Tuesday, February 2, 2016

मधेस आन्दोलनका दौरान धनुषामा मारिएका परिवारले सुरक्षा प्रमुखहरुलाई प्रतिवादी बनाई दिएको जाहेरीको विवरण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनका दौरान धनुषाका सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर मृत्यु भएका ३ जना परिवारका आफन्तहरुले सुरक्षा प्रमुख देखि जवान सम्मलाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा चलाउन हुलाक मार्फत जाहेरी पठाएको छ ।
 आन्दोलनका दौरान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विारेधका कार्यक्रमहरु संचालन गर्न २५ भदौ २०७२ का दिन ‘‘चलु जनकपुर भरु जनकपुर” कार्यक्रम राखेका थिए । सोही दौरान स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न भनी कर्फयू लगाएको थियो । कर्फयूको अवज्ञा गरेको भन्दै स्थानीय प्रशासनले चलाएको गोलीबाट धनुषाका संजय चौधरी, नितु यादव र दिलिप यादवको ज्यान गएको थियो । सोही विषयलाई लिएर तिनका परिवार जनले स्थानीय सुरक्षा प्रमुख देखि फिल्डमा खटिएका जवान सम्मलाई अभियूक्त बनाई जिल्ला हुलाक कार्यालय धनुषा मार्फत जिल्ला प्रहरी कार्यालय धनुषालाई जाहेरी दर्ता गर्न पठाएको छ ।
जनकपुर उपमहानगरपालिका वार्ड नं. १ मिल्स एरिया स्थित रामचन्द्र साहको घरको पश्चिम तर्फ आगनमा  करिब ३ बजेको समयमा संजय चौधरी, जनकपुर उपमहानगरपालिका वार्ड नं.९ पिराडी चोक देखि उत्तर विश्वकर्मा मन्दिर नजिक पोखरीको डिलमा करिब ५ बजेको समयमा दिलिप यादव र जनकपुर उपमहानगरपालिका वार्ड नं. १ मिल्स एरिया स्थित रामचन्द्र साहको चिउरा मिलको कम्पाउण्ड भित्र करिब ३ बजेको समयमा नितु यादवको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, अंचल प्रहरी कार्यालय जनकपुर, धनुषाका वरिष्ठ प्रहरी उपरीक्षक सुरेश विक्रम शाह, जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन प्रहरी उपरीक्षक गणेश वहादुर थापा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाका तत्कालिन प्रहरी उपरीक्षक रविन्द्र ठाकुर, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी नायव उपरीक्षक नकुल पोखरेल, जिल्ला प्रहरी कार्यालय धनुषाका कमाण्डमा खटिएका प्रहरी जवान, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका कमाण्डमा खटिएका प्रहरी जवान गरी जम्मा ६ जना सुरक्षा निकायका जवान देखि प्रमुख सम्मलाई प्रतिवादी बनाइएको छ ।
मृतक संजय चौधरीका तर्फबाट धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका वार्ड नं. ५ वस्ने लक्ष्मी चौधरीको छोरा वर्ष ३० को राजु चौधरी ( कलवार)ले, मृतक दिलिप यादवका तर्फबाट धनुषा जिल्ला गा.वि.स. सिनुर जोडा गा.वि.स. वार्ड नं. ४ वस्ने वर्ष ४५ को राम नरेश यादवले र मृतक नितु यादवको तर्फबाट धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वार्ड नं.२६ वस्ने वर्ष ५० को श्रीनरायण यादवले जाहेरी दिएका छन् ।
मृतक संजय चौधरीको घटनाबारे जाहेरीमा राजु चौधरीेले लगाएको आरोप
