Tuesday, March 6, 2018

प्रदेश दुईको पहिलो मुख्यमंत्री मुस्लिम समुदायबाट हुने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संघीय समाजबादी फोरम नेपालका सांसद लालबाबू राउत गद्दी संसदीय दलको नेताका रूपमा चयन भए पछि प्रदेश नम्बर २ को मुख्यमंत्री बन्ने लगभग निश्चित देखिएको छ । दलको नेताका रूपमा २३ माघमा निर्बाचन समितिले औपचारिक रूपमा निर्बाचनको  प्रक्रिया अगाडी बढाएको भए पनि पछि सर्बसम्मतिले राउत निर्बाचित भएका थिए । राजनीतिमा जे पनि संभव हुन्छ तर कुनै ठूलै चमत्कार नहुने हो भने राउत अब प्रदेशको मुख्यमंत्री बन्ने कुरामा अब शंका छैन । दोस्रो संबिधान सभामा पार्टीको तर्पmबाट दलको उपनेता समेत भई मधेशी मोर्चा र सरकार संग बार्ता गर्न फोरमको तर्फबाट  नेतृतव गरिसकेको फोरमका केन्द्रीय उपाध्यक्ष राउत प्रदेश दुईको पहिलो मुस्लिम समुदायको मुख्यमंत्री बन्ने छन् ।
प्रदेश अध्यक्ष रेणु यादवको अध्यक्षतामा प्रदेशका मुख्य सचिब शम्भू झा र सचिव शेषनारायण यादव सहित तीन सदस्यीय निर्बाचन समिति गठन गरिएको थियो ।  
दलको  नेताको लागि बिजय यादव, लालबाबू  राउत गद्दी, योगेंद्र राय यादव,कौशल कुमार यादव, शैलेन्द्र साह, सरोज सिंह र प्रल्हाद गिरी गरी कुल सात जना सांसदहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । एक एक जना प्रस्तावक र समर्थक सहित पाँच पाँच हजार रुपैयाँ धरौटी सहित उनीहरूले उम्मीदवारी दर्ता गराए पनि अध्यक्ष उपेन्द्र यादवले सर्बसम्मतिका लागि सबै जनालाई दबाब दिएका थिए । तर, उम्मेदवारहरूले सर्बसम्मती जुटाउन नसकेपछि सर्बसम्मती चयन गर्न अध्यक्ष यादव लाई जिम्मेबारी दिईएको थियो । 
सांसद योगेन्द्र यादवका अनुसार पार्टी नेतृत्वले सबै उम्मेदवारहरूको मनोनयन फिर्ता गराएका थिए । र, त्यस पछि नेता चुन्नका लागि अध्यक्ष यादव, महासचिव रामसहाय यादव र पोलिट ब्यूरो सदस्य रामस्वार्थ राय यादव लाइ नेता चुनने जिम्मेबारी दिइएको थियो । 
प्रत्येक उम्मेदवारहरूलाई ती नेताहरूले पाले पालो बोलाएर मुख्यमंत्री बने के के गर्ने, अगाडिको रोड म्याप तथा बिभिन्न प्रश्नहरू सोधिएको  थियो । अन्त्यमा अध्यक्ष यादव सहितको टोलीले नेताको रूपमा राउतलाई चुनेको थियो । 
पार्टीमा अनुशासन र एकता रहिरहोस् तथा समाबेशी स्वरूपको पार्टी हो भन्ने सन्देश दिनका लागि पनि कोई उम्मेदवार चुनाबको लागि मतदान गर्नु पर्ने पक्षमा नगएको उम्मेदवार समेत रहेका सांसद शैलेन्द्र साहले भने ।
