Tuesday, February 2, 2016

मधेश आन्दोलन र अबको रुपरेखा ः एक चर्चा

किरण कर्ण

तश्रो मधेश आन्दोलनको रुपमा परिचित अधिकार प्राप्तिका लागि मधेश आन्दोलन अचेल पनि जारी रहेको आन्दोलनकारीले बताउने गरेतापनि अनौपचारिक रुपमा भने सहमतीको वातावारणका लागि तराई मधेश सहज बनाउने क्रम अझैँ पनि जारी नै रहेको देखिन्छ । वार्ता, आन्दोलन र फेरी पनि आन्दोलन मधेस आन्दोलनको एउटा प्रक्रिया नै भएको छ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दल मधेस आन्दोलनलाई सही ढंगले सम्वोधन गर्ने भन्दा पनि आफूले अड्कलेको दिने भन्ने मनस्थितिमा छन् । संविधान जारी गर्दा जसरी संविधान संशोधनमा पनि एक पक्षीय ढंगले गरे । यसले केही भ्रम त पारेकै छ, तर आन्दोलनकारीले आन्दोलन भने छाडेका छैनन् ।
मधेश आन्दोलनको आरम्भ
तेश्रो मधेश आन्दोलनको थालनी जनकपुरधामबाट भयो । यसपटक पनि यस ठाउँमा नै आन्दोलनको अगुवाइ भयो । मधेश अधिकार संघर्ष समितिले शंखनाद गर्दै सघंर्षको उद्घोष सहित आन्दोलनको थालनी भएको थियो । तर जसरी मधेश आन्दोलन अगाडि बढ्यो, मधेश आन्दोलनले राजनीतिक रंग पायो । अनि मधेश आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलहरु समेत आन्दोलनको नेतृत्वदायी भूमिका निवार्ह गर्दै आन्दोलनको बिडा थाम्न पुगे ।
तेश्रो मधेश आन्दोलन मधेश अधिकार संघर्ष समितिले उद्घोष गरेको थियो । राज्य पक्षको संविधान मस्यौदा सुझाव संकलन समितिको कार्यलाई तत्कालीन नेकपा(माओवादी, मधेश अधिकार संघर्ष समिति र मधेशी मोर्चाका घटक दलहरुले अवरोध गरे । नयाँ संविधानलाई प्रतिगामीको संज्ञा दिदैँ दोश्रो संविधानसभाको निर्वाचन समेत बहिष्कार गरेका तत्कालिन ड्यास माओवादीले संविधान मस्यौदाको विरोध गर्दै आन्दोलनको अगुवाइ गरेको थियो । तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, संघीय समाजवादी फोरम नेपाल र तराई मधेश सदभावना पार्टी सम्मिलत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका दलहरु जनदवावकै कारण आलोचित हुँदै बाध्यतावश पुनः मोर्चाबद्ध रुपमा एक भई आन्दोलित हुन पुगे । र, चरणबद्ध आन्दोलनले निरन्तरता त्यहींबाट पायो । माओवादी ईतरका आन्दोलनकारीको लागि माओवादीसंग संयूक्त रुपमा चाहेर वा नचाहेर पनि आन्दोलन गर्न पुगे । तत्कालिन ड्यास माओवादी भनेर चिनिने अहिलेको क्रान्तिकारी माओवादीसँगै नगए पनि औपचारिक रुपमै आलोचनात्मक समर्थन गरि नै रहेको देखिन्छ । परम्परागत रुपमा सत्तापक्षले भारतको पक्षपोषणलाई निरन्तरता दिइरहेकाले पनि अधिकार प्राप्तिको लागि भनिएको आन्दोलनमा पनि चलखेल भएको टीकाटिप्पणी र