म जाहेरवाला गाउँ घरको सामान्य नागरिक रहेको छु । आफ्नो व्यवसाय गरी जिवन निर्वाह गरी आएको छु । म जाहेरवाला ४ दाजु भाई रहेकोमा माहिला दाजु संजय चौधरी सदभावना पार्टीका जिल्ला सदस्य रही आफ्नो राजनैतिक गतिविधिमा सक्रिय रहनु भएको थियो । संविधान सभाबाट संविधान जारी भए पश्चात सदभावना पार्टी समेतको अगुवाईमा मधेशी जनताको अधिकारको लागि आन्दोलन शुरु भयो । सदभावना पार्टी समेत सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विारेधका कार्यक्रमहरु संचालन गर्न मिति २०७२।५।२५ गतेका दिन ‘‘चलु जनकपुर भरु जनकपुर” कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सहभागी हुन दाजु संजय चौधरी उल्लेखित मितिमा जनताहरु सहित जनकपुर जाँदै थिए । सोही क्रममा जनकपुर उपमहानगरपालिका वार्ड नं. १ मिल्स एरियामा पुग्दा प्रहरीहरु धमाधम गोली प्रहार गर्न थाले । प्रहरीको गोली छल्न दाजु भाग्दा भाग्दै प्रकरणमा प्रहरीहरुले घेराउ गरी छातीमै गोली प्रहार गर्दा दाजुको घटनास्थलमै ढल्न पुगे । गोली प्रहार गरी घाइते तुल्याई दिएका दाजुलाई प्रहरीले उपचारमा लानुको साटो स्थानीय मानिसहरु समेतलाई घाइतेलाई उठाउन आउन नदिई अवरोध पुर्याई आतंक सृजना गरेको कारण गोली प्रहार भएको करिब ४०÷५० मिनेट पछि स्थानीय मानिसहरु एम्बुलेन्स वोलाई अस्पताल पुर्याएकोमा उपचारकै क्रममा दाजु संजय चौधरीको मृत्यु हुन गयो ।
दाजु संजय चौधरीको मृत्यु पश्चात प्रहरीले पुनः जवरजस्ती लाश आफ्नो नियन्त्रणमा लिई जवरजस्ती तवरबाट लाश सदगतको लागि लाश जिम्मा लिने व्यहोराको जाहेरीमा सही गराई लाश मिति २०७२।५।२९ गतेका दिन जिम्मा दिएकोले लाश बुझी जातीय संस्कार अनुसार सदगत गरेको अवस्था छ । प्रहरीले जानी जानी गोली प्रहार गरी हत्या गरेको छर्लङ्ग छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन प्रहरी उपरीक्षक गणेश वहादुर थापाले प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीसँग अनुमति तथा अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रमुख वरिष्ठ उपरीक्षक सुरेश विक्रम शाहको सहमतीमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषाका प्रहरी उपरीक्षक रविन्द्र ठाकुरको कमाण्डमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गणेश वहादुर थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी नायब उपरीक्षक नकुल पोखरेल सहितको नेपाल प्रहरी खटाई गोली प्रहार गर्न आदेश दिई म जाहेरवालाको दाजुलाई पहाडी समुदायको गहुँ गोरो अनुसार भएको नाम, थर, दर्जा थाहा नभएको प्रहरी कर्मचारीले जानी जानी ताकेर गोली चलाई हत्या गरेकोले उल्लेखित अपराधकर्मीहरुले आफ्नो पद र शक्तिको गलत प्रयोग गरी मुलुकी ऐन ज्यान सम्वन्धी महलले परिभाषित गरेको कसुर अपराध गरेको प्रष्ट छ ।