दलको नेताको रूपमा यदि मतदान हुने थियो भने यादव समुदायबाट निर्बाचित हुने प्रबल सम्भावना थियो । किन भने कुल २९ जना सांसदहरू मध्ये १४ जना सांसद यादव समुदायबाट नै रहेकाले र बांकी केहि अन्य समुदायले मतदान गरे बिजय यादव, कौसल यादव र योगेन्द्र यादव मध्ये कोई एक जना निर्बाचित हुन सक्थ्यो । तर, बीरगञ्जमा भैरहेको राजधानीको आन्दोलनलाई सम्बोधन गर्न , पार्टी प्रति मुस्लिम समुदायको आकर्षण बढाउनका लागि पनि अध्यक्ष यादवले राउतलाई चुनेको सांसद शैलेन्द्र साहले बताए । दलको नेताको रूपमा उम्मेदवारी दिने सांसदहरूलाई प्रदेश सरकारमा मंत्री बनाईने आश्वासन दिइएको एक जना फोरम नेताले  बताए । 
राउतलाई पार्टी भित्रैबाट चुनौती
बहुसंख्यक यादव समुदायको सांसद रहे पनि दलको नेता तथा मुख्यमंत्रीको रूपमा यादव समुदायलाई नसारेर मुस्लिम समुदायलाई अगाडी सारे पछि भित्र भित्रै पार्टीका यादव समुदायका सांसदहरू असंतुस्ट देखिएका छन् । पार्टी नेतृत्वले गरेको निर्णयलाई तत्काल सबैले नचाहंदा पनि स्वीकार तत्काल त गरेका छन् तर, मंत्रिपरिषदमा त्यस अनुरूप समाबेश नगरिए भोली यादव समुदायको मत पाएको फोरमबाट यादव समुदायका मतदाता र नेताहरु पलायन समेत हुन सक्ने खतरा रहेको सांसद योगेन्द्र राय यादवले लोकान्तर लाई बताएका छन् । 
प्रदेश असफल होस भन्ने रणनीति नेपालको कर्मचारितन्त्रको रहेको अबस्थामा सबै भन्दा पहिले बीरगञ्जको आन्दोलन तत्काल फिर्ता लिन लगाउनु पर्ने दायित्व राउतको रहेको योगेन्द्र यादवको भनाई छ । किन भने बीरगंज आन्दोलनको सेंटीमेंटल थ्रेटको राजनीति गरेर उनले दलको नेताको रूपमा अबसर पाएका छन् । अर्को अब आगामी दिनमा संगठनमा मुस्लिम समुदायको बृहत् पार्टी प्रवेश गराएर पार्टीमा उनले आफ्नो उपस्थिति पुस्टि गर्नु पर्ने उनको भनाइ छ ।
को  हुन राउत ?
राउत पर्साको निर्बाचन क्षेत्र नंबर १ को २ बाट प्रदेश सभा सदस्यको रूपमा निर्बाचित भएका थिए । उनले ९ हजार ८ सय चार मत ल्याएर निर्बाचित भएका थिए । उनले नेपाली कांग्रेसका बिजय कुमार सर्राफलाई पराजित गरेका थिए । सर्राफले ६ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका थिए । 
राउत सामान्य परिबारमा जन्मिएका थिए । पर्साको साबिक जगरनाथपुर गाबिस ३ तथा हाल जगरनाथपुर गाउँपालिका ४ मा जन्मिएका एक सामान्य किसान परिबारमा १५ असाढ़ २०२३ मा जन्मिएका राउत गाउँबाटै २०४० सालमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यस पछि बीरगञ्जको ठाकुर राम कलेजबाट आइए, बीए उत्तीर्ण गरेका थिए । काठमाण्डौको कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजीमा एमए उत्तीर्ण गरेका छन् । त्यस पछि बीरगंजमै फर्किएर २०५० साल देखि  ठाकुर राम कलेजमा पढाउन थाले ।
