Tuesday, April 28, 2015

महाभुकम्पले ल्याएको महाविनाश


भुकम्पका कारण जानकी मन्दिरको दक्षिणतर्फको बाँया पट्टीको गजुर भाँचिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
शनिबार आएको पटक पटकको भुकम्पको झट्काले देशैभरी ठुलो धनजनको क्षति भएको छ । गोरखाको पारपाक र लम्जुङलाई केन्द्र बिन्दु बनाएर आएको पटक पटकको झटका मध्ये दिनको ११ बजेर ५६ मिनेटमा सबैभन्दा ठुलो भुकम्पको झट्का ७.६ रेक्टर स्केल र १२ बजेर ३० मिनेटमा ६.६ रेक्टर स्केल मापन गरिएको छ भने ५रेक्टर स्केल भन्दा माथिको करिब १४÷१५ पटक भुकम्पको झटका महसुस गरिएको छ ।
भुकम्पका कारण घाइते भई जनकपुर अञ्चल
 अस्पतालमा भर्ना भएका व्यक्तिहरुको तस्विर ।
भुकम्पका कारण काठमाण्डौमा ७१ जना, भक्तपुरमा ४३ जना, सिन्धुलीमा २ जना, दोलखामा २ जना, रामेछापमा २ जना धादिङमा ११ जना, धनुषामा १ जनाको मृत्यु भएको गृहप्रशासनले ३ बजेसम्म जानकारी प्रदान गरेको छ ।  भुकम्पका कारण काठमाण्डौको धरहरा खसेको र उक्त धरहरामा पुरिएर थुप्रै मानिसहरुको मृत्यु हुनसक्ने अनुमान लगाइएको छ ।
जिल्ला प्रहरी धनुषाले दिएको जानकारी अनुसार धनुषाको देवडिहा २ बस्ने रामचन्द्र राउतको छोरा बर्ष २२ को इनरजित राउतको मृत्यु भएको छ । ट्वाइलेट गरी सौच गर्न पोखरीमा जाँदा भुईचालो आएपछि पोखरीमा डुबेर राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी धनुषामा थुप्रै मानिसहरु घाईते भएको प्रहरीले जनाएको छ । भुकम्पका कारण लक्ष्मीपुर बगेवाका राम सोगारथ यादवकी छोरी वर्ष १६ कि इन्दु कुमारी यादवको दाहिने खुट्टा फ्याक्चर भई घाइते भएकी छिन् । रोडबाट भाग्ने क्रममा घरको पर्खाल भत्केर उनी घाइते भएकी हुन ।
त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं.१ बस्ने उपेन्द्र साहकी पत्नी बर्ष १६ कि सविता साह आफै अल्झिएर बेहोस भईन । महेन्द्रनगर ६ बस्ने संजय साहको श्रीमति बर्ष १९ कि पुनम कुमारी देवी घरको वाल भत्किएर दाहिने खुट्टा फ्याक्चर भई घाइते भएकी छिन । त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रंजित साहकी श्रीमति २२ बर्षिय कल्पना देवी घरको झ्यालबाट हाम फाल्दा दुईवटै खुट्टा फ्याक्चर भई घाइते भएकी छिन । प्रहरी चौकी इनर्वा, यदुकुहा र चिसापानीको प्रहरी चौकीमा ठाउँ ठाउँमा चर्किएको बताइएको छ । जनकपुरको प्रसिद्ध मन्दिर जानकी मन्दिरको भवनमा ६ ठाउँमा चर्किएको छ भने एउटा ठुलो गजुर र तिनवटा सानो गजुर खसेको छ ।
भुकम्पका कारण विजुलीको सप्लाई काटिएको छ भने संचारका साधनहरु व्यस्त देखिएका छन् । जनकपुरमा इन्टरनेटको लाइन काटिएको छ भने मानिसहरु भुकम्पका कारण त्रसित भएका छन् । त्यसैगरी
जनकपुरको गंगासागर पोखरीको डिलमा
 रहेको उक्त बोडिङ भुकम्पका कारण सुचारु
 भएको छ । विगत ३ महिना देखि बन्द
 रहेको उक्त बोडिङ भुकम्प आएपछि सुचारु
 भएको छ भने उक्त बोडिङबाट दुषित
 पानी निस्किरहेको छ ।
महेन्द्रनगरकी पुनम कुमारी साह, लक्ष्मीपुर बगेवाकी इन्दु कुमारी यादव, लखौरीकी सरस्वती महासेठ, झोझी कटैयाका जिवछ मुखिया, जनकपुर ७ जिरोमाइलकी कल्पना साह, जनकपुर ८ कि रंजिता यादव, अलिपट्टीकी रोशनी खातुन, बटेश्वरका मिलन कुमारी, जनकपुर ४ की राजकी झा, जनकपुर ६ कि रितिका राज घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचार गराईरहेका छन् । घाईतेहरु मध्ये कसैको हात भाचिएको छ भने कतिपयको खुट्टा भाचिएको छ । भुकम्पका कारण जनकपुरका पत्रकार घनश्याम मिश्रको खुट्टाको औला भाचिएको छ भने धेरै मानिसहरु भुकम्पका कारण भयभित मनोविज्ञानले बाचिरहेका छन् । धनुषामा उद्धारका लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले बताएका छन् ।
जनकपुरको गंगासागर पोखरीको डिलमा रहेको उक्त बोडिङ भुकम्पका कारण सुचारु भएको छ । विगत ३ महिना देखि बन्द रहेको उक्त बोडिङ भुकम्प आएपछि सुचारु भएको छ भने उक्त बोडिङबाट दुषित पानी निस्किरहेको छ ।

२०७२ बैशाख १३ गते आईतबार

No comments:

Post a Comment