Tuesday, February 28, 2017

प्रहरीकै मिलेमतोमा प्रतिदिन साढे ३ लाखको अवैध प्रतिबन्धित भारतीय कुखुरा तस्करी

९ फागुनमा अवैध भारतीय प्रतिबन्धित कुखुरा सहित पक्राउ परेको पिकअप भान ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरसहित यस क्षेत्रमा प्रतिबन्धित भारतीय कुखुराको तस्करी व्यापक रुपमा बढेको छ । खुल्ला सिमाना नाकाको दुरुपयोग गर्दै भारतीय तस्करहरुले प्रतिबन्धित कुखुरा, चल्ला तथा अण्डाको तस्करी गरिरहेका छन् । जनकपुर बजारमा मात्रै एक दिनमा २० क्विन्टल जति अवैध प्रतिबन्धित भारतीय कुखुरा आयात गरिन्छ ।  जनकपुरमा करिब १ दिनमा २५ देखि ३० क्विन्टल कुखुराको मासु खपत हुने गर्छ । जसमध्ये ५ देखि १० क्विन्टल जनकपुरका कुखुरा किसानहरुबाट किन्न गरिन्छ भने बाँकी भारतीय प्रतिबन्धित कुखुराको मासु जनकपुरमा विक्री वितरण भईरहेको छ । प्रतिदिन ३ लाख ४० हजार रुपैयाँ बराबरको अवैध भारतीय कुखुरा जनकपुर बजारमा भित्रिने गरेको छ । खास गरेर जनकपुरमा संगठित रुपमै त्यस्तो कुखुरा तस्करी गर्ने व्यक्तिहरु मध्ये बसपार्कको नैना नामका व्यक्ति, मोहम्मद इरफान जसको अर्को नाम भोला, अलि पनि रहेको छ । त्यसैगरी फुलगेन साह, बैजनाथ साह, भ्रमरपुरा चौकका जिलानी फ्रेस हाउसका संचालक आदि व्यक्तिहरु जिप तथा पिकअप मार्फत अबैध भारतीय कुखुरा तस्करी गर्ने गर्छन् ।
भारतबाट ल्याइएको कुखुरा प्रति किलोग्राम १ सय ७० रुपैयाँमा किनिन्छ भने जनकपुरको कुखुरा प्रति किलोग्राम १ सय ९० रुपैयाँमा किनिन्छ । २० रुपैयाँ प्रति किलो फाईदा लिनको लागि जनकपुरका कुखुरा मासू विक्रेताहरुले अवैध प्रतिबन्धित भारतीय कुखुरा विक्री गर्ने गर्छन् । भारतीय कुखुरामा बर्डफ्लुको आशंका रहेकोले नेपाल सरकारले नेपालमा प्रतिबन्ध लगाएको छ । त्यसैले यहाँ तस्करी बढेको हो । एक जना तस्करका अनुसार सिमा नाकाका प्रहरी चौकीहरुलाई महिनाबारी दिएर कुखुरा ल्याईन्छ । साइकल, मोटरसाईकल र जिप भान मार्फत ती कुखुराहरु भित्रियाउने गरिन्छ । गम्भीर कुरा के हो भने मोटरसाईकल तथा जिप भान मार्पmत भित्रियाउने कुखुरा मध्ये कतिपय बोइलर कुखुरा बाटो मै मरिसकेका हुन्छन् । तै पनि जनकपुरका विक्रेताहरुले मरेकै कुखुरा बेचेर उपभोक्ताहरुको जनस्वास्थ्यसँग सिधा खेलवाड गरिरहेको छ ।
 बर्डफ्लुको आशंकामा नेपालभरि नै विक्रिवित्तरणमा प्रतिबन्ध लगाईएका भारतीय कुखुरा तस्करी कार्यमा संलग्न व्यतिm सहित ज १ च १३६५ नम्बरको पिकअपलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले ९ फागुनमा  छाडेका थिए । गत सोमवार विहान पशु क्वारेन्टाईन धनुषाका कर्मचारी, पत्रकार, किसान लगायतका संयुतm अनुगमन टोलीले स्थानीय मुरली चोकबाट करिव १० क्विन्टल भारतीय कुखुरा बोकेको पिकअप तथा चालकलाई नियणन्त्रणमा लिएका थिए । गाडी नै नियन्त्रणमा लिएपछि तस्करहरुले जर्वजस्ती गर्न खोजेपछि टोलीले जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएका थिए । पिकअप सहित करिव २५ लाख मुल्य बराबरको अवैध कुखुरा पक्राउ गरि अनुगमन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । 
तर प्रहरीले कुखुरा सहित पिकअपलाई कुनै कारवाही नगरि छोडेको थियो । श्रोतका अनुसार जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालमणि अचार्य विदामा घर गएको मौका छोपी डिसएपी यादवले रकमको चलखेल गरी कुखुरासहित गाडी छाडेका हुन्  । यहाँका कुखुरा व्यापारीका अनुसार वैद्यनाथ साह र इरफाईन राईन जनकपुरका नामुद भारतीय कुखुरा तस्कर हुन् । पिकअप धनी साह र राईन संयुतm रुपमा साह पोल्टूी फर्म जनकपुरमा सञ्चालन गर्दै आएका छन् ।
अनुगमन टोलीलाई जानकारी नै नगराई प्रहरीले गाडी छाडे 