प्रचलित नेपाल कानूनले उल्लेखित अपराधकर्मीहरुलाई उल्लेखित तवरबाट हत्या गर्न छुट दिएको छैन । विपक्षीहरुले उल्लेखित काम कारवाही अन्तर्राष्टिूय सन्धि, सम्झौता तथा राष्टिूय कानून समेतको विपरीतको अपराधिक कार्य रहेको प्रष्ट छ । अपराधकर्मीहरुले जघन्य तथा मानवता विरुद्धको अपराध गरी घोर मानव अधिकार उल्लंघन गर्ने कृया गरेको प्रष्ट छ ।
        तसर्थ उल्लेखित तवरबाट जानी जानी गोली प्रहार गरी संजय चौधरीलाई हत्या गर्ने अपराधकर्मीहरुलाई कानून वमोजिम कारवाही गरी मुलुकी ऐन ज्यान सम्वन्धी महल अनुसार हदैसम्मको दण्ड सजाय गरी विभागीय कारवाही समेत गरी पाऊँ भनि राजु चौधरीले जाहेरी दरखास्तमा माग गरेका छन् ।
मृतक दिलिप यादवको सन्दर्भमा रामनरेश यादवले लगाएको आरोप
म जाहेरवाला गाउँ घरको सामान्य नागरिक रहेको छु । वैदेशिक रोजगार गरी आफ्नो तथा आफ्नो परिवारको जिवन गुजारा गरि रहेको छु । म जाहेरवाला विगत ११ वर्ष देखि वैदेशिक रोजगारमा सउदीमा रहेको थिएँ । म जाहेरवालाको ४ छोरी र १ मात्र छोरा दिलिप यादव रहेको थियो । संविधान सभाबाट संविधान जारी भए पश्चात संविधानमा रहेको जनताका अधिकारहरु कटौती भएको अवस्थामा ४ पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा आन्दोलन शुरु भयो । आन्दोलनको कार्यक्रम अनुरुप मिति २०७२।५।२५ गतेका दिन ‘‘चलू जनकपुर भरु जनकपुर” कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सहभागी हुन म जाहेरवालाका छोरा दिलिप यादव जनकपुर आई घर फर्कि आई रहेको अवस्थामा पोखरीको डिलमा उभि रहेको देखि मुजेलियाबाट दक्षिण तर्फ पिडारी चौक तर्फ गई रहेको सशस्त्र प्रहरी बलको भ्यान रोकी भ्यानको पछाडी तर्फ बसी रहेको पहाडी समुदायको गहुँ गोरो अनुहार भएको नाम, दर्जा, थर नखुलेको प्रहरीले जानी जानी तोकेर सडकबाटै टाउकोमा गोली प्रहार गर्दा पोखरीको डिलमा उभिरहेका छोरा दिलिप यादवको टाउकोमा लागी खप्पर नै उडी घटनास्थलमै मृत्यु हुन गयो । छोरा दिलिप यादवको मृत्यु भएको देखि प्रहरीले लाश आफ्नो नियन्त्रणमा लिई म र मेरो परिवारको सदस्य शोकाकुल अवस्थामा रहेको समयमा नमालुम के कुन कागजमा सही गराई लाश सदगतको लागि जिम्मा दिएकोमा लाश समेत जिम्मा लिई सदगत समेत गरी यो जाहेरी दरखास्त चढाएको छु ।
मेरो छोरा दिलिप यादवको पोखरीको डिलमा उभिरहेको समयमा विना कारण प्रहरीले जानी जानी टाउकोमा ताकी गोली प्रहार गरी हत्या गरेको प्रष्ट छ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन प्रहरी उपरीक्षक गणेश वहादुर थापाले प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीसँग अनुमति तथा अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रमुख वरिष्ठ उपरीक्षक सुरेश विक्रम शाहको सहमतीमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषाका प्रहरी उपरीक्षक रविन्द्र ठाकुरको कमाण्डमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गणेश वहादुर थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी नायब उपरीक्षक नकुल पोखरेल सहितको नेपाल प्रहरी खटाई गोली प्रहार गर्न आदेश दिई म जाहेरवालाको दाजुलाई पहाडी समुदायको गहुँ गोरो अनुसार भएको