 दुई बर्षको अध्यापन पछि उनले नगरपालिकामा अधिकृतको रूपमा जागिर गरे । २०५६ सालमा एलएलबी को अध्ययन पनि गरे । राजनीतिमा जब उनको सम्पर्क २०५८ सालमा उपेन्द्र यादवसंग भेट भए पछि राजनीतिमा लागे । सुरुमा फोरमको पर्सा जिल्ला सदस्यको रूपमा राजनीति सुरु गरेका राउत केन्द्रीय सदस्य हुँदै सचिब देखि उपाध्यक्षको तहसम्म पुग्न  सफल भएका थिए ।
फोरम नै ठूलो दल रहेकोले फोरमकै नेतृत्वमा सरकार बन्ने भएकाले राउत दलको नेताको रूपमा निर्बाचित भए पछि उनी नै मुख्यमंत्री बन्ने कुरामा राउत पनि ढुक्क छन् । अहिलेको जनादेश राजपा र फोरमले मिलेर सरकार बनाउन जनादेश दिएकोले मधेशी गठबन्धनको सरकार नै बन्ने उनले बताएका छन् । केन्द्रमा संबिधान संसोधनको मुद्दा मुख्य रहेको र मधेश प्रदेशको अन्य मुद्दहरु पनि साझा रहेकाले मधेशी गठबन्धनकै सरकार बनाउन आफ्नो पार्टीले पहिलो प्रयास गर्ने दलको नेताको रूपमा निर्बा्चित भए पछि राउतले भने ।
मधेशी गठबंन्धनसंग ५४ सांसद गरी  प्रस्ट बहुमत पुगे पनि एक जना सभामुख बन्ने भएपछि पूर्ण बहुमतको सरकार बनाउनको लागि स्वतन्त्र उम्मेदवार र नेपाल संघीय समाजबादी पार्टीहरूसँग पनि छलफलको क्रम अगाडी बढ़न सक्ने उनले संकेत दिए । अहिले सम्म राजपासंग सरकार निर्माणको लागि औपचारिक कुराकानी नभए पनि भोली मंगलबार देखि बार्ताको प्रक्रिया अगाडी बढ़ने राउतले बताए । 
देशैभरिको अन्य प्रदेशहरूको तुलनामा यो २ नम्बर  प्रदेश शिक्षा, स्वास्थय, मानब बिकास सूचकांक आदिमा कर्णाली भन्दा पनि पछाडि रहेका कारण प्रदेशको गरीबी हटाउन, भ्रस्टाचारमुक्त प्रशासन सहितको सुशासन कायम गरी अगाडी बढ्ने आफ्नो पहिलो प्राथमिकता रहने उनले बताए । कृषि, सिंचाई , बेरोजगारी लगायतको समस्या समाधान गर्नु पनि प्रमुख जिम्मेबारी   रहने उनले बताए ।
अहिले केन्द्र र स्थानीय तहलाई बढ़ी अधिकार दिएर प्रदेशलाई पंगु बनाइएकोले आगामी दिनमा चुनौती हुने कुरा राउतले राम्ररी बुझेका छन् । स्थानीय सरकारलाई बलियो बनाउनु हुँदैन भन्ने आफ्नो धारणा नरहे पनि संघ को मातहत प्रदेश र प्रदेशको मातहत स्थानीय तह आउनुपर्ने राउतको तर्क छ  । आफु पनि संबिधान मस्यौदा समितिमा रहेका कारण संबिधानमा प्रदेशलाई एकदमै कम अधिकार दिएको बारे थाहा भए पनि बांकी अधिकार प्राप्तिका लागि अन्य प्रदेशहरू संग समेत समन्वय गरी संघर्षका लागि साझा मोर्चा बनाउनु पर्ने उनले धारणा राखे । हिजो अघिकार दिंदा मधेशी र आदिवासी जनजातिले मात्रै पाउने भन्ने दलहरूकै अब बांकी ६वटा प्रदेशहरूमा सरकार निर्माण हुने भएकाले ती प्रदेशका सरकारहरूले पनि अब लडई लड्ने भएकाले त्यति समस्या नहुने उनले लोकान्तरसँगको कुराकानीमा बताए । 
