग र हुलाकी राजमार्ग निर्माणका लागि प्रस्ताव राखेको बताए । पछिल्लो भ्रमणमा दुवै छिमेकी राष्टूसँग पुर्व योजनावारे पुनः अवगत गराउँदै जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेको बताउँदै दाहालले आश्वासन बाँडे, ‘अबको चुनावमा दुई तिहाइ मत पाए संविधानसँगै नेपाललाई छिटो भन्दा छिटो आर्थिक विकासमा लैजाने हाम्रो योजना छ । ऐतिहासिक जनयुद्धको बिउ धनुषाबाटै सुरु भएको स्मरण गर्दै प्रचण्डले अगाडी भने ‘कमल साहले धनुषामै पहिलो पटक मलाई बम बनाउन सिकाउनु भयो । अहिले नेपाली जनता धेरै उपलब्धी पाइसकेको अवस्थामा म मधेशीको छोरा बनेर चुनाव लड्दै छु । अबको हरेक परिस्थितिमा मधेश र मधेशीको हित माओवादीको पहिलो प्राथमिकतामा रहीरहनेछ । संघीयता र गणतन्त्र स्थापना गराउन माओवादीले झण्डा उठाएको बताउँदै उनले अबको सभाबाट दुवैलाई स्थायित्व गरिछाड्ने ठोकुवा गरे ।’ पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण गर्न अहिले पनि हामी अडिग छौं, दाहालले भने, ‘तपाईहरु माओवादी नेतृत्वलाई बल दिनुस् । दुवै मुद्दालाई संस्थागत गर्ने ग्यारेन्टी दिन्छौं । अबको संविधान सभाबाट संविधान बनाउने ग्यारेन्टी गर्न सबै पार्टी सहमत भएको बताउँदै उनले प्रष्ट पारे (‘सभा गठन भएको पहिलो छ महिनामा मस्यौदा तयार गर्ने र अर्को छ महिनामै संविधान घोषणा गर्न उच्च स्तरीय राजनीतिक संयन्त्रले एकमतले समर्थन जनाइसकेको छ । पाँचौ महिनासम्म संविधानका लागि राजनीतिक सहमती हुन नसके छैठौ महिनामा ‘भोटिङगु प्रक्रियामा गएर भएपनि संविधान बनाइ छाड्ने उनले दावी गरे । क्रान्तिबाट आएको कारण विवेकभन्दा आवेगमा कार्य गर्न खोज्दा ठुलठूला कमजोरी र गल्ती भएको छ, पहिलो संविधानसभाको निर्वाचनमा मतका आधारमा ठूलो पार्टी भएको अहङकार र बहुमतीय एवम् सहमतीय रस्साकस्सीका कारण पनि ठुलठूला भुल भए ।

मिति ः २०७०-०५-०९

No comments:

Post a Comment