नाम, थर, दर्जा थाहा नभएको प्रहरी कर्मचारीले जानी जानी ताकेर गोली चलाई हत्या गरेकोले उल्लेखित अपराधकर्मीहरुले आफ्नो पद र शक्तिको गलत प्रयोग गरी मुलुकी ऐन ज्यान सम्वन्धी महलले परिभाषित गरेको कसुर अपराध गरेको प्रष्ट छ । प्रचलित नेपाल कानूनले कुनै पनि पद तथा पदाधिकारीमा आसिन व्यक्तिलाई उल्लेखित तवरबाट नागरिकलाई हत्या गर्न छुट दिएको छैन । अपराधकर्मीहरुले जानी जानी टाउकोमा गोली प्रहार गरी छोरा दिलिप यादवको हत्या गरेकोले अपराधकर्मीहरुको उल्लेखित कार्य मुलुकी ऐन ज्यान सम्वन्धी महलले परिभाषित गरे अनुरुपको कसुर अपराध रहे भएको प्रष्ट छ । विपक्षीहरुको उल्लेखित काम कारवाही अन्तराष्टिूय सन्ध, सम्झौता, राष्टिूय कानून, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र समेतको विपरीतको अपराधिक काम कारवाही रहेको प्रष्ट छ । अपराधकर्मीहरुले जघन्य मानवता विरुद्धको कार्य गरेको प्रष्ट छ ।
        तसर्थ उल्लेखित तवरबाट जानी जानी गोली प्रहार गरी दिलिप यादवलाई हत्या गर्ने अपराधकर्मीहरुलाई कानून वमोजिम कारवाही गरी मुलुकी ऐन ज्यान सम्वन्धी महल अनुसार हदैसम्मको दण्ड सजाय गरी विभागीय कारवाही समेत गरी पाऊँ भनी जाहेरबाला रामनरेश यादवले माग गरेका छन् ।
मृतक नितु यादवको तर्फबाट श्रीनारायण यादवले लगाएको आरोप
म जाहेरवाला गाउँ घरका सामान्य नागरिक रहेको छु । आफ्नो खेतीपाती गरी जीवन निर्वाह गरी आएको छु । म जाहेरवालाको २ छोरा मध्ये कान्छा नितु यादव रहेका थिए । विगत केही महिना अगाडी संविधान सभाबाट संविधान जारी भयो । जारी संविधानमा जनताका अधिकारहरु कटौती भएको सम्झी आफ्ना अधिकारका लागि आन्दोलन शुरु भयो । आन्दोलनको अगुवाई गरि रहेका राजनीतिक दलहरुको संयुक्त मोर्चा अर्थात संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट आन्दोलनको कार्यक्रम अनुरुप मिति २०७२।५।२५ गतेका दिन ‘‘चलु जनकपुर भरु जनकपुर” कार्यक्रमको घोषणा गरी कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सहभागी हुन म जाहेरवालाको छोरा नितु यादव आइरहेको अवस्थामा वा.नं. १ मिल्स एरिया स्थित आई पुग्दा एक्कासी प्रहरीले गोली प्रहार गर्न थाल्दा ज्यान वचाउन रामचन्द्र साहको चिउरा मिल प्रवेश गरेको देखि प्रहरीले लखेटी समाती हाथ समेत उल्टाई भाँची भुईमा पछाडी छोराको छातीमा खुटा राखी टाउकोमा वन्दुक तेर्साई गोली प्रहार गर्दा छोराको घटनास्थलमै मृत्यु हुन गयो ।
छोरा नितु यादवको मृत्यु भए पश्चात स्थानीय मानिसहरुले रेडक्रसको गाडी वोलाई जनकपुर अञ्चल अस्पताल पुर्याएको थियो । अञ्चल अस्पतालमा रहेको छोराको लाश प्रहरीले नियन्त्रणमा लिई म जाहेरवाला शोकाकुल अवस्थामा रहेको समयमा नमालुम के कुन कागजमा सही गराई सदगतको लागि जिम्मा दिएका थिए । मेरो छोरा नितु यादवलाई जानी जानी समाती हाथ समेत भाँची भुइमा पछारी वन्दुक तेर्साई सटाई गरेको प्रहारबाट मृत्यु भएकोले अपराधकर्मीहरुको उल्लेखित कार्य मुलुकी ऐन ज्यान सम्वन्धी महलको