मधेशी मोर्चा लगायतका आन्दोलनकारीहरुले खेलेको भूमिकाले समेत प्रष्ट पारेको छ । एकातिर आन्दोलन र अर्काे तिर मोर्चावन्दीको पनि त्यति नै गृहकार्य भइरहेको थियो । तर मधेशी मोर्चा लगायतका आन्दोलनकारीले भने अन्य आन्दोलनकारी माथि शंकाको घेरा लगाउँदै सिण्डिकेट मार्फत् अंकुश लगाउन पुगे । संयुक्त मधेशी राष्टिूय आन्दोलन समिति मार्फत् नेकपा (माओवादी)का संयोजक मातृकाप्रसाद यादव लगायतका आन्दोलनकारीहरुले पनि संघीय मधेशी मोर्चा गठन गरी आन्दोलनमा होमिए । तर यो मोर्चा जिवितै रहेतापनि यसमा टिक्न सकेन । कारण यस मोर्चामा सहभागीहरुबीच तालमेल नहुनुमा माओवादी नाम नै हो । करिब छ महिनादेखि जारी मधेश आन्दोलनमा पटकपटक नयाँ मोर्चाहरु आन्दोलनका लागि बन्ने र धराप हुने क्रम अहिले पनि जारी नै छ । तथापि मधेशमा अहिले पनि चार थरिका आन्दोलनकारीहरु सक्रिय छन् भने एक पृथक खालको छ । युवाहरुले मधेश अधिकार संघर्ष समिति लगायत करिब एक दर्जन जति स्वतन्त्र संगठनहरु एक ठाउँमा गोलबद्ध गरी युनिफाइड नन् पोलिटिकल अर्गनाइजेसन बनााएर सक्रिय छन् । अर्काे सयंूक्त लोकतान्त्रिक मधेशी मार्चा, संघीय समावेशी मधेशी गठबन्धन र संयुक्त मधेशी राष्टिूय आन्दोलन समिति लगायतकाहरु आन्दोलित छन् । तर यससँगै सिके राउतको अगुवाईमा रहेको स्वतन्त्र मधेश गठबन्धन जस्ता अलगाववादी संगठनहरु पनि मधेश आन्दोलनलाई आफ्नो योजनामा हाँक्ने प्रयासमा निरन्तर रुपमा लागिरहेका छन् । मधेशमा एकातिर आन्दोलन जारी छ भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भित्रका अन्तरकलह पनि बेला बखतमा देखिने गरेको छ । नाका अवरुद्ध आन्दोलन सुरुताका आन्दोलनमा उल्लेख्य सहभागिता थियो । आन्दोलनले उचाइ लियो । सरकारले यसलाई दमन ग¥यो । नेपाली कांग्रेस र एमाले नेतृत्वको संयुक्त सरकारले दुई दर्जन भन्दा बढीको हत्या गरिसकेको थियो । यसले सरकारलाई कमजोर पारेकै हो । यस मधेश आन्दोलनले गर्दा मधेशी मोर्चा लगायतका नेताहरु तथा मधेशवादीहरुको समेत कांग्रेस, एमाले र एमाओवादी जस्ता पाटीर्काे झैँ भारतको दिल्ली दरबारमा पहुँच भएको छ । त्यो पनि समानुपातिक ढंगले नै भएको देखिन्छ । कारण आन्दोलन सुरु हुनुपूर्व मधेशी नेताहरुलाई काठमाण्डौँ केन्द्रित दलहरुका नेताहरुलाई जसरी स्वागत गर्थे र व्यवहार गथर्,े त्यस्तो भने पहिले गदर्नैथे । तर अब भने भारतीय दुतावास लौनचौरदेखि भारतको दिल्लीसम्म मधेशी मोर्चासँग र मधेशवादीसंग गर्न समान व्यवहार गर्ने गरको छन् अहिले । यस आन्दोलनले भारतका थुप्रै अनुयायीहरु नेपालमा जन्मे ।
आन्दोलनबाट क्रान्तिकारी माओवादी किन अलग्गियो ?