प्राकृतिक श्रोत साधनको कमी भएकाले प्रदेशका जनताको महत्वाकांक्षालाइ सम्बोधन गर्न ठूलो चुनौती भए पनि त्यो नै अबसर समेत रहेको राउत बताउँछन् । बनजङ्गल, नदी नालाहरू समेत अन्य प्रदेशहरूसँग जोडिएको सम्पदा भएकाले पनि सिमानासंग जोडिएको प्रदेशहरूसँग समन्वय र सहकार्य गरी अगाडी बढ्ने उनले बताए ।
आफुसंग दृढ ईक्षा शक्ति भयो भने मान्छेले गर्न नसक्ने कुरा केहि पनि हुँदैन, उपलब्ध श्रोत साधनको अधिकतम सदुपयोग गरेर सम्बृद्ध र बिकसित संगसँगै नमूना प्रदेशको रूपमा मधेश प्रदेशलाई प्रस्तुत गर्न सफल हुनेमा उनी बिश्वस्त छन् ।
उपेन्द्र यादवको चौतर्फी प्रशंसा 
यादव समुदायको मात्र पार्टी रहेको, यादवलाई मात्र अवसर दिने गरेको  भनेर उपेन्द्र यादवको आलोचना हुने गरेको मधेशमा अहिले मधेशी जनताले उनको यो निर्णयलाई लिएर प्रशंसा गरिरहेका छन् । 
समानुपातिक सदस्य र राष्टूीय सभामा दलित समुदायलाई सांसद बनाए पछि दलित समुदायको बिश्वास जित्न सफल भएका यादवले राउतलाई मुख्यमंत्रीको रूपमा प्रस्ताव गरेपछि मुस्लिम समुदाय पनि अत्यन्तै गौरवान्वित महसूस गरिरहेको राष्टूीय मुस्लिम संघर्ष गठबंधन धनुषाका प्रबक्ता साजिद हुसैनले लोकांतरलाई प्रतिक्रया दिएका छन् ।  
त्यस अघि प्रदेश प्रमुखको रूपमा अल्पसंख्यक कायस्थ जाती बाट रत्नेश्वर लाल कायस्थलाई अबसर दिएर आफ्नो पार्टी यादव समुदायको मात्र पार्टी नरहेको भनेर सन्देश दिन फोरम अध्यक्ष यादव सफल भएका छन् । 
एका तर्पm परिबारबाद, श्रीमतीबाद, समधीबाद र नाताबादको आधारमा राजपाले अबसर दिएर समानुपातिक समबेसी क्लस्टर अनुसार र मधेश आन्दोलनका आन्दोलनकारीहरूलाई अबसर नदिएर राजपा नेपालको मधेशमा चर्को आलोचना भईरहेको बेला उपेन्द्र यादवको उक्त निर्णयले गर्दा बिगतमा आलोचना गर्नेहरू नै अहिले उनको प्रशंसा गरिरहेका छन् । फोरमको प्रदेश नम्बर २ का मुख्य सचिब शम्भू झाका अनुसार अध्यक्ष यादवले पार्टीको संस्थापक नेता तथा केंद्रीय सचिब कायस्थलाई प्रदेश प्रमुख र केन्द्रीय उपाध्यक्ष राउतलाई दलको नेता तथा मुख्यमंत्रीको रूपमा प्रस्तुत गरेर पार्टीमा काम गर्ने ईमानदार नेताहरूको मूल्यांकन गरिएको बताउँछन् । यस अघि पनि परमानन्द झालाई उपराष्टूपतिको रूपमा प्रस्तुत गरेर बिभिन्न चलखेल गरी निर्बाचित गराउनाले पनि उनी एक मात्र समुदायको नेता नरहेको झाको भनाइ छ । 
बिगतमा अन्य समुदायका नेताहरु जयप्रकाश गुप्ता, बिजय गच्छदार र सरत सिंह भंडारी लगायतलाई समेत उचित सम्मानजनक पद र अबसर दिएको तर, पछि ती नेताहरु नै पार्टी छोडेर गए पछि पार्टीमा यादव समुदायका नेताहरु मात्रै रहे पछि यादव समुदायको पार्टी मात्रै हो की जस्तो मानिसलाई लाग्न सकेको भए पनि पछि अशोक रायजी लगायतको पार्टीहरूसंग एकता गरेर पार्टी पूर्ण समाबेशी भइसकेको तर्क छ ।

२०७४ माघ २८ गते आईतबार

No comments:

Post a Comment