कसुर अपराध रहेको प्रष्ट छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन प्रहरी उपरीक्षक गणेश वहादुर थापाले प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीसँग अनुमति तथा अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रमुख वरिष्ठ उपरीक्षक सुरेश विक्रम शाहको सहमतीमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषाका प्रहरी उपरीक्षक रविन्द्र ठाकुरको कमाण्डमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गणेश वहादुर थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी नायब उपरीक्षक नकुल पोखरेल सहितको नेपाल प्रहरी खटाई गोली प्रहार गर्न आदेश दिई म जाहेरवालाको दाजुलाई पहाडी समुदायको गहुँ गोरो अनुसार भएको नाम, थर, दर्जा थाहा नभएको प्रहरी कर्मचारीले जानी जानी समाती भुइमा पछाडी टाउकोमा वन्दुक सटाई प्रहार गरी छोरा नितु यादवको हत्या गरेकोले उल्लेखित अपराधकर्मीहरुले आफ्नो पद र शक्तिको गलत प्रयोग गरी मुलुकी ऐन ज्यान सम्वन्धी महलले परिभाषित गरेको कसुर अपराध गरेको प्रष्ट छ ।
 प्रचलित नेपाल कानूनले कुनै पनि पद तथा पदाधिकारीमा आसिन व्यक्तिलाई उल्लेखित तवरबाट नागरिकलाई हत्या गर्न छुट दिएको छैन । अपराधकर्मीहरुले जानी जानी टाउकोमा गोली प्रहार गरी छोरा नितु यादवको हत्या गरेकोले अपराधकर्मीहरुको उल्लेखित कार्य मुलुकी ऐन ज्यान सम्वन्धी महलले परिभाषित गरे अनुरुपको कसुर अपराध रहे भएको प्रष्ट छ । विपक्षीहरुको उल्लेखित काम कारवाही अन्तराष्टिूय सन्धि, सम्झौता, राष्टिूय कानून, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र समेतको विपरीतको अपराधिक काम कारवाही रहेको प्रष्ट छ । अपराधकर्मीहरुले जघन्य मानवता विरुद्धको कार्य गरेको प्रष्ट छ ।
        तसर्थ उल्लेखित तवरबाट जानी जानी गोली प्रहार गरी नितु यादवलाई हत्या गर्ने अपराधकर्मीहरुलाई कानून वमोजिम कारवाही गरी मुलुकी ऐन ज्यान सम्वन्धी महल अनुसार हदैसम्मको दण्ड सजाय गरी विभागीय कारवाही समेत गरी पाउन यो जाहेरी दरखास्त चढाएको छु । लेखिए वमोजिम गरी पाउँ भनी जाहेरबाला रामनरेश यादवले माग गरेका छन् ।
सर्बोच्चमा मुद्दा गर्ने तयारी
हुलाक मार्फत पठाइएको जाहेरी जिल्ला प्रहरी कार्यालयले स्वतः दर्ता गर्नुपर्छ तर, प्रहरीकै प्रमुखहरुलाई अभियुक्त बनाई जाहेरी दिएकाले जाहेरी दर्ता गर्न नमानेको पीडितहरु बताउँछन् । मानव अधिकारको क्षेत्रमा कार्य गरिरहेका संस्था तराई मानव अधिकार रक्षक संजालले उक्त मुद्दालाई अब सर्बोच्च अदालतमा धनुषा प्रहरीको नाउँमा परमादेश गराउन मुद्दा दिने तयारी भएको थर्ड एलाइन्सका जनकपुर प्रतिनिधि किरण कर्णले बताएका छन् । मधेस आन्दोलनका क्रममा सुरक्षा निकायहरुले अत्यधिक बल प्रयोग गरी मानिसहरुलाई नियन्त्रणमा लिई समेत गोली प्रहार गरी हत्या गरी मानव अधिकारको राज्यले ज्यादती गरेको सर्बसाधारणहरुले आरोप लगाउँदै आएका छन् ।

२०७२ माघ १७ गते आईतबार

No comments:

Post a Comment