आन्दोलन सुरु हुनुपूर्वदेखि नै तत्कालीन ड्यास माओवादीले संविधानसभाको निर्वाचन, नयाँ संविधानको मस्यौदाबारे छलफल र अधिकार लगायतका मुद्दालाई सशक्त ढंगले अगाडि बढाउँदै लगे । तर जब मधेशी मोर्चा लगायतका आन्दोलनकारीले ड्यास माओवादीलाई विभिन्न ठाउँमा बेवास्ता गर्दै अघि बढ्दै गयो भने आन्दोलनमा एक अर्काप्रति शंकाहरु गर्ने ठाउँ पनि प्रशस्त नै रह्यो । मधेशवादीहरु एकमना भएकाले उनीहरु अलि संकिर्ण जस्तो देखिने गरेको आरोप पनि ड्यास माओवादीले लगायो । ड्यास माओवादीले मधेश आन्दोलनमा नैतिक समर्थन रहेको भन्दै मधेशवादी दलहरुलाई  आलाचे नात्मक समथर्न गर्दै यस आन्दोलनलाई कसैको दाममा नचढाउन र जनतासँग छलछाम नगर्न चेतावनी मोर्चा लगायतका दलहरुलाई दियो । ड्यास माओवादीले यस आन्दोलनलाई स्वाभिमान र स्वाधीनताको आन्दोलनसँग समेत जोड्न खोज्यो । मधेशवादीको अपारदर्शी गतिविधि र सिण्डिकेटकै कारण ड्यास माओवादी अलग भयो । त्यसको केही महिनापछि राष्टिूय मुस्लिम संघर्ष गठबन्धन पनि मधेशी मोर्चाको आन्दोलनबाट अलग्गिएको घोषणा गरे । हट्नुको कारण भने मधेशी मोर्चाको व्यवहार र अपारदर्शिता नै मुख्य रहेको देखिन्छ ।
अबको आन्दोलन कता ?
मधेशमा चार शक्ति र एक पृथकतावादी शक्ति पनि यस आन्दोलनमा सक्रिय छन् । चार शक्तिहरु आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाउने सोचमा देखिन्छन् । तर यी शक्तिहरु भने आन्दोलनलाई अगाडि बढाउनु भन्दा पनि सेफ ल्याण्डिंगको दाउमा छन् । मातृका यादवको नेतृत्वमा रहेकोसमितिले हतियारको फगत कुरालाई त्यागेको छैन । बरु मधेशी मोर्चा लगायतका आन्दोलनकारीलाई कडारुपमा आलाचे ना गर्दै भण्डाफारे गर्ने गरेको छ । अर्का,े स्वतन्त्र मधेशका नाममा केही महिनादेखि युवाहरुलाई लाठी चलाउने र घरेलु हतियार चलाउने जस्ता तालिम दिइरहेको छ । तर अचेल मधेशमा यसको गतिविधि भित्रभित्रै भइरहेको छ । जसले गर्दा यिनीहरुको गतिविधिमाथि शंकाउपशंका भएता पनि यस बाहेकका आन्दोलनकारीहरुले देशभित्रैको मधेशको परिकल्पना गरेको जिकिर र दावीसहित आन्दोलनलाई अघि बढाइरहेको छ । तर आन्दोलन अझैँ कति दिनसम्म सुस्ताउने वा अस्ताउने तथा कुन बेला ओली सरकारले गोलीमार्फत निहत्था र निदाषर््े ा जनताका े ज्यान लिने हो र आन्दोलनलाई बल पु¥याउने गरी अझ उग्र बनाई देशलाई अनिर्णयको बन्दी बनाउने हो ठेगान छैन । जे जति भए पनि यस आन्दोलनले जनतालाई प्रशिक्षित सहित राजनीतिक लैस बनाएको छ भने आन्दोलन सफल नभएको खण्डमा वा बीचमै आन्दोलनलाई मोर्चा लगायतकाले तुहाउन खोजेमा हतियारबद्ध आन्दोलनको सम्भावना पनि त्यतिकै छ । अहिले सिके राउत वा माृतका यादव लगायतका आन्दोलनकारीले मोर्चा लगायतका आन्दोलन कसरी जाला भनेर सूक्ष्म ढंगले नियालिरहेका छन् ।
 मधेशी मोर्चाले के गर्छ ?
