Tuesday, March 6, 2018

२ नम्बर प्रदेशमा बन्दैछ यस्तो सत्ता समीकरण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नम्बर २ मा सरकार गठनको बिषयलाइ  लिएर मधेशबादी दलहरूको गठबन्धनको सम्बाद रोकिएको छ । तर, फेरी एक दुई दिनमै काठमाण्डौबाट शीर्ष नेताहरु जनकपुर फर्किए पछि सरकार निर्माणका लागि छलफलको क्रम निर्णायक ढङ्गले अगाडी बढ्ने राजपा नेपालका प्रदेश सांसद परमेश्वर साहले बताए ।  
प्रदेश सभामा गठबन्धन बनाएरै चुनाव लडे्का संघीय समाजबादी फोरम नेपाल र राष्टूीय जनता पार्टी (राजपा ) नेपालको साझा गठबन्धनले नै सरकार बनाउने सम्भावना प्रबल देखिएको छ । त्यसका लागि प्रदेशको सबै भन्दा ठूलो दलको रुपमा स्थापित भएको फोरम नेपालले आफ्नो संसदीय दलको नेताका रूपमा बीरगञ्जका सांसद लालबाबू राउत गद्दीलाई चयन समेत गरिसकेको छ । यस प्रदेशको मुख्यमन्त्रीको रूपमा सरकारलाई गद्दीले  नै नेतृत्व गर्ने फोरम नेपालले दाबी गरेको छ । मंगलबार २३ माघमा सरकार निर्माणका लागि राजपा र फोरम बीच जनकपुरमा एक चरणको छलफल पनि भयो तर, कुनै पनि सहमति हुन सकेन । मुख्यमन्त्री  र  सभामुखको  विषयमा   दुवै   दलबीच   विमती   नरहेको नेताहरुले जनाएका छन्  । 
प्रदेश  र  प्रतिनिधि  सभाको  चुनावपछि  पहिलो  पटक  भएको  शीर्ष  नेताहरुको      बैठकमा मुख्यमन्त्री फोरम र सभामुख राजपाले लिनेमा मोटामोटी सहमति  भएको बताईन्छ । बैठकमा   सरकार   सञ्चालनका   लागि  राजनीतिक  संयन्त्र  बनाउने  र   मन्त्रालयहरुको   बाँडफाँडको   विषयमा  छलफल  भएपनि  निर्णय  हुुुन नसकेको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र  राय  यादवले  जनाए  । ‘मुख्यमन्त्री  र  सभामुखको  बाँडफाँडमा  सहमति  भए  जस्तै    छ ’ उनले भने, चुनाव अगावै भएको सहमति अनुसार ठूलो दल भएकाले फोरमले मुख्यमन्त्री पाउने र राजपाले सभामुख पाउने छ ।’ 
‘ फेरी बैठक बस्ने  छ । त्यसमा सरकार सञ्चालनका लागि राजनीतिक  संयन्त्र,  मन्त्रालयहरुको  बाँडफाँड  लगायतका विषयहरुमा सहमति हुनेछ, ’ ’अध्यक्ष  मण्डलका  सदस्य  यादवले  भने ।
फोरमले उपसभामुख र प्रमुख मन्त्रालयहरु आफूले  पाउनु  पर्ने  दावीगर्दै  राजपाले  प्रदेश  सभामा आफ्नो हैसियत अनुसारको दावी गर्न सुझाएका थिए । माघ  २९  गते  प्रदेश  सभाको  बैठक  बोलाईएको  छ  ।  फागुन  २  गते  सभामुख  र  उपसभामुखको  चुनाव  हुने  कार्यतालिका निर्धारण गरिएको छ ।त्यस  अगावै  संसदीय  दलको  नेता चयन  भईसक्ने  राजपा  अध्यक्ष  मण्डलका  सदस्य  राजेन्द्र महतोले जनाए । प्रदेश नम्बर २ मा फोरमको २९ र राजपाको २५ जना सदस्य छन् । कुल १ सय ७ सदस्य रहेको प्रदेश  सभामा  सरकार  गठनगर्न  फोरम  र  राजपा  मिल्दा  समान्य  बहुमत  पुग्छ  । प्रदेशमा  मुख्यमन्त्री र मन्त्रीपरिषदको कार्यालय समेत ७ वटा मन्त्रालयको लागि भवन व्यवस्थापन गरिँदैछ ।
प्रदेश सभाका कुल १०७ मध्ये सरकार निर्माणका लागि चाहिने फोरम र राजपासँग ५४ मत छ । तर, २ फागुनमा उनीहरूको एकजना प्रदेश सभा सदस्य सभामुख बनेपछि १ सिट घट्छ । त्यसका लागि एकसिट रहेको रिजवान अन्सारी नेतृत्वको नेपाल समाजवादी पार्टीका सावित्री साह वा स्वतन्त्र प्रदेश सभा सदस्य अब्दुल कलाम आजादमध्ये एकलाई सामेल गराउने उनीहरूको योजना छ ।
 यीमध्ये आजादलाई समेट्ने सम्भावना प्रबल छ । त्यस अवस्थामा सरकार गठनका लागि उनीहरूको बहुमत पुग्नेछ । उनीहरूले बहुमत सिद्ध गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले मन्त्रिपरिषद् गठन गर्ने संवैधानिक व्यवस्था छ ।
अन्य दलसँग पनि छलफल गर्ने
फोरमको मुख्यमन्त्रीका उम्मेदवार लालबाबु राउतले राजपा र अन्य दलसँग सहकार्य गरेर सरकार गठन गर्ने गरी पार्टीले छलफल थाल्ने बताएका छन् । फोरम नेता राउत मुख्यमन्त्री बन्ने अवस्थामा राजपाले सभामुखसहित महत्वपूर्ण मन्त्रालय र प्रदेश सभाअन्तर्गत महत्वपूर्ण समितिको नेतृत्व दाबी गर्ने बुझिएको छ । 
प्रदेशमा सात मन्त्रालय