नेपाल र भारतका सिमावर्ति क्षेत्रबाट भारतीय कुखुराको तस्करी बढेपछि पशु क्वारेन्टाईन कार्यालय धनुषाले पत्रकार, कुखुरा किसान तथा व्यापारी सहितको अनुगमन टोली बनाई नियमित रुपमा अनुगमन गर्दै आएको छ ।
 सो क्रममा अनुगमन गर्न सिमावर्ती क्षेत्रमा जाँदै गरेको टोलीले भारतबाट कुखुरा ल्याउँदै गरको अवस्थामा उतm चालक सहित  पिकअपलाई नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीका संयोजक तथा पशु क्वारेन्टाईन कार्यालय धनुषाका प्राविधिक प्रभाकर लाल कर्णले कुनै कारवाही नै नगरि प्रहरीले पिकअप सहित अबैध कुखुरालाई छाडेपछि आश्र्यचकित भएका छन् ।
तर, डिएसपी यादवले द एक्सक्लुसिभलाई बताए अनुसार उक्त पिकअपलाई कागजातको आधारमा मुचुल्का बनाएर छोडिएको हो । क्षेत्रिय पशु सेवा तालिम केन्द्र जनकपुरमा कार्यरत जितनारायण भगत, जनकपुर ४ बस्ने मोहम्मद इरफान राईन, जनकपुर ७ बस्ने विजय यादव, जनकपुर १६ बस्ने फुलगेन पुर्वे, जनकपुर २७ बस्ने प्रगास मण्डल, जनकपुर ११ बस्ने संजय साह सहितको हस्ताक्षर सहित मुचुल्का गरी जनकपुर ४ स्थित अशोक पोल्टूी फर्मबाट ल्याएको कुखुरा रहेकोले बैद्यनाथ प्रसाद साहलाई बोइलर कुखुरा सहित पिकअप जिप जिम्मा लगाइएको कागजात गरिएको छ । पक्राउको समयमा उनीहरुसँग कुखुरा ओसारपोसार सम्बन्धी   कुनै कागजात नभएको उल्लेख गर्दै क्वारेन्टाईन कार्यालयका प्रभाकरलाल कर्ण भन्छन,“ पक्राउको ४÷ ५ घण्टा पछि त्यो पनि अनुगमन टोली वाहिर रहेको अवस्थामा  बिल र ओसारपोसारको लागि चाहिने कागजात कहाँबाट आयो ?”
 घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गर्दै उनले भने,‘ प्रहरीले कारवाही गर्ने संस्थासँग कुनै सरोकार नै नराखी, गोप्य रुपमा पिकअपलाई छोडिएको छ ।’ भारतको विभिन्न शहरमा बर्डफुलको आशंका देखिएपछि सरकारले नेपालमा पुर्ण रुपमा भारतीय कुखुरा प्रतिबन्ध लगाएको छ । भारतीय कुखुरा तस्करी गरि पाईएको खण्डमा कुखुरा ओसारपोसार गर्ने सवारी साधनलाई जफ्त गर्ने तथा कुखुरालाई नष्ट गर्ने कानुनी प्रवाधान रहेको उनको भनाई छ ।
तस्करका कारण नेपाली किसान मर्कामा
यता, भारतीय कुखुराको तस्करी बढेपछि नेपाली कुखुरा व्यवसायी मर्का र चिन्तामा परेका छन् ।
कुखुरा पाल्ने जनकपुर सोनापराका किसान रुपेश ठाकुरले प्रतिबन्धित भारतीय कुखुरा जनकपुर लगायत यस क्षेत्रमा बिगबीगी बढेपछि आफुहरु मर्कामा परेको उनले बताए । नेपाल भारतको खुल्ला सिमनाको फाईदा उठाउँदै तस्करले भारतमा सस्तोमा पाईने भएकोले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्दै यस्तो कार्यमा संलग्न रहेको उनले आरोप लगाए । तस्करहरुको यस्तो कार्यमा प्रहरीको संरक्षण रहेको उनले दावी गरे । भारतीय कुखुरा बोकेको एक पिकअप सोमवार नै आफुहरु पक्राउ गरि प्रहरीलाई बुझाएका थियौ उनले भने ,‘तर प्रहरीले ती तस्करलाई कानुनी कारवाही नै नगरि छोडियो ।’
एक प्रहरीले आफ्नो कतव्र्य बिर्सेर भारतीय कुखुराको तस्करी नियन्त्रणमा ध्यान दिदैन उनले भने ,अर्को तर्फ  किसानहरुले आफ्नो काम काज छोडेर दिनभरि तस्करको पछाडी लागेर नियन्त्रणमा लिएको कुखुरापनि छाडेपछि मनोबल खसेको छ ।’ सोमवार प्रहरीले आर्थिक प्रभावमा भारतीय कुखुरालाई प्रसय दिईरहेको अर्का कुखुरा व्यवसायि शम्भु यादवले बताए । उनले सोमवार भएको घटनाको छानविनको लागि समेत माग गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका निमित प्रहरी प्रमुख नायव उपरीक्षक मनोज यादवले पिकअपमा नेपाली कुखुरा नै रहेको पाईएपछि छाडिएको दावी गरे । उनले क्षेत्रिय पशु  सेवा तालिम सेवा केन्द्र जनकपुरका चिकित्सक जीतनारायण भगत, व्यापारी इरफान राईन तथा लगायतसँग मुचल्ुका गरि छोडिएको उनले बताए ।




२०७३ फाल्गुन १५ गते आईतबार

No comments:

Post a Comment