आन्दोलन आरम्भ ताका पनि मधेशी मोर्चाले आफ्नो दोहोरो चरित्र उजागर गर्दै प्रधानमन्त्रीको चुनाव हुदाँ संसद भवनमा गई दुई दर्जन भन्दा बढीका हत्या गरेको सुशील कोईरालाको सरकारलाई मतदान गरी पुष्टि गरिसकेका छन् । तरपनि मधेशी मोर्चा सडकमै डटिरहदाँ सांसद भवनको राजनीति संघर्षमा हार स्वीकार्नु भन्दा पनि कथित संघर्षमा नै रहेको अलापि रहेका छन् । यता तराई मधेशको अवस्था सहज हुदाँ समेत मधेश बन्द जस्ता कार्यक्रम जारी नै रहेको भन्दै कागजीमै बन्द सिमित रहेको देखिन्छ ।
हुन त मधेशी मोर्चा लगायतका आन्दोलनकारीहरु पनि अधिकांश व्यापारी र व्यवसायी भएकाले नै बन्द नाममा मात्र सिमित हुनु पुगेको छ । जसले गर्दा मधेशी मोर्चा लगायतका आन्दोलनकारीहरुले समन्वयात्मक भुमिका निर्वाह मात्र गरिरहेका छन् । समन्वय र कथित आन्दोलनले नै अहिले मधेशी जनता अत्यन्त पिडादायक मारमा परेका छन र मधेश आन्दोलनमा जारी रहेको बन्दको कार्यक्रमको विकल्प स्वरुप परिवर्तन गर्नका लागि पनि अधिकांश आन्दोलनकारीहरु एक ढिक्का भई अघि बढ्ने मनस्थितीमा पुगेको देखिन्छ । अर्थात एक हिसाबले अलग थलग रहेका आन्दोलनकारीहरु थाकिसकेका छन् भने मधेशको मुद्दामा सरकारले पनि भारतसँगै पटकपटक कुरा गरेका विषय सार्वजनिक समेत भईसकेको अवस्था छ । जसले गर्दा मोर्चालाई भित्रभित्रै कैयन पटक दवाव पर्दै आएको कुराहरु बाहिर ल्याएर मात्रिका यादवले मोर्चाको कडा आलोचना सहित भण्डाफोर गर्दै आएका छन् । अब मधेशी मोर्चा लगायतका आन्दोलनकारीले आगामी निर्वाचन सम्मका लागि कुनै न कुनै एजेण्डालाई अघि सार्दै आन्दोलनलाई  रचनात्मक ढगंले मधेशमा आफ्नो पकड मजबुत बनाउने र निर्वाचन केन्द्रित आन्दोलनलाई अगाडि सार्न सकिने प्रबल सम्भावना रहेको छ । दईु  पटक मधेश आन्दोलन भयो । जसको फाइदा कांग्रेस, एमाले र एमाओवादी लगायतका दलहरुले नै उठाए । जसले गर्दा मधेशी मोर्चा लगायतका आन्दोलनकारीहरुले पटक पटक अभियन्ताकै श्रेय पाउने गरेका छन् । तर यि मधेश केन्द्रित दलहरुका लागि अर्काे विकल्प पनि उनीहरु सामु छ । त्यो हो नयाँ दल निर्माण वा अन्य कुनै पार्टीमा विलय हुने । तर यता तर्फ अहिले नै मधेशी मोर्चाले आफ्नो ध्यानाकर्षण नगर्ने बरु यसलाई अनौपचारिक रुपमा बहस गर्दैै जाने मनस्थितिमा पुगेको देखिन्छ । जसको स्वरुप महागठबन्धनको कुराहरु सार्वजनिक हुनु र सोही अनुसार कार्यलाई थालनी गर्न पुगेका छन् ।




२०७२ माघ १७ गते आईतबार

No comments:

Post a Comment