संविधानअनुसार कुल सदस्य संख्याको २० प्रतिशत नबढ्ने हिसाबले प्रदेश २ मा २१ जनाको मन्त्रिपरिषद् बन्ने सम्भावना छ । प्रदेशमा सात मन्त्रालय तोकिएकाले सातजना क्याबिनेट मन्त्री र बाँकी १४ जना राज्यमन्त्री तथा सहायकमन्त्री हुनेछन् । 
यो प्रदेशमा मुख्यमंत्री तथा मन्त्रिपरिषद्को कार्यालय, आतंरिक मामिला तथा कÞानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, भौतिक पुर्बाधार बिकास मन्त्रालय, उद्योग,पर्यटन,बन, तथा बातावरण मन्त्रालय र भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय गरी कुल सात वटा मन्त्रालयहरू रहने छन् । प्रदेश प्रमुख सचिव राजेश्वरमान सिंहको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका लागि आबश्यक भवन ब्यबस्था समेत गरेको छ । 
मुख्यमंत्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कÞानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय चुरोट कारखÞानामा रखने निर्णय गरिएको छ । त्यसै गरी जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा  सामाजिक बिकास मन्त्रालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा भौतिक पुर्बाधार बिकास मन्त्रालय र जिल्ला महिला बालबालिका कार्यालयमा उद्योग,पर्यटन,बन, तथा बातावरण मन्त्रालय राख्ने निर्णय गरिएको छ ।
अहिलेसम्मको तयारी संसदीय समिति चारवटा रहनेछ । यसमा पनि आधा(आधा भागबन्डा हुने सम्भावना छ । सत्ता गठबन्धनलाई समर्थन गर्ने स्वतन्त्र प्रदेश सभा सदस्यलाई एकमन्त्री वा समितिको सभापतिमध्ये एकको प्रस्ताव गर्ने सम्भावना रहेको राजपाका एक नेताले जानकारी दिए । फोरमले मुख्यमन्त्री पाउने अवस्थामा राजपाले सभामुख पाउनेछ । राजपाले सात मन्त्रीमध्ये चार मन्त्रालय माग्ने गरी छलफलको तयारी गरेको छ । सभामुख र उपसभामुखमा पनि राजपाको दाबी छ ।
फोरम स्रोतका अनुसार राजपासँग सहमति हुनासाथ सभामुखको निर्वाचनसँगै प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिका लागि ५४ जना प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाउने सम्भावना छ । ‘फागुन २ गते सभामुखको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने वेलामा ५४ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएर सरकार गठन गर्नेबारेमा पनि राजपासँग छलफल गर्दै छौँ । कुरा मिल्यो भने फागुन पहिलो साता सरकार गठन हुनसक्छ,’ फोरमका एक नेताले भने ।
सभामुख निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी
संसद् सचिलालयले २ फागुनमा सभामुख निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । ज्येष्ठ सदस्य लगनलाल चौधरीले २९ माघ बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिए । स्रोतका अनुसार ५ फागुनमा उपसभामुखको निर्वाचन हुनेछ । 
संविधानको धारा १६८ को उपदफा ३ अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र कसैले पनि बहुमत हस्ताक्षर बुझाउन नसके प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । फोरम र राजपाबीच सत्ता साझेदारीमा सहमति नभएको अवस्थामा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले ८ फागुनमा फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्री नियुक्त गरेर ३० दिनभित्र बहुमत पुष्टि गर्न समय दिन सक्ने सम्भावना छ । 
नेपाली कांग्रेस संसदीय दलका नेताका रूपमा निर्बाचित रामसरोज यादव त्यसका लागि आफूहरु खुल्ला रहेको बताउँछन् । जनताले आफूहरूलाई प्रतिपक्षमा बस्न म्यान्डेट दिएकाले आफूहरू प्रतिपक्षमै बस्न चाहन्छौं तर सरकारमा जाने अबस्था आयो भने त्यसका लागि कुरा गर्न भने हामी फेरी पनि ओपन रहेको यादबले लोकान्तरलाई बताए । त्यसैगरी नेकपा एमालेका संसदीय दलको नेतामा दाबी गरिरहेका सांसद सत्रुघन महतो पनि आफूहरू प्रतिपक्षमै बस्न तैयार रहेको र यो प्रदेशमा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा रहने बताए । तर, माओबादी केन्द्रसंग पार्टी एकता भयो भने हामी यो प्रदेशको सबै भन्दा ठूलो दलको रूपमा स्थापित हुनेछांै र सरकार निर्माणका लागि दाबी पनि गर्न सक्छौं , एमाले सांसद महतोले भने ।



२०७४ माघ २८ गते आईतबार

No comments:

Post a Comment